ऋति फाउण्डेसन
ऋति फाउण्डेसन– कर्णाली प्रदेशका आर्थिक, राजनीतिक, सामाजिक विषय तथा नीतिगत मामिलामा अध्ययन, अनुसन्धान, बहस तथा पैरवी गर्दै आइरहेको गैरनाफामूलक संस्था हो। विशेषतः खुला र लोकतान्त्रिक बहसको वातावरण बनाई समग्र प्रादेशिक विकासमा योगदान गर्ने यसको उद्देश्य रहेको छ।
फाउण्डेसनले २०७६ सालदेखि हरेक वर्ष फागुनमा कर्णालीलाई चिन्ने र चिनाउने बहस र विमर्शको नीति उत्सव कर्णाली उत्सव ..कुडा कर्नालीका आयोजना गर्दै आइरहेको छ। फाउण्डेसनले सार्वजनिक वहसका नियमित कार्यक्रमका साथै कर्णाली प्रदेशको समृद्धिका लागि आवश्यक नीतिगत अध्ययन, अनुसन्धान तथा अभियान सञ्चालन गर्छ।