दीपा कोइराला, पत्रकार

दीपा कोइराला, पत्रकार

दीपा कोइराला, पत्रकार

म २०६१ सालदेखि रेडियोमा कार्यरत छु । जतिबेला कर्णालीमा रेडियो भनेको के हो भन्ने कुरा थाहा नपाउने बेलादेखि म रेडियो स्टेसनमा कार्यरत छु । कर्णालीमा रेडियो भनेको के हो भनेर चिनाउने रेडियोमा छु । एउटा जिम्मेवारी रेडियो संस्थामा कार्यरत भएको हुनाले मैले अफवाहसम्बन्धी आफूले घटना भोगेको छैन ।

अफवाह र समाचारको कुरा जुन हामीले भोगिरहेका छौँ त्यो हेर्दाखेरि अफवाह सामाजिक सञ्जालमा छ भन्ने मलाई लाग्छ । सामाजिक सञ्जालमा देखेका र सुनेका कुरा साँचो हो या होइन भनेर पुष्टि गर्नका लागि रेडियो सुन्ने कर्णालीवासीको बानी हामीले बसालेका छौँ । त्यसैले गर्दा सञ्चारमाध्यम र मिडियाहरूले अफवाह फैलाउँदै रहेका छन् भन्ने कुरामा म विश्वास गर्दिनँ ।

अफवाहको कुरा गर्दा नागरिकहरू अफवाहको सिकार भइहाल्छन् । पत्रकारहरू पनि अफवाहहरूको सिकार हुन्छन् तर पत्रकारिता अफवाहको सिकार हुनुहुँदैन । केही समय पहिलेको एउटा उदाहरण भन्न चाहन्छु । उज्यालोबाट कायाकैरनमा पश्चिम क्षेत्रको एउटा समाचार बज्यो । अज्ञात रोगका कारण दुई जनाको मृत्यु भयो भनेर । हाम्रो रेडियो भेरीमा उज्यालोको कायाकैरन समाचार बज्छ । त्यहाँका मानिसहरूले हाम्रो रेडियोमा फोन गरेर गाउँमा कोही मानिसको पनि मृत्यु नभएको जानकारी गराए ।

उज्यालोमा काम गर्ने साथी हामीसँगै काम गर्नुहुन्थ्यो । उहाँसँग सोध्दा खेरी उहाँले यो समाचार मैले पठाएको छैन भन्नुभयो । नेपालगञ्जबाट रिपोर्टिङ गर्ने साथीले त्यो समाचार टिपाउनुभयो । त्यो समाचार मैले दिइन् भने वा प्रसारण गरिन भने म पछाडि पर्छु भन्ने हिसाबले उहाँहरूले त्यो समाचार बजाउनु भयो । त्यो हिसाबमा अफवाह फैलाउने कुरामा स्थानीयस्तरका मिडियाहरूभन्दा पनि राष्ट्रियस्तरका र केन्द्रमा भएका मिडियाहरूबाट बढी हुने सम्भावना रहन्छ जस्तो मलाई लाग्छ । हामी स्थानीयस्तरमा छौँ । प्रत्यक्ष रूपमा हामीले घटना र नागरिकहरूसँग भेट्ने मौका पाउँछौँ ।

२०६१ सालमा जति बेला कर्णालीमा संसारका कुनै पनि माध्यमहरू थिएनन् त्यतिबेला हामीले रेडियो भेरीमा काम गरेका थियौँ । कर्णालीमा सामाजिक सञ्जाल वा अन्य माध्यमबाट आएका अफवाहहरूलाई पुष्टि गर्नका लागि रेडियो सुन्ने प्रचलन छ । यस कारणले पनि हामीले कर्णालीवासीलाई सूचना दिनका लागि स्थापना भएका थियौँ त्यो काममा सफल भएका छौँ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events