लोकतन्त्रः दलभित्र–देशभित्र

कर्णाली उत्सवको पाँचौं संस्करणको तेस्रो दिन लोकतन्त्रका सवालमा छलफल गर्न लोकतन्त्रः दलभित्र देशभित्र सत्रको आयोजना गरिएको थियो। छलफलमा नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य हृदयराम थानी, नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य महेश बर्तौला, नेकपा माओवादी केन्द्रका नेता एवम् वाग्मती प्रदेशसभा सदस्य सरल सहयात्री र नेकपा एकीकृत समाजवादीका नेता तथा कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्काले भाग लिएका थिए। पत्रकार जनक नेपालले सत्रको सहजीकरण गरेका थिए ।


 

जनक नेपाल

आज प्रजातन्त्र दिवस पनि हो । हामीसँग प्रजातन्त्रको आठ दशक लामो अनुभव छ । २००७ सालमा नेपालमा प्रजातन्त्र आयो । त्यसपछि २०१७ सालमा फेरी पञ्चायती प्रजातन्त्र आयो । २०४६ सालमा बहुदलीय प्रजातन्त्र आयो र ६२/६३ पछि संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश ग¥यो । लोकतन्त्रको हाम्रो यात्रामा विभिन्न बाधा अड्चनहरू पनि आए । यस हिसाबले हाम्रो लोकतन्त्रिक इतिहास लामो भएपनि कमजोर छ । त्यसैले पटक–पटक लोकतन्त्र खतरामा परेको छ । निरंकुशता जन्मेको छ । तर जनताले निरंकुशतालाई परास्त गर्दै अघि बढेका छन् ।

विशेष गरी ६२/६३ सालको जनआन्दोलन पछि यस्तो लहर आयो कि हामीले सबै कुराको अगाडि लोक जोड्न थाल्यौं । प्रजातन्त्रलाई लोकतन्त्र भन्यौँ । राजमार्गलाई लोकमार्ग भन्यौँ । नेपाली सेनाको पनि लोकतान्त्रिकरणको कुरा भयो । यद्यपि, राजनीति हाँक्ने राजनीतिक दलमा लोकतन्त्रको प्रश्न अझै बाँकी छ । सन् २०२३ मा द इकोनोमिस्ट पत्रिकाले गरेको एक अध्ययनमा संसारभरका सबै देशका लोकतन्त्रको अवस्थालाई केलाएको छ । जसले लोकतन्त्रलाई चार खण्डमा विभाजन गरेको छ । पहिलो हो पूर्ण लोकतन्त्र । अर्को कमजोरी सहितको लोकतन्त्र । तेस्रो तानाशाही । र चौथो हाइब्रिड ।

हाम्रोमा लोकतन्त्र भन्नका लागि र गर्नका लागि फरक फरक हुन गयो । २०१५ सालको आम निर्वाचन पछि जुन संसद् बन्यो त्यो संसद्को सभामुख नै निर्वाचनमा पराजित व्यक्ति हुनुहुन्थ्यो । हामीले ६२/६३ को जनआन्दोलन पछि पनि दलहरूबीच भागवण्डा गरेर संसद् बनायौँ । २०६४ सालको निर्वाचन पछि पनि दुई वटा निर्वाचन क्षेत्रबाट पराजित व्यक्तिलाई प्रधानमन्त्री बनायौँ ।

शिलापत्र अनलाइनले नेपालको राजनीति अर्थतन्त्र र समाजमा व्याप्त निराशालाई केलाउन हालै एउटा सर्वेक्षण गरेको थियो । जसमा राजनीतिक अस्थिरता र राजनीति प्रतिको वितृष्णालाई सबैभन्दा धेरै मान्छेहरूले निराशाको कारण मानेका छन् । यस्तो अवस्था किन आयो ध्यान दिनुपर्ने कुरा हो ।

 


 

कल्याणी खड्का

लोकतन्त्रप्रति मेरो सानै उमेरदेखि लगाब थियो । र यसमा मेरो पूर्ण विश्वास छ । मलाई लाग्छ २००७ सालको लोकतन्त्रलाई हामीले एकदमै मजबुत रूपले बलियो बनाउँदै अगाडि जाने क्रममा २०१७ सालमा एउटा दुर्घटना भयो । लोकतन्त्रप्रति औंला उठाइयो । र दलहरू प्रतिवन्धित भए । यद्यपि, हामीले लोकतन्त्रबारे आवाज उठाइरह्यौँ । यस्तो समय थियो जहाँ पछाडि परेका पारिएका वर्गले आफ्ना आवाज मुखरित गर्न सक्दैनथे पाउँदैनथे ।

विभिन्न राजनीतिक आन्दोलनका कारण हामीले गणतन्त्र प्राप्त गरेका छौँ । २०७२ सालमा हामीले जनताद्वारा नै संविधान निर्माण गरी जारी गरेका छौँ । यद्यपि, संविधानको कार्यान्वयनका लागि अत्यावश्यक कानुन निर्माण गर्न सकेका छैनौँ । यद्यपि, पछाडि परेका दलित, महिला जनजाति, तथा सीमान्तकृत समुदायको हक अधिकार स्थापनाका लागि धेरै काम भएका छन् । कर्णालीका सन्दर्भमा लोकतन्त्र ज्यादै महŒवपूर्ण छ । लोकतन्त्र र विकास सँगसँगै लैजान सके हामी धेरै लाभान्वित हुन सक्छौँ ।

आम जनताप्रति विश्वास जगाउन नसक्नु राजनीतिक दलहरूको कमजोरी हो । दलभित्र नै लोकतन्त्र नभए देशमा कसरी लोकतन्त्र बलियो होला । दललाई जनताले नै नपत्याए कसरी सुशासन होला । कसरी संविधान र कानुनको पालना होला । दलका नेताले पनि जनतालाई केही होइन भन्ने ठान्नु हुँदैन । जनताको सार्वभौमसत्ताको सम्मान गरिनुपर्छ । तबमात्र विश्वासको वातावारण बन्छ ।

 


 

हृदयराम थानी

हामीले २००७ सालमा प्रजातन्त्र ल्यायौँ । त्यसपछि २०१७ सालमा निरंकुशता आयो । हामीले त्यसका विरुद्ध ३० वर्ष निरन्तर संघर्ष गर्यौं । त्यसपछि हामीले २०४६ सालमा बहुदल ल्यायौँ । त्यसपछि पनि लोकतन्त्र राम्रोसँग हुर्कन पाएन । ६२/६३ सालको आन्दोलन पछि हामीले गणतन्त्र ल्यायौँ ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईले बहुदलका सन्दर्भमा भन्नुहुन्थ्यो प्रजातन्त्रमा कसैले एउटा गल्ती ग¥यो भने अर्कोले १० वटा गल्ती गर्दिन सक्छ । त्यसकारण अगुवाले जहिले पनि विचार पु¥याउनुपर्छ । तर प्रजातन्त्र जनताद्वारा जनताका निमित्त जनताले शासन गर्ने पद्धति हो भन्ने पनि हामीले बुझेका छौँ । त्यसैले यो विधि र पद्धतिको शासन । मुख्य कुरा हामी विधि र पद्धतिमा जान सक्यौँ कि सकेनौँ भन्ने हो । मैले २०३५ सालदेखि प्रजातन्त्र स्थापनाका लागि संघर्ष गरेको हुँ । र त्यो अहिले पनि निरन्तर छ । हामीले विधि विगारेका छौँ । हामीकहाँ धेरै भ्रष्टाचारका काण्ड छन् । तिनको छनविन हुन सकेको छैन ।

म संसद्को राज्य व्यवस्था समितिमा हुँदा प्रधानमन्त्री उपस्थित बैठकमा भनेको थिएँ– राणा शासनमा हजार र लाख रूपैयाँ घुस खाए होलान् पञ्चायतमा करोडमा खाए होलान् बहुदल आएपछि अर्ब पुग्यो । यो मुलुकमा के भएको हो । हामीले जुन लकेट लगाएर हिंडेका छौँ त्यो जनताले मत हालेर जिताएपछि पाएका हौँ । जनताले हामीसँग विकासको आशा गर्नु स्वाभाविक हो तर लकेट लगाएर हिँड्दा पनि हाम्रो इज्यत छैन । कसरी यस्तो वातावरण सिर्जना भयो । त्यसैले हामी सुध्रनु पर्नेछ हामीभन्दा ठूला नेता सुध्रनु पर्ने छ । आज देश हैन नेता धनी भएका छन् ।

संवैधानिक निकायहरूले पनि राम्रोसँग काम गर्न सकेका छैनन् । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ऐन बमोजिम गर्न सकेको छैन । निर्वाचन आयोगले एउटै व्यक्तिलाई दुई वटा राजनीतिक दलबाट उमेदवार हुन दिएको छ । यस्तो प्रवृत्तिले विधिको शासन हुँदैन ।

मुख्य सवाल हाम्रोमा नेतृत्व हस्तान्तरणको हो । पाका पुराना नेताले सबैजसो दलको नेतृत्व गरेका छन् । लोकतन्त्र त खुला प्रतिष्पर्धा पनि हो । हाम्रोमा त नेतृत्वमा रोक्ने प्रवृत्ति भयो । अर्को कुरा लोकतन्त्रमा जवाफदेहिता पनि हुनुपर्छ । सांसद छान्दा पनि सिण्डिकेट छ । हामीले समानुपातिक प्रणालीलाई सोचेजस्तो बनाउन सकेनौँ ।

अर्कोतर्फ आर्थिक रूपमा पनि हामी अनुशासनहीन बन्यौँ । जनताले तिरेको करको सदुपयोग भएको छ कि छैन । पैसा कसरी खर्च भएको छ । कहाँ खर्च भएको छ । यो महŒवपूर्ण सवाल हो । लोकतन्त्रमा जे मन लायो त्यही गर्ने छुट कसैलाई हुँदैन । तर जे पायो त्यही गर्दा लोकतन्त्र र गणतन्त्रप्रतिकै विश्वासमा कमी हुन जान्छ ।

 


सरल पौडेल

हामीले लोकतन्त्रलाई मूलभूत रूपमा व्यवस्था परिवर्तन, कानुनी परिवर्तन तथा संवैधानिक परिवर्तन गर्ने माध्यम भनेर मात्रै बुझ्यौँ । त्यो भन्दा पर हामीले सोच्न सकेनौँ । हामीले जबसम्म लोकतन्त्रका विविध आयामबारे बुझ्न सक्दैनौं वा चाहँदैनौँ तबसम्म लोकतन्त्र समृद्ध हुन सक्दैन । हामीले लोकतन्त्रको राजनीतिक पक्षलाई मात्रै धेरै ध्यान दिएका हुन्छौँ । जबकि यसको आर्थिक सामाजिक आयाम पनि सँगसँगै सबल बनाउनु जरुरी हुन्छ ।

एउटा जन्मिदै गरेको र हुर्किंदै गरेको युवाको लागि लोकतन्त्र के हो । सामाजिक क्षेत्रमा अत्यावश्यक रहेको नैतिक लोकतन्त्र के हो । भाषिक लोकतन्त्र के हो । कसैले कुनै भाषा बोलेकै कारण अपहेलित हुनुपर्ने हो वा होइन । यी आधारभूत लोकनन्त्रका बारेमा खासै छलफल भएको छैन । हामीले केवल राजनीतिक कुराकानी मात्रै गरेका छौं । यो एक लामो प्रकृया हो । र म आशावादी छु कि हामीले लोकतन्त्रको जग बसालेका छौँ । अब हामीले त्यसमा ईंटा थप्नु छ । आज हामीले कर्णालीमा बसेर लोकतन्त्रका बारे खुला छलफल गर्दैछौँ । यो पनि लोकतन्त्रको एउटा चरण हो ।

महिला दलित र सीमान्तकृत वर्गका समुदायका समस्याहरू सम्बोधन हुन सुरु भएका छन् । उनीहरूको सहभागिता र समावेशिताको हक सुनिश्चित हुन थालेको छ । धेरैले लामो समयदेखि भोगेका विभेदहरू कम हुन थालेका छन् । कम्तीमा हाम्रो लोकतन्त्रले तानाशाहलाई हटाएको छ । जनतन्त्र स्थापना गरेको छ । धेरै कुरा सतहमा आएकाले पनि छताछुल्ल भएको अवस्था छ । तर हामी ती सबै समस्यालाई निर्मूल गर्दै जानुपर्छ ।

अब लोकतन्त्रलाई समाज, शिक्षा, संस्कृति र मौलिक अधिकारतिरको यात्रामा लैजानुपर्छ । यसमा मुख्य भूमिका राजनीतक दलहरूको नै छ । विशेष गरी जनताले निर्वाचित गरेका हामी साँसदहरूमा त्यो दायित्व छ ।

नेपालमा लोकतन्त्रका परम्परागत अभ्यासहरू पनि धेरै छन् । हामीकहाँ गुठी परम्परा छ । गाउँघरमा सामूहिक परम्परा छन् । विभिन्न खालका समाजवादी मोडेलहरू छन् । तिनको पनि ध्यानपूर्वक अध्ययन गर्नु जरुरी छ । हामीले हाम्रो लोकतन्त्रलाई संस्थागत गर्न स्वतन्त्र छौँ । हामी हाम्रो लोकतान्त्रिक मोडेलबारे छलफल गरेरै अघि बढ्न सक्छौँ । त्यो दलभित्र र बाहिर पनि हुन सक्छ ।

हाम्रो लोकतन्त्रमा केही न केही कमजोरी छ । हामी लोकतान्त्रिक मूल्य मान्यताको एउटा विन्दुमा पनि आइपुगेको छैनौं । प्रजा परिषदको स्थापनादेखि २०६२/६३ सम्म आन्दोलन गर्ने जति पनि राजनीतिक दलका नेताहरू छन् तिनको योगदानलाई कदर गर्न पनि हामी एकमत हुनुपर्छ । नेपालको राष्ट्रियताका सवालमा हाम्रो साझा धारणा बनाउन सबै दल एक ठाउँमा आउनै पर्छ । संविधानका विषयमा पनि ठोस धारणा बन्नैपर्छ । यी कुराले राजनीतिक दलहरूबीचको लोकतन्त्र र सद्भाव प्रवर्द्धन गर्छ । यसले दलहरूबीचको लोकतन्त्रलाई मजबुद बनाउँछ ।

दलभित्रको कुरा गर्दा संघर्ष र रूपान्तरण स्वाभाविक प्रक्रिया हुन् । पक्ष र विपक्ष निरन्तर संघर्षमा रहँदा एकले अर्काको मनोविज्ञान र विचारहरू पनि अवलम्बन गर्दै गएका हुन्छन । हाम्रा नेताहरूले लामो समयसम्म राजतन्त्र र सामन्तवादविरुद्ध संघर्ष गरे । पछि परिवर्तन पनि भयो । यद्यपि, मरिसकेको त्यो सामन्तवादका केही सोच लोकतान्त्रिक नेतामा पनि स¥यो होला । त्यो पुस्ता बाँकी नै छ । जसले राजनीतिमा प्रभाव पारिरहेकै छ ।

दोस्रो कुरा हामी लोकतान्त्रिक व्यवस्था स्थापनामा सफल भयौँ । तर दलको आन्तरिक लोकतन्त्रलाई उच्चतम ढंगले प्रयोग गर्न सकेका छैनौँ । जब पार्टीभित्रकै लोकतन्त्र मजबुद हुन सक्दैन तब बाह्य लोकतन्त्र पनि कमजोर हुन्छ । नेकपा माओवादी केन्द्रको विधान अधिवेशनबाट हामीले निर्विरोध प्यानल प्रस्ताव गर्न नपाइने र निर्वाचन अनिवार्य गर्ने प्रस्ताव गर्यौं । यद्यपि, त्यो हामीले सोचेभन्दा कम हो । तैपनि एक कदम अघि बढ्यो । आजको पुस्ताको महत्वपूर्ण जिम्मेवारी नै पार्टीको आन्तरिक लोकतन्त्रलाई व्यवस्थित र विधिसम्मत गर्नु हो । अर्को कुरा लोकतन्त्रमा पनि के गर्ने र के नगर्ने भन्ने कुराको साझा सूची हुनुपर्छ भन्ने लाग्छ । पार्टीभित्र र अन्तरपार्टी निर्देशिका जस्तै केही बनाउनुपर्छ । जसले राजनीतिक दलहरूलाई निर्दिष्ट गरोस् ।

हामी जनताको पनि कर्तव्य हुन्छ, दलको पनि कर्तव्य हुन्छ, नेताको पनि कर्तव्य हुन्छ । अतः केही आधारभूत कुराहरूप्रति हाम्रो साझा कर्तव्य हुन्छ । त्यो कर्तव्य पालना गर्नैपर्छ र त्यो नगर्दा बिग्रिन्छ । हामीकहाँ पुस्तालाई सोच्ने नेतृत्वको अभाव छ । त्यसकारण पनि हामी सोचेजति अग्रगामी हुन सकेका छैनौँ । हामी मिसन ८४ को लागि मात्र हैन मिसन १८४ का लागि पनि तयार रहनुपर्छ ।


 

महेश बर्तौला

२००७ देखि ८० सालसम्म आउँदा हामीले धेरैपटक आन्दोलन ग¥यौँ । राजनीतिक परिवर्तनहरू पनि भए । तर परिवर्तनलाई संस्थागत गर्ने कुरामा हामी सफल हुन सकेनौँ । राजनीतिक दलहरू लोकतन्त्रका खम्बा हुन् । दलहरू जति मजबुत हुन्छन् लोकतन्त्र त्यति सबल हुन्छ । दलहरूले जति लोकतान्त्रिक मूल्य मान्यता र आदर्शलाई आत्मसात गरेर अघि बढ्छन् त्यतिनै लोकतान्त्रिक संस्कारको प्रवद्र्धन हुन्छ । ग्याप यहीँनिर भयो । त्यसकारण मुलुकमा राजनीतिक स्थिरता हुन सकेन । राजनीतिक स्थिरताको अभावमा जस्तोसुकै संविधानले पनि शासन गर्न सक्दैन ।

त्यसकारण पहिलो कुरा दलहरू सक्षम र लोकतान्त्रिक हुनुपर्छ । दलहरूले निर्माण गर्ने विचार, आन्तरिक संगठन निर्माण र अन्य सबै गतिविधि उच्च लोकतान्त्रिक मूल्य मान्यताबाट निर्धारित हुनु जरुरी छ । त्यसो भएमा मात्र हामी राजनीतिक स्थिरतातर्फ जान सक्छौँ । अन्यथा लोकतन्त्र केवल सजाउने आभूषण जस्तो मात्रै हुन्छ । दलहरूलाई सत्तामा पुग्न वा निहित स्वार्थ पूरा गर्नका लागि मात्रै उपयोग हुन्छ ।

लोकतन्त्रमा प्रतिष्पर्धाभन्दा पनि जसरी नि आफैले जित्नुपर्ने सोचको विकास भएको छ । लोकतन्त्रमा व्यक्तिको जित वा हार हुन सक्छ तर विधि स्थापित हुनुपर्छ । अहिले यस्तो प्रवृत्ति हाबी भएको छ कि जसरी पनि निर्वाचन जित्नैपर्ने । कब्जा गरेर होस् वा पैसा खर्च गरेर वा अनेक खाले गठबन्धन गरेर । जब राजनीतिक दलहरू एजेण्डाबाट च्यूत हुँदै जान्छन् त्यसपछि जनताले मुद्दा होइन व्यक्ति छान्न थाल्छन् । अतः राजनीतिक दल र राज्यका बीच सौहार्द सम्बन्ध बन्न सकेको छैन । दलहरूबीचको सम्बन्ध पनि सुमधुर हुन सकेन । अन्तरसम्बन्ध कमजोर हुँदा अन्तरविरोधहरू बढदै जान्छन् । त्यसले हामीलाई स्थायित्व, समृद्धि, सुशासन, सामाजिक न्याय, दिगो शान्ति र लोकतन्त्र स्थापना गर्न दिँदैन । विधिको शासन कमजोर हुँदै जान्छ । जबसम्म राजनीतिक शक्तिहरू नागरिकको नियन्त्रणमा हुँदैनन् तब लोकतन्त्रको कुनै प्रभाव हुँदैन ।

दलभित्रको निर्णय प्रकृयामा व्यक्ति हाबी हुने प्रवृत्ति सबैतिर छ । नेकपा एमालेको सन्दर्भमा कुरा गर्दा हामी जनवादको कार्यनीति स्वीकार गरेर अगाडि बढेको राजनीति पार्टी हो । यस हिसाबले भन्दा दलहरू जनताबाट अनुमोदित हुनुपर्छ । नेताहरू कार्यकर्ताबाट अनुमोदित हुनुपर्छ । हामीले यसैलाई मुख्य आधार बनाएका छौँँ । हाम्रा धेरैजसो निर्णय जनवादी केन्द्रीयताका आधारमा हुन्छन् । तर यसको मतलब कमिटीहरू निर्णय प्रकृयामा सहभागी नहुने भन्ने हैन । निर्णय प्रकृया मात्र हैन कार्यान्वयनका क्रममा पनि नेतृत्व जोडिने भएकाले नेता बढी हाबी भएको जस्तो देखिन्छ । यद्यपि, यो व्यक्ति केन्द्रित कुरा मात्रै होइन ।

हामीले पनि पार्टी गुनासोरहित ढंगले चलोस्, कार्यकर्ताको भावना र सदस्यका सुझाव ग्रहण गरियोस् भन्ने नै सोचेका हुन्छौँ । पार्टीका दस्तावेजहरूलाई यसै प्रकारले समृद्ध बनाइयोस् भनेर प्रयत्न भइरहेकै हुन्छ । यद्यपि, नेतृत्वप्रतिको भरोसाका कारण कतिपय निर्णयका लागि नेतृत्वलाई जनादेश दिइन्छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events