शुष्मा गिरी, शाखा प्रबन्धक, सनराइज बैङ्क, वीरेन्द्रनगर शाखा, सुर्खेत

अंग्रेजीमा एउटा उखान छ, ‘मनि इज इभ्रिथिङ् बट नथिङ्’ । पैसा सबै चिज हो । जीवन निर्वाह गर्नका लागि चाहिन्छ । चाहिँदैन पनि कसरी भन्नु बिहान उठ्ने बेला देखि राती सुत्ने बेलासम्म हामी पैसाको पछाडि हिँडिरहेका हुन्छौं ।
अहिलेको परिवेशमा सुर्खेत कर्णाली प्रदेशको राजधानी भएको कारणले गर्दा पनि बैंक तथा वित्तिय संस्थाको धेरै लगानी होटल व्यवसायमा छ । कोरोना भाइरसको कारणले भने त्यो अलिकति रोकिएको थियो ।
होटल व्यवसाय सानो ठूलो जस्तो होस् तर एकदमै धेरै लगानी भएको देखिन्छ । अन्य उत्पादनमूलक उद्योगहरूको सङ्ख्या त यहाँ एकदमै कम छ । कर्णाली प्रदेशमा नगण्य मात्रामा उत्पादनमूलक उद्योग छन् । केही मात्रामा रियल स्टेटको कारोबार भएको देखिन्छ । रारा लगायतका पर्यटकीय स्थलमा जाने गेटवे भएकाले सुर्खेतमा होटल वा पर्यटन व्यवसाय फस्टाउँदो छ ।
राष्ट्र बैङ्कको निर्देशनअनुसार बैंकहरुले महिला उद्यमी कर्जा दिइरहेका छन् । यसले पहिलेको तुलनामा महिलाहरूलाई बैंकतर्फ अथवा उद्यमीतर्फ लगाव भएको देखिन्छ । वाणिज्य बैंकको एउटा शाखाले एक आर्थिक बर्षमा अनिवार्य दश वटासम्म महिला उद्यमी कर्जा दिनुपर्ने प्रावधान भएको हुनाले अहिलेको परिवेशमा यसले महिला उद्यमी बढाउन सक्छ । अनुदानकै रूपमा भए पनि ऋण लिएर व्यवसाय गर्नुपर्छ, यसलाई आर्जनको रूपमा लिनुपर्छ भन्ने रूपमा महिलाहरूले लिएको पाइयो । सरकारले दिएको सुविधालाई प्रयोग गर्नुपर्छ भन्ने कुरा पनि महिला दिदिबहिनीहरुले बुभ्mनुभएको छ ।
२०७६ असार मसान्तबाट हामीले महिला उद्यमी कर्जा दिन शुरु गरेका हौं । हाल (२०७७ फागुनसम्म) सम्म हाम्रो शाखाबाट ५८ वटा महिला उद्यमी कर्जा प्रवाह भएको छ । अरु फाइलहरू पनि पेश भएका छन् । कर्जा माग बढ्दो छ । यसले गर्दा व्यवसायमा महिलाहरूको पनि पहुँच बढिरहेको छ ।
ठोस प्रस्तावनाको फाइल लिएर बैंक गएमा कर्जा पाइन्छ । बैंकहरुलाइ कर्जाको पनि आफ्नै टार्गेट हुन्छ । तर बैंकमा आउने बेलामा मेरो एक करोडको घर छ, २० लाख पनि ऋण नदिने? भन्नेखालको कुरा आउँछ । बैंकले आयस्रोत पनि हेर्नुपर्ने हुन्छ । धितो भन्दा पनि आयस्रोतलाई हेर्ने कारणले गर्दा कतिपय कुराहरू अस्वीकृत हुन्छ ।
सुर्खेतमा मात्रै २५ वाणिज्य बैङ्कका शाखाहरू छन् । स्पष्ट भिजन र प्रस्ताव भएको खण्डमा हामीले सितिमिति ग्राहकलाई खाली हात फिर्ता गर्दैनौं ।

 

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events