स्वागत मन्तव्य : रेणु आचार्य (ढकाल), उप–प्रमुख, भेरीगंगा नगरपालिका, सुर्खेत

स्वागत मन्तव्य
रेणु आचार्य (ढकाल)

आज हामी कर्णाली उत्सव कुडा कर्णालीकाको दोस्रो संस्करणको उद्घाटन कार्यक्रममा छौं । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका माननीय मुख्यमन्त्री महेन्द्रबहादुर शाहीज्यू, माननीय अर्थ मन्त्रीज्यू, माननीय कृषिमन्त्रीज्यू लगायत ड्यासमा आसीन सम्पूर्ण माननीयज्यूहरु ।

वीरेन्द्रनगर नगरपालिकाका नगर प्रमुखज्यू, सुर्खेतका प्रमुख जिल्ला अधिकारीज्यू लगायत यो कार्यक्रमलाई सफल पार्न आउनुहुने सम्पूर्ण आदरणीय महानुभावहरूमा मेरो व्यक्तिगत तर्फबाट र भेरीगंगा नगरपालिका सुर्खेतको तर्फबाट हार्दिक स्वागत गर्न चाहन्छु ।

कर्णाली प्रदेशको विविध आयाममाथि छलफल र बहस हुने यस कार्यक्रममा देशको विभिन्न क्षेत्रबाट कर्णालीलाई बुझ्न र बुझाउन कार्यक्रममा सहभागी सम्पूर्ण महानुभावहरूमा हार्दिक स्वागत गर्न चाहन्छु ।

अभाव र दुःखको पर्यायको रूपमा चिनिएको कर्णालीलाई विकास र समृद्धिको बाटोमा लैजान र यस प्रदेशको ऐतिहासिकता र मौलिकतालाई बैभवको रुपमा विकास गरी यहाँको कला संस्कृतिलाई जगेर्ना तथा प्रचार प्रसार गर्न यस कर्णाली उत्सवले महत्वपूर्ण योगदान दिनेछ भन्ने विश्वास लिएको छु ।

उत्सवले समग्र कर्णाली प्रदेशको समृद्धिका लागि विभिन्न सरोकारवाला निकायहरूलाई झकझक्याउनुका साथै गतिशील बन्न प्रेरणा दिनेछ । उत्सवमा आउनुहुने आदरणीय महानुभावहरूलाई पुनः एक पटक हृदयदेखि नै हार्दिक स्वागत गर्न चाहन्छु ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events