कार्यक्रम सारांश

सारांश

नेपाली भाषाको उद्गम तथा खस राज्यको विरासत बोकेको कर्णाली प्रदेशले अब आफ्नो कुरा आफैं भन्न थालेको छ । कुडा कर्णालीका भन्ने मूल नाराका साथ राजधानी सुर्खेतको वीरेन्द्रनगरमा यही फागुन २६, २७, २८ र २९ गते कर्णाली उत्सवको दोश्रो संस्करण २०७७ आयोजना भयो । उत्सवको पहिलो संस्करण २०७६ फागुन १९, २० र २१ गते सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको थियो । उत्सव कर्णाली प्रदेशलाई चिन्ने र चिनाउने अभियान हो । उत्सवले कर्णालीका पहिचान र सम्भावनाहरुको खोजी गर्नुका साथै समग्र प्रदेशको समृद्धिमा बौद्धिक योगदान गरेको छ । उत्सवको उद्घाटन २०७७ फागुन २६ गते दिँउसो २ बजे भएको थियो भने त्यसपछिका तीन दिनसम्म लगातार १४ वटा सत्रमा भएको निरन्तर संवाद र छलफलले कर्णालीमा एक प्रकारको उर्जा ल्याएको छ । उत्सव अवधीभर मुलुककै ध्यान कर्णालीमा केन्द्रीत भएको छ । रोग, भोक र शोकको पर्याय बनेको कर्णालीको संकथन बदल्ने यो अभियानको दोश्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । उक्त कार्यक्रममा देशकै प्रतिष्ठित व्यक्तित्व, कर्णालीलाई बुझेका र बुझ्न चाहने सबैको सहभागिता रहेको थियो । नितान्त नौलो शैलीको यस उत्सवलाई धेरैले मन पराएका छन् र हरेक बर्ष आयोजना गर्नुपर्ने मत दिएका छन् । यस उत्सवलाई सम्पन्न गर्न सहयोग गर्ने सबै धन्यवादका पात्र हुन् ।

उद्घाटन समारोह
२०७७ फागुन २६ गते वुधवार दिँउसो २ बजे


दोस्रो संस्करणसम्म आइपुग्दा 
रेशमबहादुर विष्ट, सहसंस्थापक, ऋति फाउण्डेशन

कार्यक्रममा कर्णाली उत्सवको आयोजक संस्था ऋति फाउण्डेशनका सहसंस्थापक रेशमबहादुर विष्टले उत्सवको दोस्रो संस्करणसम्म आइपुग्दा भन्ने विषयमा मन्तव्य दिनुभयो ।

उहाँले मन्तव्यमा पहिलो संस्करणमा समेटिएका विषयबस्तु, पहिलो संस्करणले प्राप्त गरेका उपलब्धीहरुसंग दोस्रो संस्करणबारे जानकारी दिनुभयो ।

पुरा पढ्न

भिडियाे हेर्न


स्वागत मन्तव्य
रेणु आचार्य, उपप्रमुख, भेरीगंगा नगरपालिका सुर्खेत
उद्घाटन समारोहमा कर्णाली प्रदेशको प्रवेशद्धार सुर्खेतको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले कर्णाली उत्सवमा आउनुभएका विज्ञ एवं विद्धान व्यक्तित्वहरुलाई स्वागत मन्त्व्यमार्फत स्वागत गर्नुभयो । उहाँले देशका विभिन्न भुभागबाट कर्णालीलाई चिन्न र चिनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदैं कर्णाली उत्सवले कर्णालीका विभिन्न आयाममाथी बहस गरी प्रदेशलाई निकटबाट चिन्न सहयोग हुने बताउनुभयोे ।

पुरा पढ्न

भिडियाे हेर्न


कर्णाली चिनाउने योगी
प्रा.डा. जगतप्रसाद उपाध्याय, सदस्य सचिव, नेपाल प्रज्ञा प्रतिष्ठान
नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा. जगतप्रसाद उपाध्यायले कर्णाली प्रदेशको कला, साहित्य, दर्शनका बिषयमा अध्ययन गर्नका लागि सबै लागिपर्नुपर्ने कुरामा जोड दिनुभयो । ‘कर्णालीको मौलिकता र यसको इतिहासका बिषयमा सत्यमोहन जोशीलगायतका विद्धानहरूलाई २०२७ सालमा नै अध्ययन गरेका थिए,’उहाँले भन्नुभयो, ‘कर्णालीका विज्ञहरु, बाहिरका विज्ञहरु विदेशी विज्ञहरु ल्याएर यहाँका बिषयमा अध्ययन गरिनेछ ।’ उहाँले कर्णाली प्रदेशलाई देश तथा विदेशमा चिनाउने योगी नरहरीनाथको बारेमा बताउँदै कर्णालीमा योगी नरहरीनाथको योगदानको कदर गर्दै विभुती घोषणा गर्नुपर्ने सुझाव दिनुभयो । योगी नरहरिनाथ कर्णालीमा जन्मिनु देशकै गौरवकै कुरा भएको बताउँदै उहाँले योगी नरहरिनाथले पृथ्वीनारायण शाहको दीव्योपदेशलाई लिपिबद्ध गर्नुभएको. थियो । ‘योगी नरहरिनाथले पृथ्वीनाराण शाहको दीप्योपदेशलाई पुस्तकको रुपमा नल्याएको भए एउटा इतिहास हराउँथ्यो ।’ उहाँले भन्नुभयो, ‘कर्णालीबारे थुप्रै कृति प्रकाशन गरेर कर्णाली चिनाउन नरहरीथले ठूलो भूमिका खेल्नुभएको थियो ।’गोर्खालीको सैन्य इतिहास, गुरुङमगर इतिहास, दल्लू क्षेत्रलाई पनि लिपिबद्ध गर्ने पहिलो व्यक्ति नै योगी नरहरिनाथ भएको बताउँदे उहाँले नरहरिनाथले कला, साहित्य, इतिहास सबैमा कलम चलाउनु भएको उल्लेख गर्नुभयो । योगी नरहरिनाथ राजावादी भनेर आरोप लगाइए पनि आफूलाई त्यस्तो नलाग्ने प्राडा उपाध्यायले बताउनुभयो । ‘उहाँ राजाको कहिलेकाहीं वकालत गर्नुहुन्थ्यो । लहडमा गर्नुभयो होला तर, सचेत पनि गराइराख्नुहुन्थ्यो,’ उहाँले भन्नुभयो, ‘म उहाँलाई राजावादी भन्दिन, उहाँ विशुद्ध सन्त हो । राजा वा रंक जो सुकै होस् गलत गरे विरोध गर्नुहुन्थ्यो ।’

पुरा पढ्न

भिडियाे हेर्न


वीरेन्द्रनगरको बैभव
देवकुमार सुवेदी, नगर प्रमुख, देवकुमार सुवेदी
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगर प्रमुख देवकुमार सुवेदीले सर्खेत उपत्यका र वीरेन्द्रनगर नगरपालिका आफुलाई शैक्षिक प्रशासनिक र पर्यटकीय नगरपालिकाको रुपमा उभ्याउन चाहेको बताउनुभयो ।

उहाँले वीरेन्द्रनगर विकासको भोकले छट्पटाइरहेको बताउँदे यसलाई भोक मेट्न आफनो क्षमता अनुसार सबैजना लाग्न अपिल गर्नुभयो । नगरप्रमुख सुवेदीले वीरेन्द्रनगरको नामाकरण गर्नेदेखि नगर गुरुयोजना निर्माणकर्ताहरुलाई सम्झिनुभएको थियो ।

पुरा पढ्न

भिडियो हेर्न


शुभकामना मन्त्व्य
महेन्द्रबहादुर शाही, मुख्यमन्त्री, कर्णाली प्रदेश सरकार

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादर शाहीलाई आफ्नो प्रदेशले विश्व कै ध्यान खिच्न सफल भएको दाबी गर्नुभयो । ‘कर्णाली इतिहास बोकेको प्रदेश हो । विश्वका थुप्रै मान्छेले कर्णालीबारे धेरै कुरा जान्दछन् । धेरै कुरा थाहा छ ।कर्णाली प्रदेशमात्रै नभएर एउटा इतिहास हो ।’ ‘कर्णाली आफैंमा के हो ? इतिहास के हो ? भन्नेबारेमा जान्न र बुझ्न जरुरी छ । हामी धेरै शताब्दी पार गरेर अहिले नयाँ युगमा आइसकेका छौं,’ मुख्यमन्त्री शाहीले भननुभयो, ‘यो युगमा आफ्नो सभ्यता र संस्कार, सामाजिक परिवेश के थियो ? यो सबै कुरा अहिलेको नयाँ पुस्ताले बिर्संदै गएका छौं ।’आफ्नो भाषा, संस्कृति, रितिरिवाज बिर्सेर वर्तमानमा मात्र रमाए धेरै इतिहास मेटिएर जाने भनाइ मुख्यमन्त्री शाहीको थियो । उहाँले भन्नुभयोे, ‘भोलि हाम्राबारे म्युजियममा गएरमात्रै थाहा हुन सक्ने अवस्था हुन सक्छ । हामीले आफ्नो भाषा, संस्कृति बिर्संदै गएका छौं । त्यसका लागि पनि वैचारिक बहस जरुरी छ ।’
पछिल्लो समय बसाइँसराइ क्रम अत्याधिक हुँदा पहाडबाट तराई झर्ने, गाउँबाट सहर सर्ने चलनसँगै संस्कार, संस्कृतिमा पनि विकृतिपन आइरहेको र त्यसलाई चिर्न शिक्षा आवश्यक रहेको मुख्यमन्त्री शाहीले बताउनुभयो ।‘धेरैका छोराछोरी पहाडबाट तराई झरेका छन् । अब उनीहरुलाई आफ्नो थातथलोबारे थाहा नहुने भयो । पुर्खाको जन्म कसरी भयो भन्ने थाहा नहुने स्थिति आयो,’ उहाँले भन्नुभयो, ‘यो जान्न पनि इतिहास जरुरी छ । शिक्षाका लागि इतिहास महत्वपूर्ण छ ।’कर्णाली प्रदेशको इतिहासलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न भूत, वर्तमान र भविष्य गरी ३ भागमा अध्ययन गर्नसमेत उहाँले सुझाउँदै कर्णालीको विगत अध्ययन गर्दा विगत कर्णाली के थियो ? त्यसको आर्थिक, सामाजिक, राजनीतिबारे थाहा हुने बताउनुभयो । ‘हिजोको कर्णाली अध्ययन गर्दा हिजो सुनैसुन लगाउने कर्णाली, तामाको भाडामा सामान राख्ने कर्णाली अहिले किन प्लास्टिकका भाडा खोज्ने भयो ?’ उहाँले प्रश्न गर्नुभयो, ‘झिंगा भन्काएर संघसंस्था पर्खिर बस्नु परेको छ । सधैं अर्काको मुख ताकेर बस्नुपर्ने किन बैशाखी आवश्यक प¥यो ? जान्न जरुरी छ ।’ मुख्यमन्त्री शाहीले आजको कर्णालीको आर्थिक, सामाजिक, राजनीति बारे पनि जान्न जरुरी रहेको मत राख्नुभयो । ‘आजको अध्ययनले कर्णालीको भविष्य देखाउँछ । अहिले हामीले चालेको कदम ठीक बाटोमा छ या गलत बाटोमा छ यसले देखाउँछ ।’ मुख्यमन्त्री शाहीले कर्णालीलाई पछि पारियो भनेर सधैं केन्द्रलाई गाली गरेरमात्रै नहुने धारणा राख्नुभयो । ‘प्रदेश पछि पारियो भनेर केन्द्रलाई गाली गरेरमात्रै हुँदैन । यसका बारेमा पनि बुझ्न जरुरी छ । कोही मान्छे दौडिएर फस्ट आउँछ भनेर म नदौडिएर मात्रै हो भनेर केहि हुँदैन,’उहाँले भन्नुभयो, ‘कर्णाली प्रदेश आफ्नै कारणले पनि पछि परेका हौं । अब हामी आफ्नै कारणले मात्रै अघि बढ्न सक्छौं ।

पुरा पढ्न

भिडियो हेर्न


फोटो प्रदर्शनी
भास्कर वस्नेत, साइकल फोटोग्राफर

भास्कर बस्नेतद्धारा खिचिएका कर्णाली प्रदेशका विभिन्न पर्यटकिय तथा अन्य स्थलहरुका तस्विरहरुको प्रदर्शनीका लागि प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले अनावरण गर्नुभएको थियो ।

साइकल यात्री बस्नेतले कर्णाली प्रदेशका विकट दुरदराजका पर्यटकिय स्थलहर तथा जनजिविकासंग जोडिएका तस्वीरहरु खिचि कर्णाली उत्सवमा प्रदर्शनी गर्नुभएको थियो ।

भिडियो हेर्न


पुस्तक विमोचनः कर्णाली पिपुल्स एण्ड प्लेसेस
टिप्पणी : पदमलाल देवकोटा, पुर्व उपकुलपति , मध्यपश्चिमाञ्चल विश्वविद्यालय

कर्णालीको परिवेश तथा यहाँको जनजिवनबारे समेटिएको फोटो पुस्तक कर्णाली पिपुल्स एण्ड प्लेसेसको विमोचन कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गर्नुभयो । साथै उक्त पुस्तकमाथी टिप्पणी गर्दै मध्यपश्चिमाञ्चल विश्वविद्यालयका पुर्व उपकुलपति प्रा.डा. पदमलाल देवकोटाले उक्त पुस्तक उपयुक्त समयमै प्रकाशन भएको बताउनुभयो । पुस्तकमा कर्णाली प्रदेशमा ६ वटा जिल्ला समेटिएको बताउँदै दुर्गम जिल्लाहरुलाई पुस्तकले समेटेको उल्लेख गर्नुभयो । पुस्तकले कर्णालीको जनजीवनको यथार्तता उतारिएको भन्नुभयो । पुस्तकमा समेटिएका तस्विरहरु नागरिकहरका गतिबिधिहरुमाधी केन्द्रित रहेको उहाँको भनाई रहेको थियो ।

भिडियो हेर्न


मारुनी नाच

कार्यक्रममा स्थानीय कलाकारहरुले मारुनी नाच प्रस्तुत गर्नुभएको थियो ।

भिडियो हेर्न

 


नीति निर्माणमा सार्वजनिक बहसको महत्व
डा. सर्वराज खड्का, उपाध्यक्ष, कर्णाली प्रदेश योजना आयोग

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सर्वराज खड्काले नीतिनिर्माणमा सार्वजानिक बहसले निकै महत्वपुर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले नागरिकहरुका सवालहरु नीतिनिर्मातासमक्ष पु¥याउन सार्वजनिक बहसका कार्यक्रमहरु निकै उपयोगी हुने बताउँदै नागरिकहरुले प्रस्तुत गरेका समस्याहरुको निराकरणको लागि नीतिनिर्माता र सरोकारवालाहरुको लागि अवसर हुने उल्लेख गर्नुभयो । उहाँले तत्कालिन राज्यको नीतिनिर्माणको तहमा बस्नेहरुले कर्णालीलाई हेलाहाँ गरेको कारण कर्णाली अन्य क्षेत्रभन्दा पछाडि परेको उहाँको तर्क थियो । उपाध्यक्ष खड्काले सरोकारवालाहरुका आम चासोका विषयहरुलाई सम्बोधन गर्न सार्वजानिक बहस महत्वपुर्ण तत्व रहेको तर्क गर्नुभयो ।
उपयुक्त नीतिको निर्माण गर्न विभिन्न नीतिगत विकल्पहरुमध्येबाट उक्तम विकल्पको छनोट गरी उपयुक्त नीतिनिर्माण गर्न सार्वजनिक बहस जरुरी छ । जनताका सवाल संकलन गरी राज्यले ल्याउने नीतिबारे यस्ता बहसले जानकारी दिने काम गर्ने बताउँदै उहाँले सरकार र नागरिकबिचको पुलको काम यस्ता सार्वजानिक बहसहरुको रहेको उहाँको तर्क थियो ।

पुरा पढ्न

भिडियो हेर्न


खुला छलफल र पत्रकारिता
कलेन्द्र सेजुवाल, केन्द्रिय सदस्य, नेपाल पत्रकार महासंघ

नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य कलेन्द्र सेजुवालले कर्णाली भन्नेविक्तिकै प्रतिकुलताले भरिएको बताउँदै प्रदेशमा पत्रकारिता पनि प्रतिकुलताको सामना गर्नुपरिरहेको बताउनुभयो । उहाँले प्रदेशमा हाल करिब ८ सय पत्रकारले कर्म गरिरहेको बताउनुभयो । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले पत्रकारितामा जनशक्ति उत्पादन गरिरहेकोले दिन प्रतिदिन कर्णालीको पत्रकारिता खारिँदै गएको उल्लेख गर्नुभयो ।

कर्णालीमा पत्रकारको पेशागत सुरक्षाको चुनौती रहेको उल्लेख गर्दै उहाँले विभिन्न तहका सरकारले पत्रकारिता क्षेत्रलाई बाँध्न खोज्ने नीतिहरु ल्याउने समस्या देखा पर्न थालेको बताउनुभयो । उहाँले कर्णाली उत्सवमा समेटिने आर्थिक सामाजिक, राजनीतिक तथा अन्य मुद्धाहरु यहाँको समृद्धीको लागि नीतिनिमार्णमा एजेण्डा सेटिंगको काम गर्ने धारण राख्नुभयो ।

पुरा पढ्न

भिडियो हेर्न


अर्थ र बहस
प्रकाश ज्वाला, मन्त्री, आर्थिक मामिला तथा योजना मन्त्रालय, कर्णाली प्रदेश

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले कर्णाली उत्सवको दोस्रो संस्करण आयोजना गरिएकोमा खुसी प्रकट गर्नुभयो । उहाँले प्रदेश सरकार र मन्त्रालयको तर्फबाट उत्सव सफलताको शुभकामना दिनुभयो । उहाँले कर्णाली उत्सवले कर्णालीका विविधआयाममाथि बहस गर्ने उत्सवले कर्णाली प्रदेशको समृद्धीको खाका कोर्न सहज हुने बताउनुभयो । कर्णाली प्रदेशका आर्थिक, समाजिक, ऐतिहासिक लगायतका बहुआयामिक बहस हुने कर्णाली उत्सवमा विज्ञ एवं वौद्धिक व्यक्तिहरको बहसले कर्णालीको विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

पुरा पढ्न

भिडियो हेर्न


व्यवसायमा बहस
सिया कार्की, सदस्य, सुर्खेत उद्योग वाणिज्य संघ


सुर्खेत उद्योग वाणिज्य संघका सदस्य सिया कार्किले कर्णाली चिन्ने र चिनाउने उत्सव कर्णाली उत्सवले आर्थिक समृद्धीको लागि सहजता ल्याउने बताउनुभयो । कर्णाली कुनै समय चिनसँगको व्यापारिक नाकाको रुपमा रहेको बताउँदै उहाँले कर्णालीबाट विभिन्न बस्तुहरु निर्यात गर्न सकिने उल्लेख गर्नुृभयो । कर्णालीमा धेरै सम्भावना हुँदाहुँदै पनि पुर्वाधार विकासमा कमजोर हुँदा यहाँको समग्र विकासमा कमी आएको उहांको भनाई रहेको थियो । कमजोर र अप्रर्याप्त पुर्वाधारको कारण कर्णालीमा निजि क्षेत्रहरु लगामनिका लागि तयार नभएको उहाँको भनाई रहेको थियो ।

पुरा पढ्न

भिडियो हेर्न


विश्वविद्यालय बाहिर प्राज्ञिक बहस
कमलेश डिसी, निमित्त डिन, मानविकी र सामाजिकशास्त्र संकाय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय

मध्यपश्चिमाञ्चल विश्वविद्यालय मानविकी र सामाजिक शास्त्र संकायका निमिक्त डिन कमलेश डिसिले ज्ञानका कुराहरु सार्वजानिक स्थल र चौतारोहरुमा भन्नुपर्ने बताउनुभयो । विश्वविद्यालयहरुमा लिइएको प्राज्ञिक ज्ञानलाई समाजमा पुर्याउन कर्णाली उत्सवजस्ता सार्वजानिक बहसका कार्यक्रमहरु महत्वपुर्ण रहेको बताउनुभयो ।

पुरा पढ्न

भिडियो हेर्न

 



मन्तव्यः 

कमलराज लम्साल, संयोजक, कर्णाली उत्सव

पुरा पढ्नः

भिडियो हेर्नः 

 

 

 


 

दोश्रो दिन
हाम्मो मान्नवी

सत्रः १

बाडाे थाडाे र ओटालाे

यस सत्रमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकाया, समाजशास्त्री डा. टिकाराम गौतम, अध्येता गोविन्द नेपालीसंग पत्रकार दिपा दाहालले बहस गर्नुभएको थियो । यस सत्रमा कर्णाली प्रदेशका हिमाली जिल्लाहरुमा रहेका बस्तीहरुमा रहेको विभेद, सामाजिक परिवेश र सद्भावका कुरा तथा ती बस्तीहरु आपसमा मिलेपनि मनहरु मिलेका छन् या छैनन् भन्ने विषयमा बहस गरियो ।
बहसमा सहभागिहरुले कर्णालीमा बस्ती हरु आपसमा मिलेपनि आपसमा मन नमिलेको र सामाजिक विभेद कायमै रहेकोमा दुःख व्यक्त गर्नुभयो । बहसमा अहिलेसम्म आयपुग्दा पनि यस्ता खालका विभिन्न सामाजिक विभेदहरु कायम रहनु पनि परिवर्तनको बाधक रहेको उल्लेख गरिएको थियो । बहसमा ‘बाडो, थाडो र ओटालो’ संस्कृतिले कर्णालीको सांस्कृतिक तथा सामाजिक मिलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको र त्यसले मानवीय मन जोड्न सहयोग पुगेको निचोड निकालिएको थियो । यद्यपि लैङ्गिक तथा जातीय विभेद कर्णालीमा उतिबेलादेखि अहिलेसम्म कायम रहेकोले विभेद अन्त्य गर्ने कार्यक्रममा सरकारले जोड दिनुपर्ने औँल्याइएको छ ।

पुरा पढ्न :           डा. टिकाराम गौतम             गाेविन्द नेपाली            डा. दिपेन्द्र राेकाय

सत्रकाे पुरा भिडियाे हेर्न


सत्रः २

छाउ र भाउ

कर्णाली, सुदुरपश्चिमका महिलाले महिनावारी र सुत्केरी हुँदा भोग्नुपर्ने समस्याका कुराहरु, यहाँका वालवालिकाका समस्याहरुका विषयमा बहस गरिएको यस सत्रमा वक्ताहरु लेखक राधा पौडेल, राजनीतिज्ञ विन्दा पाण्डे, बालरोग विशेषज्ञ डाक्टर नवराज केसी र गमता बि.क. हुनुहुन्थ्यो । उक्त सत्रको सहजकर्ताको रुपमा अध्येता दिव्यराज खड्का हुनुहुन्थ्यो । बहसमा सहभागीहरुले महिला तथा वालवालिकाका समस्याहरु समाधान गर्नका लागि साना व्यवहारबाट परिवर्तनको सुरुवात गर्नुपर्ने बताउनुभएको थियो । बहसमा कर्णाली प्रदेश असपताल सुर्खेतका बालरोग विशेषज्ञ डाक्टर नवराज केसीले आफुले बच्चाको नामबाट एउटा बाबुलाई चिठि लेखेर उसको आमालाई हिंसाको सिकार हुनबाट रोकेको उदाहरणीय कामको अनुभव पनि सुनाउनुभएको थियो ।
पुरा पढ्नः     राधा पौडेल       विन्दा पाण्डे      डा. नवराज केसी           गमता बि.क.

सत्रको पुरा भिडियो हेर्न


सत्र ३: आम्नै कथा आम्नै बान्की

कला वा साहित्यमार्फत कर्णाली कसरी अभिव्यक्त भइरहेको छ भन्ने विषयमा छलफल गर्नका लागि निर्माण गरिएको यस सत्रमा साहित्यकार वुद्धीसागर, लेखक सरला गौतम, रंगकर्मी हिरा बिजुली नेपालीसंग सञ्चारकर्मि भुपेन्द्र खड्काले बहस गर्नुभएको थियो ।

पुरा पढ्नः        वुद्धीसागर            सरला गौतम           हिरा बिजुली नेपाली

सत्रको पुरा भिडियो हेर्नः 


सत्र ४: कहरी शुकालो होला कैले जाला कैठ

यस सत्रमा संक्रमणरोग विशेषज्ञ डा. अनुप सुवेदी, जनस्वास्थ्यविज्ञ डा. सुरेश तिवारी, प्रदेश अस्पताल सुर्खेतकी डा. दुर्गा थापासँग लेखक माधव चौलागाईँले बहस गर्नुभएको थियो । यस सत्रमा कोरोना महामारी, यसले दिएको सिकाइ, तयारीको अवस्था र यसको प्रभावको विषयमा बहस गरियो । सत्रमार्फत जनस्वास्थ्यविज्ञहरुले कर्णालीलाई रोग व्याधिबाट मुक्त वनाउने तथा आगामी दिनहरुमा पनि यस्ता किसिमका महामारीहरु आएमा त्यस विरुद्ध कसरी जुध्ने भनेर छलफल गरेका थिए ।

पुरा पढ्नः      डा. अनुप सुवेदी                डा. सुरेश तिवारी                                 डा. दुर्गा थापा

सत्रको पुरा भिडियो हेर्नः

 


सत्र ५: हाट जान्या, भोट जान्या

यस सत्रमा पत्रकार नगेन्द्र उपाध्यायले कर्णाली प्रदेश सभा सभामुख माननीय राज बहादुर शाही, डोल्पाका समाजसेवी धनराम बुढाथोकी, मानवशास्त्री जनक राईसँग हाट जाँदाको अनुभव, भोट जाँदाको अनुभव, त्यसबेलाका परम्परा, चलन, अहिले देखिएको परिवर्तन आदि विषयमा बहस गरिएको थियो ।

पुरा पढ्नः                    मा० राजबहादुर शाही                 धनराम बुढाथोकी                    जनक राई

सत्रको पुरा भिडियो हेर्नः 


पैकेलो

सुनमाया बुढा, धावक

जुम्लाका धावक सुनमाया बुढाले आफ्नो सफलताको कथा सुनाउनुभयो । उत्सवमा कर्णालीलाई आफ्नो कर्मद्धारा चिनाएका युवाहरुको कथा सुन्ने गरि कार्यक्रम तय गरिएको थियो , पैकेलोको कथा । जसको अर्थ साहसिक व्यक्तित्व, हिरो भन्ने हुन्छ । पैकेलोको कथामा सुनमाया वुढाले कर्णाली उत्सवभन्दा पहिले कुनै पनि सार्वजानिक कार्यक्रममा आफ्नो कथा सुनाउन नपाएको बताउँदै सबैमाझ आफ्नो कथा राख्न पाउँदा उत्साहित भएको उल्लेख गर्नुभयो ।
पुरा पढ्नः 

पुरा भिडियो हेर्नः 


गजल सन्ध्या
यस सत्रमा सञ्चारकर्मि अच्युत घिमिरे सहजकर्ता हुनुहुन्थ्यो । स्थानियस्तरका २५ जनाभन्दा बढि गजलकारहरुले आफ्ना गजल बाचन गरेर सुनाउनुभएको थियो ।

सामाजिक सञ्जालमार्फत सहजकर्तालाई टिपाउनुभएका गजलहरु सहजकर्ता घिमिरेले बाचन गरेर सुनाउनुभएको थियो । गजलहरु खस भाषमा पनि बाचन गरिएको थियो । लिला पोखरेल, माया निर्भिक, सीता यरी, पत्निका थापा, पुनम धमला, समिक्षा खड्का अम्विका भट्टराई लगायत गजलकारले आफ्नो सिर्जना वाचन गर्नुभएको थियो ।

पुरा भिडियो हेर्नः

 


 

तेश्रो दिन
 सुर्के थैली


सत्र ६: कर्णाली घुमाउटो पड्यो

यस सत्रमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. पुष्पराज कँडेल, योजनाविद्, पुर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, कर्णाली प्रदेश योजना आयोग सदस्य योगेन्द्र शाहीबिच अन्तर्कृया भएको थियो । सत्रमा सामाजिक विकास अभियान्ता डा. रेणु अधिकारीले सहजकर्ताको भुमिका निर्वाह गर्नुभएको थियो ।

यस सत्रमा विकास, योजना, प्रशासन देखी लिएर पुस्तक पनि कर्णालीसम्म आइपुग्न धेरै घुम्नुपर्छ । ढिलो आइपुग्छ । आखिर ढिलो किन हुन्छ ? कर्णाली विकासमा पछाडि किन पर्याे ? अहिले पनि किन गति लिन सकेको छैन ? समस्या के हुन ? समाधान के हुन ? कसले के गर्दिए विकास यति धेरै घुम्नु पर्दैन ? जस्ता विषयहरुमा बहस गरियो ।

पुरा पढ्नः        प्रा. डा. पुष्पराज कँडेल      डा. दिनेशचन्द्र देवकोटा      योगेन्द्र शाही

पुरा भिडियो हेर्न


सत्र ७: पड्नु पड्डोछ: साक्षर, शिक्षित र प्राज्ञिक कर्णाली

कर्णाली र कर्णाली जस्तै दुर्गममा, हिजो, आज र भोलि भइरहेको वा भएको शिक्षा र विकासका कुरा, हिजोको कर्णालीमा शिक्षाको पहुँच र अवसर कस्तो थियो, आज के छ, र भोलि कस्तो हुनेछ ? मुलधारको शिक्षा, वैकल्पिक शिक्षण, सिकाई र व्यवसायिक तथा सिपमुलक शिक्षाको कुरा समेतका विषयमा बहस गरिएको यस सत्रमा राजनितिकर्मी मिलन पाण्डे, वीरेन्द्रनगर नगरपालिका उपप्रमुख मोहनमाया ढकाल, शैक्षिक अभियानता शान्ता दहालसँग पत्रकार सुर्यमणी गौतमले बहस गर्नुभएको थियो ।

पुरा पढ्नः                  मिलन पाण्डे              मोहनमाया ढकाल                     शान्ता दहाल

सत्रको पुरा भिडियो हेर्नः 


सत्र ८: प्राङगारीक प्रयास

यस सत्रमा कर्णाली प्रदेशका भुमी व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय सचिव राजेन्द्रप्रसाद मिश्र, कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय सचिव मोहनदेव जोशी, खाद्य अधिकारकर्मी सुरेशकुमार गौतम, कुमाख गाउँपालिका सल्यानका अध्यक्ष दिलमाया बुढा मगरसँग पत्रकार गणेशकञ्चन भारतीले बहस गर्नुभएको थियो ।

पुरा पढ्नः  राजेन्द्रप्रसाद मिश्र        मोहनदेव जोशी        सुरेशकुमार गौतम          दिलमाया बुढामगर

सत्रको पुरा भिडियो हेर्नः     


सत्र ९:  पुइँसाका कुडा, थैलीदेखी बैँकसम्म

दुर्गममा वित्तिय पहुँच, महत्व, उपादेयता, अवसर र चुनौतीहरु जस्ता विषयहरुमा बहस भएको यस सत्रमा राष्ट्रिय वाणिज्य बैँकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ, प्रभु बैँकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नबिल बैँकका नायब महाप्रबन्धक मनोज ज्ञवाली , सनराइज बैँक सुर्खेतकी शाखा प्रबन्धक सुस्मा गिरी सँग पत्रकार टीकाराम यात्रीले बहस गर्नुभएको थियो ।

पुरा पढ्नः    किरणकुमार श्रेष्ठ           अशोक शेरचन            मनोज ज्ञवाली           सुस्मा गिरी 

सत्रको पुरा भिडियो हेर्नः 


सत्र १०:  कर्णाली प्रणाली (योजना, पूर्वाधार र लगानी )

यस सत्रमा पत्रकार राजेन्द्र बानियाँले पूर्व राजदुत एवम् अर्थविद् डा. शंकरप्रसाद शर्मा, नेपाल सरकारका सहसचिव घनश्याम उपाध्याय, नेपाल सरकारका सहसचिव धनीराम शर्मा, आइ.एस.टी.एस.का डा. नम्रता पाण्डेसँग बहस गर्नुभएको थियो ।

सत्रमा कर्णालीको पूर्वाधारको अवस्था, प्रणाली , विकासको अवस्था, आगामी योजना तथा पूर्वाधार विकासका लागि चाल्नुपर्ने कदमहरु आदि विषयमा बहस गरिएको थियो ।

पुरा पढ्नः    डा. शंकरप्रसाद शर्मा      घनश्याम उपाध्याय        धनीराम शर्मा       नम्रता पाण्डे

सत्रको पुरा भिडियो हेर्नः 


 

चौथो दिन
 कैथा नेता , कैथो नेतृत्व

सत्र ११: पश्चिममा प्रशासक, पश्चिमका प्रशासक
नेपाल सरकारका पुर्व सचिव कृष्णराज विसि, कर्णाली प्रदेश सरकारका पुर्व प्रमुख सचिव केवलप्रसाद भण्डारी, जुम्ला जिल्लाका पुर्व प्रमुख जिल्ला अधिकारी दुर्गा वञ्जाडे र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाल यस सत्रमा वक्ताको रुपमा रहनुभएको थियो । सत्रको सहजिकरण सञ्चारकर्मि रुपेश श्रेष्ठले गर्नुभएको थियो ।
सत्रमा किन प्रशासकहरु पश्चिम आउन मान्दैनन ? कर्णाली सरुवा भयो भन्नासाथ कर्मचारीलाइ कस्तो महसुस हुन्छ ? कर्णालीमा सेवा गर्न त्यस्तो के समस्या छ, के संभावना छ ? कर्णालीको विकासमा कर्मचारीको के योगदान हुन सक्छ ? पश्चिमबाट पूर्व तिर फर्केर हेर्दा प्रशासकले के देख्छ ? लगायतका विषयबस्तुहरु माथी बहस गरिएको थियो ।

पुरा पढ्नः       कृष्णराज विसि      केवलप्रसाद भण्डारी          दुर्गा वञ्जाडे               टिकाराम ढकाल

सत्रको पुरा भिडियो हेर्नः 


सत्र ११ : सरकारी गैरसरकारी

सरकार किन नागरिक संघसंस्थाको भुमिका खुम्च्याउन चाहन्छ ? नागरिक संघसंस्था किन जश लिने होडमा मात्रै रहन्छन ? सामाजिक मुद्दामा के यी दुईविच लामो सहकार्य हुने ठाउँ छैन ? सरकार र गैरसरकारी संस्थाले के कस्ता विषयमा कसुरी सहकार्य गर्न सक्छन् ? लगायतका विषयमा यस सत्रमा बहस गरिएको थियो ।
सञ्चारकर्मि प्रकाश लामिछानेले सहजिकरण गर्नुभएको यस सत्रमा वक्ताहरु कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावल, गैरसरकारी संस्था महासंघका उपाध्यक्ष सुमित्रा शर्मा, समृद्धी फाउण्डेशनका निर्देशक दिपेन्द्र चौलागाई र प्रदेश नं. २ का मुख्य न्यायधिवक्ता दिपेन्द्र झा रहनुभएको थियो ।

पुरा पढ्नः        दल रावल        सुमित्रा शर्मा         दिपेन्द्र चौलागाई            दिपेन्द्र झा

सत्रको पुरा भिडियो हेर्नः 


सत्र १३ : लोकतन्त्रको लय

के आज लोकतन्त्र लयमा छ ? भन्ने विषयमा बहस केन्द्रित गरिएको यस सत्रको सहजिकरण पत्रकार सरोजराज अधिकारीले गर्नुभएको थियो ।

प्रतिनिधिसभाका सांसद पार्वति विशुन्के, पत्रकार अमित ढकाल, अभियान्ता रिता परियार यस सत्रको वक्ताको रुपमा रहनुभएको थियो ।

पुरा पढ्नः            मा० पार्वति विशुन्के          अमित ढकाल         रिता परियार

सत्रको पुरा भिडियो हेर्नः 


सत्र १४ मुख्य माण्ठ मुल कुडा

पत्रकार दिलभुषण पाठकले सहजिकरण गर्नुभएको यस सत्रमा प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउत वक्ताको रुपमा रहनुभएको थियो ।

कर्णाली र प्रदेश नं. २ का समानता के छन् ? असमानता के छन् ? पहाडको प्रदेश कर्णाली र मधेशको प्रदेश नं. २ ले आपसमा कस्ता चिजमा सहकार्य गर्ने सम्भावना छन् ? लगायतका विषयबस्तु यस सत्रमा बहसका विषयका रुपमा रहेका थिए ।

पुरा पढ्नः   लालबाबु राउत

सत्रको पुरा भिडियो हेर्नः 


समापन समारोह

मन्तव्यः

नन्दसिंह बुढा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय कर्णाली प्रदेश

पुरा पढ्नः

भिडियो हेर्नः


समापन मन्तव्यः

गोविन्दप्रसाद कलौनी, प्रदेश प्रमुख, कर्णाली प्रदेश

कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले ‘कर्णाली उत्सवः कुडा कर्णालीका’ दोस्रो संस्करण समुन्नत प्रदेश निर्माणको सहयोगी बन्ने बताउनुभयो ।

समापन कार्यक्रममा बोल्दै उहाँले कर्णालीको भाषा, साहित्य, कला संस्कृतिलाई देश तथा विदेशभरि चिनाउने उद्देश्यले आयोजित उत्सवबाट समुन्नत प्रदेश निर्माणमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नुुभयो ।

पुरा पढ्नः 

भिडियो हेर्नः 


 

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events