टिकाराम यात्री, प्रधानसम्पादक, एपिवान टेलिभिजन

टिकाराम यात्री, प्रधानसम्पादक, एपिवान टेलिभिजन

टिकाराम यात्री, प्रधानसम्पादक, एपिवान टेलिभिजन

कर्णाली उत्सवमा यस पटक मेरो भूमिका फेरियो । अलि अनौठो किसिमको भयो । प्रश्न गरेर कसरी समय व्यवस्थापन गर्ने र प्रश्नको पोयो फुकाउँदै उत्तर लेने भन्ने ठाउँमा हुने मान्छे आज उत्तर दिने ठाउँमा छु । आफैँमा सही प्रश्न आधा उत्तर हो भन्छन् । संस्थागत अफवाह पहिले हुन्थ्यो होला । गोबेल्स जो प्रोपोगाण्डा मिनिस्टर थिए । हिट्लरको कुरा छ ।

त्यति बेला संस्थागत रूपमा संस्थापनले गर्ने अफवाह हुन सक्थ्यो । हजार पटक तपाईँ एउटा झुटो कुरा भन्नु भयो भने पनि त्यो सत्यमा रूपान्तरित हुन्थ्यो । त्योभन्दा अगाडि त्यसैलाई खण्डित गर्ने अमेरिकाका १६ औँ राष्ट्रपति अब्राहम लिङ्कनले भनेका छन् केही व्यक्तिलाई केही समयका लागि अफवाह मिलाउन सकिन्छ तर सबै व्यक्तिहरूलाई सधैँका लागि अफवाहमा रुमलाउन सकिँदैन ।

त्यसैले हामीले जुन अफवाह दुष्चक्र र सिकार भोगिरहेका छौँ । अन्ततः हामी त्यो सिकारबाट उन्मुक्ति त पाउँछौँ होला । फेसबुकको कुरा गर्दा अमेरिकाको विश्वविद्यालयमा सन् २००४ मा आयो । हामीले सन् २००७ देखि अभ्यास गर्न थाल्यौँ । ट्विटरको कुरा गर्दा हामीले सन् २००९ देखि प्रयोग गर्न थाल्यौँ । हामीले युट्युब सन् २००९ देखि प्रयोग गर्न थाल्यौँ । टिकटक त अस्ति भर्खरै २०१७ मा आएको रहेछ । त्यसको इतिहास यति छोटो रहेछ जुन साहित्य पहिले कि समालोचना पहिले भनेजस्तो रहेछ । नयाँ नयाँ प्रविधिहरू आइरहेका छन् । प्रविधिलाई हामीले कहिल्यै छेक्नु पर्ने हुँदैन । तिनीहरू सृजनशील पनि छन् र अराजक पनि छन् । तिनीहरू आफैमा साधन हुन् साध्य होइनन् । साध्य भनेको हामी प्रयोगकर्ताहरू हौँ र नियमनकारी हो । हामी अहिले पनि भोक्ता र साक्षीको रूपमा त्यसमा के हुनुपर्ने हो र के भइरहेको छ भन्ने ठम्याउन सक्दैनौँ ।

त्यसका लागि कस्तो कानुन बनाउने होला? वैयक्तिक स्वतन्त्रताको सीमा कहाँ सकिएर कहाँदेखि अराजकता सुरु हुन्छ ? भन्ने थाहा नपाउने समय भएका कारणले अहिले हामी कुन रैबार हो र के रैला हो भन्ने दिग्भ्रममा छौँ । त्यसका लागि सम्भाव्यता राज्य पनि तयार होला । पूर्ववर्ती सरकारका सञ्चार मन्त्री जसको आवाज र उनको प्रस्तुतिले गर्दा उनले ल्याउन खोजेको सूचना प्रविधि विधेयक त्यही नजरबाट हेरियो । अहिलेको सरकारले ल्याउन खोज्दा त्यस्तै त्यस्तै ढङ्गको भए पनि आउन ढिलो भयो भन्ने बुझेका छौँ । भनेपछि एक वर्षमै हाम्रो मानसिकता अतिरञ्जित हवाले वाक्क दिक्क बनाएको अवस्था छ । जे गर्नुभन्दा अगाडि पनि सीमामा हुन्छ ।

तपाईँले ढिला गर्नु भनेको अन्याय गर्नु जस्तै हो । यो यस्तो विषय हो जसका कारणले धेरैको बारबार बिग्रिने देखि धेरैलाई एकदमै ठुलो र नकारात्मक अवस्थामा पुगिसकेको छ । त्यसैले यस्तो किसिमको कानुन हुनुपर्‍यो  जसले अभिव्यक्ति स्वतन्त्रतालाई हनन पनि नहोस् र सँगसँगै अफवाहलाई पनि पूर्ण रूपमा निषेध गरोस् । अहिले सरकारले गरिरहेको अभ्यासलाई हेर्दा सरकारको अलमल कहानी र छ भने व्यक्ति अथवा सञ्चारमाध्यमलाई नियन्त्रणमा नियमन गर्ने कि युट्युब चलाउनेहरूलाई नियमन गर्ने वा मूलधारका मिडियाका अनलाइन प्लेटफर्म हरूबाट राजश्व सङ्कलन गर्ने भन्ने कुन कुरालाई ध्यानमा राखिएको हो भन्ने कुरा हुन्छ ।

के स्वतन्त्रता हो र के अराजकता हो भन्ने कुरा भोल्टिअरका दुई वटा भनाइ छन् । राज्यले के गर्ने र व्यक्तिहरूले के गर्ने भन्ने विषयमा । म तिम्रो एउटा पनि तर्कसँग सहमत छैन तर तिम्रो बोल्न पाउने अधिकार सँग म सधैँ सङ्घर्षरत छु भनेर राज्यले भन्नुपर्छ  र व्यक्तिले स्वतन्त्रता अभ्यास गरिरहँदा तिमीले त्यति बेलासम्म मात्रै आफ्नो हातको औँला ठड्याउन पाउँछौ जति बेरसम्म तिमीले ठड्याएको हातको औँलाले अर्काको नाकको टुप्पो छुँदैन । त्यो चाहिँ स्वतन्त्रता हो । तर नाकको टुप्पो छुन थाल्यो भने त्यो अराजकता हो । संस्थागत र जबाफदेही मिडियाले नजानीकन अफवाह कैदीले पनि फैलाउँदैन । त्यसको स्रोत सम्मै पुग्छ ।

अफवाह फैलाउने भनेको जानीजानी हो । मुख्य गरी त्यस्तै तीन ओटा सरोकारवाला पक्षहरू छन् । विशेष गरी एउटा राजनीतिक दलको भातृ सङ्गठन जसरी प्रेस चौतारी नेपाल र प्रेस युनियन नेपाल लगायतका पत्रकार सँग सम्बन्धित सङ्घसंस्थाहरू छन् । त्यो भनेको उहाँहरूको पत्रकारिता र व्यावसायिकता प्रतिको उत्तरदायित्व कम हुनु हो । उसको राजनीतिक दलप्रतिको उत्तरदायित्व र जबाफदेहिता बढी हुन्छ ।

त्यो एउटा अफवाहको स्रोत हो । पुरा अफवाह होइन तर पूर्वाग्रही चाहिँ हुन्छ । दोस्रो पूर्वाग्रह हामीजस्ता मिडिया र अनलाइनले गर्नुपर्थ्यो कोकाकोलाको कर छलीको विषय । टक्सार म्यागेजिनमा गजेन्द्र बुढाथोकीले गर्नुपर्याे । हामीले यसमा मौनतामा उत्तर दिएर बसिरहेका छौँ । कतिपय अवस्थामा त्यस्ता कर्पोरेटको पृष्ठपोषणका कारणले पनि हाम्रा हात बाँधिएका हुन सक्छन् ।

तेस्रो पूर्वाग्रह एजेन्डा सेटिङको नाममा दाताको एजेन्डामा हामीले गर्छौँ । मूलभूत रूपमा यो राजनीतिक पत्रकारिताको प्रचारकारिता वा दलकारिता दोस्रो कर्पाेरेटको हामीलाई विज्ञापन चाहिन्छ । त्यसकै आधारमा हामीले कहाँनेर सीमा भञ्जन हुन्छ र कति पछाडि बोल्ने भन्ने कुरा र हामीले प्रकाशकको कुरालाई कति कुन रूपमा स्वीकार गर्ने भन्ने कुरा ध्यान दिनुपर्छ । म प्रधान सम्पादकको रूपमा एउटा पत्रकार जस्तो स्वतन्त्र भएर बोल्न नसकुँला मेरो आफ्नो सीमा हुन्छन् । हामी अर्ध व्यवस्थापक हौँ । त्यसैले गर्दा मेरो त्यसमा मौनतामा उत्तर भयो । आज म यहाँ दुर्लभ मात्रै उत्तर दिने ठाउँमा भएको हुनाले यो भन्दछु । पार्टी राजनीतिका कारणले पनि एउटा सुविचारित अफवाह फैलिन्छ । जो जानीजानी समाचारमा घोलिएको हुन्छ । दोस्रो कर्पोरेट र तेस्रो दाताको एजेन्डामा ।

एपिवान टेलिभिजनले एमसीसीको विज्ञापन किन बजायो भन्ने प्रश्न एक पत्र आयो । म जन्मेदेखि अहिलेसम्म सबैभन्दा विवादित बनेको वा रैबार र रैला भएको विषय यही नै होला । डिजिटल प्लेटफर्मले पनि यसलाई काम गर्ला । तीन वर्ष अगाडि मैले एमसीसीको विषयमा तीन घण्टा २१ मिनेट को बहस चलाएको थिएँ, त्यो बहस हेर्ने मान्छेले यस्ता प्रश्न निरर्थक मान्छ । जुनसुकै कुराको पनि विषय के हो भन्ने कुरा बुझ्न त्यसको स्रोतमा जानुपर्छ । मेरो व्यक्तिगत विचारमा वैदेशिक अनुदान ल्याएर कुनै पनि देश धनी हुँदैन । एमसीसी वा बिआरआइ वा अरू कुनै पनि होइन ।

अब यसमा अफवाह भएजस्तो अमेरिकी सेना आउने भन्ने कुरा पाँच वर्षे परियोजना सकेपछि थाहा भइहाल्छ । त्यति बेला थाहा हुनेछ हामी कति ठुलो भ्रममा रहेछौँ भनेर । मिडियाहरूमा विज्ञापन विभाग र समाचार विभाग फरक विद्या हुन् । समाचार विभाग स्वायत्त हुन्छ र त्यसलाई अरूले प्रभावित गर्न पाउँदैन र गर्दैन पनि । कुन विज्ञापन आउने वा नआउने भन्ने हामीलाई थाहा पनि हुँदैन । तैपनि त्यो विज्ञापन आउने बित्तिकै र जुन देन त्यो विज्ञापन बज्यो थाहा पाउने बित्तिकै हामीले व्यवस्थापनलाई आग्रह गरेर त्यो विज्ञापन नबजाउन भन्ने मान्छे म हुँ । व्यवसायिक रूपमा विज्ञापन गर्न पाउँछ । एमसीए नेपाल अर्थ मन्त्रालयमा तत्कालै हो ।

त्यो विज्ञापन सरकारले नै दिएको हो । कर छली गर्ने कोकाकोलाको त विज्ञापन बनाउँदा हुन्छ भने त्यो विज्ञापन नबजाउने भन्ने होइन । तर विज्ञापन बढाउने वा नबढाउने भन्ने विषय सम्पादकसँग सम्बन्धित विषय होइन । बजेपछि विरोध भएपछि जनतासँग जोडिएको कुरा भएको हुनाले व्यवस्थापनसँग अनुरोध गरेर त्यो विज्ञापन नबजाउन लगाइएको हो । सबै जनाले समाचार र अफवाह के हो भन्ने कुरा थाहा पाउनु पर्याे  । फेसबुक वा तथाकथित अनलाइन टिभीमा देखेको समाचारलाई हेरेर हामी आफू नै बदनाम भइरहेका हुन्छौँ । सबैभन्दा ठुलो कुरो के हो भने तपाई रेस्टुरेन्टमा गएर जहाँसुकै दिए पनि खानुहुन्छ? बजारमा जे पायो त्यही खानुहुन्छ ? त्यो स्वास्थ्यवर्द्धक वा मेरो लागि ? चिर छ कि छैन वा त्यसले मलाई हानि गर्छ वा गर्दैन भनेर यसका लागि तपाईँको त्यति बढी चिन्ता गर्नुहुन्छ भने समाचार विचार वा विश्लेषण भनेको मस्तिष्क हो । मस्तिष्क लागि चाहिँ हामीले जे पनि हेरिदिने?

तपाईँलाई पेटको लागि त्यति चिन्ता छ भने मस्तिष्कको लागि केही चिन्ता छैन? त्यसैले युट्युब तथा सामाजिक सञ्जालहरूमा शीर्षक हेरेर मात्रै त्यो अनुसार मानसिकता बनाउनु हुँदैन । अफवाह मूलक शीर्षकहरूको दुष्प्रभाव के हुन्छ भने म आइटीको विज्ञ त होइन तर केही कुरा भन्छु । आर्टिफिसियल इन्टेलिजेन्स र एल्गोरिदम भन्ने कुरा अहिलेका लागि हामीले बुझ्नुपर्ने जबरजस्त विषय हो । तपाईँले सामाजिक सञ्जालमा हिजो जुन सामग्री हेर्नु भयो भोलिपल्ट उसले थाहा पाएर त्यस्तै खालको सामग्री पठाइदिन्छ । तपाईँका सबै सामाजिक सञ्जालहरूमा त्यही फिड पठाइदिन्छ । तपाईँले आज एउटा नारायण गोपालको गीत सुन्न थाल्नुभयो भने भोलि सजेसनमा त्यही आउँछ ।

ज्ञानेन्द्र शाही वा पुण्य गौतम को सुन्न थाल्नुभयो भने त्यही नै आउँछ  वा टिकाराम यात्रीको सुन्न थाल्नुभयो भने त्यही नै आउँछ । हामीले आधिकारिक निकायबाट आएको सूचना हो या होइन भन्ने कुरा हेर्नुपर्छ । सूचना वा समाचारको स्रोत सही छ या छैन भन्ने हेर्नुपर्छ । त्यो सूचना प्रवाह गर्ने माध्यम जबाफदेही हुने ठाउँ छ या छैन भन्ने पनि हेर्नुपर्छ । जस्तो मूलधारका मिडियाहरू जबाफदेही हुने ठाउँ हुन्छ उनीहरू एउटा कानुन अन्तर्गत दर्ता भएर सञ्चालन भइरहेका हुन्छन् । उनीहरूले विभिन्न नियम कानुनहरू पालन गर्नुपर्छ । ती मिडियाहरू प्रश्नको कठघरामा उभिएर जवाफ दिन तयार हुन्छन् ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events