डा. सुदीप ठकुरी (डीन, मध्यपश्चिम विश्वविद्यालय)

डा. सुदीप ठकुरी (डीन, मध्यपश्चिम विश्वविद्यालय)

डा. सुदीप ठकुरी (डीन, मध्यपश्चिम विश्वविद्यालय)

जलवायु परिवर्तनले खाद्यबाली र कृषि क्षेत्रमा कस्तो खालको प्रभाव परेको छ भनेर हामिसँग वैज्ञानिक तथ्यांकहरूको अभाव रहेको छ । समग्र रूपमा तापक्रम र वर्षात् परिवर्तन भइरहेको देखेका छौँ । त्यसको प्रत्यक्ष प्रभाव सोही क्षेत्रमा हुन्छ । नेपालको परिवेशमा किरब ८० प्रतिशत कृषिबालीहरू वर्षात्को पानीमा भर पर्नुपर्ने हुन्छ । वर्षात्को समय परिवर्तन हुनासाथ त्यसले उत्पादनमा असर गर्छ । एउटा अध्यनले के देखाउँछ भने तापक्रम एउटा सीमित मात्रामा हुनुपर्छ ।

जस्तो धान फुल्ने समयमा तापक्रममा परिवर्तन भयो भने त्यसले उत्पादन र गुणस्तरमा असर गर्छ । अवश्य पनि यसले हाम्रो खाद्य सुरक्षामा असर गर्छ नै । विशेषगरी कर्णाली क्षेत्र पहिलेदेखि नै खाद्यसुरक्षामा कमजोर छ । यहाँ भएको उत्पादनले हामीलाई पुगिरहेको छैन । बाहिरबाट आयात गर्नुपर्ने अवस्था छ । भनेपछि जलवायु परिवर्तनले त्यसलाई असर पार्ने हुनसक्छ । कहिलेकाहीँ जलवायु परिवर्तनले सकरात्मक प्रभाव पनि पार्न सक्छ । जस्तो तापक्रम बढ्दै गयोभने अहिले हिमाली क्षेत्रहरमा तरकारी खेती हुन थालेको छ । हिमाली जिल्लाहरूमा धानको उत्पादन हुने क्षेत्र पनि विस्तार हुँदै गएको छ । त्यसैले यसका केही सकरात्मक कुराहरू पनि छन् । यी कुराहरूलाई मध्यनजर गरेर सकरात्मक कुराहरूलाई कसरी जोड्ने भनी ध्यान दिनुपर्छ ।

विज्ञानको क्षेत्रमा अध्ययन तथा अनुसन्धानको लागि जलवायु परिवर्तनले राम्रो क्षेत्र प्रभाव पारेको छ । यसले हाम्रो समाजमा आएका चुनौतीहरूलाई सामना गर्नका लागि कसरी काम गर्ने भनेर विज्ञान र प्रविधिलाई जोड छ जस्तो लाग्छ । हामीले जलवायु परिवर्तनका कारणले विभिन्न समस्याहरू आउँछन् भन्ने कुरा गर्छौं ।

जलवायु परिवर्तन सबैसँग जोडिएको विषय हो । यो एकदमै ठूलो क्षेत्र हो । यसले सबै कुराहरूलाई जोडेको हुन्छ । सबै कुराहरूको तथ्यांक एकै समयमा जम्मा गरेर हेर्न गाह्रो पर्न सक्छ । तर हामीले हरेक क्षेत्रमा आवश्यकता अनुसार हाम्रो पहिलो प्राथमिकता के हो त भन्ने कुरा ख्याल गरी प्राथमिकताका आधारमा तथ्यांक संकलन गरेर त्यसलाई र विश्लेषण गर्दै प्रस्तुत गर्नुपर्छ । हाम्रो आवश्यकता के हो भन्ने कुरा ध्यान दिनुपर्छ । कर्णाली क्षेत्रको कुरा गर्दा यहाँको सबैभन्दा महŒवपूर्ण कुरा खाद्य सुरक्षा हो ।

जलवायु परिवर्तन एउटा प्रमुख मुद्दा हो । तर हाम्रो पहिलो प्राथमिकता भनेको खाद्य सुरक्षा हो । त्यसलाई सामना गर्नुपर्छ भन्ने हिसाबले हामीले लाग्नुपर्छ । हरेक कुराहरू गर्दा हामीले जलवायु परिवर्तनको दृष्टिकोणबाट मात्र नहेरीकन त्यसले हाम्रो खाद्य सुरक्षामा कसरी असर पार्छ ?

खाद्य सुरक्षा लय हामीले कसरी सुनिश्चित गर्न सक्छौँ भन्ने दृष्टिकोणबाट पनि हेर्नुपर्छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events