गजेन्द्रबहादुर महत, प्रतिनिधिसभा सदस्य, जुम्ला

गजेन्द्रबहादुर महत, प्रतिनिधिसभा सदस्य, जुम्ला

गजेन्द्रबहादुर महत, प्रतिनिधिसभा सदस्य, जुम्ला

हामी सबैले विश्वास गरेको मान्छे कुलमान घिसिङ हुन् । सायद कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नहुँदा हुन त मैले सायद प्रश्नहरू उठाउँथे या उठाउँथेन त्यो रहस्यको विषय छ । केही समय पहिले हामीलाई लोडसेडिङ त भाग्य नै हो जस्तो महसुस हुन्थ्यो ।

कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको रूपमा आउनुभयो, लोडसेडिङको समस्या समाधानको विषय चमत्कारजस्तै भयो । छोटो समयमै हामी लोडसेडिङ अन्त्य गर्न सफल भयौँ । त्यसपश्चात् कुलमान घिसिङप्रति कर्णालीको आशा अलि बढी भयो । त्यसभन्दा पहिले नेपाल विद्युत प्राधिकरण भन्ने कार्यालय छ कि छैन वा त्यहाँको कार्यकारी निर्देशक को थियो र विद्युत कहाँबाट कुन लाइनबाट आउँछ भन्ने कर्णालीबासीलाई थाहा थिएन ।

कुलमान घिसिङजी आएपछि नेपाल विद्युत प्राधिकरणको सेवा सहज बन्यो । गरेपछि सम्भव हुँदो रहेछ भन्ने हामीलाई पनि महसुस भयो । अहिले पनि कर्णालीमा झरो बाल्नुपर्ने अवस्था छ । विद्युत पुगेको छैन । हामीले कुलमान घिसिङ र नेपाल विद्युत प्राधिकरणप्रति आशा राख्दाको मेरो त्यो आक्रोश संसद्मा पोखेको थिएँ । त्यो यहाँको आशा र पिडाको आक्रोश थियो । मैले कुलमान घिसिङजीलाई मात्रै होइन मन्त्रीलाई पनि भनेँ ।

मैले ऊर्जा मन्त्रीलाई धेरै पटक भेट्न खोजेँ, फोन गरेँ तर प्रतिक्रिया आएन । जति बेला जुम्ला जिल्ला अन्धकार थियो । जनताहरूले मकहाँ आक्रोश र पिडा पोखिरहेका थिएँ मैले पनि उहाँहरूसामु आक्रोश पोखेको थिएँ । मन्त्रीको फोन नउठेपछि म जुम्लाबाट काठमाडौं गएको हुँ । मन्त्रीलाई भेट्न पनि सहज थिएन र संसद् चलेको समयमा मैले आक्रोश पोखेको थिएँ । अहिले पनि कर्णालीमा विद्युत पुगेको ठाउँमा पनि संरचनात्मक त्रुटिका कारण अनियमित छ । कर्णालीका अधिकांश ठाउँहरू अझैसम्म पनि अन्धकारमै छन् ।

कर्णालीले राज्यसँग केही पाउनका लागि अरूले भन्दा दुईदेखि तीन गुणा बढी संघर्ष गर्नुपर्छ । लोडसेडिङ अन्त्य भयो कुलमान जी भगवानजस्तै हुनुभयो । तर यहाँ विद्युत छैन । हामीले उहाँ भगवान् (कुलमान) सँग पनि संघर्ष गर्नुप¥यो । उहाँ (कुलमान) लाई राज्य मान्नुप¥यो । मैले कुलमान जीसँग कुरा गर्नका लागि समय मागेको थिएँ तर उहाँले समय नभएकोले फोनबाटै कुरा गर्न भन्नुभयो । फोनबाट के कुरा गर्नु र ? हामीले लामो आन्दोलनबाट संघीयता प्राप्त ग¥यौँ । प्रदेश बन्यो । अँझैपनि हामीले संघर्ष गरिरहनुपरेको छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events