पैकेलोः सुनमाया बुढा

पहिला पहिला म स्कुलमा राष्ट्रपति रनिङ्गसिल्डमा भाग लिँदा म प्रथम हुन्थेँ । एस.एल.सी. दिइसकेपछि घरको आर्थिक अवस्था कमजोर भएको कारण ले मेरो परिवारले मलाई ट्रेनिङ्गको लागि पठाउन मान्नुभएको थिएन । तर पनि मेरो जिद्दीको कारणले म बजारमा गुरुको घरमा कोठा लगेर बसेँ । मेरो परिवारलाई म बजारमा बसेर ट्रेनिङ्ग गर्छु भन्ने पनि थाहा थिएन ।

एकैचोटि गेम जितिसकेपछि मात्र सुनमाया पनि रनिङ्ग गर्न थालेछ भन्ने कुरा घरमा थाहा भयो । मेरो खेलमा दुइ वर्ष मैले ग्याप गरेको कारण सुरुमा म दुइ तिन महिना ट्रेनिङ्ग गरिसकेपछि म धरान म्याराथुनमा तेस्रो भएको थिएँ । अनि घरमा जाँदाखेरी तेरो छोरीले त हार्न थाल्यो भन्ने जस्ता अनेक कुराहरू भनेर गाउँलेहरूले घरको मान्छेहरूलाई सुनाए । त्यसपछि घरबाट पनि तँ सक्दैनस् नगर, ट्रेनिङ्ग गरेको मान्छे दुब्लो पनि हुन्छ, पैसा पनि आउँदैन ट्रेनिङ्ग गर्न छोड भनेर भन्न थाल्नुभयो । पैसा नआए पनि म रनिङ्ग गर्छु, विश्वलाई चिनाउँछु, भन्ने मैले एउटा धारणा बोकेको थिएँ, त्यहि धारण बोकेर नै मैले गेम तर्फ नै केहि गर्न सक्छु भनेर लागिराखेको छु । तपाइ्र्रँहरूमध्य पनि कसैको छोराछोरी केही गर्न खोज्दैछ वा गेम खेल्न खोज्दैछ भने पनि गेमतिर भविष्य छैन भनेर कसैले पनि नसोच्नुहोला । गेमतिर पनि धेरै राम्रो भविष्य छ । त्यसैले आमाबुवाहरूले छोराछोरीलाई कुनैपनि किसिमको दबाव नगर्नुहोस, उनीहरूले यस्तो गर्छु भनेपछि उनीहरूलाई सपोर्ट गर्नु ।

मलाई मेरो परिवारको सपाृेर्ट आइरहेको थिएन, मैले आफै संघर्ष गरेर नेपाल लगाएत विदेशका पनि धेरै देशहरूमा गएर गेम जित्न सफल भए । त्यसकारण तपाईँहरूको छोराछोरीलाई पनि तपाईँ धेरै सपोर्ट गर्नुहोस । म त गाउँघरको मान्छे बुवा आमाहरू पनि पढेको हुनुहुदैन त्यसकारण उहाँहरूले बुझ्नुभएन, हामी सातजना छोरीहरूमा पढेको भनेको म नै हो, बहिनीहरू सानै छन् । त्यहि नबुझेको कारणले होला मेरो बाबाले म यति देशहरूमा गएर गेम जितेर आइसकेँ तर अहिलेसम्म पनि मलाई गेम नखेल, भविष्य छैन बरु दश पन्ध्र हजारको जागिर खाएर बस, बिहे गरेर नै बस भनेर भन्नुहुन्छ । एस.एल.सी. दिइसकेपछि मलाई घरबाट बिहे गर भनेर घरबाट एकदमै दबाव आइरहेको थियो, मैले त्यो कुरालाई नसुनेर गुरुहरूको गेमहरू, मिरा राई जस्तो मान्छेहरूलाई देखेर म प्रेरीत भएर गेमतिर नै लाग्छु, भन्ने धारणा बोकिसकेको थिएँ त्यसैले मैले बिहे गर्न मानेन । अहिले म काठमाडौँमा मिरा राई इन्स्टिच्युटमा बसेर ट्रेनिङ्ग गर्छु ।

मलाई चाहीँ यहि रनिङ्ग एल्ट्रा म्याराथुनले अगाडि बढाएर केहि गर्छु, विश्वसामु नेपाल र कर्णालीलाई चिनाउनेछु भन्ने धारण बोकिराखेको छु । छोरी भएर पनि धेरै कुरा गर्न सक्छ, छोरीहरूले केहि पनि गर्न सक्दैन भनेर कहिल्यै नसोच्नुहोला । छोरीहरूले पनि धेरै गर्न सक्छ र हजुरहरूको छोरीहरूलाई पनि त्यहि भनेर उनीहरूलाई अगाडि बढाउनुहोला, सपोर्ट गर्नुहोला, म त्यहि भन्न चाहन्छु । त्यसका साथै म कर्णाली उत्सव कुडा कर्णालीको सम्पूर्ण परिवारलाई धन्यवाद दिन चाहन्छु मलाई यसरी यहाँ बोल्ने अवसर प्रदान गरिदिनुभएकोम । धन्यवाद ।

 

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events