प्राय सोधिने प्रश्नहरु

  • कर्णाली उत्सव स्थानीय, प्रदेश, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चर्चित व्यक्तिहरुलाई एकै ठाउँमा भेला गराइ कला, साहित्य, राजनीति, दर्शनलगायत विविध विधा र विषयमाथि सौहार्दपूर्ण बहस र अन्तरक्रिया गर्ने बौद्धिक भेला हो । उत्सव हरेक वर्ष वीरेन्द्रनगरमा संचालन हुन्छ । (Karnali Utsav is a three-day long intellectual discourse on various genres and topics including art, literature, politics and philosophy. The festival is held in Birendranagar every year.)

  • वक्ता तथा सञ्चालकहरुको बारेमा जान्न कर्णाली उत्सवकाे पेजलाइ फलाे गर्नुहाेस् । (Please visit the Karnali Utsav page to know about the speakers and moderators.)

  • उत्सव हरेक वर्ष फागुन महिनामा आयाेजना हुन्छ। उत्सवको सातौँ संस्करण २०८२ फागुन  ५, ६ र ७ गते संचालन हुँदैछ । (Karnali Utsav is held in the month of Feb-March every year. The seventh edition of the festival is being organized from Feb 17 to 19 of 2026.)

  • कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित सिटि हल प्रागंणमा । (City Hall Courtyard, Birendranagar Surkhet of Karnali Province Nepal.) Google Map 

  • कर्णाली उत्सव  बाैद्धिक व्यक्ति र विभिन्न सरकारी तथा गैरसरकारी संघ–संस्थाहरुसँग समन्वयमा  ऋति फाउन्डेसनले आयोजना गर्ने गर्दछ । (Karnali Utsav is being organized by the Hriti Foundation, a public policy think of Karnali Province in coordination with various institutions. To know more about Hriti Foundation, visit Hriti’s web.)

  • यो कार्यक्रम खुला र निःशुल्क हो ।(No. This program is open and free.)

  • काठमाडौंदेखि नेपालगञ्ज हवाई यातायात तथा नेपालगञ्जदेखि सुर्खेत ३ घण्टा सडक यातायात । साथै, देशभरका मुख्य शहरबाट सिधा सडक यातायात ।
    (Air transport from Kathmandu to Nepalgunj and 3 hours road transport from Nepalgunj to Surkhet. Also, direct road transport from major cities across the country.)

  • होइन् । कार्यकम सन्चालन विधि त मिल्न जान्छ तर  साहित्यका साथै यसमा कर्णालीको भाषा, संस्कृति, राजनीति, आर्थिक संभावना, पर्यटन, विकास आदि विषय पनि समावेश गरिएको छ । (No. Modality of the program is similar, but in addition to literature, it also includes the language, culture, politics, economic prospects, tourism, and development issues.)