रामकुमारी झाँक्री, सचिव, नेकपा (एकीकृत समाजवादी)

रामकुमारी झाँक्री, सचिव, नेकपा (एकीकृत समाजवादी)

रामकुमारी झाँक्री, सचिव, नेकपा (एकीकृत समाजवादी)

नेपाली कम्युनिष्ट पार्टीका कार्यकर्ताहरूका लागि पुष्पलाल वा मदन भण्डारीभन्दा अगाडि हाम्रा गुरु कार्ल माक्स हुनुभयो । काल माक्सले के भन्नुभएको थियो भन्नेतिर जाने हो भने फेरि हाँसो उठ्छ । उहाँको दर्शनको बारेमा सबैले व्याख्या गरे तर मूल कुरा बदल्ने कुरा थियो । त्यही कारणले कार्ल माक्र्स फरक हो । उहाँले के भन्नुभयो भने समाजको आर्थिक चरित्र र वर्गको चरित्र र त्यो चरित्रको आधारमा बनेको समाज र समाजका दुई परस्पर अन्तरविरोधी शक्तिहरूको बिचको परस्पर द्वन्द्वबाट समाजलाई रूपान्तरण गर्न सकिन्छ । त्यो किसिमको विचार उहाँको हो ।

त्यहाँबाट हामीहरू अगाडि आएको हुनाले नेपालमा कम्युनिष्ट पार्टीहरूले त्यही वाद अनुसरण गरे । २००६ सालमा पुष्पलालले के भन्नुभयो भने पहिले नेपाली समाज के हो त्यो जान्नुप¥यो । नेपाली समाज, त्यसको चरित्र, उत्पादन सम्बन्ध, उत्पादन प्रणाली न्यायोचित छ कि छैन भन्दा तत्कालीन परिवेशमा त्यो न्यायोचित छैन । न्यायोचित नभएकै कारणले यसलाई बदल्नु पर्छ भन्ने भयो । बदल्नका लागि के गर्ने त भन्दा सङ्गठन गर्ने, विचार निर्माण गर्ने भन्ने कुरा भयो। त्यो बाटोबाट हामीहरू जानुपर्छ भन्ने हिसाबले वामपन्थीहरूको नेपालमा सुरुवात भयो ।

जुन बेला नेपालमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी स्थापना भएका थिए, त्यति बेला दुई धुर्विय विश्व थियो र संसारमा समाजवादको ठूलो हावा चलेको थियो । त्यसकारण त्यतिबेला कैयौँ कामहरू समाजवादी थिए । २०१७ सालको कु पछि ३० वर्ष पञ्चायतकलामा कयौँ समाजवादी दृष्टिकोणका राज्य केन्द्रित उद्योगहरू र व्यापारिक प्रतिष्ठानहरू पनि बनेका हुन् । पञ्चायतको अन्त्यतिर आइएमएफले पाँच करोड रकम दिने सर्तमा यहाँका नौ वटा उद्योगहरू उदारीकरण मार्फत निजी क्षेत्रलाई दिन अनुरोध गरेको रहेछ । त्यो मामुली कुरा हो । त्यहीँबाट नेपालमा उदारीकरण प्रवेश गरेको हामीले पाउँछौँ ।

उदारीकरणले देशका लागि राम्रो गरेन भन्ने पनि होइन । त्यसले आजको बजारलाई विस्तार गरेको कुरा पनि छ । यहीँबाट कतिपय कुराहरू विरोधाभासपूर्ण भए र २०४९ सालमा आउँदा मदन भण्डारीले छोड्नु पर्छ र त्यसलाई परिमार्जित गर्नुपर्छ भन्नुभयो । त्यस अन्तर्गत उहाँले नेपाली क्रान्तिको कार्यक्रमअन्तर्गत जनताको बहुदलीय जनवाद ल्याउनुभयो । जहाँ प्रतिस्पर्धाको कुरा गर्याैँ। कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको कुरा ग¥यौ। समाज व्यवस्थाको लोकतान्त्रीकरण कुरा गर्यौँ ।

अलिकति आर्थिक उदारताको कुरा गर्यौँ । त्यसपछिका अन्य नेताहरू र हामीले गरेको योगदान के हो भने जनताको बहुदलीय जनवाद सिद्धान्त हो भन्दै गर्दा यो के हो त भन्दा यो शान्तिपूर्ण र लोकतान्त्रिक पाटोबाट समाजलाई न्यायोचित र क्रान्तिकारी रूपान्तरण गर्ने अथवा न्यायोचित ढङ्गले वितरण प्रणाली स्थापित गर्ने एउटा सिद्धान्त हो । हामीले त्यसभित्र विभिन्न चिजहरूलाई घटकको रूपमा राख्यौँ । जस्तो अर्थतन्त्रमा उदारताको कुरा नेपाली अर्थतन्त्रलाई सार्वजनिक सहकारी र निजी क्षेत्रको सहकार्यको कुरा तीन पिल्लरको रूपमा अगाडि राख्यौँ ।

यसमा हामीले कुन–कुन क्षेत्रमा सरकारले गर्ने, कुन–कुन क्षेत्रमा सहकारीले गर्ने र कुन–कुन क्षेत्रमा निजी क्षेत्रले गर्ने भन्ने परिभाषित गरेनौँ । भन्ने बेलामा हामीले सहकारी, सार्वजनिक र निजी सहकार्य हुनेछ भनेर भन्यौँ । सबैभन्दा प्रतिस्पर्धी र सबैभन्दा मुनाफा हुने शिक्षा र स्वास्थ्यजस्ता विषयमा ती चाहिँ व्यापारिक क्षेत्रमा रूपान्तरित ग¥यौँ जहाँ राज्यको सबैभन्दा धेरै दायित्व छ । जहाँ वस्तु उत्पादन गर्ने उद्योग धन्दाहरूमा निजी क्षेत्र आउनुपथ्र्याे, त्यसलाई हामीले धेरै प्रवद्र्धन गरेनौँ । त्यसैले हामीले नीति बनाउँदै गर्दा त्यसमा केही कमजोरीहरू भए । त्यसैले हामी पछिल्लो दिनमा यही बहसमा छौँ ।

मुद्दाअनुसार पार्टीमा विमति हुँदाखेरि विभिन्न कारणले राजनीतिमा सँगै नरहने अवस्था पनि हुने रहेछ । त्यसैले नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशन पनि भयो तर त्यसमा नीतिगत बहस भएन । नयाँ पार्टी बनाएकोले हामीले सम्मेलन गर्ने ठाउँमा पुगी सकेका छैनौँ । त्यसैले हामीले जनताको बहुदलीय जनवादलाई सिद्धान्तको रूपमा मान्ने तर यहाँबाट पनि नयाँ प्रस्थान बिन्दु खोजिरहेका छौँ । हामीले समाजमा काम गर्दै गर्दा कतिपय कुराहरू जो हामीले गर्नुपर्ने थियो, त्यो भएको छैन, जे नहुनु पर्ने थियो, त्यसले प्रशय पाइरहेको छ ।

सरकार भनेको बृहत्तर कुरा हो । यसको सन्तुलनको कुरा पनि हुन्छ । यसलाई कानुन, नीति, संरचना र स्रोतले निर्देशित पनि गर्छ । त्यसैले हामीले जे कुरा गरिरहेका छौँ, एकल पहलकदमीले कमी हुन्छ । जुन कुरामा सामूहिक प्रयास चाहिन्छ । सामूहिक प्रयासको कुरा गर्दा एउटा सरकार सामूहिकरूपमा नै सञ्चालन भएको हुन्छ तर त्यसभित्रको शक्तिसन्तुलनको कुरा महत्वपूर्ण हुन्छ । पहिलो कुरा नीतिको कुरा हुन्छ । हाम्रो यो नीति यसरी कार्यान्वयन गछौँ भन्दैगर्दा त्यो नीति कार्यान्वयन गर्ने संस्थाको कुरा र त्यो संस्थाको स्थापनाको कुरा, त्यो संस्थामा काम गर्ने मनोदशाको कुरा, हामीसँग भएको स्रोतसाधन र त्यसको न्यायोचित वितरण गर्ने हाम्रो मानसिकता लगायतका कुराहरू हाम्रो लागि कहिँकतै बाधक छन् जस्तो लाग्छ ।

सीमित साधन स्रोतमा असीमित चाहनाहरू, व्यक्तिगत, सामूहिक र दलगत चाहनाहरू पूरा नगर्दा मानिसहरूले यसले केही काम गरेन भन्ने भान हुन्छ । सत्तामा नपुगुन्जेल गर्छु भन्थ्यो तर गरेन भन्ने हुन्छ । असीमित चाहनाहरू छन् जसमा सीमित साधन स्रोत र सीमित क्षेत्र छ । सबैका असीमित चाहनाहरू छिनभरमै पूरा गर्न सम्भव छैन । हामीले भोटको राजनीति गर्नु पर्ने भएको हुनाले हुन्छ हुन्छ भन्नु पर्ने बाध्यता छ । सबै समस्याहरू छिनभरमै समाधान गर्नका लागि सिनेमामा मात्र सम्भव छ । वास्तविक जीवनमा चाहिँ यो सम्भव छैन । वास्तविक रूपमा हामीले योजनामा काम गर्ने हो । योजनामा काम गर्दै गर्दा नेतृत्वहरू कहीँ चुक्यौँ भने नागरिकहरूले प्रश्न गर्नु पर्छ । माननीय गगन थापाज्यू स्वास्थ्य मन्त्री हुँदा गरेका नीतिगत निर्णयहरूले आज प्रभाव पारेको छ । मैले गरेका कामले पनि दुई वर्ष पाँच वर्ष वा दश वर्षसम्म नतिजा दिन सक्छ । सहरी विकास नीतिको कुरा गर्दा यसले ५० वर्षपछि पनि नतिजा दिन्छ । यो कुरा म दाबी गर्छु र हामीले यसैमा काम गरिरहेका छौँ ।

मेरो पालामा मेरो सालिक राख्ने गरी काम गर्छु भनेर कोही आउँछ भने त्यो त्यहीँ र असफल हुन्छ । एक ठाउँमा यही मात्र गर्छु र त्यहाँ नाम राख्छ भन्नु बेकारको कुरा हो । मैले भनिहालेँ हामीसँग सीमित स्रोत र साधन छ । असीमित दायित्वे सिर्जना भएको छ । असीमित चाहनाहरू छन् । त्यसका लागि नीतिगत व्यवस्थाले तिनीहरूलाई साँघुरो घेराभित्र ल्याउनुपर्छ भन्ने मैले ठान्छु । म पहिलो पटक जब संसद्मा गएँ । संसद्को अर्थ तथा प्राकृतिक समिति रोजेँ किनभने त्यहाँ सार्वजनिक नीतिमा काम गर्नुपर्छ भन्ने मलाई लाग्यो । त्यहाँ बसेर हामीले गरेको काम, हामीले बनाएको कानुन र कार्यविधि मात्रैलाई फलो गरेर गयौँ भने पनि हामी धेरै चिज गर्न सक्छौँ भन्ने मलाई लाग्छ । तर यस्तो गर्न किन दिइन्न भने म अघिल्लो सरकारले ल्याएको बजेट पछिल्लो सरकारले प्रतिस्थापन गर्दा पनि सरकारमा नभएको मन्त्री हुँ ।

पुसको २२ गते मन्त्री भएको मान्छे माघ मसान्तसम्म आउँदा मैले करिब साढे २३ अर्बको नयाँ कार्यक्रम मेरो सचिवालयमा रजिस्टर गरेको थिएँ । थप बजेट साढे चार अर्बको थियो । जबकि आर्थिक वर्षको मध्य अवधि सकिँदै थियो । नयाँ कार्यक्रमको चाप थियो । मेरो मन्त्रालयको सिलिङ करिब ३० अर्ब ८० करोड मात्रै छ । यो सिलिङभित्र आर्थिक वर्षको मध्य समयमा यति धेरै माग हुन्छ भने हामी सिस्टमले चलाउँदै छौँ ? विगतमा मानिसहरूले सिस्टमले त चलाए ? हाम्रा नीति कार्यक्रमहरूले ठीक काम गर्दैछन् ? हाम्रो कर्मचारीतन्त्रमा भएका मानिसहरूले पनि कति दवाव खेपिरहनु भएको छ होला । दवाव खेप्न नसकेर मैले दुई वटा फाइल लगेर अर्थ मन्त्रालयमा गएँ । मन्त्रीज्यू र सचिवज्यूलाई सँगै राखेर कुरा ग¥यौँ । आर्थिक वर्षको मध्य भागमा यति धेरै बजेट माग्ने कुरालाई गलत हो भन्ने मान्छे मै हुँ । धेरै जनाको दवावले मैले त्यो फाइल लगेर लैजानुपर्ने छ । मिडियामा त्यो कुरा आयो भने गैर बजेट यति धेरै माग गर्ने भन्ने कुरा हुन्छ ।

वादको गफ गर्दै गर्दा बितेको पाँच वर्षमा वामपन्थीहरूको बहुमतको सुविधाजनक सरकार थियो । हाम्रा घोषणापत्र कार्यान्वयन गर्ने मौका थियो । हामीले पार्टी एकता गरेर त्यसले स्थायित्व दिन्छ भनेर पनि लागेका थियौँ । हामीले राजनीतिक स्थिरताको कुरा गर्दै गर्दा व्यक्तिको स्थिरताको कुरा कहिल्यै पनि गरेका थिएनौँ । लोकतन्त्रमा त्यो हुँदा पनि हुँदैन । हामीले स्थायित्वका लागि सँगै नारा पनि लगाएका थियौँ । हामीले व्यक्तिको नभई प्रणालीको कुरा गरेका थियौँ । त्यो कुरा गर्दै गर्दा हामीले आर्थिक एजेन्डा प्राथमिकतामा छ भन्ने कुरा ग¥यौँ । त्यति बेला म आबद्ध पार्टीले एक जना अर्थशास्त्री विज्ञलाई ल्याएर अर्थमन्त्री बनाएको थियो ।

जोचाहिँ कम राजनीतिज्ञ र बढी ब्युरोक्रयाट्स हुनुहुन्थ्यो । त्यसो हुँदै गर्दा अन्तर्राष्ट्रिय मञ्चहरूमा नेपाल सरकारको उपस्थिति देखिने भयो र आर्थिक एजेन्डाहरू हाम्रा प्राथमिकता हुन भन्ने कुरा दुनियाँले बुझ्ने भए भनेका थियौँ । त्यस कारण हामीले प्रत्यक्ष वैदेशिक लगानी र अनुदानको कुरा गर्छौँ भन्ने कुरा थियो । बहुदलीय व्यवस्थाको सुन्दरता यही हो हामी फरक विचार भएका राजनीतिक दलहरूले प्रतिस्पर्धा गर्न पाउँछौँ । विचार मिलेको समयमा सँगै काम गर्न सक्छौँ भन्ने कुरा पनि हो ।

आफूले बुझेको कुरा सबैलाई आफ्नो लागि अन्तिम सत्य लाग्छ । हामीलाई पनि लाग्थ्यो तर सत्य समय सापेक्षिक हुन्छ भन्ने कुरा पनि हामीले बुझ्न र बुझाउन आवश्यक छ । हामीले कति पैसा उठाउँछौँ राज्यको लागि र त्यसको लागि कति विकासको कामहरू गर्छौँ भन्दै गर्दा तथ्यांक पनि सम्झँदै गरौँ । हामीले अनुमानित तथ्यांक भन्दाखेरी हामीले १०० रूपैयाँमा ९३ रूपैयाँको सामान खरिद गर्छौँ र जम्मा सात रूपैयाँको सामान मात्रै बिक्री गर्छौं । हामीसँग यति ठूलो व्यापारको घाटा छ । हामीले अहिले त्यो व्यापार घाटालाई हाम्रा युवाहरूलाई खाडी मुलुकमा पठाएर रेमिट्यान्समार्फत परिपूर्ति गरेका छौँ । र सँगसँगै हामीले ऋण र अनुदान पनि लिन्छौँ । हाम्रा प्राकृतिक स्रोतसाधनको उपयोग गरी अन्यत्रबाट नमागौँ भन्दैगर्दा यो भावनाको म सम्मान गर्छु तर प्राकृतिक साधन स्रोतका बस्तुहरूलाई निर्यात गर्न पनि माध्यम चाहिन्छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events