
कर्णाली प्रदेशलाई प्राङ्गारिक बनाउने योजना बनाउनु धेरै ठूलो कुरा हो । उक्त योजनालाई बुझेर कार्यान्वयन गर्नु त्यसपछिको कुरा हो ।
कर्णाली प्रदेश सरकारले सल्यानको कुमाख गाउँपालिकालाई अर्गानिक नमूना गाउँ बनाउनका लागि आर्थिक वर्ष २०७५÷०७६ को लागि बजेटसमेत विनियोजन ग¥यो ।
कुमाख यस्तो गाउँपालिका हो, जहाँ जडीबुटी, स्याउ सुन्तला, ऐसेलु, तरकारी आदि सबै कृषिजन्य वस्तुहरू उत्पादन हुन्छ । कुमाख गाउँपालिका कृषिमा ९५ प्रतिशत आत्मनिर्भर रहेको छ ।
प्राङ्गारिक कृषिलाई प्रवद्र्धन गर्नका लागि हामीले सुरुमा एउटा वडालाई छनौट ग¥यौं । त्यसलाई बिस्तारै पालिकाभरी पु¥याउँदैछौं । यसका लागि पालिका र प्रदेश सरकारको गरी करिब साढे दुई करोड रुपैयाँ बजेट विनियोजन भइसकेको छ ।
कुमाख गाउँपालिकाले कृषिमा मात्रै यति धेरै बजेट लगानी गर्नुको कारण त्यहाँका जनता कृषिमार्फत् नै आत्मनिर्भर हुनसक्ने प्रबल सम्भावना देखेर हो । व्यावसायिक ढङ्गले तरकारी खेती गर्ने थुप्रै कृषकहरू हुनुहुन्छ ।
हामीले उत्पादित वस्तुहरूको बजारीकरण गर्न भने सकेका छैनौं । यहाँ विशेष गरी बिउ विजन उत्पादनमा पनि कृषकहरू आकर्षित हुनुहुन्छ । उत्पादनको आधा हिस्सा किसानहरूले आफै उपभोग गर्नुहुन्छ । आधा उत्पादन डोकोमा बोकेर बजारमा बिक्री गरी आयआर्जन गर्नुहुन्छ ।
अर्गानिक बनाउनु भनेको हाम्रो सोच बदल्नु हो । प्राङ्गारिक मलको प्रयोग गरेर उत्पादन कम हुने भएकोले मान्छेहरू यसतर्फ आकर्षित छैनन् । तर अर्गानिकको महत्व बुझाउनु जरुरी छ ।
अर्गानिक पालिका गराउने सन्दर्भमा हामी अभियानमा छौं । हामीसँग पर्याप्त मात्रामा जङ्गल र जमीन छ । हामीसँग पानीको स्रोत पनि छ । अर्गानिक पालिका बनाउन प्रशस्त आधार छन् ।