कार्यक्रम सारांश

पृष्ठभूमि

कर्णालीलाई चिन्ने र चिनाउनुकासाथै कर्णालीमै बसेर राष्ट्रिय बहस गर्न सकिन्छ भन्ने मानक स्थापित गर्नका लागिशुरु गरिएको कर्णाली उत्सव ..कुडा कर्नालीकाको पाँचौँ संस्करण सम्पन्न भएको छ। २०८०फागुन ५ देखि ७ गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यान परिसरमा सञ्चालन भएको कर्णाली उत्सव ..कुडा कर्नालीकाएउटा साहित्यिक, सांस्कृतिक एवं नीतिगत बहसको कार्यक्रम हो।विचारको उत्सवको रुपमा समेत परिचित कर्णाली उत्सव हरेक वर्ष फागुन महिनामा ३ दिनसम्म सञ्चालन हुन्छ।

नेपाली भाषाको उद्गम तथा खस राज्यको विरासत बोकेको कर्णाली प्रदेशले अब आफ्नो कुरा आफैं भन्न थालेको छ। प्रदेशका नीति निर्माता तथा जवाफदेही व्यक्तिहरुलाई कर्णालीले प्रश्न गर्न थालेको छ। उत्सवको पहिलो संस्करण २०७६ फागुन १९, २० र २१ गते सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको थियो।जसमा विभिन्न १४वटा सत्रहरु तथा अन्य विषयहरूमा बहस तथा साहित्यिक कार्यक्रम सञ्चालन भएको थियो। कर्णाली उत्सवको दोस्रो संस्करण २०७७ फागुन २६ देखि २९ गतेसम्म वीरेन्द्रनगर स्थित बुलबुले उद्यान परिसरमा सम्पन्न भएको थियो जसमा पनि १४ वटा सत्रहरु रहेका थिए। कर्णाली उत्सव ..कुडा कर्नालीकाको तेस्रो संस्करण २०७८ फागुन २७ देखि २९ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा सञ्चालन भएको थियो। यस संस्करणमा कुल १३ वटा सत्रहरु सन्चालन भएका थिए।कर्णाली उत्सव ..कुडा कर्नालीकाको चौँथो संस्करण २०७९ फागुन ५ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगर स्थित बुलबुले उद्यान परिसरमा बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भएको थियो।
कर्णाली उत्सव ..कुडा कर्नालीकाको हाल सम्मका पाँचवटै संस्करणमार्फत् देशको ध्यान कर्णालीमा तान्ने प्रयास गरिएको छ। उत्सवमा देशकै प्रतिष्ठित व्यक्तित्व, कर्णालीलाई बुझेका र बुझ्न चाहने सबैको सहभागिता रहेको थियो। उत्सव कर्णाली प्रदेशलाई चिन्ने र चिनाउने अभियान संगै कर्णाली प्रदेशमै बसेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मुद्दाहरुमा बहस गर्न सकिन्छ भन्ने प्रयास हो।उत्सवले कर्णालीका पहिचान र सम्भावनाहरुको खोजी गर्नुका साथै समग्र प्रदेशको समृद्धिमा बौद्धिक योगदान गरेको छ।कर्णाली उत्सवलाई पाँचौँ संस्करणसम्म आइपुग्दा सफलतापूर्वक संचालन गर्नका लागि विभिन्न माध्यमबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग, सल्लाह,सुझाव, हौसला र सकारात्मक आलोचना प्रदान गर्नुहुने सबै जना धन्यवादको पात्र हुनुहुन्छ।

कर्णाली उत्सव ..कुडा कर्नालीकाको पाँचौँ संस्करण २०८० फागुन ५ देखि ७ गतेसम्म सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले उद्यान परिसरमा बिहान ११ देखि साँझ ७ बजेसम्म सञ्चालन भएको थियो। जसमा कुल १४ वटा सत्रहरु, ३ वटा पैकेलोको कथा, ४ वटा विद्वत प्रवचन र ३ वटा साहित्यिक एवं सांस्कृतिक सत्रहरु सञ्चालन भए।

उत्सवको लक्ष्य
कर्णाली प्रदेशको पहिचान र संभावना केलाई यहाँका ऐतिहासिक, राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक एवं पर्यटकीय महत्व दर्शाउँदै कर्णाली प्रदेशलाई बौद्धिक गन्तव्यका रुपमा विकास गर्नु यस उत्सवको लक्ष्य हो।

उत्सवका उद्धेश्यहरु
1. कर्णाली प्रदेशमा पर्यटन प्रर्वद्धन गर्नु।
2. कर्णाली प्रदेशको कला, संस्कृति, भाषा र साहित्यको प्रर्वद्धन गर्नु।
3. प्रदेशको शैक्षिक तथा प्रशासनिक विकासका लागि पैरवी गर्नु।
4. प्रदेशमा रहेका आर्थिक संभावनाहरुको खोजी गर्नु।
5. प्रदेशको सामाजिक अवस्थामाथि विमर्श गर्नु।
6. संघ, प्रदेश र स्थानीय तहबीचको अन्तर्सम्बन्ध मजवुत पार्दै सबै तहका सरकारलाई नागरिकप्रति उत्तरदायी बनाउनु।

उत्सवको उपयोगिता
कर्णाली उत्सवले कर्णालीमा एक प्रकारको उर्जा सम्प्रेषण गरेको छ। कर्णाली समृद्धिको बाटो पहिल्याउन मद्धत पुगेको छ। कर्णालीको पहिचान र संभावनाका विषयमा खुलेर छलफल भएका छन्। देशैभर छरिएर रहेका विद्धान् विदुषीहरुले कर्णालीको चर्चा गरेका छन्। उत्सवमा भएका छलफलको सार विभिन्न अध्ययन, अनुसन्धान तथा प्रतिवेदनको अंश बन्न सक्छ। नीति निर्माताहरुलाई खुराक बन्न सक्छ। समग्रतामा कर्णालीको चर्चा हुनु भनेको प्रदेशले उन्नतिको मार्ग पहिल्याउन सक्नु हो। उत्सवले कर्णालीको सांस्कृतिक र साहित्यिक विकासमा योगदान पुर्याएको छ। कर्णलीलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमै उपयुक्त पर्यटकीय गन्तव्य बनाउन सहयोग पुगेको छ। कर्णाली उत्सवमा मुख्यतः प्रदेशको ऐतिहासिक, सामाजिक, साँस्कृतिक, राजनीतिक, आर्थिक तथा पर्यटकीय क्षेत्रका मुद्दालाई छलफलको विषय बनाइएको थियो। कर्णालीमा रहेको सामाजिक समस्याहरु, समस्या समाधानका उपायहरु साथै कर्णालीको विकासको अवस्था, योजनाहरुमा हुने ढिलासुस्ती र समाधान, आविश्कारका कुरा जलविधुतको पहुँचको कुरा लगायत विभिन्न १३ वटा सत्रमा ७० जना भन्दा बढी वक्ताहरुले छलफल गरेका छन्। छलफलले तत्काल सुधार गनुपर्ने विषय, दिर्घकालमा समाधान गर्नुपर्ने विषयहरु श्पस्ट पारेको त छ नै, त्यसको साथै नीति निर्माणमा सार्वजनिक वहसको महत्वलाई समेत दर्शाइदिएको छ। उत्सवको आयोजनाले प्रत्यक्ष तथा परोक्ष रुपमा प्रदेश सरकारको विभिन्न कार्यक्रमहरुलाई सार्थक तुल्याउन धेरै हदसम्म सहयोग पुग्ने देखिन्छ। उत्सवका अवसरमा सुर्खेत आउने धेरैजसो साहित्यकार, लेखक, पत्रकार, कलाकार र विशिष्ट व्यक्तिहरुले कर्णालीबारे सञ्चार माध्यामहरुमा लेख्दै आएका छन्। उत्सवमा छलफल भएका राजनीति, इतिहास, समाज, कला, साहित्य, विकास तथा समृद्धिका विषयले मिडियामा प्राथमिकता पाएको छ।

उत्सवका परिणामहरु
1. कर्णाली उत्सव पाँचौँ संस्करण भौतिक उपस्थितिमा आठ हजार भन्दा बढीले र अनलाइनमा ३० लाख भन्दा बढी पटक हेरिएको छ।
2. कर्णाली, यसको परम्परागत पहिचानर यसलाई हेर्ने दृष्टिकोणबारे विविधतायुक्त विचार, वादविवाद एवं मतभेदहरुलाई समेत सहभागितामुलक बहस, मन्थन र चिन्तनको थालनी गर्ने साझा मञ्च कर्णाली उत्सव भएको छ।
3. सरकार, नागरिक समाज, विज्ञ र कर्णालीबासी एवं कर्णालीलाई मायागर्नेहरु विच कर्णालीका साझा समस्याको पहिचान गरी कला, भाषा, संस्कृति र विकासको साझा अवधारणा बनाउन मद्दत पुगेको छ जसले सरकारका तीनवटै तहलाई कर्णालीमा विकास र सम्मृद्धिको थप खाका कोर्न एवं योजनाहरु अघि बढाउन मद्दत हुनेछ।
4. उद्योग, पर्यटन, मानव विकास लगायतका नतिजामुखी कृयाकलापहरु अघि बढाउन आर्थिक, सामाजिक, राजनितिक र सांस्कृतिक परिदृष्यहरु झनै महत्वपुर्ण कारकतत्व हुने हुँदा छलफलको निचोडहरु यी सबै क्षेत्रका लागि सन्दर्भ सामग्रीका रुपमा चीरकाल सम्मका लागि उपयोगी हुनेछन्।
5. विश्वविद्यालय, विद्यालय, पत्रकारिता लगायतका वौद्धिक, प्राज्ञिक एवं चिन्तनका विषयहरुमा समेत कर्णाली उत्सवको बहसबाट निस्किएका विचारहरु अध्ययन, अनुसन्धानका लागि सन्दर्च सामग्रीका रुपमा उपयोगी हुनेछन्।
6. कर्णालीका प्रतिभाहरुले प्रतिपादन गरेका सिद्धान्त, आविस्कार र सिर्जनाहरुलाई समेत विश्वव्यापी रुपमा पहिचान दिलाउँदै यसको विश्वव्यापी स्विकारोक्तिका लागि उत्सवले साझा मञ्च निर्माण गरेको छ। प्रदेशमा नीतिगत सुधारका सुझावहरु प्राप्त भएको छ।
7. आम नागरिकले आफ्ना नीतिनिर्माताहरुलाई सार्वजनिक मन्चबाट सुझाव दिन पाएका छन्, प्रश्न सोध्न पाएका छन्।


पाँचौँ संस्करण २०८०
२०८० फागुन ५-७ गते, बुलबुले उद्यान, वीरेन्द्रनगर, सुर्खेत
विहान ११ बजेदेखि साँझ ७ बजेसम्म
बहस सत्रहरुः १४
पैकेलोको कथाः३
विद्वत प्रवचनः ४
वक्ता तथा सहजकर्ताः 83
साहित्यिक एवं सांस्कृतिक सत्रहरुः ३ (सांस्कृतिक, देउडा र गजल)
प्रत्यक्ष प्रसारणः कर्णाली उत्सवका फेसबुक र युट्युब, सेतोपाटी र सिआइएनको फेसबुक पेज तथा सिआइएनमार्फत देशभरका कम्तिमा १०० वटा सामुदायिक एफएम रेडियोर अन्य मिडियाहरुमार्फत प्रत्यक्ष प्रसारण
अनुमानित भर्चुअल सहभागिताः 30 लाख
अनुमानित भौतिक सहभागिताः 8 हजार


पहिलो दिन फागुन ५ गते शनिवार


उद्घाटन समारोह

कर्णाली उत्सवः बहसको अनवरत यात्रा

दिनेश गौतम,  कार्यकारी निर्देशक,  कर्णाली उत्सव

कर्णाली उत्सवका कार्यकारी निर्देशक दिनेश गौतमले २०७६ सालको दशैंताका जब हामीले कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको सामाजिक फोरमको आवश्यकता महशुस गरी २०७६ फागुन १९ गतेबाट शुरु भएको कर्णाली उत्सवको यो यात्रा ५ वर्षमा आइपुग्दा थप परिष्कृत र परिमार्जित हुँदै गएको बताउनुभयो । उहाँले नेपाल सरकारका सचिव केवलप्रसाद भण्डारीको अभिभाकत्व र राष्ट्रिय वाणिज्य वैकको वित्तीय श्रोत सहयोगले हामीलाई निरन्तरतामा धेरै नै सहयोग पुगेको उल्लेख गर्नुभयो। उहाँले भन्नुभयो, ‘कर्णालीले आफ्नो कुरा आफैँ भन्न थालेको छ। कर्णाली उत्सवमा कर्णालीका कुराकानी हुन्छ। यसका साथै कर्णालीमा बसेरै पनि राष्ट्रिय मुद्धाहरुमा बहस गर्न सकिन्छ भन्ने पनि स्थापित हुँदै गएको छ। यसर्थ कर्णाली देशको चिन्तन गर्न तयार छ भन्ने कुरा हामीले पुष्टि गर्न सकेका छौँ। अतः कर्णाली उत्सव एक साझा मञ्चको रुपमा स्थापित भएको छ। जहाँ सबैले खुला रुपमा सार्वजनिक नीति वहस गर्न सकुन्। पाँच वर्ष अगाडिको एउटा सानो प्रयास आज एउटा वृहत् अभियानको रुपमा स्थापित भएको छ। र यसको सफलताको श्रेय तपाईंहरु सबैलाई जान्छ जसले कर्णालीलाई प्रेम गर्नुहुन्छ, जसले कर्णाली सुनिनुपर्छ भन्ने ठान्नुहुन्छ, र जसले अब कर्णालीले पनि कथा सुनाउँछ भन्नेमा विश्वस्त हुनुहुन्छ।’ उहाँले कर्णाली उत्सव र बहसको उपलब्धिहरुबारे समेत चर्चा गर्नुभयो।


बहसमा लगानी

किरणकुमार श्रेष्ठ, प्रमुख कार्यकारी अधिकृत, राष्ट्रिय वाणिज्य बैंक

कर्णाली उत्सव ..कुडा कर्नालीकाको पाँचौँसंस्करणको शीर्ष प्रायोजकको रुपमा रहेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले कर्णालीलाई चिन्ने र चिनाउनेका साथै कर्णालीमै बसेर राष्ट्रिय बहस गर्ने उत्सवको तेश्रो संस्करणदेखि नै शीर्ष प्रायोजकको रुपमा राष्ट्रिय वाणिज्य बैंक जोडिन पाउँदा आफू निकै नै उत्साहित भएको बताउनुभयो।  उहाँले भन्नुभयो, ‘यस्ता बैचारिक उत्सवहरुलेनै मानिसमा उत्साहको सञ्चार गर्छ। देशमै केही गर्नुपर्छ भन्ने मानसिकताको विकास गर्छ। अतः यस्ता उत्सवमा लगानी गर्नुले देश विकासमा योगदान हुन्छ भन्ने म ठान्दछु।’कर्णाली प्रदेशको समृद्धिको लागि विकासका विविध आयामहरु जस्तै पर्यटन, पर्यावरण, उर्जा, रोजगार, लगानी, नितिनिर्माण जस्ता पक्षहरु माथिको गन्थन मन्थन र चिन्तनले अवश्य पनि सार्थक परिणाम ल्याउने उहाँले वताउनुभयो ।


कर्णाली प्रेम

केवलप्रसाद भण्डारी, सचिव, नेपाल सरकार

कर्णाली उत्सव ..कुडा कर्नालीकाकोसुरुवाती समयमा कर्णाली प्रदेश सरकारको प्रमुख सचिवको भूमिकामा रहनुभएका तथा उत्सवको पहिलो संस्करण देखि नै उत्सवलाई सफल बनाउनअभिभावकिय भूमिका खेल्नुभएका हाल नेपाल सरकारका सचिव केवल प्रसाद भण्डारीले कर्णाली प्रेम र कर्णाली उत्सव प्रतिको प्रेमबारे धारणा राख्नुभयो। कर्णालीलाई उहाँले आफुलाइ धेरै नै माया लाग्ने र यहाँको विकास र समृद्धीमा योगदान गर्न रुची लाग्ने बताउनुभयो।

उहाँले भन्नुभयो, ‘पहिलो संस्करण २०७६ फागुनदेखि यता हरेक बर्ष यस विचारको पैठमा पूर्वतयारीदेखि कार्यक्रम अवधिभर संलग्न रहँदा मैले अनुभूत गरेका यसका केहि विशेषताहरुबाट प्रभावित भएको छुँ।’


वीरेन्द्रनगरमा बहसको बहार

मोहनमाया ढकाल, नगर प्रमुख, वीरेन्द्रनगर नगरपालिका, सुर्खेत

कर्णाली उत्सव कुडा कर्नालीकाको पाँचौँ संस्करण २०८० को आयोजक सहर समेत रहेको वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले वीरेन्द्रनगरमा बहसको बहारका विषयमा आफ्नो मन्तव्य राख्नुभयो। ज्ञानरविज्ञानकोचर्चागरिनेगर्नेयस्तागतिविधिलेशहरकोमौलिकपहिचानविस्तारगर्नठूलोभूमिकाखेल्ने बताउँदै उहाँले संघीयतासंगै नेपालमा पनि वहसको विकेन्द्रीकरण हुँदै गइरहेको अवस्थामा यसले संघीयतालाई झनै मजबुत बनाउन पक्कै सहयोग पुग्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘काठमाडौं बाहिर पनि यस्ता गतिविधिहरु विस्तारित हुँदै गइरहेको सन्दर्भमा यहाँहरु सबैको सहयोग र सहभागिताका कारण वीरेन्द्रनगरमा आयोजना हुँदै आएको कर्णाली उत्सव..कुडा कर्नालीकाले निकै विशिष्ट पहिचान र उचाई हासिल गरेको महसुस गरेका छौं यो सद्भावर सहकार्य निरन्तर हुनेछ भन्ने विश्वास छ। हामीलाई लाग्छ कर्णाली उत्सव कर्णाली प्रदेशकै एक महत्वपूर्ण गन्तब्य बन्नेछ। र यसले वीरेन्द्रनगरमा बहसको बहार ल्याउनेछ।’


नीति बहसको महत्व

मा. योगेन्द्र शाही, उपाध्यक्ष, कर्णाली प्रदेश योजना आयोग

कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष माननीय योगेन्द्रबहादुर शाहीले नीति बहस र यसको महत्वबारे मन्तब्य राख्नुभयो। उहाँले नीतिले युगको भाका बोल्ने बताउनुभयो। उहाँले कर्णालीको समृद्धीका लागी संघीयता र संघीयतासँगै र्वजनिक नीति बहसको धेरै नै महत्व रहेको भन्नुभयो। उहाँले भन्नुभयो, ‘ नीतिले गहिरो बहस खोज्छ । यसको बलियो जरा हुनु पर्दछ । नीति विनाको कार्यक्रम कार्यान्वयन दिग भ्रमित हुन्छ । कार्यान्वनय विनाको नीति शारीरिक अपाङ्गता जस्तै हुन्छ । तर स्वयम् नीति दिब्य चस्वु हो वा होइन भन्ने कुराको निर्क्योल वाद. प्रतिवाद र सम्बादको प्रक्रियाले निश्चित गर्दछ । त्यसैले राम्रो नीति निर्माण, त्यसको उत्कृष्ठ कार्यान्वयन र प्रगतिशिल समाज निर्माणको प्रक्रियालाइ नीति सम्वादले महत्वपूर्ण भूमिका खेल्दछ। वादे वादे जाएते तत्व बोध।’

पुरा पढ्न


विद्वत प्रवचन (प्रसुति र पितृसत्ता)

डा. सुधा शर्मा, पूर्व स्वास्थ्य सचिव, नेपाल सरकार

नेपाल सरकारका पूर्व स्वास्थ्य सचिव सुधा शर्माले प्रसुति र पितृसत्ता का विषयमा विद्वत प्रवचन व्यक्त गर्नुभयो। उहाँले पितृसत्ताको असर प्रसूतिका बेला मात्र देखिने होइन, यो महिलाको सम्पूर्ण जीवन कालमा- कोखदेखि बुढ्यौलीसम्म नै हुने बताउँदै यसको नकारात्मक असरलाई गरिबी, अशिक्षा र जातीय विभेदले मलजल गर्ने उल्लेख गर्नुभयो।उहाँले भन्नुभयो, ‘आफ्नी आमाले भोग्ने गरेको घरेलु हिंसा प्रत्यक्ष देखेकी बालिकाले पछि गएर हिंसालाई सामान्य रूपमा लिन्छे, प्रतिकार गर्न सक्दिन। प्रतिकार गरी भने पनि उसको सुरक्षा, साथ, सहयोग दिने परिवार, समाज या राज्य उसले पाउँदिन ।’

पुरा पढ्न


उठाऔं कर्णाली

मा. तिलक परियार, प्रदेश प्रमुख, कर्णाली प्रदेश

कर्णाली उत्सव कुडा कर्नालीकाको पाँचौँ संस्करणको उद्घाटन समारोहका प्रमुख अतिथि कर्णाली प्रदेशका प्रदेश प्रमुख मा. तिलक परियारले उठाऔं कर्णाली शिर्षकमा मन्तव्य राख्नुभयो। उहाँले शुसासन सामाजिक न्याय र समृद्ध कर्णाली प्रदेशका लागि सार्वजनिक नीतिगत बहसको आवश्यकता रहेको बताउनुभयो। उहाँले कर्णाली उत्सव विचार मन्थनको कार्यक्रमलाइ सफलताको शुभकामना दिनुभयो।

सिंगारु नाच

कार्यक्रममा सिम्ता गाउँपालिका सुर्खेतको सिंगारु नाच प्रस्तुत गरिएको थियो।
सिम्ता गाउँपालिकाका उपाध्यक्ष गोमा शर्मा रेग्मी र गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत भलाराम पंगाली तथा गगनसिंह ठकुरीलगायतको सहभागितामा उक्त नाच प्रस्तुत गरिएको थियो।


इपिसेन्टर

यस सत्रमा वक्ताहरुः रबि केसी (नगर, प्रमुख, आठविसकोट नगरपालिका, रुकुम पश्चिम), बीर बहादुर गिरी (अध्यक्ष, बारेकोट गाउँपालिका, जाजरकोट), डा. लोकविजय अधिकारी (भूकम्पविद्) र रमा गौतम (सभापति, नेपाल रेडक्रस सोसाइटी, रुकुम पश्चिम) रहनुभएको थियो। यस सत्रको सहजीकरण पत्रकार राजु लामिछानेले गर्नुभएको थियो। लामिछानेले रुकुमपश्चिमा रहेर पत्रकारिता गर्दै आउनुभएको छ। २०८० कार्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ कोरामिडाँडा केन्द्रविन्दु बनाएर ६.४ म्याग्निट्यूडको गएको भूकम्पले १ सय ५४ जनाको ज्यान गयो।भूकम्पले जाजरकोटर रुकुम पश्चिमका पालिकाहरूमा ठूलो जनधनको क्षति भयो। ३ सय ७२ जना भूकम्पमा परी घाइते भए। यसले गरेको क्षति र उद्दार तथा राहत एवं पुनर्स्थापनामा यस सत्र केन्द्रीत थियो। बहसमा बोल्दै जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर ओलीले सुतिरहेको अवस्थामा भूकम्प पछि बाहिर निस्किदा बारेकोटको चारैतिर उज्यालो देखिएको बताउनुभयो। रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाका प्रमुख रवि केसीले कर्णालीले रोग , भोक भोगिरहेकै बेला भूकम्पले शोक थपेको बताउनुभयो।नेपाल रेकक्रस सोसाइटी रुकुम पश्चिमकी सभापति रमा गौतमले भूकम्पमा सबैभन्दा पहिला त्रिपालको माग नागरिकले गरेको र त्यसपछि बल्ल खाद्यान लगाएतका सामाग्रीहरु जनताले मागेका बताउनुभयो।भूकम्पविद् लोकविजय अधिकारीले भूकम्पबारे जनता शिक्षित नभएसम्म भूकम्पबाट हुने क्षती कम नहुने बताउनुभयो।

पुरा पढ्न   


   संकट र सेवा

कर्णालीबासीले विभिन्न समयमा झाडापखाला, बाढी पहिरो, भूकम्प र कोभिड जस्ता मानविय र प्रकृतिक संकट झेल्दै आएका छन्। संकटका बेला सरकारी तथा गैर सरकारी निकायहरु सेवामा खटिन्छन्। कोही स्वच्छ मनले सेवा गर्छन् त कोही सेलेब्रेटी बन्नकै लागि पनि सेवा गर्नछन्।विशेषगरी उनीहरुले उद्धार, उपचार तत्कालीन राहत लगायतका मानविय सहायतामा पीडितलाई सघाउँदै आएका छन्। संकटमा सेवा गर्नेहरुको विषयमा कर्णाली उत्सवमा बहस भयो।छलफलमा समाजसेवी तथा गायिका आनी छोइङ डोल्मा, कर्णाली प्रदेश अस्पतालका निर्देशक डा. डम्वर खड्का र भेरी नगरपालिका जाजरकोटका नगरप्रमुख चन्द्रप्रकाश घर्ती छलफलमा सहभागी हुनुहुन्थ्यो। छलफलको सहजीकरण पत्रकार प्रकाश पन्तले गर्नुभएको थियो। छलफलमा बोल्दै गायिका आनीले सेवा नै आनन्दको श्रोत भएको बताउनुभयो । डाक्टर डम्बर खड्काले संकटका बेला स्वच्छ मनले काम गरे पुग्ने बताउनुभयो ।

पुरा पढ्न 


जोखिम र जुझ्न्या जुक्ति

यस सत्रका वक्ताहरु अनिल पोखेल (कार्यकारी प्रमुख, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण) शक्ति गुरुङ (विपदविद्) मा. कृष्ण बहादुर जिसी (मन्त्री, आन्तरिक मामिला तथा कानून मन्त्रालय, कर्णाली प्रदेश सरकार) पूर्ण प्रसाद धिताल (अध्यक्ष, सिंजा गाँउपालिका, जुम्ला) हुनुहुन्थ्यो। सत्रको सहजकर्ता गणेश वली(अधिवक्ता) ले गर्नुभएको थियो।छलफलमा सहभागी वक्ताहरुले विपद् व्यवस्थापनको जिम्मा स्थानीय सरकारलाई भएको बताउनुभयो। छलफलमा सहभागी कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले कर्णालीले सधैं विपद्को सामाना गर्नुपर्ने अवस्था आएको बताउनुभयो। विपद्को लागि कर्णाली प्रदेश सरकारले आवश्यक नितिगत कामहरु गरिरहेको उहँको भनाई थियो।राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोख्रेलले पहाड, नदी नालाले सुन्दर कर्णालीमा विपद् पनि यिनैले लिएर आउने गरेका बताउनुभयो।सिँजा गाउँपालिकाका जुम्लाका अध्यक्ष पूर्णप्रसाद धिताललले कठिन भूगोल भएकाले हिमाली जिल्लामा नागरिकले विपद्को धेरै सामना गर्नुपर्ने बताउनुभयो । विपद्विद शक्ति गुरुङले जोखिम न्यूनिकरणको लागि योजना बनाएर मात्र काम भएको बताउनुभयो ।

पुरा पढ्न


कर्णालीः धरोहर-मनोहर

इतिहासकार प्रा. डा. राजाराम सुवेदीले कर्णालीः धरोहर-मनोहर शीर्षकमा विद्वत प्रवचन दिनुभयो। प्रवचनमा उहाँले भन्नुभयो ‘साँच्चै नै कर्णालीको विकास चाहने हो भने एउटै स्वार्थमा आधारित एकाकार वित्तीय योजना बनाएर लैजानु पर्ने हुन्छ । त्यसको प्रयोग प्रत्येक १०–१० वर्षको केन्द्रीकृत योजाना नै निर्माण गरी कर्णालीका बासिन्दाहरूले श्रमदानबाट विकास गरेमा मात्र समृद्ध कर्णाली साकार बन्न सम्भव हुने देखिन्छ । कर्णालीमा विकासका पूर्वाधारहरू तयार नभएसम्मका निम्तियहाँका मूर्त र अमूर्त सांस्कृतिक सम्पदाहरूको पूर्णतः संरक्षण, करमुक्त कर्णाली, पर्यटकीय गन्तव्य कर्णाली, स्थानीय स्रोतहरूको प्रचूर प्रयोग कर्णालीजस्ता दूरदर्शी तथा बृहत् योजनाहरूको निर्माण गर्न दृढ हुनु पर्ने देखिन्छ ।’ उहाँको प्रवचन स्थानीय तथा राष्ट्रियस्तरका मिडियाहरुले प्राथामिकताका साथ प्रकाशित गरेका छन्।

पुरा पढ्न


लगानीको लगन

कर्णालीमा लगानीको लगन कहिले आउँछ? कर्णाली बासीले कर्णालीमा लगानीको लगन आउन अझै कति कुर्नुपर्ने हो? लगानीको लगन सत्रमा पत्रकार गोविन्द खत्रीले वक्ताहरुलाई यहि प्रश्न गर्नुभयो। यो सत्रका वक्ताहरू कर्णालीका आर्थिक मामिला तथा योजना मन्त्री वेदराज सिंह, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र नविल बैंकका अध्यक्ष उपेन्द्र पौडेल हुनुहुन्थ्यो। मन्त्री सिंहले कर्णालीमा पूर्णरूपमा लगानी मैत्री वातावरण बन्न बाँकी रहेको बताउनुभयो। कर्णालीमा लगानीको लागि लगन पर्खिराख्नपर्ने अवस्था भने नरहेको उहाँले पनि कर्णालीमा पूर्णरुपमा लगानी मैत्रीवातावरण बन्न नसकेको भन्नुभयो। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष क्षेष्ठले पनि लगानीको लागि लगन कुरिराख्न पर्ने अवस्था चाहि नभएको बताउनुभयो। नविल बैंकका अध्यक्ष पौडेलले दुरदराजमा पनि बैंकहरु पुगेको बताउँदै बैंकले सहयोग गर्नको लागि लिने मान्छे आउन जरुरी रहेको बताउनुभयो।

पुरा पढ्न  


कर्णाली दृष्टी

संघमा प्रतिनिधित्वि गर्ने राजनीतिज्ञहरुको कर्णालीप्रतिको दृष्टि कस्तो छ? उनीहरुले व्यक्तिगत वा नीतिगतरुपमा कर्णालीलाई कसरी हेर्छन्? कर्णालीको विकासका लागि संघीय राजनीतिमा कस्ता छलफल र बहस हुन्छ?यी विभिन्न विषयमा देशका दुई ठूला दलका नेताहरुले कर्णालीप्रतिको आफ्नो दृष्टिकोण जाहेर गर्नुभयो। ‘कर्णाली दृष्टि’ सत्रमा वक्ताका रुपमा रहेका नेकपा एमालेका महासचिव प्रदीप ज्ञवाली र नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले कर्णालीका बारेमा आफ्नो बुझाई राख्नुभयो। एमालेका उपमहासचिव ज्ञवालीले कर्णाली पहिलेको तुलनामा परिवर्तन भएको बताउनुभयो।सम्भावनाको ढोका खुल्न लागेको तर उघ्रिनसकेको प्रदेशका रुपमा आफूले कर्णालीलाई बुझेका उहाँले बताउनुभयो। कर्णालीमा राजनीतिक दलहरुले प्रतिवद्धता गरेअनुसार विकास भएका आभास आफूले गर्न नपाएको नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले बताउनुभयो। ‘कर्णालीवासी भात खान मन पराउँछन्, त्यसैले चामल पठाईदिए हुन्छ’ भन्ने संघको बुझाई कर्णालीको अन्य विकासको बाधक भएको उहाँले बताउनुभयो।

पुरा पढ्न


कर्णाली क्याराभान

‘म नेपालमा ती कुरा देख्छु, जो नेपालीले नै देख्दैनन्’ फ्रान्सेली फोटोग्राफर तथा फिल्म निर्देशक एरिक भाली ले भन्नुभयो, ‘सानो देश नेपाल विविधताले भरिएको छ। दुनियाँमै नभएका नयाँ र फरकपन नेपालमा भेटिन्छ।’तर नेपालको महत्व नेपालीले नै बुझन नसकेको भालीको बुझाइ छ। ‘कर्णाली क्याराभान’ सत्रमा भालीले नेपालको विविधता र बहुआयामिकता अथाह भएको बताउनुभयो। भालीले निर्देशन गरेर सन् १९९९ मा बजारमा ल्याएको ‘क्याराभान’ चलचित्र ओस्करको ७२ औं संस्करणको दौरानमा क्याराभान सूचीकृत भएको थियो।फ्रान्सेली फोटोग्राफर र निर्देशकसँग कर्णालीको साइनोसँग सम्बन्धित रहेर काठमाडौं विश्वविद्यालका सहप्रध्यापक डा. लोचन रिजालले सत्रको सहजीकरण गर्नुभएको थियो।

पुरा पढ्न


अपाङ्गताः पहुँच र पौरख

दृष्टिविहीनहरुको शिक्षाको क्षेत्रमा पहुँच पुर्यासउन काम गरिरहेका छिटुप दोर्जी लामाले बाल्यकालमा आफैंले ब्रेललिपीमा पढ्न पाउनुभएन। हुम्लामा जन्मिएका उहँलाई ब्रेललिपी त परको कुरा हो विद्यालय जाँदा पनि साधारण व्यक्तिसरह व्यवहार समेत गरिएन।उहाँ दृष्टिविहीन हुनुहुन्छ। कालीकोटका दुर्गबहादुर रावत कर्णाली प्रदेश सभा सदस्य हुनुहुन्छ। उनी जन्मजात शारीरिक अपांगता भएका व्यक्ति उहाँ अहिले कर्णाली प्रदेश सभा सदस्य रहेको र यसअघि प्रतिनिधि सभा सदस्य हुनुहुन्थ्यो। सुर्खेतकी नम्रता भारतीले चार बर्षको भएपछि मात्र आफू सुन्न र बोल्न सक्दिन भन्ने थाहा पाउनुभयो। उनी अहिले सुर्खेत बहिरा संघको अध्यक्ष हुनुहुन्छ।कर्णाली उत्सवको सत्र ‘अपाङ्गताः पहुँच र पौरख’ सत्रमा वक्ताका रुपमा सहभागी लामा, रावत र भारतीसँग पत्रकार गजेन्द्र बुढाथोकीले बहस गर्नुभयो।

पुरा पढ्न


हाम्मो काली, हाम्मै कर्नाली

काली र कर्णालीको कला तथा संस्कृतिबारे कर्णाली उत्सव कुडा कर्नालीकाको हाम्मो काली, हाम्मै कर्नाली सत्रमा बहस गरिएको थियो। बहसको यस सत्रमा संस्कृतिविद् यज्ञराज उपाध्याय,लोक गायक डिक्रा वादी रहनुभएको थियो। उक्त सत्रको सहजीकरण पत्रकार कृष्ण मल्लले गर्नुभएको थियो।

पुरा पढ्न


अन्तरजातीय विवाहः रहर र कहर

२०७७ जेठ १० गते रुकुम चौरजहारी नगरपालिका–८, सोतीकी मल्ल थरकी १७ वर्षे युवतीसँगको प्रेम सम्बन्धका कारण नवराज बिकसहित उनका ६ जना साथीहरुले ज्यान गुमाए।प्रेमिकालाई लिन भनेर चौरजहारी पुग्दा युवतीका परिवारसहित उक्त समुदायका ठूलो जनसंख्याले उनीहरुमाथि घरेलु हतियारसहित हमला गर्यो। ‘अन्तरजातिय विवाह : रहर र कहर’ विषयक सत्रमा बोल्दै नवराज विकका बुबा मोहन विकले प्रश्न गर्नुभयो, ‘ती निर्दोश लालाबालाको के गल्ति थियो? माया गरेकै कारण कसैको ज्यान लिन मिल्छ र?मोहनले प्रतिनिधी सभा सांसद सन्तोष परियार, अधिवक्ता कुन्जनी परियार र शिक्षक पुष्पा विष्टसंग मन्थन् गर्नुभयो।अन्तरजातिय विवाह गरेकी शिक्षीका पुष्पा विष्टले अन्तरजातिय विवाह समाजप्रतिको आफनो विद्रोह भएको बताउनुभयो। अधिवक्ता कुन्जनी परियार (प्यासी)ले पनि जात व्यवस्था विरुद्धको आफनो संघर्ष सुनाउनुभयो। प्रतिनिधिसभाका सांसद सन्तोष परियारले विवाह गोत्र र जात हेरेर गर्ने प्रथा नहटेसम्म विभेद रहिरहने बताउनुभयो। सत्रको सहजीकरण अधिकारकर्मी हिमा विष्टले गर्नुभएको थियो।

पुरा पढ्न


अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली

अमेरिकाको न्यू जर्जी सहरमा जन्मेर कर्णाली प्रदेशमा समाजसेवा गर्दै आउनुभएका म्यागी डोयनले अ जर्नी फ्रम न्यू जर्जी टु कर्णाली शिर्षकमा आफ्नो मन्तव्य राख्नुभयो। ‘कर्णालीका मानिसको सपनाको बारेमा सोध्नुभयो भने तपाईंले थाहा पाउनुहुन्छ, उनीहरूले आफ्ना केटाकेटीलाई राम्रो शिक्षा दिन चाहन्छन्, राम्रो अवसर चाहन्छन्, राम्रो जीविका चाहन्छन्,’ आफ्नो कर्णाली यात्राको अनुभव सुनाउँदै म्यागीले भनिन्, ‘कर्णालीका मानिस आफ्नो परिवारका सदस्यहरूको राम्रो रेखदेख गर्न चाहन्छन्, मलाई उनीहरूका यी चाहना असाध्यै सुन्दर अनि अग्रगामी लाग्छन्।’ उहाँले मन्तव्यमा भन्नुभयो। कर्णालीका अहिलेको यो भाष्य परिवर्तन गर्नुपर्ने बताउँदै उहाँले कर्णाली के हो र कर्णालीले के गर्न सक्छ भन्ने कुरा बुझाउने कोसिस आफ्नो रहेको बताउनुभयो।

पुरा पढ्न


लोकतन्त्रः दलभित्र-देशभित्र

सत्रमा वक्ताका रुपमा सहभागी नेताहरुले दलका युवा नेताहरुलाई आन्तरिक लोकतन्त्र व्यवस्थापन गर्ने चुनौती रहेको बताए।प्रतिनिधि सभा सदस्य मा. हृदयराम थानीले लोकतान्त्रिक मान्यता अनुसार राखिएको समानुपातिक व्यवस्थाको उपयोग गर्नेक्रममै दलहरुले आफन्तलाई ठाउँ दिन खोजेर सिण्डिकेट लगाएको बताउनुभयो। ‘संसदमा दलका प्रतिनिधि जनताबाट अनुमोदित भएजस्तै नेताहरु कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ, कतिपय दलहरु अहिले यही लोकतान्त्रिक पद्धतिमा जान सकेका छैनन्,’प्रतिनिधि सभा सदस्य मा. महेश बर्तौलाले भन्नुभयो।माओवादी केन्द्रका बागमती अध्यक्ष एवम् बागमती प्रदेश सभा सदस्य मा. सरल सहयात्रीले दलहरू आन्तरिक रूपमा लोकतत्रिक प्रणाली अपनाउन चुकेको बताउनुभयो। ‍कर्णाली प्रदेश सभा सदस्य मा. कल्याणी खड्काले लोकतन्त्रका लागि दलहरुले लोकतन्त्रका लागि महत्वपूर्ण संघर्ष गरेपनि नियमकानुन कार्यान्वयन गर्न नसक्नुले जनताले लोकतन्त्रको प्रत्याभूत गर्न नसकेको बताउनुभयो। सत्रको सहजीकरण पत्रकार जनक नेपालले गर्नुभएको थियो।

पुरा पढ्न


देशS जान्या

बैदेशिक रोजगारको तथ्यांक हेर्ने हो भने दैनिक ३ हजार जना विभिन्न कारणले विदेश पलायन भइरहेका छन्।केही समय अघिसम्म रोजगारीका लागि खाडी मुलुक ताक्ने नेपालीको अहिले पहिलो रोजाइ युरोपियन मुलुक देखिन्छ।कर्णालीका ७० प्रतिसत भन्दा वढी नागरिक कालापहाड (भारत) जाने गरेका छन्।पछिल्लो समय रुकुम पश्चिम लगाएतका ठाउँबाट गाउँनै रित्तो हुनेगरी चोरीबाटो भएर अमेरीका जानेहरुको तथ्याङ्क राज्यसंग छैन्।खुल्ला सीमाको उपयोग गर्दै रोजगारीका लागि कालापहाड जाने कर्णालीबासीको हालखबर राज्यलाई थाहा छैन्।यही विषय वरिपरि रहेर ‘देश जान्या’सत्रमा छलफल भएको थियो।उक्त सत्रमा बैदेशीक रोजगार बोर्डका निर्देशक टीकाराम ढकाल, नेपाल श्रमिक आपुर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाह, नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी र पत्रकार चेतन अधिकारी वक्ताका रुपमा रहनुभएको थियो भने पत्रकार संजिता देवकेटाले सत्रको सहजीकरण गर्नुभएको थियो। रोजगारीको अवसरको खोजीमा नेपालीहरु भौतारिँदै बिदेशिने समस्या अहिलेको नभई २०० वर्ष पुरानो भएको पत्रकार चेतन अधिकारीले बताउनुभयो । अवसरको खोजीमा विदेश गइरहेका नेपालीलाई नेपाल फर्काउने रणनीति सरकारसंग नहुँदा समस्या भएको नेपाल श्रमिक आपुर्तिकर्ता संघका अध्यक्ष रामेश्वर शाहले बताउनुभयो। बैदेशिक रोजगारीमा जाने व्यक्तिहरु ठगिमा पर्नुको मुख्य कारण बाहिरी गिरोह भएको नेपाल बैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताउनुभयो। युवा बैदेशिक रोजगारमा जाँदैमा खत्तमै भयो भन्ने भाष्य निर्माण गरिएको बैदेशिक रोजगार बोर्डका निर्देशक टीकाराम ढकालले बताउनुभयो।

पुरा पढ्न


समाज र संघर्ष

कर्णाली उत्सवको तेस्रो दिन ‘समाज र संघर्ष’ सत्रमा महिला अधिकारकर्मी मन्जु सुनार, अधिकारकर्मी ममता नगाल, पवित्रा शाही र टीका बुढाथोकी वक्ताको रुपमा रहनुभएको थियो भने सत्रको सहजीकरण पत्रकार मनिषा केसीले गर्नुभएको थियो। सत्रमा सहभागीहरुले समाजमा महिलाले गरेको संघर्षबारे मन्थन गरे । आफ्ना दुःख, भोगाइ र संघर्षबारे खुलेर छलफल गरे।राजनीतिक तवरबाट अहिले पनि महिला अधिकार, महिला सशक्तीकरण, समानता र समताको विषयमा जतिसुकै चर्का भाषण गरे पनि कर्णालीका महिला अहिले पनि चुलाचौकाभन्दा माथि उठ्न नसकेको ‍अनुभव वक्ताहरुले सुनाउनुभयो। राष्ट्रिय महिला सञ्जाल, सुर्खेतकी अध्यक्षसमेत रहनुभएका ममता नगालले भन्नुभयो, “हामी बसेको घर, हाम्रो नाममा छैन । एकाध महिला पढेलेखेका होलान, जागिर खाएका होलान् । आफ्नो बोली प्रष्टरूपमा राख्न सक्छन् होला । तर, ८० प्रतिशत भन्दा बढी महिला चुलोचौकोभन्दा माथि उठ्न सकिरहेका छैनन् । समाज र सम्पत्तिबाट बहिस्कृत छन् ।”समाजमा महिलाहरू स्थापित हुन र आफ्नो मर्यादा कायम गर्न छुट्टै संघर्ष गर्नुपरेको महिला अधिकारकर्मी पवित्रा शाहीले बताउनुभयो। महिला अधिकारकर्मी टीका बुढाथोकीले कर्णालीको समाजले अहिले पनि छोरालाई बोर्डिङ र छोरीलाई सरकारी विद्यालय पढाउने गरेको बताउनुभयो।

पुरा पढ्न


खस कुडा-खास कुडाः सौँराई जिन्नगीको

कर्णाली प्रदेशको जुम्ला जिल्लाको सिंजा खस भाषा र खस सभ्यताको उद्गम स्थल मान्ने गरिन्छ । कर्णाली उत्सवमा पाँचौँ संस्करणदेखि हरेक वर्ष एउटा सत्र खस भाषामा सञ्चालन हुनेछ। जसको नाम खस कुडा-खास कुडा रहनेछ। पाँचौँ संस्करणमा सौँराई जिन्नगीको विषयमा सत्र संचालन भएको थियो। सत्रमा तुङ्गनाथ उपाध्याय, गोरी रावत र मैनसरी बुढा वक्ताको रुपमा रहनुभएको थियो। सत्रको सहजीकरण प्रकाश न्यौपानेले गर्नुभएको थियो। सत्रमा वक्ताहरुले खस भाषामा आफ्नो वालयकाल र युवा अवस्था कसरी वित्यो भन्ने वारेमा अनुभव सुनाउनुभएको थियो।

 


विकास अर्न्या! विकास खान्या!

यस सत्रमा वक्ताको रुपमा प्रतिनिधिसभा सदस्य मा. विनिता कठायत, कर्णाली प्रदेश सभा सदस्य रणसिंह परियार र विकासविद् डा. रमेश अधिकारी रहनुभएको थिइव भने शुसासनविद् हीरामणि घिमिरेले सत्रको सहजीकरण गर्नुभएको थियो। समग्र नेपालको तुलनामा कर्णालीमा गरिबी दर उच्च छ। तथ्याङ्कअनुसार कर्णालीमा अझै पनि २७ प्रतिशत जनसंख्या उच्च गरिबीको रेखामुनि छ। कर्णालीको गरिबीलाई यहाँको विकाससँग पनि जोडेर हेरिन्छ। कर्णालीमा विकास गर्नेभन्दा पनि विकास खाने चलन बढी छ। अर्थात् विकासका योजना अनियमितता र भ्रष्टाचार छ। कर्णालीमा देखिएको विकास खाने चलन बेरुजुको अवस्थाबाट देखिने विकासविद् रमेश अधिकारीले बताउनुभयो। कर्णालीमा विकास गर्नका लागि संघीय राज्यले कर्णालीलाई गर्ने व्यवहार बदल्नुपर्ने र कर्णाली भित्रका सरकारले पनि आफ्नो औचित्य खोज्नुपर्ने उहाँको भनाइ थियो। पहिले र अहिलेको कर्णाली फरक भएकाले यहाँका विकासका लागि संघीय सरकारले कर्णालीका लागि फरक किसिमबाट बजेट र योजना निर्माण गर्नुपर्ने कर्णाली प्रदेश सभा सदस्य मा. रणसिंह परियारले बताउनुभयो।प्रतिनिधि सभा सदस्य मा.विनिता कठायतले राज्यको प्रतिनिधित्व गर्ने सबै कर्णाली र कर्णालीको विकासमा केन्द्रित भएर अघि बढ्नुपर्ने बताउनुभयो।

पुरा पढ्न 


समापन समारोह

विकासको कर्णाली मोडेल

कर्णाली उत्सव ..कुडा कर्नालीकाको पाँचौँ संस्करणको समापन समारोहमा प्रमुख अतिथि समेत रहनुभएका प्रतिनिधि सभा सदस्य एवं पूर्व अर्थमन्त्री मा. जनार्दन शर्माले कर्णाली उत्सवको पाचौं संस्करण सम्म आइपुग्दा यसले खेलेको भूमिका, महत्वपूर्ण विषयमा भइरहेको बहस र सबैलाई जागरुप र सचेत बनाउने पहल कदमीको लागि संरक्षक केवल भण्डारीसहित सम्पूर्ण आयोजक टिमलाई बधाई दिनुभयो । कर्णाली एक सभ्यता भएको उहाँले बताउनुभयो । नेपाली भाषको जननी पनि कर्णाली भएको उहाँले बताउनुभयो ।कर्णालीले ऐतिहासिक विरासत बोकेको बताउनुभयो । पूर्वगृहमन्त्री समेत रहेका उहाँले भन्नुभयो, ‘कर्णालीमा बगेको प्रत्येक पानीको थोपा, कर्णालीका हरेक वनस्पतिका पात र जडा र बोक्राहरुलाई , यहाँका नदि ताल, हिमाल, पहाड, खोच, वेशी र भ्यालीहरुलाई जब हामी एउटा मूल्यमा बदल्छौं तब कर्णाली स्वाभीमानी र समृद्ध भएर देखिनेछ ।’ यहाँको विकास मोडेर यहिँ भएको र सबैको कार्यभार यहिँ भएको उहाँले बताउनुभयो । अब कर्णालीको परिभाषा फेर्न आवश्यक रहेको उहाँको भनाई थियो ।कर्णालीको विकास बिना देशको विकास सम्भव छैन । उहाँले भन्नुभयो, ‘कर्णालीका दलितहरुको मुक्ती नभइकन कर्णालीको विकास हुदैँन । कर्णालीमा दलितहरुको बाहुल्यता छ । उनीहरुले सबैभन्दा बढी भोगिरहेको उत्पिडन भोगिरहेका छन् । यसको अन्त गरेर जात प्रथाबाट मुक्ति गरेपछि मात्र विकासको प्रारम्भ हुन्छ ।’ कर्णालीलाई सुनको डल्लोको रुपमा बुझेको बताउँदै उहाँले सुनको यो डल्लोलाई आवश्यक स्तरका गहनामा बदल्न र त्यसले सजाउनको लागि सक्षम कालिगढहरुको खाचो रहेको उल्लेख गर्नुभयो । बाटो बनाउनु मात्र विकास नभएको उहाँले बताउनुभयो ।


समापन मन्तव्य
कर्णाली उत्सवका संयोजक एवं ऋति फाउण्डेसनका अध्यक्ष कमल लम्सालले विगतका चार वर्ष झैं यो वर्ष पनि बुलबुलेमा बसेर कुरा गरेको बताउनुभयो । लोकतान्त्रिक ढंगले कुराकानी गर्नुले लोकतन्त्रलाई मजबुद बनाउने उहाँले बताउनुभयो । कुरै गर्न नपाउने समाजमा कुरा हुनुनै ठूलो भएको उहाँले बताउनुभयो । उत्सवलाई सहयोग सबैलाई उहाँले धन्यवाद ज्ञापन गर्नुभयो ।


पैकेलो

पैकेलो नाम जनाउने शब्द हो जसको अर्थ सिपालु, जुनसुकै काम गर्न सक्ने, पराक्रमी व्यक्ति, सुरो भन्ने बुझिन्छ।खस भाषाको यो शब्दले साहस, बल, चातुर्य र योगदानको प्रसङ्गलाई समेत जोड्छ। कर्णाली उत्सव, कुडा कर्णालीकाको दोस्रो संस्करणबाट पैकेलो/पैक्यालोलाई उत्सवको एक महत्त्वपूर्ण हिस्सा एवं आकर्षणका रूपमा प्रस्तुत गर्न थालिएको हो। कर्णाली प्रदेशमा जन्मे हुर्केर अथवा कर्णालीमा बसेर यसलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चिनाउन योगदान दिएका वा पहिचानका लागि सङ्घर्षरत व्यक्तिहरूले आफ्नो कथा आफै सुनाउने सत्र नै पैकेलो सत्र हो।कर्णाली उत्सवको पाँचौँ संस्करणमा पैकेलोको रुपमा आफ्नो कर्मको माध्यमबाट कर्णालीलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा चिनाउन सफल व्यक्तिहरुले आफ्नो कथा सुनाउनुभएको थियो। जसमा जीवन प्रशिक्षक नरबहादुर कार्की हुनुहुन्थ्यो। जो जाजरकोट जिल्लाको स्थायी वासिन्दा हुनुहुन्छ। दैलेख जिल्लामा जन्म भइ सुर्खेतमा बस्दै आउनुभएका राजेन्द्र विष्ट युवा वैज्ञानिक तथा जडीबुटी विज्ञ हुनुहुन्छ। उहाँ पनि पैकेलोको रुपमा आफ्नो कथा कर्णाली उत्सवमा कथा सुनाउनुभएको थियो। वादी सरोकार मन्चका अध्यक्ष हिक्मत वादीले वादी समुदायका वालवालिकाहरुका लागि शिक्षा प्रदान गर्नका लागि महत्वपुर्ण भूमिका निर्वाह गर्दै आउनुभएको छ। उहाँले पनि कर्णाली उत्सवमा पैकेलोको रुपमा आफ्नो कथा सुनाउनुभएको थियो। तीनै जना पैकेलोहरुका कथालाई मिडियाहरुले महत्वपुर्ण स्थान दिइ प्रकाशन समेत गरेका थिए।

पैकेलो :नरबहादुर कार्की

पुरा पढ्न


पैकेलो : राजेन्द्र विष्ट

पुरा पढ्न


पैकेलो :हिक्मत वादी

पुरा पढ्न


कर्णाली कन्सर्ट

कर्णाली कन्सर्ट कर्णाली उत्सव कुडा कर्नालीकाको हरेक संस्करणको साँझको महत्वपुर्ण सत्रको रुपमा रहने गर्दछ। पाँचौँ संस्करणको कर्णाली कन्सर्टमा पहिलो दिन सांगितिक साँझ रहेको थियो। सांगितिक साँझमा कलाकारहरु यज्ञराज उपाध्याय, डिक्रा वादी, मोहन गौतम र भिमा सुवेदी लगायतले प्रस्तुति दिनुभएको थियो। दोस्रो दिन फागुन ६ गते देउडा खेल रहेको थियो। जसको सहजीकरण रत्नकमल विष्टले गर्नुभएको थियो। देउडा खेलाडीहरु उशोदा देवकोटा प्रेमप्रसाद अधिकारी संगिता बडुवाल लगायतको सहभागिता रहेको थियो। तेस्रो दिन फागुन ७ गते कर्णाली कन्सर्टअन्तर्गत गजल महफिल रहेको थियो। गजल महफिलको सहजीकरण बाबु त्रिपाठीले गर्नुभएको थियो। गजल वाचनमा सिता यरी रुपक वनवासी तपेन्द्र घोडासैनी र हुकुम धड्कनले गजल वाचन गर्नुभएको थियो।

 

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events