
सहजकर्ता (सुधीर शर्मा): आज फागुन ७ गते, तपाइहरुलाई थाहै छ, हामी प्रजातन्त्र दिवस भन्छौ, त्यहि हिसाबले मनाउछौँ। एब हिसाबले भन्ने हो भने हाम्रो देशमा परिवर्तन ल्याउने एउटा परिवर्तनको प्रतिक जस्तो पनि लाग्छ मलाई आजको दिन मलाई, किनभने यसो हेर्यो भने २००७ सालको देखि लिएर २०४६ साल, २०६३/०६३ साल हरेक आन्दोलन, जनआन्दोलनहरु चाहिँ यसको सेरोफेरोमा नै, माओवादीले जनयुद्ब थाल्दा पनि यसको सेरोफेरोमा नै गरेको, त्यो हिसाबले गर्दाखेरी यो फागुन चैत अथवा फागुन ७ भनेको चेन्जको एउटा प्रतिक जस्तो मलाई लाग्छ। अनि धेरैओटा हाम्रो राजनीतिक दलहरु, राजनीति, नेता , कार्यकर्ता धेरैको खासगरी पार्टी राजनीतिको सुरुवात पनि यसको सेरोफेरोमा नै भएको छ। एकढङ्गले हामीलाई हाम्रो देशको लामो इतिहास प्रजातन्त्रको लागी, लोकतन्त्रको लागी, गणतन्त्रको लागी लडाईको इतिहास छ र त्यो इतिहास सँगसँगै राजनीतिक दलहरु आएका छन्। त्यो हिसाबले त्यतिबेला राजनीति गर्नु एक हिसाबले प्रजातन्त्र ल्याउनु, अधिकार स्थापित भन्ने हिसाबले बुझिन्थ्यो। तर लोकतन्त्र, गणतन्त्र आइसकेपछि पनि त्यो राजनीति प्रतिको रहर , आज हामीले लहड हो कि रहर हो कि भनेर पनि यहाँ एउटा शिर्षक राखेका छौ। हिजो राजनीति थाल्दाखेरी जो आज यहाँ हुनुहुन्छ, धेरैजनाले यो प्रजातन्त्रको लडाई सँगसँगै आफ्नो राजनीति थाल्नुभएको थियो।
म सुरुमा योगेश भट्टराई जी बाट जान चाहन्छु, खासगरी हिजो प्रजातन्त्रको लडाई चल्दाखेरी त्यतिबेला राजनितीमा किन लागेको भन्दा खेरी सजिलो थियो, यसको लागी भन्ने हैन? त्यो पछि पनि हेर्ने हो भने प्रजातन्त्र स्थापना, लोकतन्त्र, गणतन्त्र स्थापना पछि पनि राजनीति चाहिँ यति फले फूलेको व्यापार भन्दा अलि नेगेटिभ टोन जाला तर उद्योग जस्तो, व्यवसाय जस्तो पनि भएको छ हाम्रो देशमा। यति धेरै नेता, यति धेरै कार्यकर्ता, अझ नयाँ नयाँ पार्टीहरु पनि आउने सिलसीला जारो नै छ। त्यो अवस्थामा जस्तो राजनीति चाहिँ व्यक्तिगत रुपमा तपाईले यो रहरले अहिले गरीराख्नु भएको हो कि? अथवा लहडले हो कि? अथवा कुनै किसिमको कुनै बाध्यता हो कि? अथवा यो राजनिति गरेर के चाहिँ गर्छु भन्ने तपाइलाई लागीराखेको हो? नर्मल्ली अब यसो हेर्दा राजनीति गरेपछि एउटा पदमा पुग्ने, सांसद बन्ने, मन्त्री बन्ने, त्यो मात्रै लक्ष राखिरहेको जस्तो पनि देखिन थालेको छ अहिले। तपाईले चाहिँ कस्तो अनुभुति गरीरहनु भएको छ? यो सब्बै चरणहरु देख्नु भएको कारणले।
मा. योगेश भट्टराईः धन्यवाद शुधीरजी, मलाई सुरुमै दिइहाल्नुभयो, धन्यवाद छ तपाइलाई। विशेषगरी यो कुडा कर्णालीका केहि वर्षदेखि लगातार यो कार्यक्रम हुदै आएको छ र यसले नेपालको अलिकति पिछडिएको प्रदेश भनिएको कर्णालीलाई राष्ट्रिय राजनीतिमा चिनाउने जुन काम गरेको छ, यसको निम्ति म आयोजकहरु सबैलाई धन्यवाद दिन चाहन्छु। विशेषगरी यसको प्रारम्भिक दिनमा यस्तो खालको कार्यक्रम केणालीमा आयोजना गर्नुपर्छ भनेर यसको अलिकति परीकल्पना गर्ने केवल भण्डारी सर हुनुहुन्छ। जतिबेला उहाँ कर्णाली प्रदेशको प्रमुख सचिवको रुपमा काम गरिरहनु भएको थियो। आजपनि यो कार्यक्रमको आयोजनामा, व्यवस्थापनमा सक्रिय रुपमा लागीरहनु भएको छ, उहाँलाई म धन्यवाद दिन चाहन्छु। आजको यो सेसन विशेषगरी अलिकति पोलिटिकल सेसन छ। यो पोलिटिकल सेसन भन्ने वित्तिकै त्यति जिवन्त हुदैन। यसको रङ्ग चाहिँ अलिकति खैरो हुन्छ भन्छ हैन। मान्छको जीवनको रङ्ग चाहिँ हरीयो हुन्छ, पोलिटिक्सको रङ्ग चाहिँ खैरो हुन्छ। खैरो त्यति मन पर्दैन मान्छेलाई तरपनि यो सबैलाई चाहिँने रहेछ।
शुधीरजीले भन्नु भयो, किन आएको राजनीतिमा? वास्तवमा राजनीतिमा आउने प्रारम्भिक दिनमा मान्छे एकदमै सुझबुझपुर्ण ढङ्गले आउछ जस्तो मलाई लाग्दैन। मान्छे एउटा खास परिस्थितिले राजनीतिमा आउछ। त्यसपछि बुझ्दै जादाँ, पढ्दै जादाँ, अनुभव लिदै जादाँ उसले राजनीतिमा आफुलाई टिकाउन सक्छ कि सक्दैन भन्ने कुरा उसको व्यपक्तिगत कुरा पनि हो। म माद्यामिक विद्यालय ८/९/१० कक्षा पढीरहदाखेरी त्यतिबेला नेपालको सबैभन्दा ठुलो विद्यार्थी आन्दोलन चलेको थियो यो २०३६ सालको, त्यो आन्दोलनको प्रभाव देशभरी नै थियो। विशेषगरी पुर्वी क्षेत्रमा यो वामपन्थी आन्दोलनको प्रभाव पनि विस्तार हुदै थियो। हाम्रा दुईओटा छिमेकि मुलुकहरु भारत, चिनले स्वतन्त्रता प्राप्त गरेका थिए। ठुल्ठुला रीभोलुसन भएका थिए। मेरो बिचारमा यो २०औँ शताब्तीको अवस्था भनेको दुनियामा ठुल्ठुला क्रान्ति भएको अवस्था हो। मलाई लाग्छ कि नेपालको सन्दर्भमा पनि राणा शासन विरोधी आन्दोलन त्यही पृष्टभुमिमा सुरु भयो।
त्यसपछी २०१७ सालमा निर्वाचित संसदलाई विघठन गर्ने काम राजा महेन्द्रले गरेपछि यो आन्दोलन फेरी एउटा प्रजातन्त्रको निम्ति, लोकतन्त्रको निम्ति पुनर्गठित हुदै गयो। त्यसक्रममा वामपन्थी चेतना देशभरी फैलिदै गयो र त्यहि सिलसिलामा एउटा वामपन्थी विद्यार्थी राजनीतिको प्रभावमा हामीजस्ता धेरै मान्छेहरु त्यसबाट नजिकियौँ। अनि क्रमश त्यो अगाडी बढ्दै जादा आज पार्टीको एउटा केन्द्रीय सचिवको रुपमा, प्रतिनिधी सभाको दुई पटक निर्वाचित एउटा प्रतिनिधीको रुपमा पनि मैले भुमिका निर्वाह गर्दै छु। अब राजनीतिलाई पेसा, व्यवसायको रुपमा भन्दा पनि यो एउटा साधन हो। राजनीति भनेको साधन हो। तपाई देश बदल्न चाहनुहुन्छ, मैले देश बदल्न चाहन्छु, यहाँको मानिसहरूको जीवन बदल्न चाहन्छु, कर्णालीका मानिसहरूको जीवन बदल्न तपाईहरू चाहनुहुन्छ, कर्णालीको भौतिक अवस्था बदल्न चाहनुहुन्छभने त्यसको माध्यम चाहिने राजनीति नै हो।
त्यसको माध्यम मल्टीपार्टी सिस्टममा पार्टीहरू नै हो। यदि एकदलीय व्यवस्था छ भने पनि पोलिटिक्स नै हो। हैन, बहुदलीय व्यवस्था छ भने पनि पार्टीहरू नै हो, राजनीति नै हो। त्यसकारणले राजनीति चाहिँ यो समाजको एउटा गति पैदा गर्ने, समाजलाई दिशा निर्देशन गर्ने, कता लाने भन्ने एउटा साधन हो। त्यस अर्थमा हामी जो राजनीतिमा गर्दै आयौँ। हाम्रा व्यक्तिगत एम्विसेन्स पनि होलान्, महत्वकांक्षा पनि होलान्। यहाँसम्म आइहाल्यौँ, विभिन्न कारणले आइहाल्यौँ। पार्टीभित्र पनि प्रतिस्पर्धा गरेर आयौँ, समाजमा पनि प्रतिस्पर्धा गरेर आयौँ। पार्टीभित्रको पद पनि त्यसै पाएनौँ, प्रतिस्पर्धा गरेर नै पायौँ। समाजमा पनि यो सांसद हुनु, के हुनु भनेको पनि प्रतिस्पर्धाबाटै आयौँ, जो हामी यहाँ प्राय सबै छौँ। त्यसकारणले आज यो ठाउँसम्म आउँदा अब म जुन पार्टीमा छु, त्यो पार्टीको प्रमुख नेता बनेर यो देशलाई बदल्ने काममा मेरो भूमिका अझै गर्न पाए हुन्थ्यो भन्ने सोचाइ हुने कुरा अस्वभाविक होइन। त्यसैले, त्यस हिसाबले राजनीतिलाई सोचौँ भन्ने म अनुरोध गर्न चाहन्छु।
सहजकर्ता: हवस् धन्यवाद, म भीष्मजीमा जान चाहन्छु। नेपाली कांग्रेसको सह-महामन्त्री पनि हुनुहुन्छ। तपाईले कसरी हेर्नुभाको छ राजनीतिलाई, खासमा राजनीति अहिले आएर यो रहरको विषय हो कि, लहडको विषय हो कि, अरु नै विषय हो कि, कस्तो लाग्छ तपाईलाई? कसरी हेरिराख्नुभाको छ अहिलेको राजनीतिलाई?
भीष्मराज आङ्देम्बे (सह–महामन्त्री, नेपाली कांग्रेस): धन्यवाद सुधीरजी, सर्वप्रथम त म आज धेरै प्रभावित हाम्रो सिर्जना रावत, बिना रावतजी, उहाँहरूबाट धेरै भएको पनि छु। उहाँहरू चाहिने कर्णालीको छोरी भएर मुलुककै गौरव बन्नुभयो। यहाँहरूको उत्तरोत्तर प्रगतिको कामना छ, शुभकामना छ, धेरै राम्रो काम गर्नुस्। धेरै चेलीबेटीहरू र यहाँको युवाहरूले उहाँहरुबाट सिक्नुस्। म त्यो सुरुमै यहाँहरूलाई शुभकामना दिन चाहन्छु। सुधीरजी, मलाई यो धेरै भूमिका बाँधीराख्नु जरुरी लाग्दैन मलाई। यो रहर र लहड भन्ने जुन हजुरहरूले सब्जेक्ट राख्नुभएको छ, मेरो उमेरले यो विषयमा प्रवेशै गर्न पाएन। मलाई न रहर गर्ने छुट थियो, न लहडमा बाच्ने नै छुट थियो। किन भन्दाखेरि हामीसँग लोकतन्त्र, प्रजातन्त्र खोसिएको बेला थियो। पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनर्स्थापनाको लडाईमा हामीहरूले जे जान्यौ सिधै होमियौँ। हाम्रो मिसन भनेको प्रजातन्त्रको पुनर्स्थापना थियो। त्यो प्रजातन्त्रको पुनर्स्थापनाको संघर्षमा आफूले जीवन त्यहाँनेर होम्दाखेरि न रहर गर्ने उमेर कतिखेर आयो त्यो पनि थाहा भएन, लहडमा मात्तिने कुन समय हो त्यो पनि मलाई थाहा भएन।
यद्यपि पछिल्लो पुस्ता कसरी आयो भन्ने विषयमा म धेरै प्रवेश पनि गर्दिन। किनभन्दाखेरि मैले मेरो उमेरले त्यो समय पाँए, जहाँ न रहर गर्ने समय थियो, न लहड गर्ने। अनि त्यसकारणले म होमिए, सायद अहिलेको पुस्ता त्यो बेलामा भएको भए उहाँहरू पनि त्यसरी आउनुहुन्थ्यो होला। अब अहिलेको पुस्ता चाहे पुरानो पार्टीको होस्, या नयाँ पार्टीको होस्। त्यो नयाँ पुस्ताहरू एउटा रहर र लहड दुईटै नराम्रो हो जस्तो पनि मलाई लाग्दैन।
किन भन्दाखेरि रहर ले पनि कहिलेकाही कामहरू थालनी गर्नुपर्छ। कहिलेकाही लहडै लहडले पनि कामहरूको थालनी हुन्छ। बस त्यसमा इमान्दारिता होस्, निष्ठा होस्, नैतिक चरित्रहरु होस्। यो पछिल्लो चोटीको राजनीतिमा हराएको जस्तो अनुभूति सबैले गरिराखेको छ। चाहे त्यो सहरमा होस्, चाहे त्यो गाउँमा होस्, बस्तीमा होस्, हिमालमा होस्, पहाडमा होस्, त्यो खालको अनुभूति भइरखेको बेलामा अहिले यो खालको स्वच्छ अनुभूति नयाँ पुस्ताले चाहे त्यो पुरानो पार्टीको होस् या नयाँ पार्टीका नयाँ सोचहरू जसरी आएका छन्, उहाँहरुले यो खालको एउटा त्यो खालको चाहिने सोच बदल्ने खालको अनुभूतहरू सार्वजनिक गर्न सक्नुपर्छ भन्ने मलाई लाग्छ।
त्यसले गर्दाखेरि हामीले राजनीति गर्दाखेरि राजनीति अहिले पछिल्लोचोटि भन्ने हो भने मैले अघि हामी छलफल गरिरहेका थियौँ। भरै त, प्रश्न सोध्यो भने त, यहाँ-त्यहाँ राजनीतिलाइ त्यो ढङ्गबाट हामीले हेर्न थालिसक्यौँ। तर फेरि पनि, फेरि पनि हरेक कुराको निचोड, हरेक कुराको टुङ्गो यसैबाटै प्राप्त गर्ने हो। टुङ्गोमा पुर्याउनका निम्ति तपाईहरूलाई साथ दिने साथी कसरी प्रस्तुत हुन्छ, त्यल्ले धेरै कुराहरुको छिनोफानो गर्ला। धेरै कुराहरूलाई कसरी उठान गर्ने? कसरी पैठान गर्ने? त्यसको पनि लेखाजोखा गर्ला, तर फेरि पनि हामीहरूले टुङ्गो यसैबाट खोजेर गएर समग्रमा यो छलफल जसरी तपाईहरुले कर्णाली कुडाको नामबाट आज यो मलाई लाग्छ, यो छैटौँ संस्करण हो तपाईहरूको, त्यो ठाउँसम्म आइपुग्दाखेरि राजनीतिको विभिन्न चरणहरू र यो पाटोसँग कर्णालीसँग गाँसिएका धेरै त्यस्ता सांस्कृतिक, तपाईको राजनीतिक, भौतिक विकाससँग, भेषभुषासँग, परम्परासँग गाँसिएका हरेक कुराहरुमा तपाईहरूले छलफल र बहसहरु गर्नुभएको छ।
यो सबै बहसहरूलाई फेरि पनि एउटा टुङ्गोमा राखेर त्यसलाई संस्थागत रूपमा सम्बोधन गर्ने पाटो भनेको फेरि पनि राजनीति हो। त्यो राजनीतिमा नयाँ सोचका साथ, नयाँ विचारका साथ, एउटा प्रतिबद्धता बोकेर, एउटा सोच बोकेर आउन सक्ने पुस्ताहरू यो कर्णालीले चाहिने यो ठाउँबाट आओस्, त्यो मेरो शुभकामना छ। त्यसले गर्दाखेरि मलाइ धेरै कुरा नभनिकन रहर र लहड भन्दाखेरि मेरो पुस्ताले सोझै पञ्चायती व्यवस्थासँग सङ्घर्ष गरेर हामीले पुनर्स्थापित, हाम्रो उमेरहरूले र हामीभन्दा अघिल्लो पुस्ताको उमेरहरूले लडेर पुनर्स्थापित गरिदिएको प्रजातन्त्र आज धेरै बहस र छलफलको विषय बनेको छ। त्यसपछाडि अहिले त हामी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालमा हामी रूपान्तरित भएकोमा थप धेरै प्रश्नहरू उठेका छन्। यसलाई सहित टुङ्गोमा पुर्याउनु पर्दछ। त्यसको बहसहरु आउने दिनहरूमा होस्,म त्यो चाहन्छु।
सहजकर्ता: हस् धन्यवाद, रेखाजी क्रमैसँग जाने भइयो हामी, उहाँ माओवादी पार्टीसँग सम्बद्ध हुनुहुन्छ,मन्त्री पनि भइसक्नुभाछ। तपाईहरूले पहिले यो जनयुद्धभन्दा पहिले पनि तपाईहरू संसदीय व्यवस्थामा हुनुहुन्थ्यो। नौवटा सिट जितेको थियो संयुक्त जनमोर्चाले हैन? त्यतिबेला माओवादीको भातृ संगठन अनि पछि तपाईहरू जनयुद्धमा जानुभयो, बन्दुक बोक्नुभयो, तपाई पनि त्यसमा होमिनुभयो। तपाईहरू जस्तो धेरैजना होमिनुभयो। फेरि तपाईहरू घुमीफिरी संसदीय व्यवस्थामै आउनुभयो नि त। अहिले त्यसमै हुनुहुन्छ, त्यसमै तपाई सांसद मन्त्री पनि बन्नुभयो। हिजोको सपना के थियो? अहिलेको सपना केही छ कि अथवा कि सपना नै छैन? अब यही, यही गोलचक्कर मै फसिराख्ने हो? तपाईलाई के लाग्छ? यसो कहिलेकाही सेल्फ रीफ्लेक्सनहरु, आत्मसमीक्षाहरू पनि हुन्छ कि हुँदैन?
मा. रेखा शर्माः धेरै धेरै धन्यवाद सुधीरजी, तपाईले अलि थोरै अब हाम्रो यो कार्यक्रमको शीर्षक एउटा भयो र अहिले प्रश्न जुन गरिराख्नुभाछ, धेरै नै मार्मिक छ, महत्वपूर्ण छ। यो कार्यक्रम कर्णाली उत्सव कुडा कर्णालीका यो सबै कार्यक्रम जुन आयोजना भएको छ। म परिकल्पनाकार, आयोजक सबै साथीहरूलाई धन्यवाद भन्दै म प्रश्नमा केन्द्रित हुन चाहन्छु। यहाँ अघि पनि हाम्रो पूर्ववक्ता नेपाली कांग्रेसका सह-महामन्त्रीज्यूले भन्नुभयो। राजनीतिमा सामान्यतया; दुई तरिकाले मान्छे प्रवेश गर्दो रहेछ। एउटा कस्तो हुन्छ भन्नुहुन्छ भने, एउटा चाहिँ पढेर, लेखेर, जानेर, बुझेर मेरो करियर कहाँ गएर राम्रो हुन्छ होला? मैले यतातिर डक्टरी पेसा, पाइलट पेसा यो गर्दा ठिक हुन्छ होला कि? म राजनीतिमा गएर मेरो करियर डेभलप गर्न सक्छु होला भनेर सोचेर, बुझेर, रहरले आउने एउटा हुँदो रहेछ। अर्को के रहेछ भन्नुहुन्छ भने, राजनीतिक विभेद, सामाजिक विभेद देखेर, भोगेर हन्डर-ठक्कर खाँदै, जान्ने बुझ्ने नहुँदै अनि त्यसमा समाहित भएर आउने राजनीति एउटा हुँदो रहेछ।
मलाई के लाग्छ भन्नुहुन्छ भने, राजनीतिक रहर पनि हो। राजनीतिक लहड भन्ने त्यत्ति मलाई धेरै शब्द मन परेन। तर राजनीतिक मुख्य कुरा के हो भने राजनीतिक समर्पण हो,मलाई त्यस्तो लाग्छ। समर्पणसहितको राजनीतिले निष्कर्षमा पुर्याउँछ, त्यसले ठिक ढङ्गमा लैजान्छ। हैन रहर र लहडले गर्ने राजनीति त्यो टिकाउ पनि हुन्छ जस्तो लाग्दैन, त्यसले ठिक ठाउँमा पनि लैजान्न। जहाँसम्म तपाईले अहिले जुन सपनाहरू छन् कि मरे भनेर भन्नुभो, वास्तवमा यस्तो यस्तो प्रश्नले धेरै भावुक पनि बनाउँछ, अली सेन्टिमेन्टल पनि बनाउँछ।
सपनाहरू मरेका छैनन्, सपनाहरू थिए,सपनाहरू छन्। सपनाहरू सुन्यौँ, सपनाहरू हामीलाई बाडियो, हामीले पनि बाँड्यौँ र ती सपनाहरू पूरा गर्नका निम्ति राजनीतिका विभिन्न रूपहरु हुन्छन्, शान्तिपूर्ण रूप हुन्छ, सशस्त्र रूप हुन्छ। ती सबै रूपहरू पार गरेर हामी यहाँ आयौँ। आइरहँदाखेरिमा तपाईले मेरो व्यक्तिगत रूपमा सोध्नुहुन्छ भने यदि राजनीतिमा समर्पण हुन्नथ्यो भने, मलाई अहिले पनि के लाग्छ भने, हिजो हामीले जुन दुःख कष्ट उठायौँ, जुन त्याग बलिदान गर्यौ। जसरी श्रीमानकै अगाडि श्रीमती बलत्कृत भए, मान्छेहरू आर्मीका हिरासतमा वर्षौ बसेर अङ्गभङ्ग भएर निस्के। सम्भवतः समर्पण हुन्नथ्यो भने सम्भव थिएन।
त्यसकारण राजनीतिमा समर्पण सबभन्दा मुख्य कुरा हो, सबभन्दा ठूलो कुरा हो भन्ने म ठान्छु। आजका दिनसम्म आइपुग्दाखेरीमा मैले राजनीतिमा हाम्रो एउटा माओवादी कोणबाट, जनयुद्धका कोणबाट, जनआन्दोलनका कोणबाट हामीले जे सपना देखेका थियौँ, त्यो सपना मरेका छैनन्। हिजो संसदीय व्यवस्थामा प्रवेश गर्दैगर्दा तपाईले भन्नुभयो, २०४८ सालमा संयुक्त जनमोर्चाको नामबाट, हो हामी संसदमा थियौँ। त्यो संसदमा नौ जना सांसद हाम्रा हुनुहुन्थ्यो। त्यो बेला हाम्रो के थियो भने, यो अहिलेको जुन खालको २०४६ सालको परिवर्तन भयो, २०४७ सालको परिवर्तन भयो, त्यो परिवर्तन राजतन्त्रसहितको परिवर्तन थियो। यो परिवर्तनले मात्रै जनताको समस्याहरु समाधान हुन्नन् है भनेर हामी अगाडि बढ्यौँ।
त्यो एउटा तयारीको चरणमा, भण्डाफरको चरणमा संसदीय व्यवस्थाको भण्डाफोर गर्ने भनेर उद्देश्य लिएरै हामी त्यहाँ प्रवेश गरेका थियौँ भने, अहिले हामी १० वर्षको जनयुद्ध, जनआन्दोलनत्यसको आडमा भएको र यसको जुन राजनीतिक सामाजिक परिवर्तन धेरै फरक ठाउँमा हामी छौँ। तर पनि आज पनि के हो त भन्नुहुन्छ भने, आज राजनीतिक व्यवस्था फेरिएको छ, साँचो कुरा हो। राजनीतिक अवस्था हाम्रो फेरिएको छ, हामी यी कर्णालीका कुरा गर्न सक्ने भएका छौँ। उत्पीडित समुदायले आफ्नो अधिकारका कुरा गर्न सक्ने भएका छौँ। यी सबै कुरा छ, तर यो हुँदाहुँदै के छैन हामीसँग भन्नुहुन्छ भने, हामीले हाम्रो आर्थिक र सामाजिक अवस्था बदल्ने काम अझै बाँकी छ।
सहजकर्ता: रेखाजी, त्यहाँनेर नी, त्यहाँनेरी नि सोध्दाखेरी नि एउटा के हुँदो रहेछ भने, तपाईले समर्पणको कुरा गर्नुभयो हैन, आन्दोलनको, लोकतान्त्रिक, प्रजातान्त्रिक आन्दोलनमा लाग्नुभयो। आन्दोलनमा लाग्ने, जेलनेल बस्ने, यातना खप्ने पनि हुँदो रहेछ एउटा प्रतिबद्धता भो भने, धेरैजना नेता कार्यकर्ताले त्यो गर्नुभाछ। तर जब सत्ता चलाउने, सरकार चलाउने ठाउँमा पुगिन्छ नि, त्यहाँनेर फेरि काम हुँदैन रहेछ नि त, समर्पणले मात्र काम गर्दैन रहेछ, क्षमता पनि चाहिँदो रहेछ। कता कता त्यो ल्याक भए जस्तो तपाईलाई लाग्दैन? सबै धेरैजनामा।
मा. रेखा शर्माः होइन होइन यस्तो हो सुधीरजी, बिना क्षमताको समर्पण हुँदैन नि, जब क्षमता जच्छ त्यसपछि मात्र समर्पण निर्माण हुन्छ। क्षमता नै छैन भने समर्पण कहाँबाट आउँछर हैन? क्षमता भन्ने कुरा एउटा मान्छेमा अन्तर्निहित कुरा पनि हुन्छ। अर्को कुरा त्यो विकास गर्ने कुरा पनि हो। तपाई हामीले देखेका छौँ नि, अहिले राजनीतिक परिवर्तित व्यवस्थामा हामीले क्षमतावानै नमानिएका मान्छेहरु जब अवसर पाए उनले त एकदम राम्रो क्षमता प्रदर्शन पनि त गरेका छन्। त्यसलाई त मान्नुपर्यो नि त हामीले। त्यसकारणले सपना अझै मरेका छैनन्, त्यसकारण हामी राजनीतिमा छौँ। सपना जगाउनुपर्छ, सपनामा हामी पुग्नुपर्छ। हामीलाई हिजोको भन्दा मलाई त के लाग्छ भन्नुहुन्छ भने, हिजोभन्दा अझ बढी डेडिकेसन, अझै बढी हाम्रो एउटा सपनाप्रति को प्रतिबद्धता हामीलाई आवश्यक छ, जुन हुन सकिराख्या छैन।
त्यसलाई हामीले अगाडि बढाउनुपर्छ। त्यसका निम्ति निरन्तर सङ्घर्ष, अब आफ्नो आत्मसमीक्षाको संघर्ष पनि, एउटा हामीमा काहि नेर समस्या छ, काहि नेर केही धुलो मैलो लाग्या छ भने, त्यसको आत्मसमीक्षा गर्ने कुरा पनि हो। अनि फेरि मान्छे हो, मान्छे दूधले नुहाएको कोही पनि हुँदैन। गल्ती कमजोरीबाट पाठ सिक्न सक्छ कि सक्दैन भन्ने कुरा हो, त्यो पाठ सिकेर अगाडि बढ्नुपर्छ भन्ने मलाई लाग्छ। यसमा चाहिँ हामीले रहरले केही पद पाउँला भन्दा पनि जिन्दगी नै ज्यानै बाँच्छ कि बाँच्दैन भनेर राजनीतिमा लाग्या मान्छेलाई पदीय हैसियतका कुरा धेरै टाढाको कुरा थियो। अहिले आएर के भयो भन्ने कुरा जे थियो, यो समीक्षाको विषय चाहिँ हो। तपाईले भनेको कुरामा पनि सहमत छु।
सहजकर्ता: हवस्, शिशिर जी, तपाई अब नयाँ पार्टीको, राष्ट्रिय स्वतन्त्र पार्टी यहाँ भएका जति तीनजना नेताहरू हुनुहुन्छ, उहाँहरुले प्रतिनिधित्व गर्नेभन्दा फरक पार्टीको हुनुहुन्छ। उहाँहरू प्राय आन्दोलनको क्रममा प्रजातन्त्रकै लडाईको अघि कुरा भयो। त्यो बेलामा जन्मेको पार्टीहरूको प्रतिनिधित्व गर्नुहुन्छ। तपाईहरू चाहिँ प्रजातन्त्र, लोकतन्त्र स्थापनापछि बनेको पार्टीमा हुनुहुन्छ। तपाई व्यक्तिगत रूपले त अझ गैरसरकारी अभियानमा हुनुहुन्थ्यो, शिक्षा क्षेत्रमा काम गरिराख्नुभाथ्यो। एकाएक राजनीतिमा आउनुभयो। प्रत्यक्ष चुनाव लडेर जित्नुपनि भयो। तपाईहरूको राजनीति चाहिँ नी कता कता लहडमा, यहाँ रहर र लहडकै कुरा चल्दाखेरि, लहडमा बनेको, जन्मेको, त्यो लहडबाजी एउटा पपुलिज्मले जन्माएको भन्ने पनि आरोप छ नि, कता-कता यसो कहिलेकाँही कोठामा बस्दाखेरि, सोच्दाखेरी तपाईलाई पनि त्यो लाग्दैन?
मा. शिशिर खनालः धन्यवाद शुधीरजी, सर्वप्रथम त यहाँ आज यस्तो कर्णाली उत्सवको अत्यन्त महत्वपुर्ण संवादमा अग्रज नेतागणसँग आफ्ना कुराहरु राख्ने मौका दिनुभएकोमा आयोजक साथीहरुलाई धन्यवाद। मलाइ लाग्छ मेरो आफ्नै व्यतिगत अनुभव र जीवनबाटै मैले त्यो उत्तर दिन चाहेँ। राजनीति समाज रुपान्तरणको सबैभन्दा महत्वपुर्ण बाटो हो भन्ने विश्वासले म राजनीतिमा आएको हुँ। यसको अलिकति पृष्ठभुमी चाहिँ मेरो व्यक्तिगत जीवनसँगै जोडिन्छ। सकेसम्म म छोटोमा टुङ्ग्याउने प्रयास गर्छु। २०४६ सालको आन्दोलन ताका म ६ कक्षामा पढ्थे सायद, पाँच छ तिर, मेरो बुवा चाहिँ सरकारी कर्मचारी हुनुहुन्थ्यो र उहाँको पोस्टिङ की जिल्ला विकास समिति, कि नगरपालिकामा हुनुहुन्थ्यो। त्यो भनेको कर्मचारी र नेता हरु बीचको समन्वयमा चल्ने निकाय, त्यो मेरो राजनीति चेतना चाहिँ बुवाले गर्ने भेटघाटको क्रममा नेताहरूसँग भेट्ने संवाद, समाज परिवर्तनको कुराबाट एउटा सुरु भयो।
त्यो सँगसँगै त्रिचन्द्र कलेजमा पढ्दै गर्दाखेरि त्यहाँको माहोलले पनि मलाई अलिकति राजनीतिक रुपमा सचेत त बनायो। तर म आफै प्रत्यक्ष राजनीतिमा लाग्ने कि नलाग्ने भन्ने कुरा चाहिँ मेरो फेरी त्रिचन्द्रकै अनुभव चाहिँ के थियो भने, जुन खाले पोलिटिकल प्राक्टिस स्ववियुको चुनावमा मैले अखिल र नेवी संघको देख्थे। त्यो मसल र मनी पोलिटिक्स, त्यो चाहिँ मैले २० वर्ष अगाडि त्रिचन्द्र कलेजको स्ववियु चुनाव देखेपछि म जस्तो मान्छे चाहिँ राजनीतिमा जानु हुँदो रहेनछ भनेर म अमेरिका गएँ। त्यसपछि फर्केर आए, फर्केर आएपछि म शिक्षाको रूपान्तरणमा काम गरे। काम गर्दै गर्दाखेरि दुईओटा इन्सिडेन्ट, २०६३ पछि नेपालमा एकदमै ठूलो आशा सञ्चार भयो। दुईओटा मलाई टाइम फ्रेम मैले छोटोमा भन्नपर्यो भने, अर्को २०७४ को चुनाव, जतिबेला ने.क.पा बन्यो त्यसपछि पनि एउटा ठूलो रूपान्तरण हुन्छ। किनभने दुई तिहाईको हामी त अस्थिरताले देश अगाडि बढेन भन्ने किसिमको त्यो सुनिराखेको भएर त्यसबाट पनि जुन दुई तिहाइको बलियो सरकार आएपछि अब देश घुइकियो भन्ने हामी अब प्रत्यक्ष रूपमा राजनीतिमा नलागेको भएपछि कम्तीमा पनि एउटा बलियो सरकारले देशलाई अगाडि बढाउँछ भन्ने विश्वास पनि रह्यो।
त्यही क्रममा मेरो एउटा अर्को अनुभव के भयो भने, मैले शिक्षामा काम गर्दै गर्दाखेरि मलाई तुल्सीपुर दाङ्गको शिक्षा सल्लाहकार, मेयर साबको शिक्षा सल्लाहकार बनेर आउने एउटा भोलेन्टरली मैले काम गर्ने मौका पाए। त्यहाँ चाहिँ फेरि मलाई पालिकाको संरचना भित्र बसेर शिक्षा रूपान्तरणको नीतिगत काम गर्दै गर्दाखेरि मैले दुईटा कुरा अब्जर्भ गरे। एउटा चाहिँ जुन हाम्रो ब्युरोक्य्राटिक स्टक्चर एकदमै एड्मिनिस्ट्रेटिभ (प्रशासकीय) प्रकृतिको छ। अर्को पोलिटिकल स्ट्रक्चर चाहिँ यस्तो जालोमा अड्किएको रहेछ यो भातृ संगठन मार्फत, यो वन समिति मार्फत, खानेपानी समिति मार्फत, विद्यालय व्यवस्थापन समिति मार्फत की हामीले खोजेको रूपान्तरण गर्नको लागि एक्जिस्टिङ पोलिटिकल स्ट्रक्चरले सम्भवै छैन।
सहजकर्ता: त्यही भएर नयाँ पार्टीमा लाग्नु भयो तपाईहरू?
मा. शिशिर खनालः हजुर त्यो भन्ने स्ट्रक्चरमा भन्नेमा कन्क्लुजनमा पुगिसकेपछि एउटाको लागि चाहिँ मलाई स्ट्रक्चर नै प्ल्याटफर्म नै नयाँ चाहियो। किनभने त्यो अलरेडी जेलिएको छ दोस्रो चाहिँ…
सहजकर्ता: तर शिशिरजी यहाँनिर आउँदाखेरि नि तपाईँहरूले नयाँ पार्टी बनाउनुभो, उहाँहरूको जुन पार्टी छ, दुईजना कम्युनिष्ट पार्टीको हुनुहुन्छ। मोडरेड् कम्युनिष्ट अनि रेडिकल हुनुहुन्थ्यो, उहाँहरू पनि अहिले मोडरेड् हुनुभाछ हैन, उस्तै उस्तै हुनुहुन्छ,उहाँ नेपाली कांग्रेसको हुनुहुन्छ। सोसल डेमोक्य्राट अथवा अहिले अब सोसल डेमोक्रट पनि अलि भनिँदैन होला। तपाईहरूको चाहिँ नि यो, यो के हो तपाईहरू? केही विचार पनि छैन, केही आइडियोलोजी पनि छैन, खाली राम्रो गर्छौ भनेर मात्रै आउनुभो। अनि राम्रो गर्नलाई भनेर सरकारमा जाँदाखेरि आफै रुमल्लिनुभयो भन्ने आरोप छ नि त खासमा, तपाई आफै पनि मन्त्री बन्नुभो नि हैन?
मा. शिशिर खनालः हजुर,यो एकदमै बढी चर्चा हुन्छ तर, पछिल्लो समय हामी अध्ययन नगरी बढी भाष्य निर्माण गर्छौ। त्यसकारणले गर्दाखेरि यो समस्या देखिएको जस्तो लाग्छ। स्पष्ट छ, हाम्रो राजनीतिक डकुमेन्टहरुले स्पष्ट रूपमा सोसल डेमोक्य्राट पार्टी भन्छ। हामीले अर्थतन्त्रमा उदारवादी अर्थतन्त्रको कुरा गर्छौ। स्ट्रङ रेगुलेटोरी मेकानिज्मबाट बलियो नियमनकारी संरचनाबाट प्राइभेट क्यापिटललाई मजाले फलो गर्न दिने र त्यसबाट भएको आम्दानीबाट सोसल जस्टिस (सामाजिक न्याय)मा काम गर्ने भनेर स्पष्ट हाम्रो दृष्टिकोण छ।
त्यसले गर्दाखेरि त्यो छैन भन्ने साथीहरूले चाहिँ अलि अध्ययनको कमी भएको कारणले गर्दाखेरि त्यस्तो बुझाइ भएको हो भन्ने मलाई लाग्छ। त्यो अर्थमा चाहिँ हामी स्पष्ट छौँ। हामी देशको अर्थतन्त्र हेर्यौ भने जुन ढङ्गको तीनवटै अब पार्टीको आइडियोलोजिकल फ्रेमवर्क छ, त्यसले बढी चाहिँ मार्केटलाई कन्ट्रोल गर्नुपर्छ भन्ने विश्वासको आइडीयोलोजी..,प्राक्टिसमा गर्दैन फरक कुरा हो। आइडियोलोजिकल प्रस्पेक्टिभबाट तीनओटै पार्टी हेर्नुभयो भने यसले राज्य नियन्त्रित अर्थव्यवस्थापनको कुरा गर्छ। लेफ्टमा जाँदा त राज्यले नै सबैलाई ओन गर्छ भन्छ। हामी चाहिँ राज्य नियन्त्रितभन्दा राज्यले फसिलिटेड् गर्ने अर्थव्यवस्थाको कुरा गर्छौं। तर त्यो चाहिँ फेरि त्यो राज्यको….,
सहजकर्ता: भनेको, तपाईहरू सेन्टर टु मतलब लेफ्ट पट्टि बढी हो कि, राइट पट्टि बढि हो त के भन्नुहुन्छ आफूलाई?
मा. शिशिर खनालः अब यो क्लासिकल डेफिनेसनबाट हेर्यो भने एकदम होलसेलमा हेर्यो भने हामी सेन्टर टु द लेफ्ट हो। अर्थतन्त्रको एङ्गलबाट हेर्यो भने सेन्टर टु द राइट हो। सोसल जस्टिस प्रोग्रामबाट हेर्यो भने सेन्टर टु द लेफ्ट हो। हामी सेन्टरमा छौँ, हामी बीचमा छौँ।
सहजकर्ता: म योगेशजीमा जान चाहन्छु,अघि तपाईले शिशिरजीले उल्लेख गर्नुभो, जस्तो नेकपा एमाले र माओवादी बनेर बनेको पार्टी थियो। एउटा ठूलै स्ट्रङ गभर्मेन्ट थियो फेल गयो, फेल भयो होइन? के के कारणले भयो उहाँहरू जानुहुन्छ। अहिले फेरि नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको पार्टी छ, यो पनि अर्को एउटा एकदमै बलियो पार्टी छ तर कताकता फेरि सरकार छ कि छैन, के गरिराछ भन्ने पनि अवस्था छ। तपाईले अहिले यही पनि हामीले मलाई लाग्छ एक एक जनालाई सोध्यौँ भने सब्बैको गुनासो नेताप्रति, राजनीतिप्रति हुन्छ। सर्वे गर्नुभयो भने त्यही देखिन्छ। सर्वे रिपोर्डहरुले पनि देखाएको छ।
एकदमै यो अहिलेको अवस्थामा राजनीति जसरी बदनाम भाछ, वास्तवमा राजनीति बदनाम हुनुपर्ने चिज त होइन नि त, परिवर्तन गर्ने चिज हो। तर नेपालको हकमा एकदमै राजनीति भन्ने बित्तिकै मान्छेले घृणा गर्ने खालको अवस्था छ, नेताहरूलाई देख्नै नसक्ने छ, सोसल मिडियाहरूमा तपाईहरूले गाली खाको खाई हुनुहुन्छ। यस्तो अवस्था किन भयो होला? किन यस्तो एक खालको आक्रोशको, निराशाको कहिलेकाही त घृणाको पनि पात्र नेताहरु बनि राखेको होला? यो अवस्था तपाईले कति मतलब आत्मसाथ गर्नुभाछ? कत्तिको भोग्नुभाछ, कत्तिको बुझ्नुभाछ यो कुरा?
मा. योगेश भट्टराईः हाम्रो पुस्ताले र हामी भन्दा अघिल्नो पुस्ताले लडेर ल्याएको जुन व्यवस्था हो, त्यो व्यवस्थाको विशेषता नै यहि हो शुधीरजी। यहाँ गाली गर्न पाइन्छ, यहाँ बिरोध गर्न पाइन्छ, यहाँ पार्टी खोल्न पाइन्छ,फलानो पार्टीको विकल्प हामफ हौ भन्न पाइन्छ। यो कहाँ थियो त नेपालमा? थिएन नी त। २००७ साल भन्दा अगाडी कहाँ थियो? त्यसपछी २०१७ पछि २०४६ साल सम्म कहाँ थियो? थिएन नी त, विकल्पहरु नै थिएन। आज त व्यापक विकल्पहरु यो बहुदलीय व्यवस्थाले खुल्यो। ठुलो स्वीमिङ पुल बनाइदियो नी त यसले, त्यो स्वीमिङ पुलमा त जो पनि पौडी खेल्न जान पाउने भयो। पौडी खेलेर निस्किने कl ननिस्किने त्यो तपाइको कुरा हो, त्यो क्षमता राख्ने कि नराख्ने त्यो तपाइको कुरा हो। त्यसकारणले लोकतन्त्रको विकल्प अर्को कुनै हुदैन, अझ उन्नत लोकतन्त्र नै लोकतन्त्रको विकल्प हो। मानिसहरुका आलोचना हुन्छन्, टिप्पनी हुन्छन्।
हिजो कर्णाली ले आलोचना नै गर्न जान्दैन्थ्यो, आज कर्णालीले मज्जाले आलोचना गर्न जान्दछ। त्यसकारणले कर्णाली बदलिदै छ। म १० वर्ष अगाडि कर्णाली धेरै जिल्ला घुमे, गएको साल म पार्टीको मिसनमा ३/४ महिना जति घुमे। कर्णालीका सबै जिल्लामा पुगेको छु, धेरै गाँउ पनि पुगेको छु। त्यो १० वर्ष अगाडिको कर्णाली र आजको कर्णालीमा आकाश पातालको फरक छ। यसको जस कसलाई दिने त? आजको पोलिटिकल सिस्टम होइन? आज हामी कर्णालीका सबै जिल्लाहरुमा कनेक्टिभिटीको हिसाबले हेर्ने हो भने हामी सडकको कन्क्टिभिटीमा पुगिसकेका छौँ, अब मलाई लाग्छ, सर्केगाडबाट ५-७ किलोमिटर ट्रयाक खोल्ने हो भने हामी माथि सिमिकोट पुग्छौ। त्यस देखि बाहेक सबै जिल्लामा सदरमुकाममा आफ्नै भुगोलबाट सडक जोडिएको छ, पालिकाहरुमा सडक जोडिएको छ, ती सडकहरुले गाडीमात्रै लगेन, मान्छेको चेतना पनि त त्याहाँ बढेको छ। त्यसकारणले हिजो महिलाहरुको अवस्था के थियो कर्णालीमा? ३५ वर्ष उमेरका कर्णालीका महिलाहरु तपाइले हेर्दा ६० वर्षको जस्तो लाग्थ्यो। आज त्यसमा धेरै ठुलो चेन्ज भएको छ। कर्णालीका युवाहरुको सोच्ने तरीका चेन्ज भएको छ। एकजना नै सहि, सिर्जना बहिनी ३८ हजार फीटमा उड्नुहुन्छ तपाई हामीलाई लिएर, यो कर्णाली हो नी। कर्णाली धेरै परिवर्तन भएको छ, राजनीतिले गरेर हो त्यो।
सहजकर्ता: तर मान्छेमा किन यति धेरै गुनासो छ त? किन आक्रोश छ त? त्यो तपाइलाई थाहा छ कि छैन?
मा. योगेश भट्टराईः त्यो गुनासो किन छ, आक्रोश किन छ त भन्दा गुनासो गर्ने, आक्रोश पोख्ने ढोका पनि यो व्यवस्थाले खोलिदिएको छ। हिजो त बन्द थियो नी, कसैले श्री -५ का बारेमा बोल्न सक्थ्यो? कसैले श्री-५ का बारेमा बोल्न सक्थ्यो? आज हाकाहाकी प्रधानमन्त्रीलाई तपाई हिटलर हो? भनेर सोध्न सक्छ, भनीराख्या छन्। त्यो भन्न हुन्थ्यो कि हुन्थेन एउटा कुरा हो। तर त्यो भन्ने एउटा हिम्मत एउटा मिडियाकर्मीलाई कहाँबाट आयो? यो व्यवस्थाले दिएको हो। त्यसकारण यो व्यवस्थाले धेरै खालको बदलाबहरु ल्याएको छ। मैले अलिकति कर्णाली उदाहरण दिए, देशभरीकै कुरा पनि त्यहि हो। आज नेपाल चाहिँ विश्वस्तरमा चिनिएको छ। नेपालको ढोका खुलेको छ सबै ठाँउमा, त्यो महत्वपुर्ण उपलब्धि भएको छ। हो, हामीले जति यो समयमा बदल्नु पर्थ्यो, त्यति बदल्न सकेका छैनौँ, त्यो आत्मसमिक्षा पनि गर्नुपर्छ। जति उपलब्धि मुलुकले पाउनु पर्थ्यो २०४६ साल पछि, त्यति पाउन सकेन। त्यसका अनेक कारणहरु छन्। १० वर्ष माओवादीको युद्बले केहि पछाडी पार्यो होला, त्यसले केहि राम्रो पनि गर्यो होला, आज म त्यता बहस गर्न चाहन्न। कुनैबेला त्यस्ता बहसहरु बेग्लै ठाँउमा गरौँला। आज म त्यता त्यस विषयमा धेरै बहस गरेर खेर नफालौँ।
त्यसपछी भुकम्पको कुरा भयो, त्यसपछाडि पनि अन्य केहि कारणले हामीलाई पछाडी पार्यो। आजको अर्थतन्त्र ग्लोबल्ली केहि पछाडि परेको छ। त्यसको असर हामीलाई परिरहेको छ। आज नेपालको अर्थतन्त्रलाई भाइब्रेन्ट गर्ने हिसाबले जान हामी खोजिरहेका छौ। यहाको रोजगारीको बजारहरु खोल्नुपर्ने अवस्था छ। कर्णालीलाई त्यो ढङ्गले अगाडी बढाउनुपर्ने आवश्यकता छ। अरु प्रदेशहरुलाई पनि त्यो ढङ्गले अगाडी बढाउनुपर्ने आवश्यकता छ। त्यसकारणले जनताको चेतना, खासगरी सामाजिक सन्जालको कुरा यहाले उठाउनु भएको छ। सामाजिक सन्जालको व्यापक प्रयोगले नेपालमा हामी पुग-नपुग ३ करोड जनसंख्या छ, साढेँ ३ करोड मोवाइलको सिमकार्डहरु छन्। यहाँ हाम्रो पुर्व संचारमन्त्री भन्दै हुनुहुन्छ, ४ करोड सिमकार्डहरु बाडएका छन्। त्यसमध्ये अधिकांशले स्मार्ट फोन बोकिराखेका छन्। यहाँ फोटो खिचिरहनु भएको छ, यहाँ अहिले नै लाइभ भइरहेको छ। दुनिया संसार अमेरिकाबाट हेर्नेले पनि हेरीराखेको होलान्। अहीले एकछिनमै मेरो विरुद्द पनि यहाँ लेख्न पाउनुहुन्छ, मेरो समर्थनमा पनि लेख्न पाउनुहुन्छ, यो सबै त सामाजिक सञ्जालमा आएको छ। त्यसकारण यो सामाजिक सञ्जालले मान्छेको त्यो क्रिटिकल एप्रोज, त्यो अलिकति आलोचनात्मक चेतना बढाइदिएको छ। त्यो त राम्रो कुरा हो।
सहजकर्ता: तर अहिले सामाजिक नै फेरि नियन्त्रण गर्ने गरी कानुन ल्याउन लाग्दै हुनुहुन्छ नी त, त्यसले फेरि यो अभिव्यक्ति स्वतन्त्रताको अधिकार नै रोक्न लागेको छ नी त, हैन र? अब यसमा त विरोध तपाईले गरेको सुनिदैन नी त।
मा. योगेश भट्टराईः हो, यसमा ताली पनि बजाउनु भयाे। अब सामाजिक सञ्जालको विधयेक ल्याउने मन्त्रीज्यू यहाँ हुनुहुन्छ, यसमा उहाँले बताउनुहोला।
सहजकर्ता: भनेको यसमा त राष्ट्रिय सहमति नै रहेछ कि क्या हो?
मा. योगेश भट्टराईः हो, यसमा राष्ट्रिय सहमति छ। सामाजिक सञ्जालको कुरामा त राष्ट्रिय सहमति के छ भने, तपाईको २०२० सालमा मुलुकी ऐन किन बन्यो? त्यो भन्दा अगाडि त मुलुकी ऐन थिएन नी। त्यसपछि जातीय छुवाछुत हटाउने कानुन बने, त्यो भन्दा अगाडि थिएन नी। यो एउटा आवश्यकताले परिस्थितिले बन्छ। आजभन्दा १० वर्ष अगाडि सामाजिक सञ्जालको विधयेक अथवा कानून बनाएको भए तपाईले त्यो गलत भन्न सक्नु हुन्थ्यो। सामाजिक सञ्जालको विधयेकको बारेमा एउटा भ्रम के छ भने यो सामाजिक सञ्जाललाई नियन्त्रण गर्न, निषेध गर्न, यसलाई हटाउनको यो विधयेक ल्याएको भन्ने जुन भ्रम छ, म आजको सत्तारुढ दलको सांसद पनि हुँ, र यी विधेयकप्रति मेरो अपनत्व छ।
म यति कुरा तपाईलाई भन्न चाहान्छु, तपाईहरुले सामाजिक सञ्जालको बारेमा पोजेटिभ बोल्दा ताली पट्काउनु हुन्छ भनेर न म त्यसमा त्यता पनि बहकिन्न। अनि सामाजिक सञ्जाल यसमा चाहिँ एकदमै निमिट्यान्न पार्नुपर्छ भनेर पनि म त्यो अतिवादमा छैन। हाम्रो भनाइ के छ भने यसलाई नियमन गर्नुपर्छ। सामाजिक सञ्जालले मान्छे मान्छे बीचका सम्बन्धहरुलाई यति मजाक बनाइरहेका छन्। परिवारहरू विघठन भइरहेका छन्। श्रीमान श्रीमतीको डिभोर्स सामाजिक सञ्जालबाट भएको छ। बाबु र छोराछोरीको त्यो छुट्टी भिन्न हुने सामाजिक सञ्जालबाट भएको छ। काँही काँही यो जाती र त्यो जातिको लडाई भएरहेको छ। काँही काँही हाम्रो छिमेकी देशहरूसँग हाम्रो मनमुटाव बढाइरहेको छन्। यो तरिका त हैन नी त। सामाजिक सञ्जाल भनेको एउटा हतियार त हो नि। म सकिहाले अब, त्यो हतियार वा मानौँ खुकुरी छ, त्यो खुकुरी तपाईले के मा प्रयोग गर्नुहुन्छ? घरमा घाँस काट्न प्रयोग गर्नुभयो, मासु काटेर खान प्रयाेग गर्नुभयो ठीक छ, मान्छेको टाउको काट्न भयाे भने त ठिक हुँदैन होला नी त।
सहजकर्ता: म शिशिरजी मा जान चाहन्छु, उहाँले अहिले रेखाजीको पनि अहिले कुरा गरिहाल्नु भयो, यसमा उहाँको पनि अंशियारी रहेछ, उहाँको पार्टीको पनि, तपाई त अलि विपक्षमा नै हुनुहुन्छ, यो सामाजिक सञ्जाल विद्येयकको प्रसङ्ग आइहकेकोले छोटोमा बताइदिनु न, तपाईहरुको धारणा यसमा के छ?
मा. शिशिर खनालः यसमा स्पष्ट रुपमा जुन ढङ्गले राष्ट्रिय सभामा दर्ता भएको विद्येयकले अत्यन्त धेरै नियन्त्रणमुखि दृष्टिकोण राख्छ। हामीले यसमा विरोध गर्छौ भनेर पार्टीले एउटा स्पष्ट धारणा राखेको छ। यो मैले पछिल्लो समय सांसदको रुपमा हेर्दै गर्दाखेरी हाम्रो चिन्तन के देखिन्छ भने हरेक कुरा नियन्त्रण गर्नुपर्छ भन्ने चिन्तनबाट हामी अगाडी बढेको जस्तो देखिन्छ। त्यो हिजो एउटा इ-कमर्सको विल पास भएको छ के, म उदाहरण दिन्छु त्यो संग जोड्नका लागि, त्यसमा अहिले दुनिया चाहिँ, दुबैले त्यहि सामाजिक सञ्जालमा हामी फेसबुकमा, इनिष्टामा गयौ भने रिल्समा के आउँछ भने ‘कम स्टार्ट अ बिजनेज इन अ मिनेट’ भन्छ के दुबैले, हाम्रो हिजो पास गरेको विधेयकमा के छ भने पहिला कम्पनी दर्ता गर्, त्यो कम्पनी दर्ता गर्ने प्रक्रिया नै हाम्रो झमेलापूर्ण छ। त्यसपछि त्यसलाई अनलाइन सूचीकृत गरेपछि बल्ल त चाहिँ ‘इलिजीबल टु बिजनेस’ भन्छ, भनेपछि हामी जहिले पनि स्टेट चाहिँ फेसिलिटेटर हुन पर्ने ठाउँमा नियन्त्रण मात्रै गर्न खोजिरहेको छौ। त्यो दृष्टीकोण सामाजिक सञ्जाल विधेयकमा पनि छ, त्यसले हाम्रो ‘फ्रिडम अफ स्पीच’लाई कर्टेल गर्छ भन्ने हाम्रो पोजिसन छ।
सहजकर्ता: हस् म भीष्मराज आङ्देम्बेमा आउन चाहान्छु, खासगरी योगेशजीले पनि अहिले उल्लेख गर्नुभयो, यो प्रजातन्त्रको लडाईको जुन छ नेपाली कांग्रेसको पनि पुरानो इतिहास छ। उहाँले जे जे भन्नु भयो, त्यो सही कुरा नै हो। प्रजातन्त्रको लडाइँमा पार्टीहरूको ठूलो योगदान छ, नेपाली जनताको योगदान छ। तर पछिल्लो परिवर्तनलाई नै हेर्ने हो भने , २०६२/०६३ पछि जन्मेको पुस्ता हेर्ने हो भने भोट हाल्नेमा पुगिसक्यो। उसको लागि त प्रजातन्त्र, लोकतन्त्र, त्यो फाउन्डेसन भनेको त फन्डामेन्टल अधिकार हो, आधारभूत अधिकार हो। त्यो कसले ल्यायो, के गर्यो भन्दा पनि, त्यो हुनुपर्छ भन्ने हो। त्यो भन्दा बियोन्ड उसले चाँहिरहेको छ नी त। परिवर्तन चाँहिरहेको छ, त्यो परिवर्तन दिन सक्यो कि सकेन पार्टीहरुले, सरकारले भन्ने कुरा चाहिँ प्रमुख हुँदो रहेछ। तपाईले कसरी हेर्नु भएको छ यो कुरालाई?
भीष्मराज आङ्देम्बेः हैन सुधीरजी, म यो नेपाली कांग्रेस वा पुराना राजनीतिक पार्टीहरू चाहिँ फाउन्डेसन हो, यिनीहरूले हो बचायो भनेर इतिहासको साँवा, ब्याज खाएर बस्नुपर्छ अब यी पुस्ताले, म त्यो सोच्दै सोच्दिन। यो सत्य कुरा हो, पुराना पार्टीहरुले नै आजको मितिसम्म ल्याइदिएको हो। लोकतन्त्र, प्रजातन्त्रको पुनःस्थापना, लोकतान्त्रिक गणतन्त्रात्मकमा नेपालमा रूपान्तरित अहिलेको मुलुक, यो पुरानो पार्टीको एउटा सोच थियो। त्यो सम्म हामी आयौँ। अब त्यै साँवा ब्याज, नेपाली कांग्रेसले त्यही इतिहासको कुरा गरेर, अन्य ठूला राजनीतिक पार्टीहरुले त्यही इतिहासको कथा दोहोर्याएर नयाँ पुस्ताहरुको इन्फुल्यन्स हुन्छ, यो गलत हो। अब अघि भन्नु भयो, तपाईहरु सबै यहाँ योङ्ग जेनेरेसन हुनुहुन्छ, कति उमेरले पाको भएपनि सोचले योङ्ग हुनुहुन्छ तपाईहरु। हरेकले मोबाइल हातमा बोकेर, संसार मुठ्ठीमा बोकेर बसेको अहिलेको पुस्तालाई पुरानो इतिहासको त अब कथा नै छोडिदिए हुन्छ।
म कति मात्रै भन्न चाहन्छु भन्दाखेरि, पुरानो इतिहासको सम्मान गरेर नयाँ पुस्ताहरुले त्यो इतिहासको, राम्रो इतिहासको त गर्व गर्दै आउने पुस्ताहरुले त्यसलाई थप संस्कारयुक्त बनाउने, वा त्यसलाई थप परिमार्जन गरेर अगाडि बढ्ने पुस्ताको निर्माण गर्नुपर्छ। त्यसो गर्दाखेरि अब यो सबै, ‘पुरानो ले गर्व गरे’, गर्व त हामी निश्चित रुपमा गर्ने, किन भन्दाखेरि हामीले लडेर ल्याएका छौँ, जेल खाएका छौँ, नेल खाएका छौँ। त्यो सबै गरेर आएको अहिलेको जमानामा असन्तुष्टीहरु अझ बढेको छ। कारण फेरि अरु होइन, कारण फेरि हामी नै हौँ। भनिन्छ नी, अघि तपाइले कुरा गर्नुभयो, सपनाको कुराहरु गर्नुभयो। हाम्रो त्यो एउटा उमेर थियो। यहाँ धेरै समकालिन साथीहरु हुनुहुन्छ, म सुर्खेतमा धेरै अगाडीदेखि मेरो पुस्ताका साथीहरुलाई थाहा पाउछु, यो यरीयाको साथीहरुलाई थाहा पाउछु। त्यो बेलामा त सपना देख्ने पनि छुट थिएन। एउटा सपना थियो, ‘लोकतन्त्रको पुनःस्थापना’, ‘ पुनःस्थापना’ तर सपनाका कहा देखिन्छ भन्दाखेरि जब क्रान्तिकारी शान्तिमा रूपान्तरित हुन्छन् अनि सपनाहरु देख्न थालिन्छ। यो गर्ने, त्यो गर्ने अनि सपनाहरु देखिन्छ।
सहजकर्ता: हामी सपनाहरु कति पूरा गर्यौं?
भीष्मराज आङ्देम्बेः हो म त्यसैमा आए, त्यही सपना पूरा हुन सकेन। हामीले देखेका सपनाहरु पछाडि बिस्तारै राजनीतिक ठट्टामा रूपान्तरित भयो। हामीहरू ठट्टै ठट्टामा यत्तिको जीवनहरू, यतिको समयहरु बित्यो की बहस अहिले त्यहीँनेर छ। मैले यहाँनेर भन्न मिल्छ मिल्दैन मलाई थाहा छैन तर धेरै कुराहरूमा सन्तुष्टि म आफै पनि नहुन सक्दछु। म आफै पनि सन्तुष्ट नहुन सक्दछु तर यो सन्तुष्टि र असन्तुष्टिको बीचबाट निस्किने निष्कर्ष नै जीवन त हो नि फेरि। चाहे त्यो मान्छेको भन्नुस्, चाहे त्यो राजनीतिको भन्नुस्, वा यहाँ हरेक सामाजिक पाटोको जीवन खोज्नुस्, सन्तुष्टि र असन्तुष्टिको बीचबाट निस्किने निष्कर्ष हो। त्यो निष्कर्ष अहिलेको नयाँ सोचहरुले राख्नुस्, त्यसैले मैले सुरुमै भने, नयाँ सोच चाहे पुरानो पार्टीहरू भित्रबाट उडाएको पुस्ताबाट आएको होस्, वा नयाँ राजनीतिक पार्टीको रुपमा जन्मिएका नयाँ सोचहरुबाट होस्, त्यो कोणबाट फेरि फेरि पुस्ता नयाँ, तर सोच फेरि पुरानै, यो खालको भयो भने फेरि पनि उपलब्धि प्राप्त गर्दैनन् भन्ने कुरा हो ।
त्यसले गर्दाखेरि हामीहरूले जुन अहिलेको यो असन्तुष्टिहरुको चाङ लागेको छ नी, यति ठूलो चाङ, यो असन्तुष्टीहरुको पछाडि कही न कहीँ हामीले हाम्रा क्रियाकलापहरू, हाम्रा व्यवहारहरू यसका जिम्मेवार छन्। यसबाट कोही पनि बिशेषगरी ठूला राजनीतिक पार्टीका हामीहरू भाग्न मिल्दै मिल्दैन। तर नभाग्ने नाममा धेरै ढिपी कसेर बस्ने छुट पनि हामीलाई छैन। यदि सही कुरा छ भनेपछि समयले मागेको हो र यसबाट अगाडि बढ्नेहो भने धेरै कुराहरूबाट हामीहरूले परिमार्जित अबको सोच अगाडि बढ्नुपर्छ। त्यही कुराको खोजी तपाईहरु यहाँ जति कुडा कर्णालीबाट यो छैठौँ संस्करण पुग्दा तपाईहरु खोजिरहनु भएको छ, धन्यवाद।
सहजकर्ता: रेखाजी, यो तपाईलाई के लाग्छ, यो जुन अघि कुरा भयो नि, यहाँ आक्रोश जुन जनतामा छ नी , एकखालको नेताप्रति, राजनीतिप्रति, यो तपाईलाई अब कतिपय नेताहरुले यो सुनियोजित हो यो , हुँदै होइन , जनतामा यस्तो भावना नै छैन भन्ने पनि छ हैन? तपाईलाई के लाग्छ, यो मान्छेको असन्तुष्टि बढ्दै गएको जस्तो देख्नु हुन्छ कि देख्नुहुन्न तपाईले?
मा. रेखा शर्माः यसमा मलाई दुईवटा कुरा लाग्छ सुधीरजी, एउटा के हो भन्नुहुन्छ भने अघि थोरै हाम्रो माननीय योगेशजीले भन्नु भएको जस्तो असन्तुष्टि व्यक्त गर्ने हाम्रा थुप्रै प्ल्याटफर्महरू भए। हिजो हामी बन्द कोठाभित्र जुन बेला राजनीतिक पार्टीहरू प्रतिबन्धित थिए। हामीले बन्द कोठाभित्र असन्तुष्टि व्यक्त गर्थ्यौ। ती कुराहरू हामीले छुट्टाछुट्टै गर्न पर्थ्यो। बाहिर गएर बोल्न सक्ने अवस्था थिएन। त्यसकारण त्यतिबेला असन्तुष्टि थिएन, अहीले छ भन्ने कुरा होइन। हिजो फरक ढङ्गले व्यक्त हुने गर्दथ्यो। आज एउटा हामीसँग एउटा त्यस्तो खालको व्यवस्था छ। त्यो व्यवस्थामा त्यस्ता खालका हाम्रा प्लेटफर्महरु पनि धेरै छन्। हामी असन्तुष्टि व्यक्त गर्न सक्छौँ एउटा कुरा हो।
अर्को कुरा के हो भन्नु हुन्छ भने यत्रो राजनीतिक परिवर्तन पछाडि पनि गणतन्त्र आयो, यत्रो समावेशीता देखि लिएर थुप्रै कुरा हामी गर्छौ, उपलब्धिका कुरा गर्छौ। तर सरकार सञ्चालन गर्ने मान्छेहरुबाट भयंकर त्रुटिहरू भएका छन्। जसलाई हामीले अपेक्षा गर्यौ, सरकार सन्चालन गर्न जाने मान्छेहरू जो सतहमा छन्। राजनीति भित्र इमान छैन्, म यसो भनिरहेको छैन। त्यहाँ एकदम इमान्दार मान्छेहरू छन्, निष्ठावान् मान्छेहरु छन्। तर विगतको समय यस्तो समय भयो की, निष्ठावान् मान्छेहरु राजनीतिक पार्टीभित्र, सरकारमा जहाँसुकै किनारमा पर्ने जस्तो, तर जो फटाहा छन्, जो बदमास छन्, जसले राजनीतिक नाममा तपाईले अघि थोरै व्यापार व्यवसाय जोड्न खोज्नु भएको थियाे। त्यस्तो गर्ने मान्छेहरू उनीहरू चाहिँ सतहमा आएको जुन अवस्था बन्यो, त्यो कारणले यस्तो भएको हो।
सहजकर्ता: तपाईको पार्टीमा नी त्यस्तै छ?
मा. रेखा शर्माः मेरै पार्टीमा मात्र त्यस्तो भन्दापनि समग्रमा हो। समग्रमा नै कस्तो भन्नुहुन्छ भने राम्रो मान्छेहरू किनारमा नराम्रो मान्छेहरू सतहमा आउने खालको एउटा स्थिति बन्यो। हामीले देख्यौँ नी त, अहीले आउँदाखेरिमा हामीले कल्पना नै नगरेका मान्छेहरू त्यत्रो त्याग, बलिदान, योगदान गरेर गएका कयौ मान्छेहरू पनि जब राज्य सत्तामा पुग्छन्, तब दुरुपयोग गरेको त हामीले देख्यौँ नि त। कानुनी कारबाही भएको पनि देख्यौ, त्यसकारणले गर्दा त्यसबाट एउटा फ्रस्टेसन जन्मिएको छ। त्यसकारण मेरो भनाइ के हो भन्नु हुन्छ भने त्यो फ्रस्टेसनबाट आत्तिने होइन। पोखरी फोहोर भयो भनेर पोखरीको डिलमा बसेर फोहोर भयो, फोहोर भयाे भनेर मात्र त्यो सफा हुँदैन। त्यो सफा गर्नलाई त्यै पोखरीमा प्रवेश गर्न सक्नु पर्छ। त्यसकारण आजका युवालाई पनि मेरो आह्वान त के हो भने, हो पार्टीभित्र समस्या होलान्, त्यहाँ राम्रा पनि होलान्, नराम्रा पनि होलान्। ती राम्रालाई प्रोत्साहित गर्न र नराम्रालाई खबरदारी गर्न युवाहरु पार्टीहरुमा प्रवेश गर्नुपर्छ। यो कुरा अहिले आवस्यक छ जस्तो लाग्छ।
सहजकर्ता: राजनीतिलाई नी, त्यही फोहोरी खेल फोहोरको त्यो आहाल भनेर भनिने गरेपनि त्यसमा बसेपछि त सबै फेरि फोहोरी हुने खालको स्थिति हुँदो रहेछ नी। जस्तो तपाईहरुले, तपाई व्यक्तिगत रूपले आफै पनि मन्त्री बन्नु भयो नि हैन? बाहिर हुँदा, सडकमा हुँदा आन्दोलनमा हुँदा यो- यो गर्छौ भन्न पनि सजिलै हुँदो रहेछ नी त। तर गएपछि सोचेको काम किन गर्न सकिँदैन रहेछ? तपाईको अनुभूति कस्तो छ?
मा. रेखा शर्माः यस्तो हो, गइसके पछि एउटा अहिले हाम्रो जुन एउटा सिस्टम छ, जुन हामीले लामो समय देखि राजनीतिक अस्थिरता भोगिरहेका छौँ नी, यो राजनीतिक अस्थिरताको कारणले एउटा प्लानिङ मा काम गर्ने समय हामीलाई हुँदैन, पहिलो कुरा त्यो छ। छिटो समयमा हामीले के मात्रै गर्न सक्दा रहेछौ, मेरो अनुभवमा भन्नुहुन्छ भने, लक्षण देखाउन सकिन्छ, यसले राम्रै गर्छ होला है समय पाएपछि भन्ने सम्मको आशावादी बनाउन त सकिँदो रहेछ तर त्यसलाई टुंगोमा पुर्याउने बेलामा हाम्रो राजनीतिक अस्थिरताको कारणले टुंगोमा पुर्याउने समय पाइँदैन। एउटा त्यो देख्या छ। अनि बदमासीले यो बदमास हो भन्दा जस्टीफाई गर्ने कुरा, राम्रो मान्छेलाई यो राम्रो मान्छे हो भनेर स्थापित गर्नको निम्ति र जनताले छनोट गर्नको निम्ति पनि कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने त्यो समय अभाव हुने रहेछ। त्यसै कारणले हामी के भनिरहेका छौ भन्दाखेरि कम से कम ५ वर्ष टिक्ने सरकार चाहिन्छ। शासकीय स्वरुपमा सोचौँ, निर्वाचन प्रणालीमा सोचौँ, यसो भनेर भनिरहेका छौ के हामीले, त्यो पनि एउटा हो।
सहजकर्ता: त्यो पनि तपाईहरुले सरकारबाट झरेपछि भन्नुहुन्छ नी त,
मा. रेखा शर्माः होइन नी, हामीले संविधान बनाउने बेलामा नै संविधान सभामा फरक मतको रूपमा यसलाई दर्ज गरेका छौ। अनि मैले सुधीरजी, थोरै भनिहाल्न पर्ने भयो के। सामाजिक सञ्जालको कुरा उठाउनु भयाे। मलाई पनि त्यसको अंशियार बनाइदिनु भयो। त्यसकारण थोरै क्लियर त मैले गर्नै पर्ने भयो। के हो भन्नु हुन्छ भने सामाजिक सञ्जाल सम्बन्धी विधेयक आउनुहुन्न भन्ने होइन, विधेयक आउनुपर्छ, सैद्धान्तिक रुपमा हामी यहाँनेर सहमत छौ। किन भने पछिल्लो समयमा विकास भएको न्यू मीडिया हो सामाजिक सञ्जाल, यसलाई हाम्रो प्रोत्साहन गर्ने पनि कुनै कानुन छैन्, यसलाई नियमन गर्ने पनि कानुन छैन्। त्यसकारण आउनु पर्छ भन्ने कुरा साँचो कुरा हो। तर त्यो के आधारमा आउनुपर्छ भन्दा खेरी त्यो हाम्रो सबैभन्दा पहिले त स्वनियमन, मिडियाले आफैले आफूलाई नै स्वनियमन गर्न सक्नुपर्छ। त्यसपछि राज्यले नियमन सम्म हो। तर नियन्त्रण मुखी हुनु हुँदैन। अहिले नियन्त्रण मुखी आयो र अलि कडा कारबाहीहरु, सजायहरु पालै पिच्छे लाइक गर्न नपाइने, मेन्सन गर्न नपाइने यस्तो जति पनि छ, यस्तो खालको विधयेक म हुँदा मैले कल्पना गरेको थिएन। त्यसकारण अंशियार चाहिँ नबनाइदिनुहोला। म आग्रह गर्न चाहान्छु, यसलाई सुधार्नु पर्छ , परिमार्जन गर्नु पर्छ, आवस्यक परे पुनर्लेखन गर्नुपर्छ, यसरी मात्रै जानुपर्छ, धन्यवाद।
सहजकर्ता: हस् धन्यवाद, सामाजिक सञ्जाल आजको हाम्रो विषय होइन, प्रसंगवस निस्कीहाल्यो…
भीष्मराज आङ्देम्बेः सुधीरजी, १ मिनेट है, यहाँ अंशियारकाे कुरा निस्कीहाल्यो। धेरै कुरो सबैको आइहाल्यो, फेरि मैले चुप लागेर बस्दाखेरी सबै कुरा त्यस्तो के होला भनेर, एकै भाषामा भन्ने हो, धेरै भनिराख्नु जरुरी परेन। यो नियमन गर्नका निम्ति हो, नियन्त्रणमुखी होइन नियमन गर्नका निम्ति हो। किनभने यहाँ सबैको सवालको कुरा छ।
सहजकर्ता: अहिलेको विधेयक त पढ्नु भयो होला नि!
भीष्मराज आङ्देम्बेः त्यही त भनेको, अनि अर्को के त भन्दाखेरि अब यसमा यसलाई हुबहु पास गर्ने वा नगर्ने भन्ने विषयमा बहस छ। त्यति बुझ्नु पर्यो तर यो यतिकै पास हुन्छ भन्ने कुरामा म त्यति विश्वस्त छैन।
सहजकर्ता: उहाँले एउटा सत्तारुढ दलबाटै के भन्नु भयो भने सामाजिक सन्जाल विधेययक त्यतिकै पास हुन्छ भन्नेमा विश्वास छैन भन्नु भयो। म यसमा धेरै जान चाहान्न, फेरि यसमा अर्को छुट्टै बहस होला तर के हो भने यसले आम नागरिकको हक खोस्ने गरि हरेक बुदाँ बुदाँमा आएको छ, यो मरो व्यक्तिगत धारणा हो।
मा. योगेश भट्टराईः सुधीरजी, एकछिन अलिकति है, हजुरले यति भने पछि कन्फ्युज नहोस भनेर हो है। पिलिज सरि, आजको सरकारले बोल्ने, लेख्ने, पढ्ने, पार्टि खोल्ने, विरोध गर्ने, आफ्नो मत राख्ने कुनै पनि स्वतन्त्रता खादैँन। त्यो फेसबुकमा नि खादैन, त्यो टूईटरमा नि खादैन, त्यो कुनै पनि सामाजिक प्लेटफर्ममा खादैन। सवाल यत्ति हो, एउटा विधेययक आएको छ। यसमा म माननीय रेखाजीसँग अहिले बहस गर्न चाहान्न। यो त्या बाट पृष्टभुमि हुदै हुदै आएको हो। विधेयक जस्ताको त्यस्तै संसद मा पास हुन्छ भन्ने छैन, त्यो संसद को अधिकार हो। संसदमा हामी छौँ, नचाहिने कानुन संसदले बनाउदैन, यत्ति कुरा भन्छु।
सहजकर्ता: हस् उहाहरुले संशोधन गर्नु हुन्छ भन्ने अपेक्षा राखौ।
शिशिरजी तपाईहरु नी नयाँ जोसले आउनु भयो नी पार्टिमा नयाँ पार्टी बनाउनु भयो। अघि अलि कति सन्दर्भ आयो तर मान्छेहरुको गुनासो के छ भन्दा खेरि तपाईहरु पनि पुरानो जस्तै हुनु भयो। पद्दतिको हिसाब ले पनि, काम को हिसाबले पनि, नेतृत्व को हिसाबले पनि, अझ अहिले त तपाईको नेतृत्व नै सहकारीको मुद्दा माथि मुद्दा खेपि राख्नु भएको छ। उहाँको राजनीति अर्को तिर पुग्यो, मुद्दा अर्को तिर छ, निलम्बनमा हुनुहुन्छ। पार्टीगत हिसाबले पनि तपाईहरु चाहिँ पुरानै ढर्राको हुनुभयो। नयाँ भन्न अब परेन, भन्न सुहाउदैन भन्ने पनि कमेन्टहरु छ नि, तपाईलाई त्यो लाग्दैन?
मा. शिशिर खनालः अँ, मलाई लाग्छ, आज आम मानिसले हाम्रो पार्टि सभापतिमाथि सत्ताले राजनितिक प्रतिशोध साध्यो भनेर बुझि सक्नु भएको छ। जुन ढङ्गले राजनितिक प्रतिशोध साधेको छ, त्यसलाई मैले धेरै व्याख्या गरि राख्नु पर्दैन। आज आम मानिसले घर-घरमा, टोल-टोलमा, चिया पसलमा आज त्यो कुरा गरि नै राख्नुहुन्छ। दुई-दुईओटा ठाँउबाट हामीले फरक देखि सकेका छौ। एउटा चाहिँ हामी छोटो कार्यकाल सरकारमा पुग्यौ र छोटो कार्यकाल सरकारमा पुग्दा खेरि पनि कुइक डेलिभरि हामिले देखायौं। म मेरो आफ्नै उदाहरण दिन्छु। म छोटो समय मन्त्री भए, म मन्त्रि भएको दिनको समाचार कर्णालीसँग जोडिएको भएर म मन्त्री भएकै दिन ‘कालिकोटमा माघ सम्म पाठ्यपुस्तक पुगेन’ भन्ने समाचार थियो। त्यो बर्षौसम्म कहिले पनि विधालयहरुमा पाठ्यपुस्तक पुग्दैनथ्यो। पछिल्लो दुई बर्षमा पुगेको छ। त्यो महत्वपुर्ण छ, के त्यसले ६० लाख सरकारी विधालयमा पढ्ने भाईबहिनिहरुले पाठ्यपुस्तक समयमा पाएको पछिल्लो कालखन्डमा जम्मा पछिल्नो दुई बर्ष मात्रै हो भनेपछि हामीले त्याहाँ कुइक डेलिभेरीहरु हामी गर्न सक्छौ, हामीसँग त्यो क्षमता छ भन्ने चाहि हामीले देखाएका छौ।
हामी लामो समय सत्तामा बसेका छैनौँ। एउटा ढङ्गले हाम्रो त्यो क्षमता देखिएको छ। दोस्रो, सुशासनको मुद्दामा हामी प्रतिबद्ध छौ भनेर हामी सरकारमा छँदा र प्रतिपक्षमा हुदाँ हाम्रो बोली र व्यवहार एउटै छ। त्यसले गर्दा पनि हामीले आफुले उठाएका मुद्दा फरक त्यहाँ देखिन्छौ। तेस्रो, अब एउटा जुन प्रकृयागत ढङ्गले पनि हाम्रो पार्टि एउटा चाहिं निर्माणको क्रममा छ। अर्को यसले नयाँ यस्तो प्लेटफर्म गराईदिएको छ, जसले जसमा सामान्यतया देश परिवर्तनको लागि म राजनीतिमार्फत काम गर्छु भनेर हामी जस्तो मान्छेले नेतृत्व गर्ने अवसर नै पाउदैनथ्यो भन्ने थियो ठुलो पार्टिमा, त्यो एउटा नयाँ प्लेटफर्म पनि बनाएको छ र त्यहाँ ईन्ट्री गर्ने र अरु पनि प्रशस्त सिर्जनागरेको छ। अरु भन्दा हामी धेरै नै फरक छौ। मुद्दाको हिसाबले, डेलिभेरिको हिसाबले र प्लेटफर्मको हिसाबले चाहिँ फरक छौ भन्ने मेरो कुरा हो।
सहजकर्ता: तपाईकहाँ म फेरि आउछु अब हामी फ्लोरमा जान्छौ, माईक रेडि राख्दिनु होला है। शिशिरजी, तर एउटा कमन प्रश्न नि हो सबैलाई, कस्तो भो भने राजनीतिको शिर्ष तहमा चाहिं कांग्रेस, एमाले, माओवादी भन्नुस वा तपाईहरुको अहिलेको राश्वपा पनि भन्नुस, जो शिर्ष तहमा पुग्छ नि नेतृत्व, त्यो चाहिं ‘वन् ओए ट्राफिक’ जस्तो देखिन थालेको छ। तपाईहरुको पार्टीमा नि त्यो प्रवृत्ती छ। एकचोटि पुगेपछि बदलिदै नबदलिने, आवाज पनि उठाउन नपाईने, पार्टीमा चेन्ज पनि हुन नपाईने, नँयाले नेतृत्व पनि गर्न नपाईने, यो रोग त तपाईहरुकोमा पनि कता-कता देखिन थालेको छ हैन र?
मा. शिशिर खनालः अँ, त्यो कन्क्लुजनमा पुग्न लाई हाम्रो लागी चाहिँ सार्है चाँडो भयो, हामीले त एउटा प्रथम महाधिवेशन पनि गरेको छैनौ। हामी अब बैशाखमा महाधिवेशन गर्ने तयारीमा छौँ, किनभने दुई-साढें दुई बर्ष अघि मात्र बनेको पार्टी हो। त्यसले गर्दा हामीले अहिले सम्मको जस्तै पार्टी सभापतिलाई केही कानुनी अड्चन सिर्जना गरिसकेपछि अहिले कार्यवाहक सभापतिले नेतृत्व गरिराख्नु भएको छ। संसदीय दलमा उपनेताले गरिराख्नु भएको छ। त्यसले गर्दाखेरि तर त्यो विधिवत् प्रक्रियामा हामी छौँ र त्यो हाम्रो विधानले नै एउटा व्यक्तिलाई दुई कार्यकालको समय तोकिएको छ। अब त्यो समयमा त अब आइपुगेको नै छैन। त्यसले गर्दा खेरी अलि चाँडो त्यो कन्क्लुजनमा नपुगीहालौ।
सहजकर्ता: रेखाजी, तपाईहरुको पार्टीमा त ३५/४० वर्ष भयो नि एउटै अनुहार नेतृत्वमा हुनुहुन्छ। किन यस्तो हुँदो रहेछ?
मा. रेखा शर्माः यस्तो हुँदो रहेछ सुधीरजी, यो कस्तो हुँदो रहेछ भन्नुहुन्छ भने लिडरशिप निर्माण हुने, नेतृत्व लिने भन्ने कुरा राजनीतिक विचारमा प्रतिस्पर्धा गरेर वा निर्वाचन लडेर दुई तरिकाले हुन्छ। हामी अलि फरक फरक प्रक्रियाबाट आयौं। जस्तो; हाम्रो पृष्ठभूमि हेर्नु भयो भने हामी अब कहिले शान्तिपूर्ण तरीकाले, कहिले एउटा प्रतिबन्धित अवस्थामा जनयुद्दको माध्यमबाट हामी यहाँसम्म आयौं र अहिले शान्ति प्रक्रियामा आएका छौ। सैद्धान्तिक रूपले, वैचारिक रुपले हामीले त्यस्तो एउटै व्यक्ति सधैँ हुनुपर्छ भन्ने छैन।
राजनीतिको आवस्यकता कसरी विकास भयो भन्नुहुन्छ भने बीचमा आउँदाखेरिमा जनयुद्द भयो, जनयुद्द अवधिभर त्यो खालको स्थिति रहेन। पछि शान्ति प्रक्रियामा आइसकेपछि हामी अहिले पार्टीभित्रै व्यापक बहस र छलफलमा छौ। हामी के कुरामा निष्कर्षमा छौ भने राजनीतिक नेतृत्व निर्माणमा र राजनीतिक नेतृत्व हस्तान्तरण हुन्छ, यसको एउटा विधि विकास गर्न जरुरी छ भनेर भनेका छौ। यो भन्दा पहिलेका प्राक्टिस कस्ता भए भने हाम्रो कम्युनिष्ट पार्टीमा कि त राजनीतिक विचारमा प्रतिस्पर्धा गरेर झन् अब्बल भएर आउने वा फेरि लिडरशिप सहज ढंगले छोड्ने, दुईओटा कुरा भएको छ। त्यो कुरामा चाहिँ हामी बहस र छलफलमा छौ। आउने महाधिवेशनसम्म हामी निष्कर्षमा पुग्छौ। तपाईले भन्नु भएको लामो समयसम्म पार्टीमा एउटै व्यक्ति नेतृत्वमा हुनुहन्छ भन्ने कुरा साँचो कुरा हो। तर त्यसले फेरि हाम्रो पार्टीलाई नोक्सान गरेको छैन्। अहिले सम्म राम्रै गरेको छ।
सहजकर्ता: तपाईहरुलाई त पक्कै राम्रै गरेको होला।
योगेशजी, जस्तो तपाईले अघि प्रजातन्त्रको कुरा पनि गर्नुभयो, धेरै लामो लडाई तपाईले व्यक्तिगत रूपले साथै पार्टीको हिसाबले पनि गर्दै आउनु भएको पनि छ। तर कस्तो कस्तो हुन थालेको छ भने बाहिर प्रजातन्त्र छ तर पार्टीभित्र चाहिँ प्रजातन्त्र छैन्, लोकतन्त्र छैन भन्ने अवस्था छ नी। तपाईहरुको नेतृत्वको बारेमा त बोल्नै पाइँदैन नी त, कारबाही भइहाल्छ। यस्तो किन हुन्छ?
मा. योगेश भट्टराईः सुधीरजीले यो प्रश्न नसोधेको भए यो कार्यक्रमको औचित्य नै हुने थिएन हैन त।
सहजकर्ता: हैन, आन्तरिक लोकतन्त्र त प्रमूख कुरा नै होला नि त।
मा. योगेश भट्टराईः सन्तुलन मिलाउन पनि सोध्नु भएको छ कतिपय कुराहरू,
सहजकर्ता: सन्तुलन होइन जेनुन प्रश्न हो है,
मा. योगेश भट्टराईः रमाइलो पनि गर्नु पर्छ, नेकपा एमाले एउटा लोकतान्त्रिक पार्टी हो। आन्तरिक हिसाबले, बाह्य हिसाबले सबै हिसाबले लोकतान्त्रिक पार्टी हो। नेकपा एमालेभित्र सबै पार्टी सदस्यहरू सार्बभौम छन्। पार्टी सदस्यहरूले आफ्नो विचार राख्न पाउँछन्, नेतृत्वको आलोचना गर्न पाउछन्, नेतृत्व बदल्न पाउँछन्। त्यो सबै गर्ने अधिकार नेकपा एमालेभित्र छ। पार्टीले , विधानले त्यसलाई सुरक्षित गरेको छ। यत्तिको राजनीति बुझेका ताली पट्काउने राजनीति बुझेका श्रोता साथीहरु भएको ठाउँमा यति मात्रै भन्छु, हरेक पार्टीमा, क्लबमा जहाँसुकै तपाई संलग्न हुनुस्, तपाई त्यसबाट अनुबन्धित हुनुहुन्छ। त्यो अनुबन्धन भनेको पार्टी र तपाईको बीचको सम्झौता हो, क्लब र तपाईको बीचको सम्झौता हो। यो ‘कुडा कर्णालीका’ कार्यक्रममा हामी बीचमा पनि एउटा अनुबन्धन छ। एक घण्टाभन्दा पछि सकेसम्म जान पाइदैन।
सहजकर्ता: अलि प्रष्टै भनिदिनु न, धेरै भुमिका नै नबाधीकन,
मा. योगेश भट्टराईः अनुबन्धन छ, त्यसैले हरेक ठाउँमा अनुबन्धन हुन्छ। मेस्सीले स्पेनको एउटा क्लबबाट खेल्छन्, खेले पहिले, त्यसबाट अनुबन्धन टुट्यो अनि अर्को क्लबमा गए साउदी अरबको क्लबमा गए। अनुबन्धन आफ्नो क्लबमा जान पाइन्छ, अनुबन्धन हुँदासम्म त्यहाँ बस्ने हो।
सहजकर्ता: तपाईको यसमा केहि छ की भीष्मजी ?अब फ्लोरमा म आए है त, त्यहाँबाट पछि सोध्नुहोला।
भीष्मराज आङ्देम्बेः अब यो रहलपहलमा सोधेको हुनाले भन्नुपर्यो।
सहजकर्ता: तपाईको यसमा धेरै छैन कि जस्तो लाग्यो।
भीष्मराज आङ्देम्बेः मेरो गजबले छ, मेरो के छ भने पछि अहिले जसरी पछिल्लो चोटी कुनै पार्टीमा बोल्न नदिएको प्रश्नहरू तपाईहरुले जसरी उठाउनु भएको छ, हाम्रो पार्टीमा चाहिँ बढी बोल्न दिएर बिग्रेको हो कि भन्ने खालको पनि छ। खैर, जे होस्, कुनै ठाउँमा बोल्न नदिएर, कुनै ठाउँमा बढी बोल्न दिएर यी प्रश्नहरु उठेका छन्, यसको विचार पनि होला आफ्नो आफ्नो ढङ्गबाट, त्यस्तो कुराहरु छ। मैले एउटा कुरा चाहिँ के भन्नु छ भन्दाखेरि पछिल्लो चोटी हामीहरू राष्ट्रिय राजनीतिका विशेष गरी हामी राजनीतिक पार्टीहरु जसले चाहिँ संघीय लोकतान्त्रिक गणतन्त्रको हामीहरूले परिकल्पना गर्यौ, सुरुमा यसमा कसको सहमति थियो, कसको सहमति थियो, सहमति , विमतीहरु हुन्छन् निचोटमा पुग्नु भन्दा अगाडि, तर यो प्राप्ति भइसकेपछी जसरी यसको संस्थागत विकासको निम्ति हामीहरू अगाडि बढिराखेका छौ।
पछिल्लो चोटी हाम्रो क्रियाकलाप, हाम्रो व्यवहार, हाम्रा अभिव्यक्तिहरू संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकास भन्दाखेरि पनि त्यसलाई खण्डिकृत गर्ने दिशा तर्फ अगाडि बढिरहेको छ कि भन्ने चाहिँ लागेको छ। म यो कर्णाली उत्सवको छैठौँ संस्करणमा आइपुग्दाखेरी कर्णाली जस्तो एउटा सुसंस्कृत ठाउँ पनि हो। यो ठाउँबाट त्यसको बहस होस् भन्ने पनि म चाहन्छु। किन भन्दाखेरि हामीले संघीय लोकतान्त्रिक गणतन्त्र मार्फत परिकल्पना गरेको राष्ट्रपति जुन पद्धति छ, त्यसको जुन संस्थागत एउटा गरिमा छ, त्यसलाई पछिल्लो चोटी सक्रिय राजनीतिबाट जसरी व्याख्या गर्न थाल्यौं, यसले फेरी पनि लोकतान्त्रिक गणतन्त्रमाथि प्रश्नहरु उठाउन थालियो भन्ने बहसहरु सिर्जना भएको छ, सुरु भएको छ। यसको पाटोबाट पनि आउने दिनहरुमा बहसमा प्रवेश गर्नुपर्छ, म त्यो चाहन्छु।
सहजकर्ता: अघिको प्रश्नमा नी, अघिको प्रश्नमा सोध्दा खेरी जस्तो कांग्रेसमा चाहिँ अपेक्षा गर्न सकिन्छ, अब रहरले राजनीति गर्न खोज्ने, नयाँ पुस्ता आउन खोज्ने, त्यो ठाउँ कांग्रेसले दिन सक्ला? कांग्रेसमा नेतृत्व परिवर्तनको सम्भावना अब होला, तपाईलाई के लाग्छ?
भीष्मराज आङ्देम्बेः होइन, कांग्रेसभित्र जस्तो नेतृत्वको परिवर्तनको सम्भावनाको कुरा त त्यो र प्रश्न नै भएन नि, किन भन्दाखेरि त्यो सुरुवात नै भइसक्यो। अब जो सभापति हुनुहुन्छ, उहाँले हाम्रो विधानत: चुनाव लड्न पाउनुहुन्न। अरु जो जो प्रतिस्पर्धी हुनुहुन्छ, उहाँहरुलाई विधानत: चुनावमा अधिवेशनमा भाग लिने अवसर छ। त्यसले गर्दाखेरि हाम्रोमा नयाँ र पुरानो पुस्ताकाे सोचको त्यसलाई व्यवस्थापन गर्ने कुरामा कही न कही चुकिरहेका छौ कि भन्ने चाहिँ बहस हुन सक्छ। त्यतातिर बहस जानुपर्छ होला भन्ने लाग्छ आउने दिनहरू त्यता तर्फ पनि गइरहेको छ।
यो पुरानै मात्रै वा नयाँ मात्रै भन्दाखेरि पनि नेपाली कांग्रेस जस्तो राजनीतिक पार्टी भित्र पुरानोको त्यो विरासत, त्यो सोच, त्यो इमान्दारिता र नयाँ पुस्ता यो खालको चाँहि उत्साह, यी दुइटै को संयोजन कही न कही ल्याकहरु छ होला, यसलाई खोज्नु जरुरी छ। त्यसको लागि नेपाली कांग्रेस भित्र सधैं बहस उठ्छ। अहिले। सुधीरजी लाई थाहा छ, नेपाली कांग्रेसमा हरेक कुराहरुलाई हामीले क्यालेण्डर बनाएर, हाम्रो पार्टीभित्र उपलब्ध भएका उमेरहरु, युवा उमेरहरुले पुरानोहरूलाई कन्भिन्स गरेर, अग्रज नेतृत्वहरुलाई कन्भिन्स गरेर जसरी पार्टीलाई अग्रसर बनाइराखेको छ, मलाई लाग्छ यसले नयाँ पुस्तहरुमा फेरि एकचोटि फर्किएर सोच्नुपर्ने नयाँ ढंगबाट, यो खालको चाहिने एउटा प्लेटफर्म तयार गरेको छ भन्ने मलाई लाग्छ।
सहजकर्ता: हस्, फ्लोरमा जान चाहन्छु। प्रश्न सीधा सोधिदिनु होला। कसलाई सोध्नु भएको हो, त्यो भनिदिनुहोला। आफ्नो धारणा धेरै नराख्दिनुहोला। धारणा नराख्दिनुहोला खासमा, प्रश्न मात्रै गरिदिनुहोला।
प्रश्नकर्ता: सर्वप्रथम नमस्कार, मेरो नाम जग्गे दाहाल, मुगुबाट। मेरो प्रश्न माननीय योगेश कुमार भट्टराई र रेखा शर्मा ज्युलाई रहेको छ। तपाईहरुले गौरवका साथ भन्नु हुन्छ, व्यवस्था परिवर्तन गर्यौ भनेर, जुन देश को राष्ट्रपति उच्च पदस्थ कर्मचारी, संfसद र मन्त्रीको छोरोले यो देशमा भविष्य देख्दैन भने हामी जस्ता सोझा साझा जनताका छोरा छोरीले कसरी भविष्य देख्ने?
सहजकर्ता: अरु पनि एक दुईओटा प्रश्न लिऊ।
प्रश्नकर्ता: अर्को मेरो एउटा रहेको छ, यो देशमा वैज्ञानिक शिक्षा, आधुनिक शिक्षाको विकास गर्छौ भन्दै गर्दा २०२८ सालमा बनेको राजा महेन्द्रको पालामा बनेको शिक्षा ऐन अहिले सम्म लागु रहेको छ। करिब ५३ वर्ष पुरानो शिक्षा ऐनले यो देशमा कस्तो खालको वैज्ञानिक जनशक्ति उत्पादन गर्ने कल्पना गर्नु भएको छ? र अबको चालु हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पास हुन्छ कि हुन्न? तीनै जना माननीयले ‘यस’ अर ‘नो’ भन्दिनुहोला।
सहजकर्ता: हस् धन्यवाद, अको प्रश्न।
प्रश्नकर्ता: नमस्कार, म रमेश बिक्रम दर्जी, घर कालीकोट रास्कोट नगरपालिका वडा नं. ६, मेरो प्रश्न तीनै जना लाई, सुझाव, सल्लाह, प्रश्न मेरो रचनात्मक तरिका ले छ। हिजो पनि टाइम मागे को थिए, पाइएन, आज दिदै छु।
“सूट-बुट लगाएर, सहरमा कुरामात्र छाँटेर,
कर्णालीको समृद्धि हुदैन मित्र,
चप्पल लगाएर जाऊ-बरु बाझो जमीन जोत,
रसायन हालेको मिठो खाना खाएर, अस्पताल धाउनुभन्दा,
स्वस्थ रहौ, अर्गानिक खाऊ बरु बाझो जमीन जोत
किन झुक्याउछौ फेरी जनता लाई चौरासी भनेर?
तिम्रो मिसन चौरासीले केहि पनि उपति पार्दैन,
हिम्मत भए कृषिमा क्रान्ती गर……… ।”
सहजकर्ता: उहाँको कविता हामी छुट्टै सुन्छौ। ल अर्को प्रश्न गर्नुहोला।
प्रश्नकर्ता: नमस्कार, म विदुषी आचार्य, दैलेख देखि। मेरो प्रश्न छ सत्ता पक्षको सबैलाई, २०७५/०७६ साल देखि चरम समस्यामा परेको सहकारी समस्या र तमाम देश भरिका ती असंख्य सहकारी समस्या भएको अवस्थामा करिब करिब तीन वर्ष नै नपुगेको एउटा नयाँ पार्टी जन्मेर, नयाँ पार्टी खोलेर देशमा केहि गर्छु भनेर आएको पार्टी सभापति लाई ल्याएर एउटा अगाडी सारेर त्यो कुति-कुति-कुति-कुति गर्दै हिडेर देश भरी बाट सहकारीको मुद्दा डाइभर्ट गरेर सबै सहकारीमा आबद्ध भएका कुन कुन पार्टीका कति-कतिले लोन लगेर खाएका छन् भनेर प्रष्ट डाटा निकालीसकेपछि पनि संसदले निकालीसकेको एउटा प्रतिवेदन लाई पनि बाइगट गरेर डाइभर्ट गरेर एउटा रवि लामिछानेलाई सक्काएपछी त्यसलाई नै त्यो नै रवि लामिछानेलाई सक्काएपछी तपाईहरु बच्छु सोच्नुभएको छ?
मेरो प्रश्न सत्तापक्ष सबैलाई हो। अनि एकछिन, मैले सोध्दै छु। यदि रवि लामीछानेदले नै सहकारीको त्यो सबै ८७ अर्व खाएकैहो त? रवि लामीछानेलाई कारवाही गर्दा बित्तिकै ८७ अर्व तु. आउने हो की? तपाईहरु सम्बद्ध पार्टीबाट लगेका, लोन लगेका सहकारीका सदस्यहरु र भित्रका लाई कारवाही गर्ने के गर्दै हुनुहुन्छ? यस बारेमा तपाईहरुले क्लियर रुपमा भन्नु होला। आज देखि पछाडि सहकारीका, आज देखि उप्रान्त सहकारीका नागरिकको पैसा दिने के प्लान बनाउनु भएको छ र कसरी त्यसमा काम गर्दै हुनुहुन्छ? त्यो पनि क्लियर पार्नुहोला।
सहजकर्ता: हस्, उहाहरुबाट जवाफ आउछ, अब दिनु हुन्छ। म फेरी आउछु दोस्रो राउन्डमा।
प्रश्नकर्ता: हजुर म लक्ष्मण प्रसाद उपाध्याय हो, मेरो घर कालिकोट हो तिलागुफा नगरपालिका, जहा कि तपाईको माओवादी केन्द्रको स्थानीय सरकार सुरु भएर अहिले पनि टेलिफोन गर्नको लागि हामीलाई दिन कुर्न पर्छ, १० बजे टाइम कुर्न पर्छ, त्यो पालिकाको मान्छे हो है म चाहिं। अनि अर्को कुरा के छ भन्दा यही नेर मैले माननीय हाम्रो, सरी मैले सम्झिन सकिन, म कन्फ्यूजन भए, मैले माननीय हाम्रो रेखा शर्माज्युलाई सोध्न चाहे। उहाँको पार्टीले नेतृत्व गर्दै गर्दा खेरी कर्णाली प्रदेशमा करिब तीन वर्ष उहाँको पार्टीले नेतृत्व गर्दै गर्दा खेरी र कालिकोटमा पनि उहाँ कै पार्टीको नेतृत्व हुदै गर्दा खेरी आज हिजो ती कालिकोटका जनताको पीडा देखाएर जनयुद्ध लड्यौ हामी परिवर्तन गर्छौ भन्ने माननीयहरु लगायत उहाँका नेतृत्वहरुले आज खै त व्यक्ति परिवर्तन हुनुभयो कि, महल परिवर्तन गर्नुभयो कि, आफू वा त्यहाको जनतालाई परिवर्तन गर्नु भयो? त्याहाका सडकहरु मृत्यु मार्ग घोषणा हुदै गर्दा खेरी तपाइको त्यही महेन्द्र बहादुर शाहीको हिड्ने बाटो र त्यही मुख्यमन्त्री माननीय जीवन बहादुर शाहीको हिड्ने बाटोमा आज मृत्यु मार्ग घोषणा भएको छ, त्यो मार्गलाई तपाई कहिले राजमार्गको रुपमा घोषणा गर्नुहुन्छ? तपाईले हिजो के गर्नु भयो त्यको उत्तर दिनुहोला।
सहजकर्ता: हस् उहाँ जो कविता भन्दै हुनुहुन्थ्यो, प्रश्न छ भने भनिदिनुहोला। उहाँ अघि देखि उठि राख्नु भाछ, कविता हो भने अहिले पछि सुनौला हामी, लामो भयो केहि प्रश्न भए भनिदिनुस नत्र एउटा अन्तिम प्रश्न हामी लिन्छौ। एउटा अन्तिम प्रश्न, माइक दिनु होला एउटा अन्तिम प्रश्न,
प्रश्नकर्ता: हेलो, मेरो नाम प्रेम बहादुर शाही हो, मेरो घर हुम्ला, मेरो ८० वर्ष उमेर पुग्यो तर हामी विभिन्न राज्य सत्तामा परिवर्तन त हेर्यौ तर जति गरे पनि सबै पार्टी केन्द्रमा नै राजनीति गर्या तर गाँउघरमा कोहि पनि आएन। सबैभन्दा माओवादी आयो प्रत्येक घरघरमा उतिखेर, १० वर्ष जनयुद्बमा, आएर हामीलाई क्या भन्यो, हामीले पनि ढिडो र सिस्नोको साग दिएर पाल्यौ। उनीहरुले पनि आशा के दिए भने यो देश स्विजरल्यान्ड बनाउछौ, अब तपाइले गास, बास, कपास घरैमा पुग्छ भन्नु भयो। आज छोराहरु प्रदेश गए, हामीहरु वृद्बाआश्रममा जाने भयौ। एक त्यो भयो, अर्को कुरा हाम्रो रेखा शर्माज्यु मन्त्री पनि हुनुभयो, सरकारमा अवसर पनि पाउनुभयो, सबै सुविधा पनि पाउनुभयो, बहुमतको सरकार पनि भयो माओवादीको, त्यतिखेर गर्न सक्नु भएन। अहिले चाहिँ उहाँको यहि नियतको कारणले हो कि सिस्टम बिग्रेको हो? अहिले हामीले भाषण मात्र सुन्छौ सबैका, कासन छैनन्। एउटाले छोरीले पनि बुवा ऐना हेरौ अनि देश बनाउला भनि गरे, अब हामीले सबैका भाषण पनि सुन्यौ, अब कहाँ सम्म हुने हो? केहि छैन नेपालमा, भाषण मात्रै हो।
सहजकर्ता: हस् धन्यवाद, ल उहाँलाई एउटा प्रश्न छ भने दिनुहोस त, छोटोमा भनिदिनुहोस है तपाईले।
प्रश्नकर्ता (रमेश बिक्रम दर्जी):
हेलो,
“हामी जनता भएको तिमीलाई माली बनाउन मात्र हो र?
हामी उपस्थित भएको तिमीलाई ताली बजाउन मात्र हो र?
सुट बुट लगाए सहरमा कुरा मात्र छाँटेर कर्णालीको समृद्बि हुदैन,
चप्पल लगाएर जाऊ-बरु बाझो जमीन जोत,
रसायन हालेको मिठो खाना खाएर, अस्पताल धाउनुभन्दा,
स्वस्थ रहौ, अर्गानिक खाऊ बरु बाझो जमीन जोत
किन झुक्याउछौ फेरी जनता लाई चौरासी भनेर?
तिम्रो मिसन चौरासीले केहि पनि उपति पार्दैन,
हिम्मत भए कृषिमा क्रान्ती गर,बारीमा कार्यकर्ता पठाउ बरु बाझो जमीन जोत।
बुद्धि बेचेर जीवित रहेका बुद्धिजीवीहरुले,
दलका दलेलाई दलाल सल्लाह दिनु भन्दा तिनलाई जनता जस्तै श्रम गर्न सिकाउ।
बरु बाझो जमीन जोत।”
सहजकर्ता: तपाईको छ भने प्रश्न सोध्नुस, नभए सकौ अब। अब भयो ल, पछि आउला ल , हस धन्यवाद। यहाँबाट सुरु गरौँ।
मा. योगेश भट्टराईः धन्यवाद, यहाँ अलिकति सत्तापक्ष भनेको हुनाले, सत्तापक्ष पनि खडा हुनु पर्यो तर यहाँ आजको छलफल सत्तापक्ष, प्रतिपक्ष छैन है। हामी सबै यहाँ छलफल गर्न आएको हो, सत्तापक्ष, प्रतिपक्ष भन्ने संसदमा हुन्छ। सधै सधै सत्तापक्ष, प्रतिपक्ष भन्ने मानसिकता राख्नु हुदैन, त्यसरी देश विभाजन पनि गर्नु हुदैन, तपाईहरुलाई मेरो यही अनुरोध छ। हामी कति सशक्त डेमोक्रेसीमा अभ्यास गर्दै छ भन्ने कुरा यहाँ कविता वाचन गर्ने साथी बाट नै प्रष्ट हुन्छ। हाम्रो संचालक सुधीरजीले अनेक प्रयत्न गर्दा पनि उहाँ रोकिनु भएन, उहाँ अगाडि बढ्नु भयो। त्यहाँ सम्म बढ्नु भयी कि उहाँले छोड्दै छोड्नु भएन। हाम्रो डेमोक्रेसी नै यही हो। त्यस कारणले यो सुन्दर छ, लोकतन्त्र भनेको सुन्दर हुन्छ। अब जहा सम्म एक दुई वटा प्रश्न सायद मैले अलि सम्बोधन गर्नुपर्ला। यो विद्यालय शिक्षा विधेयक संसदमा टेबल भएको छ, समितिमा छलफल हुदै छ र हामीसके सम्म यो हिउँद अधिवेशनमा यो विद्यालय शिक्षा विधेयक पास गर्ने ढङ्गले अगाडि बढ्दै छौ।
विद्यालय शिक्षा विधेयकमा यहाँ हामी मन्चमा भएका सबै पार्टीहरुको बीच त्यति ठुलो बिमती छैन। लगभग हामीहरुका धेरै कुराहरु मिलेका छन, केहि केहि कुराहरु नमिलेका होलान्, हामी मिलाउछौ र यो सेशनमा ल्याउने कोशिश गर्छौ। अहिले फागुन १८ गते देखि संसद सुरु भएको थियो। यो पल्टको अधिवेशनलाई हामी विधायन अधिवेशनको रुपमा अगाडि बढाउन खोजेका छौं। चार पाँच वटा विधेयक अहिले पास भइसके। एकदम फटाफट हामी काम गर्दै छौ र विद्यालय शिक्षा विधेयकमा पनि त्यो दिशामा नै हामी जान्छौ, प्रतिस्पर्धी बनाउने ढङ्गले नै हामी जान्छौ। यसलाई कसरी विद्यालय शिक्षा राम्रो र गुणस्तरयुक्त तथा आम जनताको पहुचमा सर्वसुलभ बनाउने भन्ने हिसाबमा हामी जान्छौ।
दैलेखबाट आउनु भएको दीदी हो की बहिनी हो, यसो हेर्दा बहिनी बहिनी जस्तो लाग्यो है, तपाइले बडा मजाले सहकारी कुरा गर्नु भयो, दैलेख तिर अब बत्ती गएर हो कि के हो, टेलिभिजन, समाचार अलि सुनिएन कि, त्यता दैलेखतिर के भए छ त्यतो। त्यो अलि समाचार प्रष्ट नसुने जस्तो लाग्यो तपाईलाई। सहकारीको सन्दर्भमा हामीले संसदमा छानबीन गर्ने समिति बनाएको हो। त्यो समितिमा यहाँ भएका सबै पार्टीका हामी प्रतिनिधी बसेको हो, त्यो समितिले सर्वसम्मत प्रतिवेदन दिएको हो, त्यो प्रतिवेदन संसदबाट सर्वसम्मत पास भएको हो, त्यो पास भएको प्रतिवेदन संसदले सरकारलाई पठाइदिको हो, सरकारले अनुसन्धान गर्नु भनेर प्रहरीलाई पठाईदिएको हो, प्रहरीले अनुसन्धान गर्दै जादाखेरी सहकारी को सन्दर्भमा पैसा हिनामिना गरेकाहरुलाई छानबिनको दायरामा ल्याएको हो, त्यस सन्दर्भमा रवि लामिछानेजी पनि पर्नुभएको हो । अरु पनि परेका हुन्, यही हो बहिनी।
यसलाई धेरै तोडमोड गरेर बुझ्नुपर्ने आवश्यकता छैन। कानूनले जे रवि लामिछानेजीको बारेमा भन्छ, त्यही हो। उहाँलाई नँया पार्टी भनेर जो राष्ट्रिय स्वतन्त्र पार्टी भनेका छौं, उँहाको सभापति भनेर कारवाही गरेको हैन, उँहाको सहकारीको लेनदेन उहाँले पार्टी खोल्नु भन्दा पहिलेको हो। सहकारीको लेनदेन भएपछि पार्टी खुलेको हो। त्यसैले त्यो भ्रममा नपर्नुहोला, साथीहरु पनि भ्रममा नपर्नुहोला, एमाले होस्, कांग्रेस होस्, माओवादी होस्, रास्वपा होस्, राप्रपा होस्, कुन स्वतन्त्र मान्छे होस्, तपाईले जम्मा गरेको एक-एक रुपैयाको सहकारीको पैसा हिनामिना गर्छ भने त्यसलाई कारवाही हुन्छ।कुरा यति हो।
सहजकर्ता: हस धन्यवाद, भीष्मराज आङ्देम्बेज्युलाई, यो अब लास्ट राउन्ड हो। उहाँहरुले जुन प्रश्न गर्नु भएको छ, त्यसको जवाफ खोज्नु भएको छ।
भीष्मराज आङ्देम्बेः धन्यवाद छ, हाम्रो दैलेखको हाम्रो चेलीलाई पनि र यो विद्यालय शिक्षा ऐनको विषयमा अहिले योगेशजीले भनि सक्नु भयो। म संसदमा नभए पनि म एउटा जिम्मेवार राजनीतिक पार्टीको जिम्मेवार पदाधिकारीको हैसियतले यो विद्यालय शिक्षा ऐन जो छ, यो यही सत्रमा यसलाई पास गराएर शिक्षामा देखिएको जुन खालको अविश्वासहरु छ, त्यसलाई पुरेर हामीले परिकल्पना गरेको जस्तो ऐने बनाउने दिशातर्फ हामी सबैको सोच एउटै छ। त्यसले गर्दाखेरी चाँडो भन्दा चाँडो त्यसलाई टुङ्ग्याउने मै छौ हामीहरु, म यो कुरा राख्न चाहन्छु र बहिनीले दैलेखको चेलीले भन्नुभएको जस्तै यो म त चाहन्छु के त भन्दाखेरी उहाँ चाँडो भन्दा चाँडो यी सबै आरोपहरु बाट मुक्त हुनुहोस्, उहाँ पनि हाम्रो साथी हो र चाँडो भन्दा चाँडो राजनीतिमा फेरी हामी प्रतिस्पर्धा गरौ, यो हाम्रो चाहना हो। हामी त त्यो सुन्दर चाहना राख्ने मान्छे हो नि तर संसदीय समिति बनाएका छौं हामी आफैले, संसदीय समिति भनेको कुनै एमाले, कांग्रेस र माओवादी तीनओटा राजनीतिक पार्टी बसेर बनाइएको समिति त होइन। संसद भित्र रहेका सबै राजनीतिक पार्टीहरु ठुला-साना, जसको आकार समितिमा जुन ढङ्गको उपलब्ध छ उहाँहरुको उपस्थितिमा बनाएको संसदीय समिति हो। संसदीय समितिले एउटा सर्वसम्मतबाट एउटा टुङ्गोमा पुग्नु भएको छ, त्यो टुङ्गो अहिले अदालतमा विचाराधिन छ।
हामी लोकतन्त्रमा विश्वास गर्नेले अदालतको भर्डिक्टलाई त मान्नु पर्छ, त्यो कसरी आउछ, त्यो पर्खौ, हामीले हरेक कुराहरुलाई अदालतलाई पनि आफुलाई पर्दा, अफ्ठेरो पर्दा यो र त्यो भनेर उफ्रिनु भन्दा पनि कुनै पनि कुराको निष्कर्ष भीडबाट होइन, कुनै कुराको निष्कर्ष सामाजिक सन्जालहरुबाट होइन, एउटा कुनै त्यस्तो विषयमा त हामी एक ठाउँमा उभियौ, जसले हामी एउटा न्यायालयलाई हेरेका छौ, न्यायालयले दिने निष्कर्षलाई पर्खौ न, ती बाट र त्यसमा हामी पनि हामी के सोचि राखेको छौ भन्दा खेरी यहाँ पीडकलाई कारवाहीको कुरा मात्रै छैन, यहाँ साच्चै भन्ने हो भने सहकारी पीडितहरुलाई पीडकसँग भन्दा पनि आफ्नो पैसा आउछ कि आउदैन भन्ने पीर छ। पैसा फिर्ता ल्याउने कसरी हो? यहाँ पीडकलाई त यहाँ त कतिको त दाउ के हुन्छ भन्दाखेरी सहकारीको नाममा वा कुनै पनि नाममा ऋण लिने, दुई चार वर्ष जेल खाने, बाहिर निस्के पछि राजर्षि छाँटमा हिड्ने, त्यो होइन, पीडकलाई कारवाही पनि होस् र जो पीडितहरु हो, उनलाई त्यो उहाँहरुको सम्पति मकै, गुन्द्रुक, ढिँडो बेचेर राखेको रकम फिर्ता पनि होस् भन्नेमा छु।
सहजकर्ता: हस् धन्यवाद, रेखाजी केहि छ कि?
मा. रेखा शर्माः प्रश्न हरु करिब करिब सबैलाई सबै खालकै छ, उत्तर पनि एक खालले आइसकेको छ र म छोटोमा विद्यालय शिक्षा विधेयकको विषयमा म त्यो समितिको सदस्य पनि भएको हुनाले शिक्षा समिति सदस्य पनि हो, त्यो हिसाबले मैले थोरै स्पष्ट गर्न मात्र चाहन्छु। पहिलो कुरा के हो भन्नुहुन्छ भने, हामी संघीयतामा गयौं, र प्रदेश बलियो बनाउने कानुनहरु खास गरेर संघीय निजामति सेवा ऐन, संघीय विद्यालय शिक्षा ऐन, त्यस पछि प्रहरी समायोजनको कुरा, यो तीनओटा कुरा हामीले समयमै गर्न नसक्दा खेरी प्रदेश जति बलियो बनाउन सक्नु पर्थ्यो, त्यति सकेका छैनौ, त्यो कुरा स साचो हो र कहिले बन्छ त, हाम्रो त्यो २०२८ सालको शिक्षा ऐनले हुन्छ त भन्ने कुरामा, पक्कै पनि हुदैन, त्यो कुरा साचो कुरा हो। २०२८ सालको शिक्षा ऐनले अहिलेको आवश्यकता पुरा गर्दैन। त्यसकारण अहिले हामी समितिमा छौ र यसमा बढी भन्दा बढी कन्सल्टेसन गरौ भनेर हामी सातै प्रदेशमा गएर त्यहाँका अहिले विद्यालयहरु स्थानीय तहका अन्तर्गत भएको हुनाले विद्यालय शिक्षा ऐनमा स्थानीय तह, त्यहाँका अलि राम्रा भनिएका सार्वजनिक विद्यालय, त्यहाँका प्रिन्सिपल सबैलाई राखेर सुझाव सङ्कलन गरेका छौ र लगातार बैठक बसि राखेको छ। हामी यही हिउँदे अधिवेशनमा विद्यालय शिक्षा विधेयक पेश गर्न सक्ने ठाउँमा छौ, समितिका तर्फ बाट म यति कुरा राख्न चाहन्छु।
अर्को कुरा थोरै मलाई अलिकति केन्द्रित गरेर पनि आएका प्रश्नहरु पनि छन्, जस्तो माओवादी जनयुद्ध, माओवादी जनयुद्धले देखाएका सपनाहरु, त्यसबाट त्यसपछि सृर्जित कुराहरु जे गर्नु भएको छ, त्यो कुरा त तपाईहरुले ठिक गर्नुभएको छ, मैले सुरुमै पनि भनेको थिए, हामीले व्यवस्था बदल्न, यो खालको अधिकार सम्पन्न गराउन सबै गर्न लाई यो भयो, भएको छ, तर के हो त भन्दाखेरी तपाई हाम्रो अवस्था बदल्ने कुरामा अझै पर्याप्त भएको छैन। केहि पनि भको छैन भन्ने, त्यसो पनि होइन, केहि त भएको छ तर पनि के हो भने पर्याप्त भएन, हामीले सोचे जति भएन, सपना देखाए जति भएन भन्ने कुरा साचो कुरा हो, यसका निम्ति हामी राजनीतिक दलहरु सबैले हामी आत्म समिक्षा गर्नुपर्छ, अगाडी बढन पर्छ र मलाई के लाग्छ भने एउटा जुन सरकारले सुशासनको अभियान सुरु गरेको थियो र गर्नु पनि पर्छ, राजनीतिक लाभको पदमा बस्ने, सरकार सन्चालन गर्न जाने, तर त्यहाँ गएर बदमासी गर्ने मान्छेहरुलाई छिटो भन्दा छिटो कानुनी कारवाहीको दायरामा ल्याउने हो भने सुशासनको काम अगाडी बढन सक्छ भन्ने लाग्छ। त्यसका निम्ति सरकारमा जो सुकै गए पनि त्यसले पहल कदमी बढाउन पर्छ भन्ने म राख्न चाहन्छु।
अर्को कुरा जुन कर्णालीको जुन मृत्यु मार्ग लगायतका कुराहरु गर्नु भयो, अब यहाF विभिन्न अहिले त पटक पटक छोटा छोटो समय गरेर धेरै जना मुख्यमत्री पनि भइसक्नु भयो। कर्णाली प्रदेश सरकारको त्यो प्राथमिकतामा छ भन्ने मैले बुझेकी छु र त्यो बाटोलाई राम्रो, मृत्यु मार्गलाई कहिले राजमार्ग बनाउने भन्ने जुन कुरा गर्नु भएको छ, यहाँ प्रदेशका अब एकदम जिम्मेवार सबै यहाँ हुनुहुन्छ, मेरो आग्रह पनि छ, प्रदेश सरकार मात्रै होइन, यो केन्द्र सरकारले पनि हेर्नु पर्छ र त्यसलाई छिटो भन्दा छिटो एउटा सुगम स्थितिमा पुर्याउनको निम्ति र अरु जुन टेलिफोनका कुराहरु गर्नु भएको छ। हामीले साच्चै भन्ने हो भने म संचार मन्त्रालय हुदै गर्दाखेरीमा ९ वटा जिल्ला थपेका हौ हामीले त्यो बेलामा।
अहिले आउदा खेरीमा ७७ वटै जिल्ला एफ.ए.टी.एस को सुविधा पुगेको छ तर पनि फेरी के छ भने जहाँ बत्ती पुगेको छैन त्यँहा टेलिफोन राम्रो हुदो रहेनछ। हामी सोलारबाट टेलिफोन चलाइरहदाखेरीमा टेलीकम सोलारबाट चल्न पर्दा घाम लागेन भने सोलारले काम गर्दो रहेनछ। त्यो समस्या भएको शहो, त्यसकारण बत्ती सँगसँगै टेलीकम गुणस्तरीय हुन्छ, प्रभावकारी हुन्छ र त्यो हामी उर्जा अथवा बत्ती इलेक्ट्रिसिटी विस्तार गर्ने कुरा र टेलीकम विस्तार गर्ने कुरा साथसाथै अगाडी बढाउनु पर्छ भन्ने पनि लाग्छ। अहिले ७७ वटै जिल्ला पुगेको छ, यसलाई गुणस्तर कसरी बनाउने भन्ने कुरामा ध्यान दिनु पर्नेछ, धेरै धेरै धन्यवाद, सबैलाई धन्यवाद।
सहजकर्ता: हस् समय हामीसँग कम छ, शिशिरजी तपाईको अन्तिम केहि छ कि?
मा. शिशिर खनालः अँ, म अलिकति एउटा चाहि शिक्षा ऐन अत्यन्त महत्वपूर्ण विषय छ, त्यो जुन रुपमा संसदमा आएको छ, त्यसलाई पूर्ण रुपमा परिमार्जन सहित आउनु पर्छ, हैन भने यसले अहिले नेपाली समाज र विश्व परिवेशको शिक्षालाई सम्बोधन गर्न सदैन भन्ने हाम्रो विश्वास छ। हामीले थुप्रै १३२ वटा भन्दा बढि संशोधन राखेका छौ। त्यो परिमार्जन सहित चाँडो भन्दा चाँडो आओस भन्ने हाम्रो पार्टीको चाहना छ। सहकारीको विषयमा म आफै पनि त्यो समितिमा भएको भएर सहकारीको संसदीय समितिले के भन्यो भने रवि लामीछानेको संलग्नता सहकारीमा देखिएन, सहकारी उहाँ सदस्य हुनुहुदो रहेनछ। उहाँले सहकारीबाट पैसा लिने क्रममा उहाँले कतै हस्ताक्षर गरेर पैसा मागेको देखिएन भनेर स्पष्ट रुपमा लेख्यो।
त्यसपछि अझै त्यो सहकारीले के सम्म भन्यो भने बचत कर्ताको रकम फर्ता गर्नु चाहि न्यायपूर्ण हुन्छ, अहिले सहकारीका थुप्रै सन्चालकहरु जेलमा भएको भएर बचतकर्ताको रकम पनि फिर्ता हुन नसकेको रहेछ। बरु मान्छेलाई जेल बाट बाहिर निकालेर भए पनि बचतकर्ताको रकम फिर्ता गर्ने कुरालाई प्राथमिकतामा राखेर ५ लाख सम्मको सरकारी बण्ड जारी गरेर भए पनि ५ लाख सम्मको बचतकर्तालाई पैसा देउ भनेर समितिले प्रतिवेदन बुझायो। तर के गरियो भने रवि लामिछानेमाथि प्रतिशोध साध्ने स्पष्ट कहाँ देखियो भने त्यस्तै कुरा नेपाली कांग्रेसको उपसभापतिज्यु धनराज गुरुङ्ग पनि सहकारीसँग जोडिएर नाम आयो तर उहाँलाई एक छिन प्रहरी कहाँ एक छिन बोलाएर छोडियो।
नेकपा एमालेका नेता तथा प्रतिनिधि सभाको लेखा समितिका सभापतिको श्रीमतीज्यु सँग पनि जोडिएर कुरा आयो, उहाँलाई एक छिन बोलाइयो, केहि लाख धरौटी जस्तो भनेर उहाँलाई छोडियो, तर संगठित अपराध र सम्पति शुद्धीकरण पनि जोडेर जुन जुन सहकारीसँग रवि लामिछाने जोडिनु भएको छ भनिएको छ, त्यो सहकारीको बचतकर्ताले पैसा फिर्ता आउन नमिल्ने गरेर एउटा व्यक्ति माथि, एउटा नेता माथि प्रतिशोध साध्ने नाममा दशौ हजार सहकारी पीडितले पैसा फिर्ता नपाउने स्थिति सरकारले आज बनाईदिएको छ। त्यो अत्यन्त गम्भिर र आपत्तिजनक विषय छ। मूल रूपमा सहकारी पिडितले न्याय पाउनु पर्छ उहाँहरुले बचत फिर्ता पाउनु पर्छ। अहिले संसदमा आएको अध्यादेश पनि दुर्भाग्य बस त्यो दिशामा जादै गएन।
सहजकर्ता: हस् वक्ताहरुसबैलाई धन्यवाद, तपाईहरुले यति धैर्यतापूर्वक सुनिदिनु भयो, आभारी छौ. तपाईहरुको पक्कै प्रश्न त अझै धेरै थियो होला, कति सोधम भन्ने पनि लागेको थियो होला, अलिकति समयले पनि गर्दा हामीले भ्याएनौं, उहाँहरु यही हुनुहुन्छ, प्रश्न तल पनि गर्न सक्नुहुन्छ। तल सोध्नुहोला फरदर अझै लामो छलफल गर्ने तपाईहरुसँग अवसर यहाँ हुन्छ, धन्यवाद, आयोजकलाई पनि धन्यवाद, थ्यान्क्यु।
