बिनु सुवेदी, पत्रकार

बिनु सुवेदी, पत्रकार

बिनु सुवेदी, पत्रकार

पत्रकारको काम समाचार ल्याउने, छाप्ने, लेख्ने, बोल्ने र देखाउने नै हो । यस्तो बेला पनि थियो, कुनै बेला ‘चरी लैजा समाचार’ भनिन्थ्यो । अहिले यस्तो बेला आएको छ, सूचनाको भारीले यसरी थिचिनु पर्छ कि त्यसबाट टाउकै उठाउन सकिन्न ।

म स्वयम् पत्रकार हुँ, म पनि सूचनाको भारीले, अफवाह र समाचारको भारीले थिचिएर टाउकै उठाउन नसक्ने हुन पुग्छु । कहिलेकाहीँ म त त्यस्तो अवस्थामा पुग्छु भने, सामान्य नागरिक जो सूचना र अफवाहको भेद र त्यो बिचको दुरी छुट्टाउन नसक्ने अवस्थाको हुनुहुन्छ उहाँहरूको अवस्था के होला ? अझ अहिलेको परिस्थितिमा विश्व जगतमा विकासउन्मुख मुलुक नेपाल भनेको जस्तै नेपालको कर्णालीमा हेर्ने हो भने भर्खरै भर्खरै जुरमुराउँदै गरेको कर्णाली आफ्नो आवाज बोल्न थालेको कर्णालीमा समाचार र अफवाहको कस्तो दुरी होला ?

हामी सबैजनालाई थाहा छ, समाचारको नाममा भ्रम सिर्जना गरेर नचाहिँदो कुराहरू भनेर हामीलाई हैरान पारेको कुरा । तर अफवाह किन फैलाइन्छ, त्यो अफवाह फैलाइनुको उद्देश्य के हो ? र त्यो अफवाह फैलाए बापत त्यो अफवाह फैलाउने मान्छेहरूले के प्राप्त गर्छन् ? त्यहाँ के प्राप्त गर्छु भन्ने थाहै नपाइ अफवाह फैलाउने गर्छन् । समाचार आफैमा नकारात्मक र सकारात्मक अर्थ लाग्ने खालको हुन्छ । हामी पत्रकारहरूको दाबी सकारात्मक हुन्छ । समाचार मात्रै हुन्छ भनिन्छ ।

जस्तो जे नकारात्मक हुन्छ या जसले नकारात्मक अनुभूति उत्पन्न गर्छ त्यसलाई अलि धेरै हेर्ने खालको बढी राखेको हुन्छ भन्ने छ । त्यसलाई हामीले भोगिराखेका पनि छौँ । भोगेको देखेको पनि हो । जस्तो अहिले परिस्थिति कस्तो आएको छ भने रैवारलाई रैला र रैलालाई रैवार भनेर बुझ्ने परिस्थिति आएको छ ।

राज्यले ल्याउने मिडियासम्बन्धी कानूनको कुरा गर्दा कहिले कानुन आउला जस्तो गर्छ तर सरकार पछाडि हट्छ । अहिले फेरि मिडियासम्बन्धी कानुन ल्याउनका लागि सरकार जुरमुराएको छ । राज्यले अफवाह धेरै फल्यो नियन्त्रण गरौँ भन्छ वा कानुन ल्याउनुको अरू केही पछाडि कारण हुन्छ भन्ने कुरा बहस गर्न जारी छ ।

भन्न चाहीँ हामी सञ्चारकर्मी भनिनेहरूले सामाजिक सञ्जालको कारण अफवाह फैलिए भनेर जवाफ दिइरहेका छौँ । तर त्यति मात्रै होइन जस्तो मलाई लाग्छ । अब निर्वाचन हुँदै छ हामीले छलफल त्यतातिर पनि लाग्नु पर्छ जस्तो मलाई लाग्छ । कहिलेकाहीँ मलाई के लाग्छ भने सञ्चारमाध्यमहरूले नै अफवाह फैलाउन का लागि सेटिङ त गर्दैनन् ?

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events