कर्नाली खेल्दो छ !

कर्णाली उत्सवको चौँथो संस्करणको पहिलो दिनको दोस्रो सत्र हो– कर्णाली खेल्दो छ ! यस सत्रमा छलफलका मुख्य बुँदा थिए– मानव जीवनमा खेलकुद किन महŒवपूर्ण छ ? खेलको माध्यमबाट कसरी देश विकास हुनसक्छ । साथै, कर्णाली प्रदेशको समग्र विकासमा खेलकुदको महŒव के छ ? २०८१ मंसिर २ देखी ९ गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका सन्दर्भमा समेत उपयोगी हुने उक्त छलफलमा राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी सदस्य नन्दा बस्याल, कर्णाली प्रदेश खेलकुद परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्याल र भलिबल प्रशिक्षक जगदीश भट्ट वक्ताको रूपमा सहभागी थिए भने सहजीकरण खेल पत्रकार भुपेश उपाध्यायले गरेका थिए । छलफलमा उठेका मुख्य नीतिगत सवाल यसप्रकार छन् ।


 

विश्वामित्र सञ्ज्याल, सदस्य सचिव

खेल क्षेत्रमा कर्णाली किन कमजोर छ ? कर्णाली किन राम्रोसँग खेल्न सकिरहेको छैन ? भन्ने बुझ्न हामीले हिजोको एकात्मक राज्यसत्ता बुझ्नुपर्छ । त्यतिबेलैदेखि खेलकुदमा कर्णालीले पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व गथ्र्यो र अहिले पनि धेरै कुरामा पछाडि नै छ । आठौँभन्दा नवौँ राष्ट्रिय खेलकुदमा कर्णालीले धेरै सुधार गरेको छ । कर्णाली अब दशौँ राष्ट्रिय खेलकुदको आयोजना गर्ने अवस्थामा पुगेको छ । यसरी हेर्दा कर्णालीले खेल्न चाहन्छ भन्ने देखिन्छ ।

कर्णाली प्रशस्त सम्भावना बोकेको प्रदेश हो । हरेक क्षेत्रमा जस्तै खेलकुदमा पनि यहाँ धेरै सम्भावना छ । यसलाई प्रमाणित गर्ने अवसर दशौँ राष्ट्रिय खेलकुद हो । त्यसबेला देशैभरीका दश हजार खेलाडीलाई कर्णालीले आतिथ्यता प्रदान गर्नेछ ।

खेलकुद क्षेत्र विकासका पाँच वटा आधारस्तम्भ छन् । जसमा पहिलो हो खेलकुद नीति । हामीले खेलकुद नीति तयार पारेका छौँ । दोस्रो आधार खेलकुद पूर्वाधार हो । हामीले दशौँ राष्ट्रिय खेलकुद समेतलाई मध्यनजर गरी सुर्खेतको वीरेन्द्रनगरमा सुविधासम्पन्न रंगशाला निर्माण गरिरहेका छौँ । खेल क्षेत्रको विकासको तेस्रो आधार हो, प्रशिक्षण । चौँथो आधार भनेको खेलाडीलाई पुरस्कार र प्रोत्साहन हो भने पाँचौं महŒवपूर्ण आधार हो, खेलाडीको प्रतिभा छनौट । यी सबै कुरामा ध्यान दिएर हामीले दशौँ राष्ट्रिय खेलकुदमा धेरै सुधार हुने अपेक्षा गरेका छौँ ।

नवौँ राष्ट्रिय खेलकुदको आयोजना कर्णालीमा हुनुपर्ने थियो तर पूर्वाधार अभावको कारण यहाँ हुन सकेन । यसले गर्दा कर्णालीको सामथ्र्य छैन भन्ने हुन गयो । अलिअलि हेपिएको महशुस भयो । प्रदेश खेलकुद परिषद् बनिसकेपछि भने प्रदेश सरकारले नै गौरवको आयोजनाका रूपमारङ्गशाला निर्माण सुरु गरेको छ । प्रशिक्षण र प्रतियोगितालाई व्यवस्थित गर्न आवश्यक कानुन निर्माणको काम भइरहेको छ । जसमा खेलाडीलाई पदक र प्रोत्साहनको व्यवस्था गर्ने कुरालाई जोड दिइएको छ ।

नवौँ राष्ट्रिय खेलकुदमा पदक प्राप्त गर्ने खेलाडीहरूलाई कर्णाली प्रदेश सरकारले नगदसहित सम्मान गर्ने निर्णय गरेर खेलाडीको मनोवल बढाउने काम गरेको छ । सरकारले स्वर्ण पदकलाई दुई लाख, रजत पदकलाई एक लाख र कास्य पदकलाई ५० हजार रूपैया प्रदान गर्ने निर्णय गरेको छ । यसैगरी खेल प्रतिभाको छनौटका राष्ट्रपति रनिङ्ग शिल्ड, मुख्यमन्त्री कप आदिको आयोजना भइरहेको छ । विगतमा कोभिडका कारण लमो समयसम्म खेलकुद यथास्थितिमा रह्यो । तर आज कर्णाली खेल क्षेत्रमा दगुर्न खोजेको छ ।
यसका साथै,कर्णालीका सबैजसो जिल्लामा खेल पूर्वाधार निर्माण गर्ने तथा खेल सञ्चालन गर्नेमा हाम्रो जोड छ । र, नयाँ बन्ने सबै संरचना अपाङ्गतामैत्री बन्ने कुरामा कुनै शंका छैन ।


जगदिश भट्ट (प्रशिक्षक, राष्ट्रिय भलिवल टिम)

विगत तीन दशक देखि नेपालको राष्ट्रिय खेल भलिबल मार्फतखेलाडी तथा प्रशिक्षकको रूपमा काम गर्दा मैले बुझेको कुरा हो, कर्णाली निर्माणका लागि खेल क्षेत्रका जनशक्ति उत्पादनमा विशेष ध्यान दिनुपर्छ । कर्णालीमा रहेका १० वटै जिल्लाको ९० प्रतिशत भू–भागमा पहाडी बस्ती छ । पहाडमा बस्ने मान्छेले सामान्य अवस्थामा पनि धेरै श्रम गर्नुपर्ने हुँदा शारीरिक विकास राम्रो हुन्छ । र, त्यो जनशक्ति नै यहाँको खेल क्षेत्रको सम्भावना हो । यही अवस्थामा यहाँको सरकार तथा सरोकारवालाहरूले उपयुक्त खेल नीति निर्माण गर्नु आवश्यक छ ।
अर्कोतर्फ खेलमा आकर्षण थप्न सक्ने हो भने यहाँका युवा विदेशिनबाट रोक्न सकिन्छ । खेलकै माध्यमबाट उनीहरूको जीवनलाई आर्थिक समृद्धिसँग पनि जोड्न सकिन्छ । त्यसैले यहाँका विद्यालयमा पठनपाठनको साथसाथै खेलकुदमा ध्यान दिनु जरुरी छ । खेल नै यस्तो माध्यम हो जसले अनुशासित र स्वस्थ जनशक्ति उत्पादनमा सहयोग पु¥याउँछ । मिहिनेत गर्ने हो भने कर्णालीमा चार वर्षमै अब्बल खेलाडी उत्पादन गर्न सकिन्छ । जुन अन्यत्र १० वर्ष पनि लाग्न सक्छ । यसका लागि सरकारले खेलकुद आबद्ब संघ–संस्था तथा सरोकारवाला सबैको साथ सहयोग र समर्थन प्राप्त गर्नु जरुरी छ ।
खेलकुदका पनि धेरै विधाहरू छन् । खेलाडीको रुचिको आधारमा तिनलाई उक्त विधामा आकर्षित गर्ने नीति लिनुपर्छ । र, यसरी छानिएका खेलाडीलाई नियमित प्रशिक्षणको खाँचो पर्छ । तब मात्रै राम्रा खेलाडी उत्पादन हुनसक्छन् । व्यक्तिको शारीरिक अवस्था तथा रूचिका आधारमा मात्रै खेलमा लगाउनु उपयुक्त हुन्छ । खेलाडी रातारात तयार हुने कुरा पनि हैन न त त्यस्ता खेलाडीले कुनै पदक नै जित्न सक्छन् । खेल जनशक्ति निर्माण भनेको लामो समय लगानीको प्रतिफल हो । खेलकुद क्षेत्रलाई चलायमान बनाउन आवश्यक उत्प्रेरणामूलक तथा प्रतिष्पर्धायुक्त खेलहरू निरन्तर खेलाउनु जरुरी छ ।
खेलमा हार हुँदैन । या त जित हुन्छ या सिकाई । खेलकै माध्यमबाट व्यक्तिले आफ्नो र आफ्नो देशको पहिचान कायम राख्न सक्छ । आजभन्दा ३० वर्ष अगाडी नेपालमा भलिबल खेल्न सिकाउन जापानी कोचहरू आउँथे । उनीहरूले सिकाएका धेरै कुरा अहिलेसम्मै काम लाग्ने खालका छन् । तर हाल नेपालमा खेलकुदप्रतिको जुन दृष्टिकोण र अभ्यास छ यसले खेल क्षेत्रमा आवश्यक विकास हुनै सक्दैन । जस्तो कि स्थानीय तहमा बजेट र विद्यालय छन् तर पर्याप्त खेल प्रशिक्षक छैनन् । खेल व्यवस्थापनका लागि खेलकुद परिषद्हरू छन् तर त्यहाँ बजेट पनि छैन खेलाडी पनि छैनन् ।
अर्को कुरा नेपालमा विद्यमान खेलकुद मन्त्रालयले नै खेल राम्रोसँग बुझेको छैन । खेल नबुझ्नेलाई मन्त्रालय दिने राजनीतिक अभ्यासले खेल क्षेत्र संकटमा परेको छ । खेलाडीमात्रै होइन खेल प्रशिक्षकहरू उत्पादनमा राज्यले कुनै ध्यान दिएको छैन । जसले गर्दा खेलाडीहरूबाट समेत सोचेको उपलब्धी हासिल हुन सक्ने देखिँदैन ।
धेरैलाई लाग्छ, खेलकुदमा लागे भने छोराछोरी बिग्रन्छन् । यो त खेलको मर्म नै नबुझेको कुरा हो । खेलकै माध्यमबाट मानिस स्वस्थ र अनुशासित हुन्छ भन्ने कुरा छायाँमा परेको छ । जुन देशमा खेलकुदको विकास भएको छ त्यो देश समृद्ध भएको मैले देखेको छु । ५० जति देश घुम्दा मलाई लागेको कुरा के भने, खेलाडीलाई त्यहाँ आत्मसम्मान छ ।
अर्कोतिर खेल आर्थिक समृद्धिको माध्यम पनि हो । विश्वकप खेलाउने मुलुकहरू समृद्ध मानिन्छन् । खेलकै माध्यमबाट उनीहरूले आर्थिक वृद्धि हासिल गरेका उदाहरण पनि छन् । हालै कतारले विश्वकप फूटवलको आयोजना ग¥यो । संसारभरबाट खेलाडी तथा खेलप्रेमी त्यहाँ पुगे । फलस्वरूप त्यहाँको पर्यटकीय विकासमा पनि योगदान पुग्यो ।
कर्णालीमा स्पोर्टस् एकेडेमीनिर्माण गरी खेल क्षेत्रको विकास गर्नु जरुरी छ । खेल खेल्ने भनेको पढाइ छाडेका वा कुलतमा लागेकाले मात्रै हो भन्ने भावनाबाट अब बाहिर निस्कनुपर्छ । खेल खेल्ने मान्छे ट्यालेन्ट हुन्छ भन्ने भाष्य निर्माण गर्नु जरुरी छ । जबसम्म पढेलेखेका वा राम्रो वुद्बि विवेक भएका मानिसहरू खेलकुदमा आउँदैनन् तबसम्म खेलकुदले पनि फड्को मार्न सक्दैन ।

 


 

नन्दा बस्याल (कार्यकारी सदस्य, राष्ट्रिय खेलकुद परिषद्)

 

म पहिला खेलाडी मात्रै थिएँ । पछि खेलकुद क्षेत्रकै नियामक संस्था राष्ट्रिय खेलकुद परिषदमा पुगेँ । पहिले मैले खेलाडीको रूपमा धेरै समस्या भोगेँ तरपछि समग्र खेलक्षेत्रकै समस्या अनुभव गर्न पाएँ । खेल क्षेत्रमा सरकारको त्यति धेरै ध्यान पुग्न सकेको छैन । त्यहाँ कर्मचारी बजेट आदिको समस्या छ ।

कर्णालीमा दशौँ राष्ट्रिय खेलकुदको आयोजना हुनु आफैमा गर्वको कुरा हो । त्यसलाई पार लगाउनु नै हाम्रो ठूलो उपलब्धी हो । किनभने कर्णालीमा यति ठूलो खेल आयोजनाका धेरै चुनौती छन् । अन्य प्रदेशहरूमा धेरै संरचनाहरू निर्माण भइसकेका छन् । राम्रा खेलाडीहरू छन् । हामीले खेलकुदमा त्यति लगानी गरेका छैनौँ । न आवश्यक संरचना छन् न पर्याप्त खेलाडी नै ।

खेल क्षेत्रको विकास भनेको पूर्वाधार र खेलाडी दुवै हो । खेलाडी बिनाका संरचना काम नलाग्न सक्छन् । आजभन्दा २९ वर्ष अघि म तेक्वान्दो खेल्दा कपडा फेर्ने ठाउँ थिएन । अहिले आएर रंगशाला निर्माण हुँदैछ । जुन गौरवको कुरा हो ।

अर्कोतर्फ खेलकुदको पर्याप्त विकासका लागि खेलसम्बन्धी धारणामा परिवर्तन ल्याउनु जरुरी छ । यसमा सबै अभिभावकहरूको योगदान हुनसक्छ । खेलाडीलाई घर परिवारबाट हुने सहयोग सबैभन्दा ठूलो हुन्छ । यद्यपि, कर्णालीका खेलाडीहरू घरपरिवारकै कारण खेल खेल्ने निमन्त्रणा अस्वीकार गर्न बाध्य छन् । यस्तै खेलकुदको विकासका लागि स्थानीय तहहरूले पनि विशेष ध्यान दिनु जरुरी छ । खेलकुदमा हामीले लगानी विनै प्रतिफल खोजिरहेका छौँ जस्तो लाग्छ ।

हामीले अहिले रंगशाला त निर्माण गरिरहेका छौँ तर खेलाडी तयार पार्ने कुरामा ध्यान पुगेको छैन । यसरी संरचना र खेलाडी निर्माण अलग अलग हेरिनुहुँदैन । यी दुवै सँगसँगै जाने कुरा हुन् ।

सबैभन्दा पहिले कर्णाली प्रदेशमा बढी सम्भावना भएका खेलहरूमा लगानी गर्नुपर्छ । कुन–कुन प्रतियोगिता गर्दा हामीले उपाधि जित्न सक्छौँ भन्नेमा ध्यान दिनुपर्छ । राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने गरिन्छ तर म महिलाका लागि पनि खेलकुद हुनुपर्छ भन्छु । किनभने हामीले खेलाडी भनेकै पुरुषमात्र हुन् भन्ने बुझेका छौँ । खेलाडी छोरीहरू पनि भोली कर्णालीको शान बन्नसक्छन् भन्नेमा हेक्का हुनुप¥यो ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events