योवराज कार्की (वडाअध्यक्ष, बराहताल गाउँपालिका वडा नं. २)

योवराज कार्की (वडाअध्यक्ष, बराहताल गाउँपालीका वडा नं. २)

योवराज कार्की (वडाअध्यक्ष, बराहताल गाउँपालीका वडा नं. २)

बराहताल गाउँपालिकामा २०७१ सालमा आएको बाढीबाट मैले मेरो आमा बुवा–दुवै गुमाएँ । पीडा भन्ने कुरा मैले मात्र नभएर पीडा नबोक्ने सायद कोही पनि हुनुहुन्न । सबैजनाले पीडा भोग्नु भएकै छ । मैले परिवार गुमाउँदा मलाई जति पीडा थियो अरू परिवार नगुमाउनेलाई पनि त पीडा भयो होला । वर्षात्मा असिनाले धान खेतिमा क्षति हुँदा किसानलाई पनि पीडा भयो होला वर्षभरि कि खाने भन्ने कुराले । पीडा भन्ने कुरा सँगसँगै हामीले विपद् आउनु पूर्व आएका सूचनाहरूलाई नटेर्ने प्रवृत्ति अहिले पनि छ ।

जस्तो मेरै कुरा गर्दा २०७१ सालमा आएको बाढीको बेला त्यहाँ सूचना आउँदा कहिले नआएको भेरी कहाँ आउँछ र ? भन्ने भएर त्यो सूचनालाई प्रवाह र वास्ता नगर्नाले त्यहाँ धेरै क्षति भएको हो । हामीले भोगेपछि विपद् आउनु पूर्व पूर्वसूचना सबैलाई गराउनुपर्छ भन्ने लागेको छ । बाढीपहिरो मात्रै विपद् होइन ।

आगलागी पनि विपद् हो । लगायत अन्य धेरै विपद्हरू छन् । कर्णालीमा स्वास्थ्य विभिन्न विपद्हरू आइरहन्छ । कर्णालीमा कतिपय आमाहरूले बच्चा जन्म हुँदा सोही समयमा उपचार नपाएर गर्भवती वा सुत्केरी आमाहरूले ज्यान गुमाउनु परेको अवस्था छ । त्यो पनि एउटा विपद् हो । गाउँघरमा यस स्वास्थ्य चौकी हुँदा पनि बच्चा जन्माउन वा स्वास्थ्य जाँच गर्न स्वास्थ्य चौकी पुग्नुपर्छ भन्ने सोच अहिले पनि नहुँदा धेरैले ज्यान गुमाउनुपरेको छ ।

स्वास्थ्य संस्थामा जानुपर्छ स्वास्थ्य जाँच गर्नुपर्छ भन्ने सोच भइदिएको भए उहाँहरूले ज्यान गुमाउनु पर्थेन । कर्णालीमा भूगोल कठिन छ । कतिपय ठाउँहरूमा दुई दिनसम्म हिँडेर स्वास्थ्य चौकीमा पुग्नु पर्ने अवस्था छ । त्यस्तो ठाउँमा बिरामीलाई भन्दा पनि बिरामीसँगै कुरुवालाई पनि बस्ने व्यवस्था भएको भए समयमै जानु हुन्थ्यो होला ।

खानेपानीको मुहान को कुरा गर्दा हामीले पाँच वर्षपहिले देखेका पानीका मुहानहरू अहिले सुक्दै गएका छन् । त्यसका लागि पनि पूर्व तयारी र काम गर्न आवश्यक छ । अग्लो ठाउँमा पोखरी बनाउने तथा खानेपानीको मुहान वरिपरि बोटबिरुवा रोप्ने गर्नुपर्छ । अहिले त्यो प्रवृत्ति छैन ।

यसले पनि भोलि अर्को विपद् ल्याउन सक्छ । भोलि केही समयपछि हामीले खानेपानीको पनि ठूलो समस्या भोग्नुपर्ने हुनसक्छ । कतिपय ठाउँहरूमा खानेपानीको समस्याले गर्दा बस्ती छोड्नु परेको अवस्था छ । कतिपय ठाउँहरूमा पानीका कारण बाढी पहिरोले आएर अथवा बस्ती बगाउने स्थिति छ । कर्णालीको मात्रै नभएर देशव्यापी समस्याको रूपमा जङ्गली जनावर निकुञ्जको आसपासमा त्यो पनि जोखिम रहेको छ । बर्सेनि धेरै घटनाहरू भइरहेका हुन्छन् । त्यहाँ आसपासका नागरिकहरूले जोखिमका लिनुपरेको छ । खेती बालिका नष्ट हुन्छ नै आफ्नो ज्यानको पनि जोखिम हुने गरेको छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events