नीति उत्सवको औचित्य: मा. सूर्यनाथ योगी (उपाध्यक्ष, कर्णाली प्रदेश योजना आयोग)

 

कार्यक्रमका श्रीमान अध्यक्षज्यु, प्रमुख अतिथि माननीय मुख्यमन्त्रीज्यु, माननिय मन्त्री ज्युहरु, राज्यमन्त्रीज्यु, कर्णाली प्रदेश सभाका माननीय सभासदज्युहरु, मध्यपश्चिम विश्वविद्यालयका उपकुलपतीज्यु, पुर्व मन्त्रीज्युहरु, राजनितिक दलका प्रमुख एवम् प्रतिनिधिज्युहरु, पत्रकारज्युहरु, कलाकारज्युहरु, विभिन्न तह र तप्काबाट सहभागी हुनु भएका मानुभावहरु र खास गरेर आफ्नो यस क्षेत्रभन्दा पनि बाहिर रहेर पनि कर्णालीलाई माया गरेर हाम्रा सामु आइराख्ने हाम्रा  पुर्व वक्ता केवल प्रसाद भण्डारीज्यू र यहाँ उपस्थिति हुनु भएका सम्पुर्ण विज्ञ तथा सहभागी महानुभावहरू,

आज हामी कर्णाली प्रदेशका लागी महत्वपूर्ण कार्यक्रममा छौ।  सबैलाई आफ्नो रितिरिवाज, संस्कृति अत्यन्तै प्यारो लाग्छ र ज्यान भन्दा पनि प्यारो लाग्छ भनिन्छ। त्यसैले कुडा ..कर्णालीका आफैमा एउटा महत्वपुर्ण कार्यक्रम हो। कर्णालीलाई यो कार्यक्रम हामीले यसलाई हामीले एउटा उत्सवका रुपमा पनि लिने गरेका छौ।  यो छैटौँ वर्षमा पुग्दाखेरी म जहाँ उपस्थिति भएको छु, जुन निकायबाट यहाँ उपस्थिति छु, कर्णाली प्रदेश योजना आयोग पनि छैटौँ वर्षमा नै पुगेको छ। त्यसैले पहिलो पञ्च वर्षीय योजना सकेको छ। पाँचौ वर्ष सकेको छ। पाँचौ वर्ष सकेर अहिले हामी छैटौँ वर्षमा लागेका छौ। त्यसैले हामी सँगसँगै एउटै उमेरका छौ र आफ्ना गतिविधि अगाडि बढाउदै जाने क्रममा कर्णाली प्रदेश योजना आयोगले पनि केही कुराहरू राखेको छ। योजना र उत्सव एक किसिमले भन्ने हो भने परिपुरक जस्तै हुन। त्यसैले मैले यहाँ केही कुरा चाहिँ लिखत रुपमा राखेको छु। यो चाहिँ म भन्न चाहन्छु।

हामी कर्णाली प्रदेशको विकास यात्राका महत्वपूर्ण पाइलाहरूको पुनरावलोकन गर्दै आगामी यात्राको दिशा निर्देशित गरिरहेका छौ। संघीयताको कार्यान्वयन संगै कर्णाली प्रदेशले पहिलो पञ्चवर्षीय योजना सफलतापूर्वक सम्पन्न गरेको छ। यो योजना नेपालको संविधानले निर्देश गरे अनुसार दिगो, समावेशी र न्यायसङ्गत विकासका सिद्धान्त अनुरुप तयार गरिएको थियो। “समृद्ध कर्णाली सुखारी कर्णाली वासी” भन्ने मूलमन्त्रका साथ आत्मसाथ गर्दै पहिलो पञ्च वर्षीय योजना २०७६/०७७ देखि २०८०/०८१  पुरा गरेको छ। यसले संरचनागत रूपान्तरणका जग बसाउने प्रयास गरेको छ। तर विकासको बाटो त्यति सहज नभएता पनि संघीयताको कार्यान्वयन सँगै देखिएका अवसर र चुनौतीहरुका बिच हामीले पहिलो योजनाबाट महत्वपूर्ण केही उपलब्धीहरु हासिल गरेका छौ। केही लक्ष्यहरु पुनारावलोकन गर्नुपर्ने पनि देखिएको छ र चालु दोस्रो आवधिक योजनालाई अझै समयानुकुल र व्यवहारिक रुपमा आवश्यकता अनुसार आगाडि बढाउने कोशिस गरिएको छ। कर्णाली प्रदेशको पहिलो पंञ्चवर्षीय योजनाको केही सार संक्षीप्त रुपमा म भन्न चाहान्छु।

पहिलो पंञ्चवर्षीय योजनाले भौतिक पूर्वाधार र सामाजिक विकास, पर्यटन, उद्योग, उत्पादन वृद्धि र सुशासन, सेवा प्रवाह सुधारलाई प्रथामिकतामा राखेको थियो। तर बहुआयमिक गरिबी, भौगोलिक कठिनाई, संरचनागत सिमितता, मानव संसाधन र वित्तिय स्रोतको अभाव जस्ता कारणले र केही अन्य समस्याहरुले गर्दा पनि धैरै सुचकहरु लक्ष्य अनुसार प्रगति गर्न सकिएन। तथापि केही महत्वपूर्ण प्रगति हासिल भएका छन। हाम्रो आर्थिक वृद्धि दर ३.३२ % रहेको छ। प्रतिव्यक्ति आय १०६६ अमेरीकी डलर पुगेको छ।

यसैगरी खाने पानीमा हामीले ८८% परिवारहरुमा खानेपानी पुगेको छ। बहुआयामिक गरिबी दर ५१.२% हाम्रो सुरुको  बेसलाईनको समयमा थियो भने अहिले आएर ३९.५% मा झरेको छ। गरिबी दर २६.६९% रहेको छ। सिचाई सुविधा उपलब्ध क्षेत्रफल हामीले पक्षेपण गर्दाखेरी ५% रहेकोमा अहिले २७% पुगेको छ। साक्षरता दर पनि अहिले हाम्रो ७६.१ % राष्ट्रिय स्तरको बराबर छ। आधारभुत स्वास्थ सेवा पहुच ४३.१% छ। सामाजिक सुरक्षा आबद्धता ६०.४% जनसंख्यामा पुगेको छ। यसरी हामी बिधुत उत्पादनमा लक्ष्य पुरा गर्न निकै कठिन भयो। किनभने हामीले यहाँ भन्न पनि अप्ठ्यारो लाग्ने हिसाबले हामीले यो पहिलो पञ्च बर्षीय योजनामा हामीले २०० मेगावाट बिजुली पुर्याउने लक्ष्य थियो तर हामीसँग १६ मेगावट मात्रै बिजुली उत्पादन भयो।

यसरी  अब दोस्रो पञ्चवर्षीय योजना, दोस्रो आवद्यिक योजना २०८१/०८२ देखि २०८५/०८६ सम्म समृद्धिको भविष्यको हाम्रो आधार के हो भने कुरा पनि आउन सक्छ। यो कुराहरू पनि म यहाँ राख्न चाहान्छु। पहिलो योजनाका सिकाईलाई आत्मसाथ गर्दै दोस्रो पञ्चवर्षीय योजनाले कर्णालीलाई आत्मनिर्भर गर्दै हरित अर्थतन्त्रको अभ्यास, उत्पादनमुलक, पर्यटन विकास, रोजगारीमुलक कुरामा केन्द्रित रहेको छ। यसले भौतिक पूर्वाधारहरुलाई यी अन्तरसम्बन्धित वस्तु, क्षेत्रसँग जोडेको छ। यस योजनाले निम्न पाँच प्रथामिकता क्षेत्र निर्धारण गरी नीति तथा कार्यक्रमहरु आगाडि ल्याएको छ ।

अहिले पनि हाम्रो पहिलो रुपमा पूर्वाधार तथा अन्तरआबद्धता छ। पूर्वाधार भित्र सडक, पुल, सञ्चार, यातयात, उर्जा लगाएतका थुप्रै चिजहरु र यो सँग अन्तरसम्बन्धित बिषयवस्तु पनि पर्दछन। यसरी नवप्रवर्धन र उत्पादन र रोजगारीको कुरा छ। कृषि पशुपन्छीमा व्यवसायीकरण र विविधिकरण र आधुनिकिकरण र उद्यमशिलता प्रर्वधन र रोजगारी सिर्जना गर्ने चिजहरु राखिएको छ। यसरी उद्योग,  पर्यटन तथा वन,  वातावरणका कुराहरू पनि छ। यसमा प्रदेशको तुलनात्मक लाभका आधारित उत्पादन वृद्धि गर्ने कुराहरुलाई सोचिएको छ।अब एउटा महत्वपूर्ण रुपमा रहेको सामाजिक विकास क्षेत्र हो। सबै विकास हुदाँहुदै पनि समाजिक विकास भएन भनेपछि समाजले समृद्धि पुरा गर्न सक्दैन। त्यसैले मानव पुजीँ र सामाजिक विकासका कुराहरु पनि यसमा समेटिएको छ। खासगरी गुणस्तरीय स्वास्थ्य, शिक्षा र सुरक्षाको, सामाजिक सुरक्षाको विस्तारका कुराहरु राखिएको छ।

अब हामीले सेवा प्रशासनिक सुदृढिकरणका लागि प्रशासनिक सुधारको लागी र जनतालाई सुशासनको लागी “डिजिटल कर्णाली तथा सुशासन” भन्ने कार्यक्रम राखिएको छ। यसले अहिले सबै प्रशासनिक सेवाहरु लगायतका थुप्रै सेवाहरु डिजिटलाईज मार्फत भयो भने विद्युतीय तरिकाबाट गयो भनेपछि सुशासनको प्रत्याभुति गर्न सकिन्छ भन्ने उदेश्यले दोस्रो आवधिक योजनाले यसलाई पनि प्रथामिकतामा राखेको छ। ‘प्रविधि, नव प्रर्वधन बिद्युतीय सुशासन र पार्दशितता प्रर्वधन’ भनेर हामीले यसलाई राखेका छौ। दोस्रो पञ्चवर्षीय योजना केवल भौतिक पूर्वाधार विकासमा केन्द्रित नभई कर्णालीलाई आत्मानिर्भर अर्थतन्त्र अग्रसर गराउने छ।

रणनीतिक र प्रथामिकताहरुका कुरा सोच्दाखेरी कर्णालीको दिर्घकालीन सोच “समृद्ध कर्णाली-सुखारी कर्णाली वासी” हाम्रो २५ बर्षको दिर्घकालीन सोच यो हो। पहिलो पञ्चवर्षीय योजनादेखि नै हाम्रो मार्गदशन  यो भनेको छ। यस योजनाले पहिलो योजनाका सिकाईलाई आत्मासाथ गर्दै उत्पादन वृद्धिदेखि रोजगारी सिर्जना, शिक्षा, स्वास्थ, पूर्वाधार विस्तार तथा सामाजिक न्यायलाई प्रथामिकतामा राखिएको छ। नेपालको दिर्घकालीन सोच “ समृद्ध नेपाल-सुखी नेपाली” भने जस्तै प्रदेशको दिर्घकालीन सोच “समृद्ध कर्णाली-सुखारी कर्णाली वासी” रहेको छ। यो १६ औं योजनालाई समेत दृष्टिगतगरी दोस्रो पञ्चबर्षिय आवधिक योजनाको सोचमा ‘सुशासन, सामाजिक न्याय र समृद्ध कर्णाली’ भनेर दोस्रो आवधिक योजनामा राखिएको छ।

कर्णाली प्रदेशको विकासका लागि यहाँका अनुपम प्राकृतिक सम्पदा, सांस्कृतिक विविधताहरु, हावापानी, जैविक विविधता, जलस्रोत, पर्यटन सम्भावना तथा मौलिक भाषा, संस्कृति, कला, साहित्य र सम्पदालाई संरक्षण, सम्वर्धन र उपयोग गर्ने नीति तयार गरिएको छ। यस्ता कार्यक्रमहरु सम्पादन गर्नका लागि थुप्रै चुनौति भएता पनि  यसलाई सम्पादन गर्न उपयुक्त रणनीति पनि तयार गरिएको छ। यस्ता योजनाले तुलनात्मक लाभमा आधारित  उत्पादनमुलक अर्थतन्त्रको  विकास, गुणस्तरीय मानव पुजीँ विकास, व्यवसायीक शिक्षाको प्रर्वधन, स्वास्थ सेवा पहुँचको बिस्तार, उत्तर-दक्षिण करीडोरको स्तर उन्नति, रोजगारी सिर्जना तथा नवप्रवर्धन तिर पनि हरित अर्थतन्त्रलाई प्रर्वधन गर्ने नीति अवलम्वन गरेको छ।

हामीले विकासका रणनिति तथा प्रथामिकता निर्धारण गर्दा दिगो विकासको लक्ष्यको सुचाङ्कलाई पुरा गर्न र जलवायु परिवर्तका असर न्युनिकरण गर्न, विपत व्यवस्थापन तथा साबधानी गर्न र सामाजिक न्यायलाई समेत ध्यान दिएका छौ। किनभने केही आफ्ना हाम्रा राष्ट्रिय प्रतिबद्दता छन्, केही अन्तरराष्ट्रिय प्रतिबद्दता छन। त्यस अन्तर्गतमा दिगो विकास लक्ष्य पनि हो। ति लक्ष्यलाई कसरी परिपुर्ति गर्ने भन्ने उद्देश्यले दोस्रो आवधिक योजनलाई टाइअप गरिएको छ।

डिजिटल कर्णाली अभियान, उद्यमशिलता प्रर्वधन, उर्जा तथा पूवार्धार विकास, सामाजिक सेवा प्रर्वाह सुधार्ने पहलहरु यस योजनाले समटेको छ। दोस्रो आवधिक योजनाले लिएको लक्ष्य र लिएको प्रथामिकतालाई पुरा गर्न कर्णाली उत्सव जस्ता कार्यक्रम र ..कुडा कर्णालीबाट पनि सहयोग पुग्दछ भन्ने मलाई लाग्दछ। यसले पुरा गरेको पाँचौ संस्करणसम्म यसको योगदान महत्वपूर्ण र औचित्यलाई पुष्ठि गरेको छ भन्ने लाग्दछ।  यस अवसरमा म सम्पूर्ण नीति निर्माता, स्थानिय तह, विकास साझेदार, नागरिक समाज, निजि क्षेत्र तथा सरोकारवालाई आव्हान गर्न चाहान्छु कि हामी सबै मिलेर कर्णालीको समृद्ध भविष्य सुनिश्चित गर्न सामुहिक प्रयास गरौं। हाम्रो लक्ष्य स्पष्ठ छ, नवप्रवर्धन प्रविधी तथा मानव पुजीँ प्रवर्धन, उत्पादनशिल र रोजगारमुलक अर्थतन्त्र निर्माण, सामाजिक न्याय र सुशासन समाजवाद उन्मुख कर्णालीको निर्माण गर्ने यस यात्रामा सबैको साथ सहयोग र प्रतिबद्धताको आवश्यकता छ। कर्णाली नीति उत्सवमा अवसरमा मात्रै हैन, नयाँ संकल्पको थलो पनि हो। यस कर्णाली उत्सव ..कुडा कर्नालीका कार्यक्रमको पुर्ण सफलताको शुभकामना व्यक्त गर्दै हामी सबै मिलेर कर्णालीलाई नेपालकै समृद्ध,  नयाँपन र विकसित प्रदेश बनाउन अगाडि बढौं भन्दै यो तिन दिनको कार्यक्रम पुर्ण सफल रहोस भनेर शुभकामना भन्दै आफ्नो मन्तव्य यही अन्त्य गर्छु, धन्यवाद, नमस्कार।

भिडियो

 

 

Leave a Comment