नमस्कार, मेरो नाम दिपा राना। म महिला परिवर्तन साना किसान कृषि सहकारी संस्थामा व्यवस्थापक भएर काम गरिरहेको छु। मेरो घर गुर्भाकोट नगरपालिका-१३ सुर्खेतमा पर्दछ। यस कर्णाली उत्सवमा मैले आज आफ्नो, म जन्मिदा ३ महिनामै आफ्नो दुबै खुट्टा गुमाउदा भएका र सहकारी संस्थामा कसरी यहाँ सम्म आई पुगे भन्ने आफ्नो जीवन कथा यहा हजुरहरु माँझ सुनाउन गईरहेको छु। मैले म जन्मिदाखेरी बाबाआमाले घरमा सुताईरहदा हामी ४ भाईबहिनि मध्येमा म कान्छी छोरी, जसमा सबै जनालाई त्यो गाँउको परिवेशमा एउटा बिच्चको चुलोमा वरिपरि छोराछोरीलाई सुताईरहदा, म कान्छी छोरी चुलोमा परि फर्केर आउदा दुबै खुट्टा गुमाईसकेको रहेछु। जब दुबै खुट्टा गुमाई सक्दा खेरि त्यहाँको समाजले अब तेरो छोरीले केहि गर्न सक्दैन, सिस्नोको झाडिमा अब फालिदे भनेर झाक्रि धामी गरी सक्दा मेरो आमा रुदै, मेरो बाबाले रुदै काखमा समातेर यो सुर्खेतको हस्पिटलमा लगेर आउदा मैले जीवनमा कति धेरै संघर्ष गरे। मैले त्यस हस्पिटलमा आँउदा मेरो आमाले एकदमै धेरै न्युन परिवारको म गरिब परिवारकी छोरी ३ महिना, ४ महिना हस्पिटल बसेर मलाई फर्काई रहदा त्यहाँको समाजले अब केहि गर्न सक्दैन तिम्रो छोरीले भन्ने कुरा गर्दा गर्दै म त्यस्तै समाजमा हुर्किदै आए।
जब मेरो पढ्ने उमेर भयो, जब पढ्ने उमेर हुदा नि सम्पृर्ण मेरो भाईबहिनिहरु, मेरो दिदिहरु र साथीसंगीहरु स्कुल जादा खेरि दुबै खुट्टा, चार हात खुट्टा टेक्दै गर्दा खेरी मलाई स्कुलमा पढ्नु हुदैन, अब केहि गर्न सक्दैन भन्ने हिसाबले गर्दा मलाई पढाउन खोज्नु भएन। अनि त्यसपछि मैले पनि आमालाई हरेक दिनमा अरु स्कुल जाँदा खेरी मैले भन्ने गर्थे, आमा म पनि स्कुल जान्छु, खुट्टा पो मैले गुमाएको, मैले पढ्न पाँउनु पर्छ, मेरो लेख्ने हात छ, म चार हात खुट्टा टेकेर पनि विद्यालय जान्छु भन्ने हिसाबले म ९ बर्षको अन्तरालमा स्कुलमा पुगे। जब स्कुलमा जाँदै गर्दा चार हातखुट्टा टेक्दै गरेर जादै गर्दा त्यहाँका स्कुलका सम्पुर्ण साथीसंगीनिहरुले हमेसा मलाई अङ्ग्रजीमा मङ्कि भन्ने, कहिले बाँदर भनेर गिज्याउनु हुन्थ्यो। त्यसकुरालाई पनि मैले कहिल्यै पनि नराम्रो लिइन। जब म कोठामा बस्थे, अनि रुने गर्थे, मैले चाँहि हमेसा रुने गर्थे र मेरो बाबाआमाले पिर मान्नु हुन्छ भनेर, मलाई आज केहि भएन। मैले स्कुलमा गए, पढेँ, लेखे, मैले आमा यो जाने नि भनेर मैले भन्दा मेरो आमा खुसी हुनुभयो। त्यतिगरेर मैले नौ (९) कक्षा पढ्दै गर्दामा मेरो देब्रे खुट्टामा क्यानसरको लक्षण देखियो।
अनि त्यसपछि क्यान्सरको लक्षण देखिदा खेरी मलाई हस्पिटलमा फेरि अपरेसन गरेर त्यो खुट्टा माथिबाट फाल्नु पर्छ भनेर भनिसके पछि, म काठमान्डौं एच.यार.डि.सि (HRDC) हस्पिटलमा गएर, काठमान्डौंमा गएर अपरेशन गरे। अपरेशन गर्ने बेलामा म राम्रो विद्यार्थी भएको हुँदा स्कुलले सम्पुर्ण खर्चहरु मलाई व्यहोर्दिनुभयो। हस्पिटलमा मैले औषधी उपचार गरेर फर्किसके पछि बैशाखी कै भरमा चार-हातमा कृत्रिम खुट्टा लगाएर, बैशाखी लगायर एस.एल.सि दिए। त्यसपछि यो शान्ति सम्झौता अनुसार, यो सम्झौता भईसकेपछि मैले जि.आई.जेट भन्ने बाट पि.एल.सि कक्षा पढाउने अवसर पाए। जब पि.एल.सि कक्षा मैले पढाउदा पढाउदै मैले सहकारी बनाउने उद्देश्यमा आए र सम्पुर्ण त्यहाँका पढ्न नजान्ने गरिब महिला दिदिबहिनिहरुलाई बटुलेर मैले बचत भन्ने शब्द सिकाउदा सिकाउदै बचत भन्ने संकलन गर्न सिकाए, जस्ले गर्दा मैले महिला परिवर्तन साना किसान २०६७ मा दर्ता गरिसके पछि त्यहाँका दिदिबहिनिहरुलाई बचत गर्नु पर्छ है भन्ने क्रममा, हैन यो दिपाले त पैसा खानको लागि आफुले बचत गर्नुपर्छ है भन्ने त्यहाँका समाजले मलाई धेरै हेला गरेका कथाहरु म आफैमा संघर्ष छ।
मैले ति गाँउका दिदिबहिनिलाई मैले मेरो लागि बचत गर्ने हैन, तपाईहरु कै लागि बचत गर्ने हो भने। त्यस्तै गर्दा सम्पुर्ण त्यहाका सबैलाई ल शेयर सदस्य बन्नु पर्छ है, भनेर छलफल गर्ने क्रममा त्यहाँका दिदिबहिनिहरुले चाँहि आफ्नो खुट्टाको लागि, आफ्नो परिवारको लागि उसले चन्दा स्वरुप शेयर संकलन गरिरहेको छ भन्ने कुराहरु गर्नुहुन्थ्यो। त्यहाँका सम्पुर्णले यसले चलाएको संस्था कस्तो हुन्छ? दुबै खुट्टा छैन अनि आफै पनि हिड्न सक्दैन र कसरी यसले संस्था चलाउछ? भनेर त्यो समाजले मलाई कहिल्यै पनि विश्वास गर्नु भएन र समाजलाई विश्वास गर्दा गर्दै त्यहाँका एक दुई जनालाई मेरो आमाले गर्नु भएको संघर्ष, मेरो बाबाले गर्नु भएको संघर्ष, त्यो समाजमा, त्यो मेरो ठाँउमा निकै नै अत्तिनै दु:खदायी छ। मलाई सम्झिदा धेरै रुन मन लाग्छ तर मलाई चाँहि रुन भन्दा पनि मैले गरेको संघर्षका हरेक कथाहरु सम्झिदा मलाई आफैलाई खुसी लागेर आँउछ। त्यसैले आएका हरेक आशुहरु मैले लुकाएर सबै समाजमा म हाँस्ने गर्छु।
पैसा संकलन गर्दै गर्ने बेलामा त्यहाँ एक जना मेरा अभिभावक पनि हुनुहुन्थ्यो। उहाँले त्यो पैसा संगाल्दै गर्ने बेलामा तैले पैसा खानका लागि हो भनेर त्यो पैसा, सम्पुर्ण पैसाहरु आगोमा हाल्दिनु भयो। मैले आफु जलेको प्रर्वाह नगरेर सबे पैसाहरु लिएर, त्यो सबै लिएर फेरी मैले अरुको बचत हो, तपाई आफैले धेरै जान्ने हुनुहुन्छ तर मैले निस्वार्थ तरिकाले मैले आफ्नो खुट्टाको लागि हैन। यो सहकारीको अभियान लिएर यो गुमिमा म आफ्नो छुट्टै नाम बनाउन चाहान्छु भन्ने हिसाबले यो सहकारी अभियानमा लागे। जब जि.आई. जेट ले मलाई सहकारी बनाउनमा सहयोग गर्यो। त्यसपछि मैले २०६७ देखि २०६९ सालसम्म सहकारीमा निरन्तर दु:ख गरे। हरेक त्यो पहाड पखेरामा, त्यो उकालो ओरालोमा हिड्न नसक्ने खुट्टामा चारै तिर फोकै फोका, दिनभरी काम गर्थे र रातभरी मैले त्यो खुट्टाको दुबै खुट्टा घुडा मुनि नभएको खुट्टा, दुबैमा आफ्नो फोकै फोका हेर्थे। ती दिनभरी गरेका सुखी र सफलताहरु सम्झिन्थे अनि मैले आफ्नो दु:खहरु सबै बिर्सिन्थे।
आमाले भन्नुहुन्थ्यो; भैगो छोरी अब तैले लोकसेवा आयोग तयारी गर, अनि यो समाजमा सहकारी अभियान्ता भएर काम नगर, तैले चाँहि लोकसेवा आयोग तयारी गरिसके पछि आफ्नो छुट्टै तैले, म मरेर गएभने पनि तलाई जीविकोपार्जन गर्न सजिलो हुन्छ भन्ने गर्नु हुन्थ्यो। तर मलाई चाँहि यो साना किसान सहकारी संस्थाले छुट्टै पहिचान दिएको छ। साना किसान सहकारी संस्थामा जब मैले ति समाजलाई बुझाउन सके। साना किसान सहकारी संस्था भनेको के हो र साना किसान सहकारी संस्थाले कस्तो-कस्तो गर्छ? म दुबै खुट्टा गुमाएर के भयो त, यो समाज परिवर्तन गर्न त सक्छु नी। समाजमा मैले नै म जस्ता हजारौ अपाङ्गहरु छन्, उदाहरण बन्नु पर्छ भन्ने लाग्यो। त्यसैले त्यो महिला परिवर्तन साना किसानलाई अभियानबाट मैले समाजलाई अहिले १५३४ जना सदस्य बनाएर अहिले २९ करोड कारोबार बनाउन सफल भएको छु।
यो २९ करोड कारोबार गराउदै गर्ने बेलामा, कहिले त यो खुट्टालाई ८ लाख, ९ लाख पर्ने, कहिले ति त्यहाँका सम्पुर्णले हिड्दाखेरी गारो हुने, अनि उकालोमा जाँदा सहकारी संस्थामा प्रबन्धक भइराख्दा मलाई त्यहाँ यसले त कामै गर्न सक्दैन भनेर २०६७ मा प्रबन्धक भएर नियुक्ति नदिएको, अनि मलाई त्यसपछि २०७० सालमा मात्र काम गर्दै जादाखेरि बल्ल नियुक्ति दिनु भयो। अहिले म संस्था प्रबन्धक भएर काम गरिरहेको छु। मैले त्यो गुर्भाकोट नगरपालिकामा त्यतिबेलामा गुमी गा.वि.स भन्ने ठाँउमा मैले नाम विद्यालयमा, त्यो लाईब्रेरीमा बस्छु भनेर र परौढ शिक्षा पनि गा.वि.स बाट पढाउछु भन्दै गर्ने क्रममा मलाई त्यहाँका मान्यजनहरुले विश्वास नै गर्नुभएन। तिमीले सक्दैनौ परौढ शिक्षा पढाउन, लाईब्रेरीमा बस्न सक्दैनौ दिपा, किनकि तिम्रो दुबै खुट्टा छैन। तिमीले चाँहि काम नगर। तिम्रो बाबाआमाले पाल्न सकेसम्म पाल्नुहुन्छ, नभए तिमी चाँहि त्यस्तै हो भनेर भन्नु भयो।
जब उहाँरुको कुरा कहिल्यै पनि म भित्र हिड्दै गर्ने कुरामा साथीहरुले नक्कल गर्ने, म कसरी हिड्छु, लचकलचक गरेर हिड्छु, मेरो खुट्टा यस्तो छ, डुडो छ, यस्तो छ भनेर सधै भन्ने गर्नु हुन्थ्यो। मलाई पढ्न जाँदा र सहकारीमा आउदा मेरो यो धकलेर त्यहाँका मेरा साथीसंगीहरुले धकलेर मेरो यो हात नै भाचिँएको थियो। यति ठुलो भाँचिदा पनि मैले कहिल्यै पनि संघर्षबाट हार खाएन। यो सहकारी अभियानमा र पढ्न चाँहि मैले कहिल्यै छुटाएन। अहिले हाल पनि मैले पढिरहेको छु। यो श्रेय सबैमा मलाई चाँहि मेरो आमा हो सबै भन्दा आजको दिनसम्म, मेरो बाबा र आमा मेरो भगवान भन्दापनि प्यारो हो। यहि स्टेजबाट म किन सुनाउन चाहान्छु भने एकदमै बाबा र आमालाई चाँहि मैले मिस गरेको छु। मलाई त्यो सिस्नोको घारीमा फाल्दिएको भए आज मैले यो समाजमा र आज यँहा आएर हजुरहरुलाई मैले मेरो कथा भन्नै सक्ने थिएन होला।
मैले कति दु:ख गरे, मलाई सबै साथीहरु खेल्न जानुहुन्थ्यो। मैले यो कुर्ता सुरुवाल लगाउन नपाउने, एउटा मेड्डिमा पढ्न जान्थे। हे, कस्तो हो के तिम्रो खुट्टा यस्तो रैछ भनेर भन्ने गर्नुहुन्थ्यो। अनि पछी बाख्रा पाल्नु पर्छ, सहकारीबाट यस्तो गर्न पर्छ, तिमीले सक्छौ? घाँस काट्ने कस्तो गारो छ भन्ने कुरा तिमीलाई थाहा छ? भनेर प्रश्न गर्नु हुन्थ्यो। त्यही समाजलाई मैले आज म आफै उदाहरण बनेर सकरात्मक बनाएको छु। सबैले मलाई विश्वास गर्ने बनाएको छु। २० जनाले हिजो विश्वास गरेको, १०० जनाले विश्वास नगरेको, म दुबै खुट्टा नभएको महिलालाई आज १५०० प्लस मानिसहरुले मलाई विश्वास गर्ने वातावरण सिर्जना गरेको छु। बाबाआमाले हस्पिटलमा मलाई बसाल्दा खेरी म हस्पिटल बस्दै गर्ने क्रममा एउटा खुट्टामा, बाबाआमा कोहि हुनुहुन्थेन।
म एच.आर.डि.सी हस्पिटलमा बस्दै गर्ने क्रममा थाहा छ हजुरहरुलाई, त्यो हस्पिटलमा बस्दै गर्ने क्रममा मैले के भनेकि थिए डाक्टरलाई, म सँग अप्रेशन गर्ने बेलामा मेरो बाबाआमा कोहि हुनुहुन्न, किनभन्ने आजको खाना, छाक टार्नको लागि बाबाआमाले आजै मेहनेत गर्नु पर्छ। आज ३०० कमाएपछि मेरा १ दिदि र २ भाईहरुलाई चाँहि पाल्नुपर्छ। त्यसैले हस्पिटलमा म मात्र एक्लै बस्छु। यदि मेरो दुबै खुट्टाको अप्रेशन गर्नुपर्ने छ भने म मरे भनेपनि मेरो बाबाआमाले केहि भन्नुहुन्न, मलाई चाँहि केहि भन्नुहुन्न तर पनि मेरो दुबै खुट्टाको अप्रेशन गर्दिनुस, म एक्लै सक्छु भनेर म त्यो काठमान्डौंको ठाँउमा एक्लै हेच.आर.डि.सि हस्पिटलमा म एक्लै अप्रेशन गरे। दुई बर्ष त्यो हस्पिटलमा बस्दै गर्ने क्रममा यँहाबाट गुर्भाकोट सुर्खेतबाट कोहि जानु भएन। डाक्टर शिक्षाले मलाई चाँहि त्यहाँ हस्पिटलमा सम्पुर्ण सहयोग गर्नु भयो र मलाई चाँहि हस्पिटलबाट २ बर्ष सम्म एकजना चाँहि हाम्रो गाँउको एकजना टिचर जानु भयो कविराम सर, अहिले यहि स्टेजबाट पनि मैले कविराम सरलाई धेरै सम्झिन चाहान्छु।
२ बर्ष पछि त्यो हस्पिटलमा सर जादै गर्ने क्रममा म कति खुसी भए, कति रोए, सबैको हरेक दिनमा आ-आफ्नो मान्छे भेट्न आउनु हुन्थ्यो। मलाई भेट्न कोहि आउनु भएन किनभने यति टाढा थिए। म गरिब परिवारको छोरी थिए, त्यसैले मैले हस्पिटलबाट फर्केर आउदा सबैजनाले तिम्रो खुट्टा खै कस्तो भयो भनेर सबैले वरिपरी बस्न आउनु भयो। सबैले कठै बिचरा, दिपा तिम्रो खुट्टा त के भयो यस्तो? तिमी त केहि गर्न सक्दैनौ भन्दा खेरी म तिनिहरुको अगाडि रुने गर्थिन। जब म एक्लै हुने गर्थे, तब म रुने गर्थे। यो समाजमा म जस्तो अपाङ्ग मान्छेहरुलाई सपाङ्गले हेर्ने दुष्टिकोण फरक छ। यो सहकारीमा काम गर्दै गर्ने क्रममा पनि म एक्लै हिड्नु पर्छ। मलाई हेर्ने दुष्टिकोणहरु फरक हुन्छन। मलाई हेर्ने दुष्टिकोणहरु महिलालाई हेर्ने उत्तिकै दुष्टिकोणहरु फरक हुन्छ भने म जस्तै अपाङ्गलाई हेर्ने दुष्टिकोण फरक हुन्छन। कति जनाले त मलाई आफै आक्रमण गर्न खोजे। कति जनाले मलाई के के गर्ने भनेर सोचेका थिए। म त्यस समाजबाट पनि म आफैलाई बलियो बनाएर मेरो आमाको एकदमै ठुलो सपना, म मरेर गएपनि यो समाजमा दिपा राना भन्ने नामले चिनिन चाहान्छु भनेर भन्नु हुन्थ्यो।
मेरो बाबा र आमाले आज सबैले दिपा रानाको बाबा भनेर, दिपा रानाको आमा भनेर चिनिन पाउदा म आफैमा पनि एकदमै गौरवान्वित छु। देख्दा खेरी त म राम्रै हिड्छु। तपाईहरुले देख्नुभएको छ, म स्टेजबाट आउदा पनि एकदमै राम्रै तरिकाले आए, तर मेरो यहाँ बाट खुट्टा छैन र यहाँबाट पनि दुबै खुट्टा छैन र खुट्टा निकाल्दा नि म चर्पीसम्म जान सक्दैन। कतिले भन्ने गर्नु हुन्छ; म तालिममा पर्दा, यताउता जाँदा हाम्रो घरमा बस्नु दिपा भनेर, तर म चर्पी गर्नै नसक्ने अवस्था हुदा रातदिन गरेरपनि घरै फर्किन्छु। यदि होटलमा बस्नु पर्यो भने अग्लो वाला चर्पी छ कि छैन भनेर सोध्ने गर्छु। खाना खादा पनि मेरो वजन बढ्यो भने अलिकति म ४२/४३ किलो को भए भने मेरो खुट्टै छिर्दैन, खुट्टा नछिरेपछी बैशाखीको सहारामा हिड्नु पर्छ। फेरि म अलिकति कम खान्छु है भनेर कम खाने क्रममा फेरि ३८ र ३९ किलो भए भन्ने फेरि खुट्टा खुकुलो भएर फेरि निस्किन्छ।
मेरो सम्पुर्ण ७ जना कर्मचारी हुनुहुन्छ। ११ जना संञ्चालक हुनुहुन्छ। उहाँहरुले मलाई हामी छौ दिपा तिम्रो साथमा, सहकारीमा, हरेक यो स्टेजमा आउदा होस् वा अलिकति उकालोमा आउदा होस्, यी हिड्न नसक्दा, दुबै खुट्टा गुमाउदा भगवानसँग जहिले पनि मैले माग्छु गर्छु, एउटा हात नभईदिएको भए सायद म हिड्न सक्थे होला, आफै चर्पी जान सक्थेहोला। भन्थे तर भगवानसँग मैले जहिले पनि हमेसा माग्छु, कसैलाई पनि दुबै खुट्टा गुमाउन नपरोस्, ताकि दुबै खुट्टा गुमाउदा खेरी पर्ने आफ्नै कथा छुट्टै छ। सबैजना हिड्दा खेरी र समाजमा पैसा बचत गर्नु पर्छ भन्ने सन्देश दिदा दिदा त्यहाँका मानिसहरुले मलाई हेर्ने दुष्टिकोण; यस्तो गर्नु पर्छ है, लुटपाट भन्दापनि शारिरिक यस्तो गर्न पर्छ भन्ने हिसाबले हेर्नु हुन्थ्यो। सरी एकदमै,(भावुक हुदै…., रुदै…)
सम्पुर्णलाई यहाँबाट आउनु भएका, मलाई बोल्ने अवसर दिनुभयो। यस महिला परिवर्तन साना किसान सहकारी संस्था र साना किसान विकास लघुवित्त वितीय संस्थाका सम्पुर्ण र आदरणीय जि.आई.जेट बाट मलाई आफ्नो बहिनि सम्मान गरेर, एकदिन त मलाई त्यो कथा त मैले भन्नै बिर्सेछु। म बिरामी भए, म काम गर्न सक्दै सकिन १ महिना सम्म, अनि दुबै बैशाखीबाट काम गर्न नसक्दा उहाँले मलाई चाँहि जागिरबाट निस्कने निर्णय त्यहाँ भईसकेको रहेछ। अब चाँहि यो दिपाले सक्दैन भनेर निर्णय गरिरहदा मेरो जि.आई.जेट बाट मलाई धर्म बहिनि बनाउनु भाथ्यो। उहाँले चाँहि सन्चो भएपछि गर्न सक्छौ है भनेर मलाई चाँहि फेरि पनि पुनः जागिर दिनु भयो र मेरो जागिर बचाईदिनु भयो। हिजो मैले लोक सेवा आयोग तयारी गरेको भए, आज शिक्षक बनेको भए सायद एउटा शिक्षक भनेर चिन्नु हुन्थ्यो। यो महिला परिवर्तन साना किसानमा काम गरिरहदा आज सबै जना यहाँ उपस्थितमा भए। त्यसका लागि सबैलाई मनै बाट स्टेज बाट सम्पुर्ण लाई, मेरो बाबाआमा, ती समाज, १५३४ जना र मेरो कर्मचारी, मेरो दाईभाई र आदरणीय नेतृत्व लगायत सम्पुर्ण सरहरु लाई चाँहि सम्झिन चाहान्छु, धन्यवाद।
