स्वयंसेवकका लागि आवेदन आह्वान
कर्णाली उत्सव – कुडा कर्नालीका चौंथाे संस्करणको लागि स्वयंसेवक आवश्यक परेकोले इच्छुक युवाहरुबाट आवेदन आह्वान गरिएको छ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा २०७९ फागुन ५, ६ र ७ गरी तीन दिनसम्म चल्ने कर्णाली उत्सवको चौंथाे संस्करणमा कर्णाली सम्बन्धि विविध विषयमा स्थानीय तथा राष्ट्रियस्तरमा ख्यातिप्राप्त वक्ता तथा प्रस्तोताहरुले चर्चा गर्छन। उत्सव तयारी र संचालनको अवधिमा कार्यक्रमस्थल व्यवस्थापन सहिजकरणमा युवाहरुलाई अभिमुखीकरणसहित परिचालन गर्ने उद्धेश्यले स्वयंसेवक खटाइने छ। यसका लागि वीरेन्द्रनगरमा बसोबास गर्दै आउनुभएका तथा कर्णाली प्रदेशका सबै जिल्लाका उर्जावान युवाहरुले आवेदन दिन सक्नुहुन्छ। आवेदन फारमका आधारमा फोनमार्फत, भर्चुअल वा अन्य माध्यमबाट अन्तर्वार्ता लिइ छनौट गरिनेछ । छनौट भएका स्वयमसेवकहरुलाई आयोजकले भर्चुअल एवं भौतिक उपस्थितिमा समेत अभिमुखिकरणसमेत प्रदान गर्नेछ। साथै आवश्यकताका आधारमा कार्यक्रम हुनुभन्दा केहि दिनअघि आयोजकले कार्यक्रम स्थलमा समेत अभिमुखिकरण संचालन गर्नसक्नेछ । छनौट हुनुभएका स्यमसेवकहरुलाई आयोजकले खाजा तथा पारिश्रमिकको व्यवस्था गर्नेछ, साथै कार्यक्रमपश्चात प्रसंशापत्र समेत प्रदान गर्नेछ। यसका साथै स्वंयसेवकहरुलाई आगामी दिनमा आउने विभिन्न अवसरहरुसँग पनि जोडिनेछ।
ऋति फाउण्डेसन कम्पनी ऐन, २०६३ बमोजिम स्थापित मुनाफा वितरण नगर्ने कम्पनी हो । स्थापनाकालदेखि यसले आफ्नो उद्देश्यअनुसार कर्णाली क्षेत्रको आर्थिक उन्नति र प्रगतिका लागि काम गर्दै आएको छ । विशेषतः बहसको वातावरण बनाई समग्र विकासमा योगदान गर्ने यसको उद्देश्य रहेको छ । फाउण्डेसनले कर्णाली उत्सव, कर्णाली कचहरी, लेट्स स्पिक, सवाल उद्यमीको जस्ता सार्वजनिक वहसका नियमित कार्यक्रमका साथै कर्णाली प्रदेशको समृद्धिका लागि आवश्यक नीतिगत व्यवस्थाहरुको अध्ययन, अनुसन्धान तथा पैरवी गर्दै आइरहको छ । ऋति फाउण्डेशनले वि.सं. २०७६ देखि प्रत्येक वर्ष कुडा कर्णालीका भन्ने मुल नाराका साथ कर्णाली उत्सव संचालन गर्दै आएको छ ।