
सहजकर्ता (टिकाराम यात्री): नमस्कार, कर्णाली उत्सव निरन्तर छ वर्ष देखि यसरी नै सञ्चालन भइरहेको छ। तपाइहरूको न्यानो माया र आतिथ्यता स्थान परिवर्तन होस् तर अवस्थिति परिवर्तन छैन। त्यसैले त तपाइहरू बडा तनमनका साथमा बिहान सबेरै देखि रातिको गजल उत्सवको राति अबेरसम्म पनि यसरी नै सहभागी भई रहनुभएको छ। यो विषय आफैमा रोचक पनि छ र तपाइहरूलाई देख्दाखेरि यी मान्छेहरू यो विषयसँग सम्बन्धित छैनन् तर कसरी वत्ता र अथिति भए भन्ने पनि लाग्न सक्छ। किनभने स्वस्तिमाजी सिनेमा क्षेत्रको हुनुहुन्छ, म पत्रकारिता क्षेत्रको छु, अनि फेरी कर्णालीसँग प्रत्यक्ष रूपमा हामी कर्णालीमा जन्मिएका पनि हैनौं। ज्ञानेन्द्रजी पनि, स्वस्तिमाजी पनि, म पनि, हरी बहादुर दाई मात्रै यहाँको हुनुहुन्छ। अनि कसरी यो कर्णालीको ब्रान्डसँग पनि जोडिने र सँगसँगै खेलसँग पनि जोडिने अ-संगत पात्र भन्नुभयो होला, त्यही कुरालाई पुष्टि गर्न सम्भवतः आयोजकले यो अनुष्ठान रचेको हो।
खेल भनेको यस्तो विधा हो, जसले एउटा देशलाई अन्तराष्ट्रिय जगतमा यसरी परिचित गराउँछ। त्यहाँ न कुनै जात, न धर्म, न लिङ्ग, न भाषा, न भेद, न पार्टी, न दल कुनै अलग-थलग हुँदैन। सबैलाई एकताको सूत्रमा बाँध्छ। त्यो क्रिकेटमा नेपालले जित्दा होस्, फुटबलमा नेपालले आफ्नो पहिचान स्थापित गर्दा होस्, अथवा जुनसुकै विधाहरू हुन्, सबै विघामा सिङ्गो नेपाल एक ढिक्का हुन्छ। त्यसैले गर्दा खेरी त्यो त्यस्तो खेल, जसमा खेलाडी मात्रै होइन, त्यसका प्रशिक्षक मात्रै होइन, खेल पदाधिकारी मात्रै होइन, खेल भन्दा बाहिर असम्बन्धित पात्रहरूले पनि त्यसलाई स्वामित्व लिनुपर्छ। अनि मात्रै त्यो राष्ट्रिय अर्थतन्त्रसँग, दर्शकसँग, ठूलो आयाममा त्यो पुग्न सक्छ भनेर यसलाई त्यसरी जोड्न खोजिएको हो। त्यसको पछिल्लो कडी एन पि एल ले देखाएको छ। एन पि एल को पहिलो संस्करण नै यति सफल भयो कि, त्यो दर्शकका दृष्टिकोणले पनि, सहभागिताका दृष्टिकोणले पनि, प्रतिस्पर्धाका दृष्टिकोणले पनि र सँगसँगै ब्राण्डिङ्गका दृष्टिकोणले पनि त्यसले सफलता हासिल गरेको छ।
त्यसैले त्यो सँग असम्बन्धित मान्छेहरु पनि खेलमा जोडिन सक्छौ, टेवा दिन सक्छौ ताकि त्यसले बहु-आयामिक धरातल निर्माण गरोस्। त्यही भएर यो सत्रमा हामी कर्णालीलाई खेल मार्फत कसरी ब्राण्डिङ्ग गर्न सकिन्छ र अहिले कसरी ब्राण्डिङ्ग भइरहेको छ? त्यही संस्करणमा कुराकाानी गर्दै छौ। म सबैभन्दा सुरुमा हरी बहादुर रोकाया दाइसँगै आउँछु। हरी बहादुर रोकाया कर्णालीको यस्तो पहिचान र यस्तो धरोहर हुनुहुन्छ, उहाँ कर्णाली प्रदेशमा ओलम्पिक खेल्ने, सहभागिता जनाउने पहिलो खेलाडी हुनुहुन्छ। सन् १९८८ देखि अन्तरराष्ट्रिय रूपमा उहाँको ओलम्पिकसँगको त्यो साक्षात्कार, त्यो हामी कर्णालीले मात्रै होइन, सारा देशले गर्व गर्न सक्छ। उहाँको पुरै जीवन खेलमै बितेको छ। आज पनि उहाँ कति लामो दौड पुगेर यहाँ आउनु भएको छ। खेलाडीका लागि सबै जीवन खेल नै हो भन्ने छ। त्यसैले गर्दाखेरी म उहाँ बाटै सुरु गर्छु। तपाइहरूले ३४ वर्ष अगाडी अन्तरराष्ट्रिय मञ्चमा खेललाई पुर्याई रहँदाखेरि र आजका दिनमा फर्केर हेर्दाखेरी कर्णालीको खेल कुन अवस्थामा आई पुगेको छ?
हरी बहादुर रोकायाः अहिलेको कर्णालीको खेल भनेको एकदम अब भन्दाखेरीमा त अब तिता मीठा धेरै कुरा होलान्, किन भने अब अहिले भर्खरै हाम्रो राष्ट्रिय गेम हुँदैछ, हुने सम्भावना छ, त्यो पनि पछाडी नै छ। तर पहिलाको र अहिलेकोमा खेल क्षेत्रमा धरै माथि छ। किनभने पहिला पहिले त अब गाउँ गाउँबाट छोपेर ल्याउथे, अब खेलेर राष्ट्रपति रनिङ्ग सिल्ड यताउताबाट छोपेर ल्याउथे। अहिले त कस्तो छ भने, यदि आफ्नो मान्छे छ भने भित्रैबाट टिपेर लिने जस्तो पनि लाग्छ। किनभने जस्तो; ओलम्पिकमा भन्नुहोस्, ओलम्पिकमा पनि हामी कर्णालीमा छौं, जुम्लामा छौं, उता काठ्माण्डौंमा ट्रायल भइसकेको हुन्छ, उहाँको खेलाडी छनोट भइसकेको हुन्छ तर त्यही मात्र फरक हो। त्यतातिरको र अहिलेमा त्यति फरक देख्छु सर। किनभने फरक भनेको यत्ति हो। पहिला किनभने पहिचान गरेर खेलाडी लिन्थे भने अहिले कर्णालीको खेलाडी कर्णालीमै रहन्छ र काठमाण्डौंको खेलाडी जुन ठाउँमा भएको खेलाडीले चान्स पाउँछ यही हो, यत्ति फरक छ अहिले।
सहजकर्ताः अनि कति फरक छ भन्ने म दुई मिनेटको छोटो श्रव्य दृश्य सामाग्री पनि देखाउँछु। कर्णालीका लागि खेल खेल्नु अथवा खेलसँग साक्षात्कार हुनु धेरै सकसको कुरा थियो। तर अहिले यस्तो अन्तरराष्ट्रिय स्तरको रंगशाला निर्माण भएको छ, त्यो रंगशालाको उद्घाटन अथवा त्यसको सुरुवात नै दसौं राष्ट्रिय खेलकुदबाट हुँदैछ। तर त्यो अनिश्चित बनेको छ, त्यो एउटा पेचिलो प्रश्न हो। संरचना त छ तर त्यो खेल अनिश्चित छ। त्यो रंगशालाका एकजना परिकल्पनाकार, पूर्व सदस्य सचिव, निवर्तमान सदस्य सचिवसँग मैले छोटो कुराकानी गरेको छु। अब म त्यो प्रस्तुत गर्छु, त्यसले पनि वर्तमान अवस्थालाई प्रतिबिम्वित गर्छ।
नमस्कार, कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगर स्थित रंगशालामा छौं हामी। २०२९ सालमा जग्गा अधिग्रहण गरेर नौ बिघा क्षेत्रफलमा निर्माण गरिएको यो रंगशाला, करिब करिब निर्माणको अन्तिम चरणमा पुगेको छ। यस अगाडीको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा भईरहँदाखेरी दसौं खेलकुद प्रतियोगिता यहाँ हुने भनेर घोषणा गरिएको थियो। चैतमा गर्ने भनिएको यो प्रतियोगिता अनिश्चित बनेको छ। कारण: बजेट निर्माणको क्रम र बसोबास व्यवस्थापन लगायत अन्य अन्यलाई भनिएको छ। एकै पटकमा कयौं खेल आयोजना हुन सक्ने, यो फुटबलको रंगशालामा मात्रै दश हजार मान्छेहरूले बसोबास गर्न सक्ने अथवा दृश्य अवलोकन गर्न सक्ने, एक अर्ब उनान्साठ्ठी करोड निर्माणमा लागत भएको यो गौरवको आयोजना नेपालमा निर्माण भएका रंगशालाहरू मध्ये सबैभन्दा अधिकतम र पछिल्लो अत्याधुनिक रंगशाला हो। तर पेचिलो प्रश्न, दसौँ राष्ट्रिय खेलकुद कहिले हुन्छ? त्यही विषयमा प्रश्न सहित उत्तर खोज्ने प्रयत्न गर्दै छु। यहाँका राष्ट्रिय खेलकुद परिषद्का, कर्णाली प्रदेशका खेलकुद परिषद्का निवर्तमान सदस्य सचिव सञ्ज्यालज्यूसँग, के हो त यो, कहिले निर्माण हुन्छ?
उक्त श्रव्य दृश्य सामाग्रीमा विश्वमित्र सञ्ज्यालले प्रस्तुत गरेका कुराहरु…)
धन्यवाद, दसौं राष्ट्रिय खेलकुद कर्णाली प्रदेशमा आयोजना गर्ने र आम कर्णाली बासीहरूले देशै भरका खेलाडी, खेलकर्मीहरुलाई हामी स्वागत गर्नका लागि प्रदेश सरकारले नै गौरवको आयोजनाको रूपमा अगाडी बढाएर लगभग तिन वर्ष अगाडी देखि हामीले निर्माण सुरु गरेर यत्रो रंगशाला लगायतको पूर्वाधार हामीले अर्बौको संरचना बनाई सकेको अवस्था हो। राष्ट्रिय खेलकुद आयोजना गर्नका लागि जुन आवश्यक पर्ने पाँचवटा कुराहरू हुन्, पूर्वाधार, बसोबास, यातायात, स्वास्थ्य र सुरक्षाको कुरा यथेष्ट मात्रामा हामीले तयारी गरेर अब हामी स्वागत गर्नका लागि आतुर भएको अवस्था छ। अब त्यो हाम्रो सम्पूर्ण तयारी पुरा भएको छ। अझै हामीले केहि तयारी गर्न बाँकी रहेको हो भने अहिलेसम्म त्यो कुराको सुनुवाइ हुन सकेको छैन। केही हामीले जानकारी पाउन सकेको अवस्था छैन। तर अब राष्ट्रिय खेलकुद कहिले हुन्छ भन्ने कुराको यो बल चाहिँ अब युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् उहाँहरुले केही जबाफ दिन सक्नुहुन्छ होला कि भन्ने मैले पनि आशा गरेको छु। तर यो हामी कर्णाली बासीसँग अहिले होला भनेर आशामा चाहि छौं।
टिकाराम यात्रीः मृग मरी चिता बन्ने त होइन?
विश्वमित्र सञ्ज्यालः त्यो चाहि हुँदैन। हुन चाहि कर्णालीमा नै हुन्छ तर कहिले हुन्छ भन्ने प्रश्न भने म कहाँ पनि त्यहि प्रश्नमा नै रह्यो।
टिकाराम यात्रीः यही प्रश्नबाट कर्णाली उत्सवमा आयोजना भइरहेको ..कुडा कर्नालीको खेलकुद विशेष श्रृंखला त्यहिबाट हामी सुरु गर्छौ।
विश्वमित्र सञ्ज्यालः एकदम, यहाहरूले त्यहाँ बाट सुरु गरेर यसको उत्तर यहाहरूले पत्ता लगाई दिनुहोला। यो उत्तर आम हामी कर्णालीबासी सुन्नको लागि आतुर छौं। यो कुरा उठाई दिनुहोला,आइदिनुभयो, धन्यवाद।
(उक्त श्रव्य दृश्य सामाग्री देखाइसकेपछि….)
सहजकर्ताः विश्वमित्र सञ्ज्यालजीले भनेजस्तो हाम्रो पनि थप प्रश्न नै छ र सँगसँगै प्रतिबद्धता पनि छ कि, यो चाँडो निर्माण सकियोस् र घोषणा गरेको मितिमा नभए पनि तर कर्णालीमा दसौं राष्ट्रिय खेलकुद हुन सकोस्। यसको अधिकतम र भरपूर सदुपयोग हुन सकोस्। स्वस्तिमाजी, तपाई प्रत्यक्ष रूपमा कर्णालीसँग नजोडिए पनि परोक्ष रूपमा कर्णालीसँग यहाँका कथा-व्यथामा आधारित रहेर चलचित्र पनि खेल्नु भयो, खेल्नुहुन्छ र अहिले त प्रत्यक्ष रूपमा नै यहीको ‘कर्णाली याक्स’ भन्ने क्रिकेट क्लबको ब्राण्ड एम्बेस्डर पनि हुनुभयो। तपाइले त्यस अगाडी चिनेको कर्णाली र त्यस पछाडी तपाइले चिनेको कर्णालीमा कर्णालीमा के फरक हुने रहेछ?
स्वस्तिमा खड्काः नमस्ते कर्णाली, सर्वप्रथम त यहाँ उपस्थित सबै जनामा मेरो न्यानो नमस्कार। यसरी सबै एज ग्रुपको अडियन्स देख्दाखेरी एकदमै खुसी लाग्यो। कमिङ्ग ब्याक टु योर कोइशन् दाई, अं.. दाईको कोइशनको आन्सर गर्नु भन्दा अगाडी सानो रमाइलो कुरा जोडी हाल्छु है। हाम्रो एन.पि.एल. सुरु हुनु भन्दा अगाडी चाहि जसरी मलाई एज अ ब्राण्ड एम्बेस्डर कर्णाली याक्सको म्यानेजमेण्ट टिम, दाईहरुबाट चाहि तपाई एज अ ‘फेस अफ कर्णाली याक्स’ आई दिनु पर्यो भनेर भन्नु भएको थियो, अनि मैले आफैले आफैलाई नै कोइशन् गरेको थिए, ‘ह्वाई मि’ भनेर। तर मैलै म किन जोडिनुपर्छ भन्ने कोइशनको आन्सरहरु थियो तर सायद बाहिरको प्रस्पेक्ट्रीभ, बाहिरको आँखाले हेर्दाखेरी त्यो आन्सरहरु उहाँहरूसँग थिएन होला। मैले धेरै ठाउँबाट चाहि, दाईले यो कोइशन त गर्नुभयो तर यो मीठो प्रश्न आई राख्दाखेरी धेरै तीतो प्रश्नहरू पहिला आए के। स्वस्तिमा खड्का किन ब्राण्ड एम्बेस्डर कर्णाली याक्सको? एक त याक्ट्रेस स्पोर्ट्समा कँही पनि कतैबाट सम्बन्धित छैन। अर्को चाँहि हिरोइन किन स्पोर्टसलाई प्रमोट गरिरहेको छ भन्ने प्रश्नहरु आएको थियो।
अनि हिजो अस्ति पनि एकजना मैले एन.पि.एल. कै एकजना अर्को टिमको मान्छेसँग यस्तै रमाईलो कुराकानी भैरहेको थियो। अनि उहाँले चाँहि मलाई पनि प्रश्न आएको थियो, किन यसरी कर्णालीलाई प्रमोट गरिरहेको छ स्वस्तिमाले भनेर। आई थिङ्क कर्णाली भनेको, कर्णालीको मान्छेको मात्रै भन्दा पनि कर्णाली मेरो देशको हो। सो, कही न कहीबाट कर्णाली मेरो हो भनेर त्यो हिसाबले हेरेको थिए। अनि स्पोर्टसमा किन याक्ट्रेस भन्दाखेरी, स्पोर्टस पनि स्पोर्टसको मान्छेले मात्रै वा जो पनि डिरेक्ट्ली इन्भल्भ हुनुहुन्छ, उहाँहरु मात्रै भन्ने भन्दा पनि मेरो देशलाई स्पोर्ट्सले कसरी प्रमोट गरिरहेको छ आजको दिनसम्म र भोली कसरी गर्छ? र त्यसमा एज एन याक्ट्रेस मेरो भुमिका के हुन्छ? भन्ने कुरा जहिले पनि त्यो हिसावले हेरिरहेको थिए। पहिला मैले कर्णालीलाई मैले हेर्ने प्रस्पेक्ट्रिभ, मेरो आखाँबाट मैले कर्णालीलाई हेर्दाखेरी चाँहि, एज अ पब्लिक फिगर स्वस्तिमा खड्का, एज एन् याक्ट्रेस हेरीरहेको हुन्थे। मलाई यहाँको कल्चरले, यहाँको भुगोलले र यहाँको भेषभुषाले एकदमै फ्यासिनेट गरिरहेको थियो।
मलाई हेर्दाखेरी यहाँको भाषाले पनि एकदमै फ्यासिनेट गर्थ्यो। अनि एउटा रमाइलो कुरा चाहि, कति जनालाई थाहा पनि छ होला, निश्चल बस्नेत, मेरो श्रीमानको मामा घर पनि जुम्ला हो र मेरो साथीहरू पनि धेरैजना जुम्लाबाट हुनुहुन्छ।
सहजकर्ताः कति राम्रो संयोग छ भने उहाँ त मामा ससुरा हुनुहुदो रहेछ।
स्वस्तिमा खड्काः हो, मामा ससुरा हुनुहुन्छ, मैले त्यो प्रस्पेक्ट्रिभबाट हेर्दा जुम्ला, कर्णालीको मात्रै नभएर सुर्खेतमै पनि धेरै साथीहरू हुनुहुन्छ। अरु कर्णालीको विभिन्न भुगोलमा त्यहाँको भेषभूषा र कल्चरले एकदमै फ्यासिनेट गरेको हो। एज एन् याक्ट्रेस, मलाई जहिले पनि यो ठाउको एउटा भूमिका निर्वाह गर्न पाए एकदमै मजा आउथ्यो होला भन्ने जहिले पनि मैले सोचिरहेको हुन्थे। अनि धेरैजनाले भन्नु भयो, जुम्ला, हुम्ला तिरको भाषाहरु फ्याट्ट काठ्माण्डौंको मान्छेले बझ्नुहुँदैन तर म अलिकति बुझ्छु, किनकी मेरो घरमा पनि जुम्लाको मान्छेहरु हुनुहुन्छ, मेरो साथीहरू हुनुहुन्छ, त्यो कारणले मलाई सहज पनि लाग्छ। मेरो आफ्नै मान्छेहरू हो उहाँ, भनेको जस्तो पनि फिल हुन्छ। तर मैले जहिले पनि याक्ट्रेसको प्रसपेक्ट्रिभबाट यो ठाउँको भूमिका गर्न पायो भने मैले सायद कला क्षेत्रलाई केही न केही एउटा नयाँ कुरा दिन सकिन्छ कि भन्ने त्यो हिसाबले हेर्थे। अनि अर्को एउटा आउटसाइडरको रूपले हेर्दाखेरी, कस्तो भने अलिकति यो अविकसित ठाउँ हो कि? अलिकति सरकारले धेरै ध्यान नदिएको ठाउँ हो कि? भन्ने हिसाबले पनि हेरिन्थ्यो। अनि यहाँ अलिकति हाम्रो ट्यालेन्टहरु कत्तिको हुनुहुन्छ भन्ने कुरा त्यो एक्सप्लोरेशन् पनि भइरहेको थियो।
म कर्णाली याक्ससँग जोडिसकेपछि, एन.पि.एल. मा आइसकेपछि सायद मेरो अलिकति प्रस्पेक्ट्रिभ चेन्ज भएको छ, ‘इन् अ भेरी पोजेटिभ नोट’ किनभने त्यही एन.पि.एल. भइरहेको बेलामा सायद हामीले, जसरी दाइहरुले नयाँ नयाँ खेलाडीहरू जसरी एक्सप्लोर गर्नुभयो। यहाँ त कति धेरै पोटेन्सियल रहेछ यो ठाउँमा त भन्ने कुरा त सायद म एन.पि.एल.मा जोडिसकेपछी थाहा भयो। जस्तै; बिपिन शर्मा भाई हुनुहुन्छ, हाम्रो यहाँको लोकल प्लेयरलाई जसरी हाम्रो कर्णाली याक्सले यहाँबाट दाईहरुले चुज गरेर लानुभएको थियो। उसको पर्फमेन्स, आई थिङ्क, हाम्रो प्रोफेश्नल प्लेयरहरुले जति पर्फम गर्नुभएको थियो, विथ ड्यू रेस्पेक्ट टु अल द प्लेयर, उहाँको त्यो भन्दा कम थिएन होला के, जति नयाँ प्लेयर भए पनी। आई थिङ्क हि इज् जस्ट फिफ्टिन एअर्स वल्ड, पन्ध्र वर्षको मात्रै हुनुहुन्छ उहाँ। सो, भनेको हाम्रो उहाँ जस्तो प्लेयर कत्ती जना हुनुहुन्छ होला? त्यो खेलकुद क्षेत्रमा मात्रै होइन कि, कर्णालीमा अरु क्षेत्रमा पनि कति पोटेन्सियल भएको मान्छेहरु हुनुहुन्छ होला। जुन चाहि सायद आउन पाउनु भएको छैन्। मेरो प्रस्पेक्ट्रिभ पनि एउटा, एन.पि.एल.मा आइसकेपछि, कर्णालीमा आबद्ध भइसकेपछि चेन्ज भएको एउटा प्रस्पेक्टिभ त्यो पनि हो।
सहजकर्ताः ज्ञानेन्द्रजी, तपाई कर्णाली याक्सको प्रमुख प्रशिक्षक, क्रिकेट डिरेक्टर र त्यही सिलसिलामा एउटा बाध्यात्मक नियम भनौं अथवा त्यो अवसरका कारणले यही ट्यालेन्ट हन्टका क्रममा पन्ध्र वर्षीय बिपिन शर्माजी छनोट पर्नु भयो। अक्सनबाट थप तीनजना खेलाडीहरू कर्णालीका छनोट भए। तपाइले त्यसरी प्रत्यक्ष रूपमा खेलाडीहरूलाई उनीहरूको कला, उनीहरूको विशेषता र उनीहरूको खेल कौशलता हेरिरहँदा खेरी कस्तो सम्भावना बोकेका रहेछन् खेलमा?
ज्ञानेन्द्र मल्लः सर्वप्रथम सबै जनालाई नमस्ते। कर्णालीसँग जोडिसकेपछि आफूलाई पनि कर्णालीकै हुँ जस्तो हुन्छ। जुन किसिमको एन.पि.एल.मा माया पायौं, त्यसले गर्दाखेरी त कर्णालीकै हो कि हो कि जस्तो लाग्छ। फ्रस्ट अफ अल त अब स्पोर्टस् एउटा कलाको बाउन्ड्री हुन्छ जस्तो लाग्दैन, यो असीमित हुन्छ र यसको कुनै सिमा हुँदैन र त्यो कुरा चाहि हामीले एन.पि.एल. बाट नै देख्यौं। जुन अहिले हामी बिपिन शर्माको नाम लिन्छौ। हामीलाई सुरुमा यहाँ आउँदाखेरि अघि यहाँले भने झैँ एन.पि.एल.को नियममा चाहि एउटा खेलाडी लोकल ट्यालेन्ट बाट लिनुपर्ने भन्ने कुराहरु थियो। त्यहि गर्दै गर्दाखेरी हामी सुर्खेतमा मात्र बेस भएर होइन कि हामी यहाबाट अरु ठाँउ जान सकिने सम्भावना बोकेको ठाउँहरू जाऊँ, काँही न काँही त ट्यालेन्ट हुन्छ नै भन्ने कुराहरू हामीले पनि सोचेका थियौँ। एकजना चाहि कुनै आउटस्ट्यण्डिङ प्लेयर, यो सिजन नभए पनि अर्को सिजनमा भएपनि उसलाई हेरेर अर्को दश जनाले केहि नयाँ कुरा सिक्लान्, अथवा दश जना अझै बढी मोटिभेट होला भन्ने कुराहरू थियो।
लक्किली, हाम्रो भाग्यको साथ पनि भनौं, बिपिन जसरी आयो, हामीले जसरी छनोट गर्यौ, हुन त अरू दुई-तिन जना प्लेरहरूलाई पनि हामी सँगै लिएर जाने, उनीहरूलाई चाहि ग्रुम गर्ने, पाँच दश दिन क्याम्पमा राख्ने भन्ने कुराहरु थियो, त्यो विभिन्न कारणले हमीले गर्न सकेनौ। अन्ततः बिपिनलाई नै एकल हिसाबले हामीले लिएर गयौ। त्यो किसिमको पर्फरमेन्स, जुन किसिमको एक्सपोजर दियो, त्यसले के बुझाउँछ भने हामी नेपालको जुनसुकै कुनामा सानो, ठूलो, गरिब, धनी केही पनि होइन कि, एउटा पल्याटफर्म चाहिएको छ, आफ्नो कला देखाउनको लागि, त्यो पल्याटफर्म पायो भने हाम्रो नेपालको मात्र राम्रो होइन कि, हामी संसार भरी नै आफू एउटा उत्कृष्ट खेलाडी बन्न सक्छौं भन्ने कुराहरू हो।
अनि यहाँ हामी सबै जनाले अहिले हेर्दै गर्दा खेरी सबै जनाले सन्दीप लामिछानेको बारेमा सुन्नु भयो। सन्दीप लामिछाने पनि हामी खासमा चाहि के भएको थियो भने हामी काठ्माण्डौ बाट भैरहवा जानुपर्ने थियो, वसन्त रेग्मी, यहाँ कति जनाले सुन्नु भएको छ/छैन, उहाँ धेरै राम्रो प्लेर हुनुहुन्थ्यो। उहाँको विवाहमा जाने क्रममा हामी अन द वे चितवनमा हुँदाखेरी पुभुदु दासा नाइके सर अगाडी हुनुहुन्थ्यो। उहाँ चाहि त्यहाँ क्याम्प चलिरहेको छ भनेर उहाँ निमन्त्रणा पाउनु भयो र जानु भयो। त्यो क्याम्पमा उसले वलिङ गरेको देखेर उसलाई हामीले क्याम्पमा बोलाएको हो के। त्यसपछिको उसको हेर्यो भने सबै कुराहरू आज इतिहास जस्तै भइसक्यो। आई.पि.एल. खेल्ने, यो गर्ने ग्लोबल हिसाबले पनि। सो, अहिले पनि म के भन्छु भने यहाँ अझै पनि धेरै क्षमता छ जस्तो लाग्छ, तर त्यो क्षमताको लागि सहि माध्यम, सहि पहिचान अझै पनि उपलब्ध भएको छैन। होपफुल्ली, यो अहिले जुन दसौँ राष्ट्रिय खेलकुदको कुरा पनि आई रहेको छ। सायद यसले पनि देखाउथ्यो कि? यसल् पनि अझ यहाँ धेरै जनालाई प्रेरणा मिल्थ्यो कि? भन्ने कुराहरू हो र फेरी पनि कर्णालीसँग जोडिन पाउँदाखेरि धेरै धेरै खुसी लागेको छ।
सहजकर्ताः हरी बहादुर दाई, तपाई आफैमा पनि एउटा मियो हो, सती साल हो तर सँगसँगै तपाइले आफ्नो विधामा, एथ्लेटिक्स विधामा अनि अल्ट्रा धावनमा संसार प्रसिद्ध, एकजना अब सुनमाया बुढाकै कुरा गर्ने हो भने नेपालमा अवमुल्यन छ तर उनको विधामा संसारको सबैभन्दा ख्याति प्राप्त खेलाडी हुन। उनी सानो समयमा कुपोषणको सिकार भएर त्यसलाई नै चुनौती दिने खालको, त्यसरी धावकका रूपमा उनी विश्व प्रसिद्ध छिन्। अहिले पनि बाहिरै छिन्। त्यो तपाइहरूकै छत्र छायामा हुर्केको तपाइहरूले पहिचान गरेको हो। एउटा कुनै पनि पात्रलाई, अथवा कुनै पनि विधालाई अगाडी बढाउन र प्रस्फुटन गर्नका लागि चाहि तपाइले गर्ने अथवा हामीले गर्ने लगानी त होला तर राज्यले चाहि कस्तो किसिमको लगानी गर्नु पर्ला?
हरी बहादुर रोकायः अब फेरी आयो, कुराकानी उहि राज्य माथि आयो। राज्य भन्ने बित्तिकै मलाई कस्तो-कस्तो लाग्छ के। अब खेलाडीको पहिचान गर्ने हो भने, मैले अहिले म सत्ताइस वर्ष सम्म खेले। सत्ताइस वर्ष पछि अहिले म प्रशिक्षण गरिरहेको छु। मैले धेरै खेलाडीहरू उत्पादन गरे। कुरा के छ भने राज्य भन्ने बित्तिकै अहिले जति पनि खेलाडी निस्केको छन् नि मैले आफ्नो खर्च दिएर पठाउनु पर्छ के, त्यस्तो हो राज्य भनेको। त्यो कुरा बुझि राख्नु होला क्या। जब कि एउटा गेम खेल्न लाई एउटा खेलाडी जानको लागि म आफू प्रशिक्षकले पैसा दिएर पठाउनु पर्छ भने राज्य कहाँ छ? भन्ने कुरा त्यो स्पष्ट देखियो के। अब राज्यका कुरा न गरौं। खेलाडीका कुरा गरौं, खेलाडीको कुरा गर्दा कर्णालीमा यति प्रशस्त खेलाडीहरू छन्, तर मेहनत गर्नुपर्छ। एउटा मेहनत नगरेर खेलाडी बनिँदैन। मैले मेहनत गरेर अहिले यहाँ तपाइहरूको माझमा उभिएको छु। कर्णालीमा यति धेरै खेलाडी छन् तर कर्णालीले हेरि दिने भयो भने त, अहिले इन्टरनेशनल त जिति राखेको छ, त्यही पनि अझ धेरै खेलाडीहरु निस्किन्छन्।
म यहाँ अहिले मन्त्रीज्यू त हुनुहुन्छ वा हुनुहुन्न? अब यहाँ भएको जतिलाई, यदि खेलाडीलाई पहिचान गर्ने हो भने गाउँ गाउँमा छन् खेलाडीहरू, कुना-कुनामा छन्। तर के हो भने खेलाडी निकाल्न लाई केही पनि छैन। म रात दिन मेहनत गर्छु, खेलाडी निकाल्नुहोस्। तर त्यो खेलाडीलाई कसरी माथि ल्याउने भन्ने कुरा रहयो के। अब राज्यकै कुरा आउँछ, जे भए पनि राज्यकै कुरा आउछ। अनि आर्थिकको नै कुरा आउँछ तर आर्थिक नभएर त्यो खेलाडी माथि जान सक्दैन तर आर्थिक भयो भने त्यो खेलाडी माथि जान सक्छ। कुनै पनि घर परिवारमा के हुन्छ भन्दाखेरी, तैले खेलेर के गर्छस्? भन्छन्। अब अहिले खेलेर के गर्छ भन्दा पहिलाको खेलाडी र अहिलेको खेलाडीमा आकाश पातलको फरक छ। किनभने अहिले खेल्ने खेलाडीले राम्रो गर्यो भने एकै पटकमा पाँच/छ लाख रुपैयाँ कमाउन सक्छ। तर मेहनत गर्नु पर्यो। पाँच/छ लाख यतिकै आउँदैन। त्यो कुरा अहिले फरक छ। तर खेलाडी उत्पादन गर्न आर्थिकको समस्या पर्छ। यदि राज्यले त्यो हेर्ने हो भने हामी पनि ओलम्पिक खेलेर आएको हो।
ओलम्पिक खेल्ने भरीले सबैले जित्छन् भन्ने होइन् तर फ्यासिलिटी भयो भने हामी पनि ओलम्पिक जित्न सक्छौ। तर त्यो राज्यले हेर्नुपर्यो। उसलाई कति खर्च लाग्छ? कति मेहनत गराउनु पर्छ? उसलाई कहाँ ट्रेनिङ गर्न पठाउनु पर्छ? त्यो राज्यको दायित्व हो। तर राज्यले त्यति गरी दियो भने नेपालमा यति खेलाडी छन् कि विदेशमा गएर पनि जित्न सक्ने सम्भावना भएका खेलाडि धेरै छन्। मैले आफुले सोचेको छु, हामीले त्यति तिनिहरूको जति सुविधा र तिनिहरुको जति फ्यासिलिटी मैले पाएको भए सायद हामी पनि जित्छौ। म पनि एभरेस्ट म्याराथुन जाँदाखेरी त्यहा टप-टप खेलाडीहरू आएका थिए। मैले आफ्नो मनलाई खिन्न गरेको थिइन। मैले त्यति मेहनत गरेको थिए कि, कसैको कुरा सुनेको थिएन, घरको कुरा पनि सुनेको थिएन मैले। किनभने घरमा दौडेर के पाउँछस्? के गर्छस्? भन्नुहुन्थ्यो। जब मैले वल्ड रेकर्ड राखे, त्यसपछि मेरो घरको जहान खुसी भए। किनभने यसले यसरी दौड जितेको रहेछ। यसले मेडल मात्र जितेको होइन, उसले संसारभरी नाम कमाएको हो। बल्ल बाबु आमाको मन खुसी भयो।
हो यो कुराले मेहनत गर्नुपर्छ। तर राज्यको लगानी भन्ने हो भने मैले जागिर खाएको छु है। फेरी यो कुरामा राज्यले लगानी गरेन भन्न पाइँदैन है, किनभने मैले प्रशिक्षक भएर जागिर खाएको छु। तर त्यो जागिर त जसले पनि खान्छ है फेरी। तपाई यस्तो भन्नुहोला, एउटा कार्यकर्ता भए पनि जागिर खान्छ। यो कुरा ख्याल गर्नुहोला। किनभने म एउटा खेलाडी मेहनत गरेर खाएको जागिर हो है। तपाइहरूले फेरी राजनीतिक कुरा घुसायो भन्नुहोला,. त्यो नसोच्नुहोला क्या। मैले आफूलाई परेको दुःख भनेको हो है। किनभने मैले भोगेको कुरा हो, मैले त्यहि भनेको हो के। राज्यले मलाइ के दियो भन्दा पनि मैले राज्यलाई के दिने भन्ने कुरा मेरो सोच हो। अहिले पनि म प्रशिक्षक छु, तर म रीटायर्ड भएको छु। म खेलाडीको लागि रातदिन न भनेर लागिरहेको छुँ। कसरी खेलबाट राज्यलाई चिनाउने? कसरी कर्णाली प्रदेश चिनाउने? कसरी कर्णाली प्रदेशबाट खेलाडी उत्पादन गर्ने? मेरो सोच त्यो भयो।तर राज्यको कुरा के हो भने राज्यले फ्यासिलिटी चाहि दिनुपर्छ जस्तो लाग्छ है।
सहजकर्ताः कर्णाली चाहि सिनेमा मार्फत यस्तो ठाउँ रहेछ कि, अहिलेसम्म अन्तरराष्ट्रिय रूपमा ख्याति प्राप्त नेपाली चलचित्रहरू चाहे त्यो ‘क्याराभान’ को कुरा गरौं, यही भूमिलाई दृश्याङ्कन गरेर यहाँको संस्कृति, यहाँको प्रकृति उजागर भएको रहेछ। चाहे ‘कालो पोथी’ को कुरा गरौं अथवा पछिल्ला केही महिना यताको ‘साम्बाला’ को कुरा गरौं। सिनेमाका लागि समेत असाध्यै मलिलो ठाउँ रहेछ यो। स्वस्तिमाजी, अब तपाई सिनेमाको मान्छे, खेलमा त जोडि सक्नुभयो, नाता त गाँसियो-गाँसियो, अब यो गाँसिएको नाताको यात्रा कहाँसम्म पुग्छ होला?
स्वस्तिमा खड्काः दाइले दुई/तिन वटा मुभीको नाम लिइ राख्दाखेरी, जति पनि मुभीहरू सायद बने, त्यो मुभीको मेकर भनौं, त्यो मुभी बनाउनको लागि पहिला सोच्न पर्ने हुन्छ नी त, त्यो कुरा सोच्नको लागि सायद त्यो ठाउँको केही न केही कुरा अट्याचमेन्ट हुनुपर्छ होला के। अघि मैले सुरुको प्रश्नमा तपाइको उत्तर दिएको जस्तै, र तपाइले ‘कालो पोथी’ भन्नुभयो, ‘क्याराभान’ लाई अलिकति छोडेर, ‘कालो पोथी’ वा ‘साम्बाला’ को मेकर वा जसले सोच्नुभयो, डिरेक्टर; मिन भाम दाइ पनि सायद यही कर्णालीकै हुनुहुन्छ। त्यही भएर पनि त्यो सोचसँग इन्टिमेसी हुनुपर्यो, त्यो जे पनि उहाँले बनाउँछु भनेर सोच्नुहुन्छ। यही भूगोलको भएको भएर उहालाई कनेक्सन, उहालाई यो ठाउँसँग इन्टिमेसी भएको भएर वा उहाँको मेमोरीजहरु भएको भएर त्यो सिनेमा बनाउन सक्नु भयो। भनेपछि कही न कही त्यो सोचको लागि अथवा यो ठाउँ रिलेटेड केही कुरा सोच्नको लागि, फिल्म बनाउनको लागि कनेक्शन् कही न कही हुनुपर्छ जस्तो लाग्छ। त्यो भएन भने बन्दै बन्दैन भन्ने त होइन तर बेस्ट रिजल्ट निकाल्नको लागि त मसँग त्यहाँको मेमोरीज, कनेक्शन् भयो भने अझ बेस्ट निस्किन्थ्यो होला।
मेरो पनि, अघि पनि मैले भनिसके, यहाँ मेरो जुन हिसाबको कनेक्शन छ, म धेरै सानो हुँदादेखि मेरो साथीहरु हुनुहुन्छ, मेरो श्रीमान आफै पनि जुम्लाको हुनुहुन्छ। त्यो हिसाबले मलाइ पनि एज एन एक्टर त डेफिनेट्ली यस्तो यो प्रकारको सिनेमा, यो भूगोलको सिनेमा र कर्णालीको कुनै न कुनै क्षेत्रको पात्रमा अभिनय गर्न पाए हुन्थ्यो भन्ने लागिरहेको थियो र अझैपनि छ तर मैले सुदुरपश्चिमको एउटा चिसो मान्छे भन्ने सिनेमामा सुदुर पश्चिमको एउटा क्यारेक्ट्मा मैले अभिनय गर्ने मौका पाएको थिए। यहाँ कति जनाले हेर्नु भएको छ? हुन त सुदुरपश्चिम र कर्णाली भनेको छुट्टाछुट्टै प्रदेश भए पनि कही न कही त्यो जोडिएको क्षेत्र, अस्ती एन.पि.एल.मा पनि देखिहाल्यौं। सुदुरपश्चिमको मान्छेले हामीले हारे पनि कर्णालीले जित्नुपर्छ र कर्णालीको मान्छेले हामीले हारे पनि सुदुरपश्चिमको मान्छेले जित्नुपर्छ भन्ने त्यो खालको कनेक्शन् छ।
मैले कर्णालीको पात्र निभाउन नपाए पनि सुदुरपश्चिमको पात्र चाहि निभाएको छु। भविष्यमा केही न केही छ तर मलाई चाहि अझ फिक्सनल भन्दा पनि हामीले यतिकै सोचेर बनाएको भन्दापनि सायद यही ठाउँको एक्चुअल पात्रको स्टोरी देखाउन पाए, अझ त्यो पात्र साच्चिकै जिवित पात्रलाई बाँच्न पाए कस्तो हुन्थ्यो भन्ने सोचमा छ। किनकी यति धेरै ट्यालेन्टहरु हुनुहुन्छ, खेलकुद क्षेत्रमै कतिजना हुनुहुन्छ। सायद हरी मामाको कुनै न कुनै दिन वायोपिक बन्यो भने त्यो वायोपिकमा कुनै न कुनै तरिकाबाट म जोडिन पाए भने सायद, एज अ मेकर, एज एन एक्टर जोडिन पाएभने मेरो लागि एकदमै खुसीको कुरा हुन्छ। सायद अरु खेलकुद मै इनभल्भड प्रश्नालिटिजहरु हुनुहुन्छ, सो, उँहाहरुको कुनै न कुनै दिन वायोपिक बन्यो भने सायद एज अ मेकर, एज एन एक्टर जोडिन पाउ भन्ने मलाई छ र एकदमै सायद त्यो भयो भने लामो यात्रा हुन्छ होला।
सहजकर्ताः सम्भवतः यो कर्णाली प्रदेशको राजधानी सुर्खेत र यो ..कुडा कर्नालीका तपाइहरुले गोप्य राखिरहेको अथवा त्यो विषयको पटाक्षेप नगरे पनि मैले प्रश्न मार्फत त्यसलाई पुस्ट्री गर्न सके भने त्यो सबैका लागि खुसीको र सुखद सन्दर्भ हुन सक्छ होला। अघी पटकपटक नाम लिएको सुनमाया बुढाको कथामा आधारित, उहाँको जीवन यात्रामा आधारित वायोपिक यहाँकै नेतृत्वमा बन्न लागेको, बन्दै गरेको र त्यसको अहिले मैले भनेको कुरालाई यहाँले खण्डन् गर्नु भएन भने गडगडाहट तालीले अनुमोदन हुन्छ।
स्वस्तिमा खड्काः एक्ज्याक्टली, सुरु नै भइसकेको त नभनौ, तर मैले अघी पनि भने, यहाँको फरक-फरक प्रतिभाहरुले मलाई एकदमै फ्यासिनेट गर्नुभएको छ। सायद हामीले आज खेलकुदकै कुरा भएको भएर खेलकुदकै प्रश्नालिटिहरुको हामीले कुरा गरीरहेका छौ। खेलकुद बाहेक पनि अरु फरक-फरक क्षेत्रमा यति ट्यालेन्टेड, जस्तै मिन भाम दाइ पनि कर्णालीकै हुनुहुन्छ। उहाँले नेपालमा मात्र नभएर ग्लोबल्ली सिनेमा क्षेत्रलाइ यसरी चिनाइ दिनु भएको छ बाहिर गएर, फरक-फरक फि्ल्म फेस्टिभलमा जहाँ नेपाल भनेको देश छ? भनेर सोध्ने ठाउँमा गएर उहाँले नेपालको सिनेमा बनाएर देखाई दिनुभएको छ। अरु डिफ्रेन्ट प्रश्नालिटिहरु पनि हुनुहुन्छ।
सुनमायाकै कुरा गर्दाखेरी पनि उसको सफलताले भन्दा पनि सुनमायाको स्टोरीले मलाई एकदमै फ्यासिनेट गरेको छ। ल यस्तो पनि स्टोरी छ हाम्रो नेपालमा भन्याजस्तो पहिलो पटक सुन्दा नै फिल भएको थियो। मैले ट्राई गरिरहेको छु। सबै कुरा आधिकारिक रुपमा नभएकोले मैले अहिले सबै कुरा भन्न मिल्दैन। आशा छ, सबै कुरा राम्रो भयो भने कर्णालीको मान्छेलाई मात्र थाहा छ होला वा जुम्लाको मान्छेलाई मात्र थाहा छ होला सुनमायाको स्टोरी अथवा हर्क मामाको स्टोरी, सायद हामीले त्यो बनाउन पायौ वा कुनै दिन सक्सेसफुल भयो त्यो हामीले जे पनि ट्राई गरिरहेका छौ, त्यो सबै कुरा राईट ट्रयाकमा गयो भने सायद देशले मात्र होइन, ग्लोबल्ली नै उहाँको स्टोरी, उहाँको स्ट्रगल, उहाँको सक्सेस सायद हेर्न पाउनुहुन्छ होला।
सहजकर्ताः भनेपछि त्यो दिन टाढा छैन?
स्वस्तिमा खड्काः नहोस् भन्ने हो।
सहजकर्ताः ज्ञानेन्द्रजी, क्रिकेटका रुपमा क्रिकेटको, फुटबलको, समग्र खेलकै नेपाललाई यदि कसैले बचाएको छ भने त्यो खेल पारखीले हो, अमेरिकामा विश्वकप खेल्न जाँदाखेरी त्यहाँका टेक्ससको रंगशालामा होस् अथवा अन्यत्र रंगशालामा होस्, त्यहाँ यति अभूतपूर्व नेपालीहरूको सहभागिता देखियो। त्यो संसारका अहिलेसम्म चर्चा गरिन्छ कि, भारतीयहरू पछाडी सम्भवतः तेस्रो देशमा गरिएको खेलमा त्यति धेरै समर्थक र शुभेच्छुक भएको नेपालीहरू, एउटै खेलमा आठ दश हजार नेपालीहरू त्यहाँ आए, विदेशको मञ्चमा। अहिले एन.पि.एल. को तपाइले प्रशिक्षकको भूमिका निर्वाह गर्दाखेरी कर्णालीका शुभचिन्तकहरू चाहि कुन अर्थका क्रेजी रहेछन्? कत्तिका समर्थक, कत्तिका शुभेच्छुक रहेछन्? कति पाउनु भयो।
ज्ञानेन्द्र मल्लः सर्वप्रथमतः म नेपाली एज अ क्रिकेट प्लेर, अहिले जुन पोजिसनमा छु, त्यसमा एकदमै भाग्यमानी मान्छु। किनभने हामी अरू देशको खेलाडीहरूसँग हेर्दाखेरी जुन किसिमको हाम्रो माया छ, सम्मान छ एउटा प्लेरलाई, त्यो चाहि मैले पाए जस्तो लाग्छ। बाहिरको दाँजोमा, इन्डियाको दाँजोमा त हुँदैन पक्कै पनि, त्यो क्रेज छैन, तर पनि हाम्रो जुन नेपाली दर्शकहरू छन्, त्यो मलाई चाहि के लाग्छ भने, त्यो भन्दा पनि अझ बढी क्रेज छ जस्तो लाग्छ। किनभने हामीले एउटा फोटो पनि लास्ट टाइम हेर्यौ, जहाँ चाहि हामी फइनल गेम खेलिरहेका थियौ यु.ए.इ. सँगकीर्तिपुरमा, जहाँ पानी परेको थियो। पानी पर्दाखेरी पनि त्यहाँ उहाँहरू हाम्रो स्टेडियम होइन नि त, त्यो त पुरा अब माटोको मैदान हो, स्लोप हो, त्यसमा बस्न नमिल्ने भए पनि उभिएर, छाता ओढेर,उहाँहरु दिनभरि कुरेर बस्नु भयो। नेपाल जितोस्, नेपालले जितेको हेर्न चाहेर, नेपाल ओ.डि.आइ. नेशन होस्, फाइनल जितोस् भन्ने हिसाबले, त्यसले पनि धेरै कुरा देखाउँछ।
साथसाथै जुन एन.पि.एल. मा, सुरुमा एन.पि.एल. का आठओटा टिमहरु डिस्ट्रीब्यूट भई रहँदाखेरी कर्णालीलाई अलिकति सबैभन्दा कम आँटेको थियो किनभने यहाँको भौगोलिक अवस्था देखि लिएर, फ्यान फ्लोइङको अवस्था देखि लिएर सबै कुराले गर्दाखेरी अलिकति प्राइज पनि उहाँहरूले जुन किसिमको राख्नुभएको थियो, त्यो कम राख्नु भएको थियो तर उहाँहरूले गलत गर्नु भएको जस्तो लाग्यो अहिले पछि आउँदा खेरी। जुन कुिसिमले हामी यहाँ आइसकेपछि तिन दिनको बसाइमा हामीले जुन माया पायौं, मेले सोचेको पनि थिएन, मेरो फ्रस्ट टाइम पनि थियो सुर्खेतमा, कर्णालीमा र आउदै गर्दाखेरी स्कूलहरु भिजिट गर्यौं। यहाँ सबै जना एकदमै एक्साइटेड हुनुहुन्थ्यो। एन.पि.एल. को लागि सुरुवात नै भएको थिएन र सुरुवात भइसकेपछि पनि कर्णाली याक्सको सबै भन्दा धेरै फ्यान फलोअर मध्येमा हाम्रो माथि पनि आउछ। सुदुरपश्चिम एउटा फलोअर माथि भएकोमा थियो।
त्यो सँगसँगै एउटा यस्तो आइरहेको थियो कि, जर्सी किन्ने; कर्णाली याक्सको जर्सी चाहियो भनेर मलाइ र हाम्रो टिमलाई म्यासेज पनि आइरहेको थियो। यही हामीले सुर्खेतमा पनि राख्यौ र त्यसले पनि के देखाउँछ भने देखि माया मात्र होइन अपनत्व पनि लिइराख्नु भएको छ। जर्सी लिनु भनेको एउटा फ्यानको हिसाबले मात्र होइन कि अपनत्वको हिसाबले पनि लिनु भयो कर्णाली याक्सलाई। त्यसले गर्दा जुन किसिमले हामीले सोचेको भन्दा पनि अझ धेरै राम्रो र उहाँहरूले जस्तो सपोर्ट दिनुभयो, एन.पि.एल. भरी पनि सपोर्ट गर्नु भयो।
सहजकर्ताः त्यो त ब्राण्ड भ्यालुले पनि बताउछ नि। यी क्लबहरुमा सबैभन्दा न्युनमा अक्सन भएको टिम हो नि त कर्णाली याक्स। अहिले कहाँ पुगेको छ त्यसको भन्नु त?
ज्ञानेन्द्र मल्लः हजुर हो, ओभरअल अब एन.पि.एल. को ब्राण्ड भ्यालु बढ्नका लागि पक्कै पनि यी सबै कुराहरू माने राख्छ, कत्तिको फ्यान फ्लोइङ छ? कत्ति टिमको पर्फर्मेन्स राम्रो गरिरहेको छ? त्यो सबै कुरामा, मलाई लाग्छ, यसपालीको एन.पि.एल. ले हाम्रो लागि एकदमै राम्रो साबित भयो। कर्णाली जुन हामीले जोड्दाखेरी, हामीले स्टार्ट गर्दाखेरी सोचेका थियौँ कि, कर्णाली हामीले एउटा टिमको रूपमा मात्र होइन कि कर्णालीलाई जुन हामीले अगाडि बढाउनुपर्छ, त्यो चाहि एन.पि.एल. को टुर्नामेन्टको लागि मात्र होइन कि, यसपछि जुन समग्रमा यहाँ क्रिकेटको सम्भावना र विकासको लागि यहाँ काम गर्नुपर्छ भन्ने जुन सोच थियो, त्यो चाहि हामीले एन.पि.एल. मा यहाँको माया देखेर हामीलाई अलिकति हौसला पनि बढेको छ र केही गर्ने सोचमा पनि छौं।
सहजकर्ताः कर्णाली भन्ने बित्तिकै हाम्रो दिमागमा रारा ताल आउला, से-फोक्सुण्डो ताल आउला, यहाँका सांस्कृतिक महत्वका स्थलहरूको स्मरण होला, यही कर्णाली नदीकै सन्दर्भ आउला, जुम्ला आउला, सिंजा आउला, खस उपत्यका आउला, वा नेपाली भाषाको उत्पतिको कुरा आउला, जे जे कुराहरू दिमागमा आउछन् नि, त्यस्तै खेल पनि त आउन थाल्यो हैन? तपाइहरूका कारण खेल पनि त आउन थाल्यो। त्यो आएको खेललाई दरिलो गरी यसलाई साँच्चिकै ब्रान्डिङ बनाउन, कर्णाली भनेको चाहि खेलाडीका लागि पनि एउटा उर्वर भूमि हो। खेलका लागि पनि यो महत्वपुर्ण स्थान हो। पूर्वाधार त बनि नै सक्यो। पूर्वाधार त यत्ति अत्याधुनिक रंगशाला बनेको रहेछ कि, त्यो मोटर स्पोर्टसको लागि समेत पहिलो रंगशाला यहि रहेछ। मोटर स्पोर्ट खेल्न मिल्ने, अन्यत्र तिर अब हेटौडामा बन्ने क्रममा छ, तर अब करिब करिब बनिसकेको यहाँ रहेछ। भलिबलको त नेपालको सबैभन्दा ठुलो भयो। फुटबलकै दश हजार भन्दा बढीले हेर्न सक्ने भयो। यसलाई साँचिकै खेलको ब्राण्ड, खेलाडीहरूका लागि पनि राम्ररी म खेल खेलेर मेरो जीवनपनि चल्छ र सँगसँगै मेरो नाम पनि रहन्छ, म आत्म सन्तुष्टि पनि हुन्छु भन्ने दिन कहिले आउला? त्यो सपना कहिले बिपनामा रूपान्तरित होला?
हरि बहादुर रोकायाः अब त्यो त आउँछ,किनभने नआउने कुरा छैन। म खेल तिर लागे भने मेरो जीविका चल्छ भन्ने अब तत्कालै पनि देखि सक्या छ। त्यहिमा पनि कर्णालीको पूर्वाधार अहिले धेरै पूर्वाधार तयार भएको छ तर यो पूर्वाधार तयार भइसक्दा पनि तर त्यहाँ जुन अहिले राष्ट्रिय खेल हुने भनेको छ, त्यो राष्टिय गेम भएन भने त कर्णालीले अब आर्जन गर्ने, कर्णालीले खेल्ने, कर्णालीका खेलहरुमा हुने प्रतिबाद त निस्किदैनन्। अनि आफ्नो भविष्य पनि उज्वल हुँदैन जस्तो लाग्छ। किनभने जब यहाँ कर्णालीमा गेम हुन्छ र त्यसपछि गेम भएपछि त्यहा खेलाडीहरु प्रशस्त निस्किन्छ र उनीहरु त्यो खेलिसकेपछि आफ्नो जिवन स्तरीय कसरी बढाउन सकिन्छ र उनीहरुले आफ्नो यो खेल प्रतिको, अब त किनभने धेरै क्षेत्रबाट खेलाडीहरु आउछन्, उनीहरुले जुन गाउँको मान्छेहरु पनि आउछन तर खेलाडीहरुले आफ्नो जीवन कसरी चलाउने भन्ने कुरो के हुन्छ भन्ने कुरा आफुले मात्रै सोचेर हुँदैन त्यसमा पनि राज्यले सोच्नु पर्ने हुन्छ।
किनभने खेलाडीहरुलाई बाँच्नलाई मेहनेत त गर्नुपर्छ, मेहनेत नगरी त बाँच्न सकिदैन तर त्यसमा पनि टप खेलाडीलाई अब भनौ, आफ्नो क्षेत्रबाट कसरी संरक्षणमा राख्ने र कसरी राखेर उसलाई कसरी माथि लिने भन्ने कुरा उनीहरुलाई कुनै न कुनै बाच्ने उपाय र बाटो दियो भने त खेलाडीको स्तर राम्रै हुन्छ। अब उसले खेलेर मात्रै खेल्ने जीन्दगीभर खेल्ने खेल्ने पछि लास्टमा उसको उमेर गयो भने कतै नजाने भयो भने त आर्जने कुरो सपनै हुन्छ। किनभने खेलेको उसको भविष्य पनि उज्वल हुँदैन तर त्यसको पछाडि सरकार लाग्नु पर्छ, त्यसको पछाडि कर्णाली प्रदेश आफै लाग्नु पर्छ र त्यो खेलाडी पहिचान गरेर भोली भविष्यमा कसरी हुन्छ उसको आर्थिक र उसलाई कसरी उसको जीवन आफ्नो जीन्दगी बिताउने त्यतातिर सोच्यो भने खेलकुदमा भविष्यमा धेरै राम्रो छ र खेलाडीले आर्जन गर्न सक्छ जस्तो लाग्छ मलाई।
सहजकर्ताः अनि एउटा सुखद सन्दर्भ चाहि के छ भने, दसौं राष्ट्रिय खेलकुद अहिले चैतमा नभए पनि आफै घरेलु आयोजक टोलीले अथवा आयोजक प्रदेशले दुईवटा खेल समावेश गर्न सक्छ,. जसमा तपाइको खेल अल्ट्रा धावन र अर्को काईकिङ्ग र र्यापटिङ समावेश भएको छ, त्यो सुखद कुरा हो तपाईलाई बधाई तथा शुभकामना पनि, र स्वस्तिमाजी, खेल भन्दा बाहिरको विधाका मान्छेहरू खेलमा ब्राण्डलाई अभिवृद्धि गर्नलाई किन सहभागी हुनुपर्छ होला? विश्वतिर पनि त्यो अभ्यास छ, त्यसले कस्तो टेवा पुर्याउँछ होला? र यसपछि ज्ञानेन्द्रजीसँग आएपछि म दर्शक दिर्घामा आउछु, को प्रति लक्षित हो? संक्षेपमा आफनो परिचय सहित प्रश्न राखिदिनु होला, कृपया तम्तयारी अवस्थामा रहनुहोला।
स्वस्तिमा खड्का: यो, यसमा चाहि कहि न कहि ब्राण्डिङ को पनि कुरा आउँछ, सायद ब्रान्डिङ, मार्केटीङको कुराहरू आउँछ हैन दाई। मैले अघि सुरुमा पनि भनिसके, सुरुमा त मलाई पनि धेरै प्रश्न आको थियो, कति जनाले डिरेक्लि भन्नुहुन्थ्यो, कति जना मैले पछि पनि थाहा पाए कि, मान्छेहरूले धेरै कोईसन, ईस्पेसल्लि एन.पि.एल त यस्तो बिगर ईस्केलमा सायद यस्तो टुर्नामेन्ट्सहरु नेपालमा पहिला नभएको र अरू क्षेत्रबाट, अरू विधाबाट आर्टिस्टहरुले डिरेक्लि स्पोर्टलाई सपोर्ट गरेको सायद नेपालमा तथा ग्लोबल्लि पनि केहि टुर्नामेन्ट हुदाखेरीको कुरामा सपोर्ट हुन्थ्यो होला, तर यहिँ भित्र नै हाम्रो यसरी टुर्नामेन्टहरुमा चाहिँ कुनै पनि टिमलाई सपोर्ट गर्ने वा टिमलाई आफ्नो टिम बनाउने कल्चर नभएको भएर सबै जनाको लागि पनि नयाँ कुरा थियो। इनफ्याक्ट, मेरो लागि पनि एकदम नयाँ कुरा थियो, तर मलाई चाहि के लाग्छ भने, हामी एज अ पब्लिक, एज एन अडियन्स, सबै मान्छेलाई एउटै क्षेत्रमा चासो हुन्छ भन्ने हुँदैन। तर के हुन सक्छ त अब, अहिले त तपाईको लगभक नेपालले डिफरेन्स स्पोर्टमा राम्रो गरिरहेको इन्टरनेस्नल्ली राम्रो गरिरहेको भएर पनि सायद धेरै जनालाई यो प्रतिको चासो भईरहेको छ।
स्पोर्टमा त्यहि भएर सायद स्पोर्टको फ्यान फ्लोईङ ईस्पेसल्लि क्रिकेटको अझ नेपालमा फ्यान फ्लोईङ एकदमै धेरै हुनुहुन्छ। तर यस्तो व्यक्तिहरु पनि हुनुहुन्छ, यस्तो मान्छेहरु पनि हुनुहुन्छ, सायद क्रिकेटलाई त्यति, अब भनौ न त्यति चासो नहुने जुन सायद म पनि धेरै वर्ष अगाडि थिए होला, क्रिकेटमा त्यस्तो चासो नभएको, खेलकुदमा चासो नभएको, तर कुनै टाईम समय के थाहा भयो भन्दाखेरी क्रिकेट मात्र नभएर अरु स्पोर्टहरु पनि एउटा व्यक्तिलाई बेटर बनाउनको लागि त आफ्नो ठाउँमा छदै छ, तरु देशलाई चिनाउने कुरा, देशलाई ग्लोबल्ली लैजाने कुरापनि कति हेल्प गर्छ भन्ने कुरा चाहिँ समय सँगै मैले पनि थाहा पाए।
मैले जोड्न खोजेको कुरा चाहि सायद यस्तो मान्छेहरु पनि हुनुहुन्छ होला, जो चाहिँ स्पोर्टमा चासो नभएर मेरो सिनेमाहरु हेर्नुहुन्छ होला, मेरो गीतहरू हेर्नुहुन्छ होला, उहाँहरुलाई मेरो साईडबाट हैन ल, यस्तो टुर्नामेन्ट भईरहेको छ नेपालमा वा क्रिकेट भईरहेको छ, हामीसँग यस्तो यस्तो प्लेर्सहरु हुनुहुन्छ भनेर सायद मैले कहि न कहि धेरै नहोला, तर थोरै मान्छेहरुलाई मैले स्पोस्टमा ल्याउन सके भने मेरो ईनभल्वमेन्टको एडभान्टेज वा बेनिफिट त्यो हुन सक्छ होला जस्तो लाग्यो। त्यो एउटा ब्रिज हुन्छ, एउटा पुल भएर मेरो आफ्नो रोल प्ले गर्नसक्छु होला जस्तो फिल भयो। एज एन आर्टिस्ट, एअ पब्लिक फिगर, जो चाहि स्पोर्टमा चासो छैन वा क्रिकेटमा चासो छैन उहाँलाई केहि न केहि सुचनाबाट मेरो काम को माध्यमबाट वा मेरो तथा मैले चाहि उहाँहरुलाई चासो जगाउन सक्छु जस्तो फिल भयो र सायद मेरो रोल पनि त्यो हुन सक्छ होला।
सहजकर्ता: अनि तपाईले यसो भनिरहदा खेरी मैले भनौ कि नभनौ भन्ने एउटा तपाईले अघि त्यो वायोपिकको चलचित्रको अन्तिम तय र टुङ्गो हुन बाँकि छ भने जस्तै क्रिकेटबाट उत्सहित भएर फुटबलको पनि प्रमियर लिग हुदै छ। फुटबल प्रमियर लिगमा एउटा क्लब चाहि झापा क्लब पनि रहेछ र झापा क्लबले तपाईलाई जसरी कर्णालीबाट प्रस्ताव गरेको हो, त्यस्तै मलाई पनि त्यहाँको ब्राण्ड एम्बास्टरका रुपमा प्रस्ताव गरेको छ। मैले के गर्ने, पर्ख र हेरको अवस्थामा छु। अब यसले मलाई त्यतापट्टि अनुमोदन गर्न बल पुगेको छ, के गर्छु अहिले नै चाँहि भन्दिन म।
अब ज्ञानेन्द्रजी, क्रिकेट अथवा फुटबल अथवा जुनसुकै खेल होस्, त्यो खेललाई ब्राण्डिङ गर्नुभनेको ब्राण्ड एम्बास्टरले अनुमोद गर्नु, अथवा ठुला-ठुला कर्पोरेट हाउसहरु त्यसमा जोडिनु वा व्यापारिक घरानाहरुले त्यसलाई स्वामित्व ग्रहण गर्नु, अहिले राम्रो कुरा त चलचित्रमा पनि ठुला घराना आउन थालेका छन्। भर्खरै मात्रै एउटा शेखर गोल्छाजीहरुको हाउस संस्थागत रुपमै शेखर गोल्छाजी र रन्जित आचार्यजीहरुले घोषणा गर्नुभएको छ एउटा चलचित्र, त्यसैले हुन त पहिले-पहिले पनि आएका थिए तर त्यो व्यक्तिगत सदासहिताका कारणले हो। विनोद चौधरीजीले गराएको चलचित्र, तर व्यापारिक घरानाहरु पनि आउन थाले चलचित्रमा भनेको जस्तै अब खेल क्षेत्रमा पनि यसरी ठुला घरानाहरु आउनु र उनीहरुले अनुमोदन गर्नु, अनि अरु क्षेत्रका, अरु विधाका मान्छेहरुले पनि यसलाई अडेस लाग्ने भित्ता बन्नु, यस्ता कुराले तपाईहरु जस्ता सक्रिय खेलाडी, प्रशिक्षकहरु लाई कत्तिको प्रफुल्लित तुल्याउछ?
ज्ञानेन्द्र मल्लः पक्कै अब व्यापारिक हिसाबले यसलाई हेर्ने हो भने देखि, कुनै पनि स्पोटको लागि चलाएमान बन्नलाई त्यसको लागि अर्थ (फन्ड) भन्ने कुरा एकदमै महत्वपुर्ण रहुन्छ र हामी यहि भन्दै गर्दा खेरी सबै कुरा सरकारलाई मात्र थुपार्दा खेरी हामी पछाडि पनि पर्न सक्ने अवस्था छ, जसले गर्दा खेरी जो-जो करर्पोरेट हाउसहरु, जो-जो घरानाहरु छ, उहाहरु आफ्नो तर्फबाट त्यसमा लगानि गर्ने हो भने पकै पनि जुन अहिले हाम्रो देशको स्थिति छ, त्यसलाई फाईदा पुर्याएकै छ। अनि एन.पि.एल ले पनि अहिले सानो उदाहरण दिनु पर्दा खेरी, अब एउटा टिमले औसतमा ७ देखि ८ करोड खर्च गरेको छ। भनि सके पछाडि एन.पि.एल को खर्च लिएर सबै गर्ने हो भने करिब १०० करोड हाराहारीमा एउटा अर्थ जोडिएको छ त्यो सँग। अनि यो अझ बढ्ने क्रममा छ। यो साथ साथै अब भनौ न, हामीले जसरी ब्राण्ड एम्बास्डरको रुपमा, उहाँलाई एज अ फेस अफ कर्णाली भनेर जसरी गरेका छौ, त्यसरी जोड्न खोजी रहेका छौ कि, हामी अझ सबै मान्छेलाई कसरी जोडेर लैजान सक्छौं।
स्पोटलाई अझ, स्पोटमा खासगरी क्रिकेटमा चाहिँ कसरि प्रेरित गर्न सक्छौ। यो जोड्दै गर्दा खेरी, किन भन्दाखेरी हाम्रो व्यवसायिक जुन पनि हामीले आस्पेक्टबाट हेरिरहेका छौँ। त्यसमा चाहिँ नम्बरहरु महत्वपुर्ण हुन्छ। कतिजना मान्छे जोडिइरहेको छ, के भईरहेको छ। अर्थमा पनि त्यहि अनुसारको अर्थ राख्छ र त्यो सँग-सँगै एउटा हाम्रो खेल पर्यटन, जुन हामी खेल पर्यटन देखि लिएर सम्भावनाको कुरा गर्दाखेरी, सायद कर्णालीमा १० औं खेलकुद हुने भैदिएको भए यसले अझ बढि अर्थमा पनि चेन्ज ल्याउथ्यो होला। हजारौ खेलाडीहरु यहाँ आउने, हजारौ मान्छेहरु यहाँ आउदा खेरी पक्कै पनि यहाँको साना साना व्यवसाय देखि लिएर सबैले केहि न केहि कुराबाट लाभाम्बित हुने मौका पाउछ होला। त्यसले चाहि चलायमान हुन्छ र त्यो सँग सँगै अब कर्णालीलाई नै जोडेर हेर्ने हो भने, यसले एउटा नाम चिनारी पनि लिएर आउछ। एक ठाँउमा हुदा खेरी, जस्तो अब १० औं खेलकुद हुदाखेरी हामीले सुन्दै गर्दाखेरी कर्णालीमा १०औं खेलकुद हुदैछ।
त्यसले गर्दा पनि एउटा ब्राण्ड बन्छ, ब्राण्डिङको कुरा पनि आउछ र त्यो सँगसँगै हाम्रो एन.पि.एल मा पनि जुन किसिमको शिखर धवन यहाँ आउदा खेरी मैले धेरै कोइसन पनि पाएको थिए। शिखर धवन चाहि के गर्नु हुन्छ, कस्तो गर्नु हुन्छ, किनभने उहाँ ईन्डियामा मात्र हैन, संसार भरी मै ख्याति प्राप्त खेलाडी कर्णालीको नाम जोडेर गर्दा खेरी पक्कै पनि त्यसले कर्णालीको नामलाई पनि बढाएको छ, याक्स को ब्राण्ड भ्यालु पनि बढाएको छ। एउटा सानो उदाहरण दिन चाहान्छु कि, हामीले केन्या, सोमालिया, ईथोपिया जस्तो देशहरुलाई हामीले तुलना गर्दा खेरी उहाँहरुको अर्थ राम्रो छैन भनेर लिन्छौ, तर हेर्यौ भनेदेखि उहाँहरुले ओलम्पिकमा गोल्ड मेडल ल्याईरहेको हुन्छ। कारण: फेरी ओलम्पिकमा गोल्ड मेडल ल्याउने कारण उहाँहरु धावक रैछन। सो, उहाँहरु हाई अल्टिचिउट, हाम्रै जस्तै, यो हाम्रो जुन कर्णालीको भु-भागमा जस्तै छ, त्यो हाई अल्टिचिउटमा चाहि उहाँहरुको सुरुवात भनौ न, अब १७००,१८००,१९००,२००० मिटरमा उहाँहरु बसोबास गर्ने र उहाँहरु त्यहानिर रनिङ गर्ने भएको भएर, त्यो जुन साईन्स एउटा जुन छ, मृटुको, फोक्सोको, त्यो एउटा क्यापासिटि बढ्दो रहेछ।
त्यहाँ त्यस्तो रहेछ भनेपछि, हाम्रोमा त यहाँनिर अधिकतम ठाँउ त त्यस्तै छ, त्यहा चाहिँ हामीले, उहाँले जुन अहिले काम गरिराख्नु भएको छ, हामीले हाम्रो परिस्थिति र हाम्रो क्षेत्र हेरेर, हाम्रो ठाँउ हेरेर हामीले त्यहाँ लगानि गर्ने हो भने त्यो लगानि चाहि तपाईको जितिसके पछिको लगानि मात्र भैरहेकोछ के अहिले धेरै ठाँउमा, सो, जितेर आएपछि लहर चल्छ कि, १० लाख दिने, १ लाख दिने, ५ लाख लिने तर सुरुमा कसैले पनि ईनिसिएट नलिने, यदि त्यहाँ हामीले ईनिसियट लिने हो भने देखि, हामीले अहिले जुन किसिमको ओलम्पिकमा भाग लिने मात्र गर्ने सोचिराखेको छौ, जुन किसिमले एसियन गेममा भाग मात्र लिने सोचिराखेका छौं, हामीले त्यहाँबाट मेडल ल्याउन सक्छौ साचिक्कै, यदि हामीले त्यो पहिचान गर्ने हो भने देखि र त्यो सँगसँगै ब्राण्डको लागि यहाँहरु सबैको साथ सपोर्ट चाहिन्छ। खास गरेर अझ सरकारको सँगसँगै पि.पि.पि मोडल पनि हुनुपर्छ जस्तो लाग्छ, जहाँ हामीले सबै जनतालाई पनि त्यसमा पार्टनरसिपमा लिएर जानुपर्छ र सँग सँगै व्यापारिक घरानालाई पनि पार्टनरसिपमा लिएर गएर एउटा मोडेल चाँहि तयार गर्नु पर्छ जस्तो लाग्छ।
सहजकर्ताः अब म दर्शक दिर्घासँग आउछु, दर्शक दिर्घाका प्रश्नहरु को प्रति लक्षित हुन्? कृपया आफ्नो हात उठाएर, परिचय दिएर, हरि बहादुरजीलाई हो कि, स्वस्तिमाजीलाई हो कि, ज्ञानेन्द्रजीलाई हो? प्रश्न राख्न सक्नु हुन्छ, म पनि प्रश्नको कठघरा बाहिर त जादिन तर आज उहाँहरुलाई नै राख्नु राम्रो होला। त्यता हात उठाउनु भएको छ, कृपया स्वयंसेवक साथीहरुले माईक व्यवस्थापन गरिदिनुहोला।
प्रश्नकर्ताः नमस्ते, मेरो नाम कुशल तिमिल्सेना हो। मेरो प्रश्न चाहि नेपाली रास्ट्रिय टोलिका पुर्व कप्तान, सहायक कप्तान आदरणीय दाई ज्ञानेन्द्र मल्लज्युलाई हो। उहाँ कर्णाली प्रदेशको, हाम्रो यो एन.पि.एल को कर्णाली याक्सबाट प्रशिक्षण भईसक्दा खेरी उहाँलाई यो प्रश्न सोध्न गई रहेको छु, क्रिकेट ठुला ठुला सहरमा मात्र सिमित हुन्छ र ठुला ठुला सहरहरुमा क्रिकेट खेल्नुपर्छ भन्ने जुन मानसिकता अहिले अथवा विगत देखि भईरहेको छ, त्यसलाई चिर्दै कर्णाली प्रदेशको पनि अविकसित क्षेत्रहरु छन्। सुर्खेत बाहेक अन्य क्षेत्रहरुमा, त्यस्तोबाट पनि कसरी विपिन शर्मा जस्ता क्रिकेटरहरुलाई ल्याउन सकिन्छ र यसमा तपाईले कस्तो खालको पहल चाल्दै हुनुहुन्छ? आफ्नो धारणा राख्दिनुहोला, धन्यवाद।
सहजकर्ताः हस्, उत्तर पनि तुरुन्त लियौ भने राम्रो, उत्तर लिई हाल्छौ संक्षेपमा, अनि प्रश्न गरौला।
ज्ञानेन्द्र मल्लः हस्, प्रश्नको लागि धन्यवाद, खेल्नको लागि अघि पनि मैले भने, कुनै पनि बाउन्डिरिज, कुनै पनि स्रोत साधन केहिले पनि छेक्दैन। म काठमान्डौंमा जन्मेको, हुर्केको, मेरो पुर्खैली घर काठमान्डौं, मैले क्रिकेट स्टार्ट गर्दा क्रिकेट खासै केहि पनि थिएन र मैले क्रिकेट सुरु गरेको गल्लीमा हो। हाम्रो त्यो काठमान्डौंको गल्ली, अब तपाईहरुले कल्पना गर्न सक्नु हुन्छ, मैले गल्लीमा स्टार्ट गरेको हो। त्यसपछि चोकमा, जुन हामीले घरहरुलाई घेरेको वाल लाई भन्छौ र त्यहाँबाट सिक्दै सिक्दै गर्दा खेरी त्यहाँ बाट निस्किदै गर्दा खेरी त्यसपछि टुडिखेल गए, टुडिखेलबाट हुदाँ हुदै र म के भन्न चाहान्छु भने, जो सुकै पनि हामी यहाँ जहाँ पनि छौ, हाम्रो सपना देख्न नछोडौ, मेहेनत गर्न नछोडौ। मेहनेत गर्दै जाउ, पक्कै पनि कुनै न कुनै दिन सायद विपिन शर्मा जस्तै तपाईपनि सेलेक्ट हुन सक्नुहुन्छ। लास्ट टाईमकोमा हामी अलिकति क्षमा प्राथी पनि लिन चाहान्छौ। किनभने हामी सुर्खेतमा मात्र बेस हुने मौका पायौ, किन भन्दा खेरी हामीसँग समय थिएन, त्यो बेला एन.पि.एल को तयारिका लागि समय नभएको भएर र पक्कै पनि हामी आउने साल सुर्खेतमा मात्र नभएर कर्णालीको अरु-अरु भु-भागमा गएर पक्कै पनि अरु विपिन शर्मा जस्तै अरु ट्यालेन्टहरु पनि हामी पहिचान गर्ने छौ।
सहजकर्ताः हस्, हामी अरु प्रश्न क्रमश.. लिदै गरौ।
प्रश्नकर्ताः हेलो, नमस्कार, म धिरेन अनुपम हो। मेरो प्रश्न ज्ञानेन्द्र सरलाई, गल्ली क्रिकेटको एक्ससाईज सायद नेपालमा कमै भएको जस्तो लाग्छ, जति पाकिस्तान र भारतमा छ, मैले भनिरहदा के हो भन्दाखेरी, विनोद काम्लीको अवस्था यस्तो अवस्था छ कि, त्यो गल्ली क्रिकेट भन्दापनि तल गिरेको छ। त्यो अवस्था हुन नदिनको निम्ती नेपालका क्रिकेटरहरुलाई हजुरले कसरी हेर्नु भएको छ? एउटा कुरा त्यो हो,अर्को कुरा, यो क्रिकेटको दुनियामा त्यसलाई के भनौ भन्दा, समिति भनौ अब। ति पार्टीका आसे, पासे, झोलेहरु छन्। म पनि कुनै बेला त्यो क्रिकेट खेल्थे सुर्खेतमा, नढाटेर भन्दा खेरी यो धमला चोकमा थियो, त्यहाँ मैले ह्याट्रिक गरेको थिए, तर म त्यो खेलाडी हुनपर्छ भन्ने मेरो मान्यता पनि छैन, तर त्यो पार्टीका झोलेहरुबाट क्रिकेटलाई उन्मुक्त गरेर जसरी अहिले पारस सर आउनु भएकोछ नि, त्यो कहिले बनाउने? एउटा कुरो, अब मेहमुत आलम जस्ता मान्छेहरु देखिदैनन्, उँहासँग केहि मान्छे पर्नु भएको थियो निलम्बनमा, अहिले पनि क्रिकेट आई.सि.सि ले फुकुवा गरेको छैन। हामी भावनामा गर्यौ, त्यो चाँहि होला तर आईसकेपछि त उसलाई पनि एउटा अवसर त दिन पर्यो नि, त्यो कुरामा कसरी हेर्नु भएको छ? मेरो प्रश्न ज्ञानेन्द्र सरलाई।
सहजकर्ताः हस् हस्, अहिले लिइहाल्ने कि, स्मरण गरिरहने? ए सकि हाल्लौ, हस।
ज्ञानेन्द्र मल्लः प्रश्नको लागि धन्यवाद, सर्वप्रथम त क्रिकेट टिम ग्याम हुदै गर्दा खेरी त्यसमा ईन्डिभिज्युल प्रस्नालिटीको पनि कुरा आउछ। विनोद काम्ले, विनोद काम्ले किन हुन पुग्यो भन्ने कुरा सायद विनोद काम्लेको चरित्रले पनि हुन सक्छ है। त्यसले गर्दा खेलाडी अथवा कुनै पनि लेबलमा पुगिसके पछी उसलाई पनि त्यसको सीमा, अनुशासनमा हुनै पर्छ है खेलाडी भैसकके पछाडि। अनि अरु कुरा चाहि जस्तो; क्रिकेट संघले अहिले जसरी कार्यक्रम गरिरहेको छ, त्यसले गर्दा खेरी खेलाडी आफ्नो नभएर, आफ्नो तरिकाले नभएर क्यानको तर्फबाट चाहि खेलाडी चाहि, विनोद काम्लीको जस्तो अवस्थामा नपुगोस भन्ने मेरो ईच्छा हो र हुन्छ पनि जस्तो लाग्छ र अब यो पार्टीगत राजनीतिको कुरा गर्दै गर्दा खेरी पार्टीको झोले, अब यस्तो भन्नु भन्दापनि सबै जना कहि न कहि आवद्ब त भई नै राखेको हुन्छ।
जो आएपनि आएर क्रिकेटको लागि काम गर्दियोस भन्ने मात्र ईच्छा हो, जुनले चाहि निस्वार्थ भावनाले आएर क्रिकेटको लागि काम गरिदिए पुग्छ जो सुकै आएपनि, तपाई पनि आउन सक्नु हुन्छ, उहाँ पनि आउन सक्नु हुन्छ, जो आएपनि क्रिकेटको हितको लागि र नेपाल सम्झेर गर्दियोस भन्ने चाहाना हो। अब त्यो सँग सँगै अर्को कुरा चाहि के आउछ भन्दाखेरी, हामी क्रिकेटको कुरामा निकायमा जस्तो; नेपाल क्रिकेट संघ छ, नेपाल क्रिकेट संघ ईनटरनेसनल क्रिकेट काउन्सिलको अन्डरमा आउछ आई.सि.सि को, उहाँहरुको आफ्नै नम्स छ, नियम छ, जसमा चाहि तपाईको फिक्सिङको कुराहरु, यो कुराहरु आईसके पछाडि हाम्रो देशमा चाहि मैले जहाँसम्म, अगाडिसम्म बुझेको थिए, त्यसमा चाहि कुनै पनि कानूनि प्रावधान छैन कि, फिक्सिङ अटेम्ट गरेको अथवा ट्राई गरेको लाई चाहि यस्तो कानूनि सजाय भन्ने कुराको हिसाबले हाम्रो कानूनले त त्यस्तो कुनै भनेन, तरपनि तपाईको आई.सि.सि ले त्यो मान्दैन।
आई.सि.सि को एन्टि क्रप्सन निकाय भन्ने हुन्छ, जहाँ चाहि हामी खेलाडी भईसके पछि, हामी लाई चाहि त्यहाँ एउटा क्लास लिएको हुन्छ, जहाँ तपाईले त्यहाँ अटेम्टको कुरा आउदा खेरी पनि रिपोर्ट गर्नु भएन, सपोज; मलाई कोहि एक्स, वाई, जेठले मलाई फोनमा भोलिको गेममा यस्तो गर्ने, ल हामी दुईजना पैसा बनाउने अथवा केहि भन्यो भने शंका लाग्यो त्यो मान्छेमा भने, मैले सबै भन्दा पहिला मेरो टिमको म्यानेजर वा क्रिकेट संघ अथवा हटलाईन नम्बर दिएको हुन्छ अथवा मोबाईलमा हाम्रो एप्लिकेसन हुन्छ, आई.सि.सि लाई २४ सै घन्टा तपाईले चाहि रिपोर्ट गर्ने प्रावधान छ। २४ सै घन्टा ओपन हुन्छ। जस्तो; तपाईले गएर त्यँहा निर मलाई यस्तो यस्तो आयो भनेर रिपोर्ट गर्नु पर्ने हुन्छ, त्यो रिपोर्ट नगर्दा खेरी पनि फेल्ट टु रिपोर्ट भनेर तपाईलाई कारबाहिको भागेदार बनाउछ। त्यसले गर्दाखेरी आई.सि.सि को नियम अन्तर्गत भयो। उहाँले कत्तिको अब समन्यवय गर्नु/भयो भएन भन्ने कुराहरु हो र हामीलाई पहिला पनि, हामीलाई सिकाएको हुन्छ, यस्तोमा हामी टाढा रहनु पर्छ, यस्तो आउन बितिकै रिपोर्ट गर्नुपर्छ, रिपोर्ट गरेन अथवा हामीले त्यसमा सहयोग गरेनौ भनेदेखि आई.सि.सि ले त्यसलाई स्विकार गर्दैन।
सहजकर्ताः हस्, त्यस्तै अरु प्रश्न, महिला सहभागिको पनि आओस् है।
प्रश्नकर्ताः म पहिले मेरो वास्तविक परिचय दिन चाहान्छु, मेरो नाम मान बहादुर सिंह, कुशे गाँउपालिका, वडा नम्बर-६, जाजरकोट हो। म जाजरकोट देखि आजको यो कर्णाली उत्सव ..कुडा कर्णालीका स्टेजको अगाडि अथवा यहाँको सम्पुर्ण कार्यक्रममा धेरै अति उत्साह लागेको थियो। यो भन्दा अगाडि मैले एउटा सानो कुरा जोड्न चाहे, यस सुर्खेतकै एउटा दिपा राना भन्ने बहिनि हुनुहुदो रहेछ। उहाँको एउटा खुट्टै नभएको, एउटा हात पनि सानै अवस्थामा विद्यार्थी जीवनमा वा खेलकुद वा कुनै पारिवारिक समस्याले भाचिएको छ भन्ने जानकारी दिनु भएको थियो। उहाँको श्री साना किसान सहकारी संस्थाको प्रवन्धक पनि हुनुहुदो रहेछ।
उहाँ र उँहाले त्यस्तो अपाङ्ग मान्छेले २९ करोड रुपैया चलाउनु भएको रहेछ र १५३१ जना सहकारी सदस्यहरुको चित्त सहित उँहाले ऋण लगानि गर्ने र उठाउने व्यवस्था गर्नु भएको रहेछ। म पनि यस सहकारीसँग आबद्द भएको कारणले, म पनि कुशे गाँउपालिका, वडा नम्बर-६, घरङ्गाको श्री हिमशिखर साना किसान सहकारी संस्थाको अध्यक्ष भएको कारणले, उहाको अपाङ्ग खुट्टाले, खुट्टामा फोका उठ्दै, हरेक सहकारी त्यहाँ सम्म पुगेको कारणले मैले पनि आत्मा देखि उहाँको यहि स्टेजमा झरेको आशुको थोपाले मेरो मृटु पोलेको कारणले मैले हाम्रो क्यामेरा म्यान सरलाई रु. ५०० यस स्टेजमा मेरो नाम प्रस्तुत गरेर दिनुहोला भनेर मैले अनुरोध गरेको थिए। त्यो अहिलेसम्म आएको छैन। मैले यहि प्रश्न राखे, धन्यवाद।
सहजकर्ताः हस्, हस्, हामी त्यो कुरा आयोजक समक्ष पुर्याउछौ, अब अरु प्रश्न तिर जाऊ हजुर, कृपया विषयसँग सम्बन्धित प्रश्न मात्र राखिदिनुहोला
प्रश्नकर्ताः हेलो, सर्वप्रथम त कर्णाली उत्सवलाई म हृदय देखि धन्यवाद गर्न चाहान्छु। म छोटकरीमा थोरै प्रश्न सोधे, म स्वस्तिमा खड्काज्यु एकदमै, हाम्रो एकदमै अद्बभुत क्षमता भएको नायिका हुनुहुन्छ, म सल्युट गर्न चाहान्छु। मेरो उमेरमा बहिनि भएपनि म यँहालाई के भन्न चाहान्छु भने, जस्तै; कुनै पनि खेल, स्वास्थ्य, खेलकुद भनेको देशको अभिन्न अङ्ग र त्यहाँ भित्र काम गर्ने व्यक्ति भनेको हाम्रो सम्पति हुन्, उहाँ को मातृभुमि भनेको नेपाल हो। नेपाल भित्र रहेर चलचित्र जगतमा उहाँले उच्च ख्याति प्राप्त गर्नु भएको छ। यो ख्यातिलाई अझै दिर्घकालिन र मर्यादित गर्नको लागि आफ्नै मातृभाषाबाट टरान्स्लेट गर्ने तरिकाले उहाँले चाहि सम्बोधन गरिदिएको भए अझै पनि टेवा पुग्थ्यो कि भन्ने ध्यानाकर्षण गर्न चाहान्छु, दु:ख नमान्नु होला बहिनि, यसमा थोरै ध्यानाकर्षण गरेको है।
सहजकर्ताः अरु प्रश्न लिउ कृपया, हस् उहाले मनन गर्नु भयो त्यसलाई, यो प्रत्यक्ष प्रसारणको सौन्दर्य नै त्यहि हो क्या।
प्रश्नकर्ताः हजुर नमस्कार, म पुर्ण राज बुढा, जुम्लाबाट, जस्तै; हाम्रो नेपालमै अहिले चर्चित नायिका स्वस्तिमा खड्काज्यूले चाहि भन्नु भएको थियो अघि, म त्यो कुरामा आवद्ब हुन चाहे। जस्तो कि, जुम्लाका हरि रोकायको विषयमा, सुनमायाको विषयमा चाहि अब डकुमेन्ट्रि बन्दैछ भन्ने बास्तविक कथा पनि हामीले चाहि कर्णालीको मान्छेले कहिले सुन्न पाउने? कि मात्र दन्ते कथामा आबद्ब हुन्छ? यति मात्र भन्न चाहे।
सहजकर्ताः हस्, आंशिक उत्तर त दिनुभयो, त्यो तपाईले अब हरि बहादुर मामाहरुको, सुनमायाहरुको पनि गर्ने सोचाई, आंकाङ्क्षा छ भन्नु भयो, यो दन्ते कथा मात्र हो कि यथार्थ पनि हो? भन्नु भएको छ।
स्वस्तिमा खड्काः धन्यवाद यहाँको प्रश्नको लागि, हाम्रो एकजना दाईले अलिकति मैले बोलेको कुराहरु बुझ्न गारो भए जस्तो छ उहाँलाई है, के दाई भन्नु भयो, नाम के भन्नु भयो, जानु भयो। प्रश्न भन्दा पनि सचेत गराएर जानु भयो मलाई, धन्यवाद धेरै। यस्तो हुन्छ के, हाम्रो अलिकति कस्तो हुन्छ भन्दाखेरी, अपबिरिङ्गिङले पनि अलिकिति फरक पार्छ। म सकेसम्म जुनै पनि ठाँउमा जादा, नेपालको जुनैपनि ठाँउमा जादा सकेसम्म म धेरै भन्दा धेरै नेपाली शब्दहरु प्रयोग गर्ने कोशिस गर्छु तर कहिलेकाँहि कस्तो हुन्छ भनेदेखि, डेल्लि लाईफमा अपबिरिङ्गिङले अलिकति फरक पारिरहेको हुन्छ तर तपाईले बुझ्नु भएन भन्ने कुरा, सायद बुझ्नु भयो होला धेरै जनाले, मैले जे पनि कन्भे गर्न खोजिराखेको थिए अघि। उहाँले प्रश्नको उत्तर दिदाखेरी हैन, मैले अघि पनि भनि हाले, यज एन आर्टिस्ट, कलकारको रुपले जहिले पनि कुनै न कुनै हिसाबले मैले के टेवा पुर्याउन सक्छु त खेलकुदमा वा तपाईले भन्नु भएको जस्तो, अरु क्षेत्रमा कलाकारको हिसfबले दिन सक्ने भन्नेको कलाकारिता मात्र हो।
सर्वप्रथमतः त्यो भन्दा बाहेक जस्तै एन.पि.एल जस्तो ठाँउमा अ एज पब्लिक फिगर म त्यो मार्केटीङमा, ब्राण्डिङमा म कसरी असोसियट भएर त्यो एन.पि.एललाई वा कुनै पनि क्षेत्रलाई वा कुनै पनि त्यस्तो टुर्नामेन्टलाई सकेसम्म कसरी प्रमोट गर्न सक्छु भन्ने हो। तर कलाकारको हिसाबले, कलाकारिताको तर्फबाट मैले के गर्न सक्छु भन्ने हो र अघि पनि मैले भने। मैले ट्राई गर्ने हो, सबै कुरा मैले सोचेको कुरा, मैले गर्न खोजेको कुरा हुन्छ नै भन्ने हैन। अब सुनमाया बुढाको जुन हामीले स्टोरीमा, उँहाको कथामा काम गरीरहेको छौं। कस्तो हुन्छ भन्दाखेरी, हामीले यँहाबाट हेर्दा तपाईहरुको छोरी हो, बहिनि हो, सुनमाया बुढा हो, भनेको जस्तो हुन्छ। मेरो लागि मेरै देशको एउटा नागरिक हो, खेलाडी हो वा यथलिट हो जस्तो लाग्छ तर ऊ बाहिर स्टार रहिछ के, एकदमै ठुलो स्टार, मैले उसकै स्टोरीमा यसरी कुरा गर्दा खेरी वा मैले उसलाई बुझिराख्दा खेरी चाहि, जुन पनि देशमा ऊ चाईनामा,थाईल्याण्डमा, एसियाको अरु अरु थुप्रै देशहरुमा गएर उस्ले खेलिरहेको रहेछ।
अनि धेरै देशहरुमा उस्ले जित्न पनि जितिसकेको छ, गोल्ड मेडल पाईसकेको छ, सिल्भर मेडल पाईसकेको छ। ऊ चाहि बाहिर स्टार रहेछ तर हामीले ऊसँग कत्ति कुराहरु, कन्ट्रयाकको कुराहरु हुन्छ, पेपरको कुराहरु हुन्छ, सो आज नभए पनि भोलि होला, भोलि नभए पनि पर्सि होला, सुनमायाको कुरा मात्र हैन, अघि मैले भनि हाले, हरि मामाको, सायद हरि मामाको स्टोरीमा पनि भोलि फिल्म बन्न सक्ला, डकुमेन्ट्रि बन्न सक्ला, त्यसमा कुनै न कुनै साईडबाट म ईन्भल्व हुन सके भने मेरो लागि पनि एकदमै ठुलो कुरा हो, एज एन आर्टिस्ट, एज कलाकार उहाँको स्टोरीमा भनौ न, काँहि न काँहि बाट जोडिन पाए भन्ने त छदैछ तर एज अ स्वस्तिमा खड्का मात्रै पनि, एज एन ईन्डिभिज्युयल मात्रै पनि म उहाँको स्टोरीमा काम गर्न पाए भने मैले सिक्ने कुराहरु धेरै हुन्छ। तपाईहरुको लागि मात्रै दिने भन्दा पनि सायद म सेल्फिस भएर त मेरो लागि त ठुलै कुरा हो, कुनै न कुनै यस्तो स्टोरिमा आबद्ब भएर काम गर्न पाए भने, सो होपफुल हौ, राम्रै हुन्छ होला।
सहजकर्ताः अब दुईटा प्रश्न लिउ है, एकै पटक दुईटा प्रश्न लिऊ, अनि टुङ्गाऊ।
प्रश्नकर्ताः हलो, मेरो नाम चाहि नविन सिंह हो, मेरो घर चाहि जाजरकोट हो। जस्तै; अब यो प्रश्न सबै जनालाई हो, लोकल टुर्नामेन्ट जस्तै; गाँउघरमा, अब स्थानिय स्तरमा हुने लोकल टुर्नामेन्टमा अब त्यस्तो बजेट धेरै हुँदैन के, चन्दा,आफैले उठाएर, त्यसरी सञ्चालन गरिरहेका छन् ग्यामहरु। अब त्यसलाई प्रमोट गर्नको लागि राज्यले पनि विशेष ध्यानदिनुपर्यो, अनि हाम्रो खेलकुदलाई उत्कृष्ठ बनाउनलाई, उत्कृष्ठ प्रशिक्षण लगायत अन्य कुराहरुमा पनि ध्यान दिनु पर्यो, यसरी गर्दा खेरी चाहि खेलाडीको स्तर माथि उठ्छ जस्तो लाग्छ मलाई।
सहजकर्ताः हस्, हस्, अब एउटा मात्र।
प्रश्नकर्ताः सर्वप्रथम मेरो नाम प्रेम बहादुर खड्का, घर चाहि सल्यान जिल्ला, शारदा नगरपालिका, वडा नम्बर-१५, स्यालेघारी। म चाहि क्रिकेटर ज्ञानेन्द्र मल्लज्युलाई प्रश्न राख्दै छु। जस्तै; अब हाम्रो सुर्खेतलाई मात्र टार्केट नगरेर हाम्रो १० वटै जिल्ला, कर्णाली प्रदेशका १० वटै जिल्लाबाट गाँउगाँउबाट, दुर्गम क्षेत्रबाट क्रिकेटर चाहि उत्पादन गर्नु पर्यो र अनि बजेट चाहि अब संघबाट, केन्द्रबाट हाल्न पर्यो र अनि सम्पृर्ण गाँउबाट, पिछडिएको ठाँउबाट पनि क्रिकेटर जन्माउन पर्यो र अनि देश, प्रदेश र अन्तराष्ट्रिय स्तरमा चिनाउनु पर्यो। मेरो चाहि क्रिकेटर ज्ञानेन्द्र मल्लज्युलाई यो चाहि सल्लाह सुझाव दिन चाहान्छु।
सहजकर्ताः हस्, अघिल्नो प्रश्न त ठिकै छ, पछिल्नो प्रश्नले त प्रशिक्षक हैन, राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव बन्न भनेर गरेको आग्रह जस्तो लाग्यो। यि दुईओटै प्रश्नलाई क्रमश.. हरिजी, यहाँ बाटै सुरु गरौ।
हरि बहादुर रोकायः धन्यवाद भाईलाई, किनभने खेलाडी गाँउ गाँउमा छ, गाँउबाट निकाल्न पर्छ भन्ने कुरा एकदम जायज हो, किनभने गाँउमै हो, म पनि गाँउमै जन्मेको हो, गाँउबाटै निस्केको हो, म कुनै सहरबाट निस्केको होईन। तर के भन्ने खेलाडी बन्नलाई उसको भित्र मनबाट लाग्नुपर्छ। मैले यो गर्छु भनेर भित्रबाट जाहेर गर्नुपर्छ। बाउआमाले लादेर जित हुदैंन, बाउआमाले त खेल भनेर खेल्दैनन कसैले। छोराछोरीलाई त पढ् भनेर छोराछोरी पढ्दैनन्। किनभन्ने उसको भित्रबाट जाग्नु पर्छ, जस्तो; म खेलाडी भए, मैले अरुको नाम सुनेर पनि मलाई यो गर्छु भन्ने मेरो भावना जाग्यो। जस्तो; बैकुन्ठ दाईको नाम सुने मैले, अब बैकुन्ठ दाईसँग दौडन्छु, बैकुन्ठ दाईको रेकर्ड काट्छु भन्ने त थिएन। तर मेरो एउटा हृदयमा के थियो भने बैकुन्ठ दाईको रेकर्ड काट्दैन, बैकुन्ठ दाईलाई जित्छु भन्ने थियो।
म त्यसको लागि परे, किनभने म एकदम रातदिन लागे। हो, त्यस्तो खेलाडी गाँउमा छन् तर तिनिहरुले लाग्नु पर्यो। एउटा कुरा अघि बजेट भन्नु भयो भाईले, अब बजेट त हामीसँग छैन है। त्यो हामी खेलाडीसँग छैन। बजेट त सरकारले दिने हो, तर सरकारले बजेट दियो भने खेलाडी धेरै निस्किन्छन। गाँउमा धेरै बजेट चाहिदैव, त्यो बजेट पनि कस्तो हुन्छ भने खेलकुदमा अहिले पनि एउटा म भन्न चाहन्छु, गाँउपालिकामा खेलाडीहरुको लागि बजेट गएको हुन्छ तर खेलकुद खेलाउदैनन् तिनिहरुले, एउटा कुरा यो पनि बुझि राख्नु, खेलकुद खेलाउदैनन्। खेलकुदको नाममा सबै खाईदिन्छन, किनभन्ने यँहा प्रदेश सरकारले खेलकुदलाई पैसा पठाएको हुन्छ, खेल खेलाउनु ,खेलाडी चिन्नु र राम्रो खेलाडीलाई सहयोग गर्नु भनेर, खेलाडी पहिचान गर्नु अथवा खेल खेलाएर खेलाडीलाई छान्नु भनेर पैसा पठाएको हुन्छ। मैले आजसम्म खेलाएको देखेको छैन, यति कुरा बुझ्नुस्, उनिहरुले आफ्नो ईच्छा लागे मात्र खेलाउछन्। अब कहिले काँहि उनिहरुलाई ईच्छा लागेन भने, भलिवल खेलाडी त छ, वडा अध्यक्ष भनेपछि पछि भलिवल खेलाउछ हेर्नुस्, दौड खेलाउदैन, अरु खेलाउदैन, फुटबल खेलाउदैन। हो, यो कुराले बिगार्छ।
पहिचान भनेको खेलाडीलाई कसरी पहिचान गर्ने, जस्तो; प्रशिक्षकको कुरा गर्नु पर्यो, मलाई अब म प्रशिक्षक भएर हरेक गाँउमा जान ईच्छा लाग्छ तर त्यसको बजेट कस्ले दिने? अब म भोकै गएर त टेड्रिन्ङ गराउन सक्दैन। मलाई त खर्च चाहियो नि त त्यहाँ जानलाई। हो, त्यो कुरो पनि सरकार माथि नै आउछ। एक जति गर्यो बजेट सरकार माथि नै आउछर। यो कुरो सरकार, मञ्चमा बस्यालाई, हुन त हामी नजिक भैदिएको भए तपाईहरुले प्रश्न गर्नु हुन्थ्यो, अहिले हामी अलगै भईहाल्यौ, हामी यता भयौ, उनीहरु उता भए, तर यो प्रश्न भने सरकारलाई जान्छ, गाँउपालिकालाई जान्छ। तपाईहरुले गाँउपालिकामा सोध्नुहोला, खेलाडी प्रशस्त छ र निकाल्न सकिन्छ। म आफैं निकाल्न सक्छु, किनभने म अब अहिले सुनमाया छ, धेरै खेलाडी मैले उत्पादन गरेको छु, तर गाँउबाट ल्याएर आएको छु मैले, किनभने सुनमाया पनि भर्खर आउदा सानो थियो। मैले उसलाई समेटेर, उसलाई टेड्रिन्ङमा उसको हरेक कुरा हेरेर, मैले टेड्रिन्ङ गराएर आज तपाईहरुको अगाडि सुनमाया/सुनमाया भन्ने एउटा उसले अहिले ब्राण्डमा छ। त्यसलाई मैले खेल्न पठाए, कैशाल ब्राण्ड भन्ने कैलाश कम्पनिले अहिले चाईना लगेको छ। बाँच्ने उपाय राम्रो गरेपछि, उसलाई बाँच्ने उसलाई अहिले त सम्पृर्ण खर्च उसले व्यहोरेको छ। तपाईहरु पनि निस्किन सक्नुहुन्छ तर तपाईहरु मेहेनेत गर्नुस, तपाईहरुलाई शुभकामना छ मेरो।
सहजकर्ताः हस्, ज्ञानेन्द्रजी लाई पनि गाँउ गाँउ बाट कसरी ल्याउने, त्यसलाई कुनै न कुनै रुपमा आफ्नो क्षेत्रबाट कसरी सहयोग गर्ने?
ज्ञानेन्द्र मल्लः सर्वप्रथम त सल्लाह सुझावको लागि धन्यवाद, हामीले खेलाडी उत्पादन गर्ने भन्दै गर्दा खेरी, हामीले गरेर उत्पादन हुने हैन कि, त्यो खेलाडीले पहिले सुरुमात आफैले आफैलाई नै एउटा भनौ न, ईच्छा शक्तिले अगाडि बढाउनु पर्छ जस्तो लाग्छ, मेहनेतले गर्नुपर्छ जस्तो लाग्छ र अर्को कुरा चाहि, जुन बजेटको चन्दा उठाउने, यो भन्दाखेरी सानो कुरा जोड्न मन लाग्यो। मैले सन् २००५ मा नेपाल राष्ट्रिय टिममा खेल्ने मौका पाए। २००५ देखि २०११ सम्म र त्यो भन्दा अगाडि देखि नै हामी टेड्रिन्ङ क्याम्पमा बसेको दैनिक भत्ता रु. २५ रुपैया थियो है। अब २५ रुपैयाबाट सुरुवात गर्यौ हामीले र विदेश भ्रमण गर्न जाँदा पनि हामीले २५ डलर प्राप्त गर्थौ र त्यो पनि ए.सि.सि ईन्डियन क्रिकेट काउन्सिल र आई.सि.सि ले दिने भत्ता थियो। त्यसबाट हामीले २ छाक खानु पर्थ्यो, लन्च र डिनर त्यसैले गर्नु पर्थ्यो र अघि भनेको कुरामा आउदै गर्दा खेरी यसले ईच्छा शक्ति मर्नु भएन।
यदि मेरो ईच्छा छ, म केहि गर्न चाहान्छु भनेदेखि सबै एकै चोटि भएर हुँदैन। त्यसको लागि अलिकति मेहनेत हुनुपर्यो, सँगसँगै झक्झकाई रहनु पनि पर्यो, कसरी भनेपछि तपाईको राम्रो कामले, तपाईहरुले खेलेर, अगाडि बढेर गर्दै गर्यो भनेदेखि आज विपिन्न शर्का गएको जस्तै अब सबै जनालाई लाग्न थाल्यो कि, विपिन शर्मा यँहानिर मात्र हैन, सुर्खेतमा मात्र हैन, तपाईको हुम्ला, जुम्ला जहाँपनि रहन सक्छ। त्यसले गर्दाखेरी हामीले पहिला सुरुमा सुरुमा खेलाडीको लागि प्याल्टफर्म गराईदिनु पर्यो र खेलाडी स्वयंले पनि के बुझिदिनु पर्यो भने मेहनत गर्यो भने सबै कुरा प्राप्त हुन्छ।
एकैचोटि प्राप्त गरेर पाको चिज पनि मज्जा आउछ जस्तो लाग्दैन मलाई र सायद संघर्ष गर्ने दिन देखि लिएर हामी त्यसरी नै हुर्कियौ होला। हामीलाई पनि लाग्थ्यो कि, जब सम्म जित्दैनौ, हामीले चाहि जब सम्म अगाडि बढ्दैनौ, सरकारले हाम्रो कुरा सुन्दैन र आज त्यो २५ रुपैयाँ स्टार्ट गरेर तपाईको उईथ आउट स्यालरी स्टार्ट गरेर अहिले राम्रो खेलाडीले तपाइको नेपालमा एउटा राम्रो खेलाडी ५ जनाले चाही १ लाख पाउँछ, अर्को ५ जनाले ८० हजार पाउँछ, अर्को ५ जनाले, ६० हजार पाउँछ। त्यसले गर्दाखेरी मेहनत गर्दै गर्नुस्, पक्कै पनि तपाइले जुन सोच्नु भएको छ, त्यो पक्कै पनि प्राप्त गर्नु हुन्छ।
सहजकर्ता: हस्, स्वस्तिमाजी लाई प्रश्न भन्दा पनि यँहाको अनुभुति सुनाउन आग्रह गर्छु, कस्तो लाग्यो आज कर्णाली उत्सवमा सहभागी भएर, फरक विधामा तपाईको उपस्थितिले? अनि टुङ्ग्याउला।
स्वस्तिमा खड्काः एकदमै खुसी लाग्यो, मैले सुरुमा पनि भनि सकेको थिए, सबै यज ग्रुपको अडियन्सहरु देख्दाखेरि एकदमै खुसी लाग्यो। बच्चा देखि हाम्रो एकदमै बुवाआमाहरु पनि हुनुहुन्छ र खेलकुदको विषयमा चाहि मेरो लागि अलिकति नयाँ नयाँ नै हो। मैले चाहि यहाँहरूबाट धेरै कुरा मैले भन्ने भन्दा पनि उहाँहरुबाट सिक्ने र उहाँहरुको कोईसन बाट पनि सिक्ने मौका पाए आज। अनि अघिको कुरामा थोरै जोड्दा खेरी, खेलकुद, कलाकारिता क्षेत्र भनेको यस्तो हो कि, म यो कलाकारिता गर्न चाँहान्छु वा म क्रिकेट खेल्न चाहन्छु, फुटबल खेल्न चाँहन्छु, करियर नै यहिमा गराउछु भन्दा खेरी, सायद कसैले पनि गर भनेर त्यो एक लेबलको मोटिभेसन पाउने भन्दा पनि कोईसन धेरै पाईन्छ होला, प्रश्न धेरै पाईन्छ होला।
त्यसकारण, हरि मामाले भन्नु भएको जस्तो, सायद उहाँ पनि कुनै न कुनै एउटा सानो गाउँबाट आएर नै यसरी ग्लोबल्ली उँहालाई धेरै भन्दा धेरै मान्छेहरुले चिन्नु हुन्छ। अरु विपिन शर्मा जस्तो भाई पनि वा युनिस भन्ने हाम्रो एकजना भाई पनि कर्णाली कै हो। कर्णालीबाट हाम्रो ४ जना हुनुहुन्छ प्लेर्स भनेपछि, कुनैपनि ठाउँले चाहि त्यस्तो बाधा बन्दैन होला। जहिले पनि हामी सरकारलाई, सरकारलाई भनेर धेरै कोईसन त गर्छौ, तर हामी एज अ नागरिक हामी के गर्न सक्छौ भन्ने कुरा त्यो पनि आफुले आफुलाई कोईसन गर्नुपर्ने हुन्छ। म स्वस्तिमा खड्का भएर, म के गर्न सक्छु, त्यसमा मैले जति बेस्ट दिन सक्छु, त्यति दिए भने सायद खेलकुदलाई वा कुनै पनि क्षेत्रलाई प्रमोट गर्नलाई सहयोग हुन्छ होला, वा तपाइहरू नागरिक भएर के गर्न सक्नु हुन्छ त? कुनै पनि क्षेत्रमा के टेवा पुर्याउन सक्नुहुन्छ? भनेर आफूले आफूलाई प्रश्न गर्न पनि जरुरी छ जस्तो लाग्छ, र त्यही हो, धेरै धेरै धन्यवाद उहाँहरू सबै जनालाई, दाईलाई पनि धेरै धेरै धन्यवाद।
सहजकर्ताः हस्, खेलकुदको कर्णाली ब्राण्ड, यो नौलो विधा थियो र पात्रहरू पनि योसँग अलि अलि असँगत तर यसलाई सँगतिपुर्ण बनाउने हामीले प्रयत्न गर्यौ। हरि बहादुर रोकाया दाई, स्वस्तिमा खड्काजी, ज्ञानेन्द्र मल्लजी लगायत यहाँ पृक्षालयमा बसेर हामीलाई प्रत्यक्ष हेर्ने सुवर्ण अवसर प्राप्त गर्ने, प्रश्न गर्ने र हामीलाई विभिन्न माध्यमबाट, प्रत्यक्ष प्रसारणबाट संसार भरबाट हेरिरहने सबै प्रति आभार व्यक्त गर्दै, अहिलेलाई यो सत्र यहि टुङ्ग्याउछौ, नमस्कार।
