जीवराज बुढाथोकी (सचिव, कर्णाली प्रदेश सभा)

जीवराज बुढाथोकी (सचिव, कर्णाली प्रदेश सभा)

जीवराज बुढाथोकी (सचिव, कर्णाली प्रदेश सभा)

संसद् र सांसद एक अर्काको परिपूरक हुन् । संसद् भनेको खास गरी निर्वाचित जनप्रतिनिधिहरूको नै हुन् । फुर्सदमा उहाँहरूले आफ्नो क्षेत्रका निश्चित भू–भागका नागरिकहरूको प्रतिनिधित्व गरेर बोल्नुपर्ने हुन्छ । सांसद के होइन भन्दा खेरी उहाँहरूले सांसद पदलाई व्यक्तिगत रूपमा बुझ्नु बुझाउनुहुँदैन । निश्चित सैद्धान्तिक र पद्धतिमा आधारित संस्थागत ढङ्गबाट विधि र सिद्धान्तमा आधारित भएर सांसदहरू कर्तव्य बोध हुनुपर्छ ।

सामान्यतया जनप्रतिनिधिका भावनाहरू कानुन र बजेट तथा योजनामा उजागर हुने गर्दछन् । तर त्यसको प्रक्रिया अलि लामो हुन्छ । यसको प्रतिफल पाउनका लागि केही समय कुर्नुपर्छ । जुन क्षेत्रका नागरिकहरूले जनप्रतिनिधिलाई निर्वाचित गरेर पठाएका हुन् उनीहरूले केही समय पर्खिनु पर्छ । सुन्ने समय भन्ने बित्तिकै कुनै एउटा पार्टीको राजनीतिक घोषणापत्रमा आधारित नभएर नितान्त तत्कालै हाम्रो लागि जनप्रतिनिधिदेखि केही कुरा गरेका छन् भन्ने आभास नागरिकहरूलाई हुन्छ । त्यस कारणले यो समय एकदमै महŒवपूर्ण हुन्छ ।

कुनै विपद्का घटना आएमा क्षतिपूर्ति र राहतका लागि सांसदले सरकारलाई ध्यानाकर्षण र निर्देशन दिन सक्छ । नागरिकहरूले तत्कालै जनप्रतिनिधिहरूले आफ्नो लागि गरेका क्रियाकलापहरूको बारेमा महशुस गर्न पाउने अवसर शून्य समयमा बताउँछन् । संघीय संसद्मा पनि मेरो अनुभव छ । विशेष समयलाई सरकारले प्रतिक्रिया दिनुपर्छ भन्ने कुरा आयो । तर शून्य समयको त सायद अहिले पनि छैन । सांसदले बोलेका कुराहरू कति दिनभित्र प्रतिक्रिया दिनुपर्छ भन्ने कुरा हाम्रो नियमावलीमा पनि उल्लेख छैन तर हाम्रो अभ्यासमा सुनेर विशेष समयमा बोलेका कुराहरू विभागीय मन्त्रीले जवाफ दिनुपर्छ भन्ने कुरा सभामुख मार्फत रुलिङ हुने गरेको छ । यहाँ यो कुरामा प्रश्न उठिसकेपछि अब हामीले प्रदेशसभामा यस विषयलाई पनि शून्य र विशेष समयमा उठेका विषयवस्तुको अभिलेखीकरणका लागि पनि काम गर्ने प्रतिबद्धता जनाउँछु ।

व्यापक रूपमा छलफल भएर निष्कर्षमा निस्किने भएपछि त्यहाँ संसद् हुन्छ । अन्यथा देशमा कैयौँ ढङ्गका व्यवस्थापिकाहरू छन् ती सबै संशोधन हुन सक्दैनन् भन्ने पनि छ । विधेयकहरूमा व्यापक रूपमा छलफल संसद् र संसदीय समितिमा पनि हुन्छ । संसद् बैठकमा छलफल भन्दा सत्तापक्ष र प्रतिपक्षका सांसदहरू बिच छलफल हुन्छ । त्यहाँ नागरिकहरूसँग प्रत्यक्ष रूपमा छलफल हुँदैन । हामीले सांसदहरू र जनप्रतिनिधिहरूको साथै सरोकारवालाहरूसँग प्रत्यक्ष रूपमा छलफल गर्छौं । विज्ञहरूको राय पनि लिन्छौँ र त्यसको आधारमा प्रतिवेदन पनि बनाउँछौँ । नीति निर्माणको क्रममा विज्ञ, विशेषज्ञ र सरोकारवालाहरू ल्याइन्छ । हरेकको कुरा सुनिन्छ, सार्वजनिक राय पनि लिन्छौँ । सबैका आधारमा प्रतिवेदन दिए पछि संसदीय समितिमार्फत विधेयकमा काम हुने हुनाले त्यसलाई मिनी संसद् पनि भनिन्छ । त्यसैले संसदीय समितिमार्फत आएको प्रतिवेदनलाई संसद्ले पारित गरेको खण्डमा राम्रो मानिन्छ ।

खुला संसद् भन्ने विषय पनि प्रत्यक्ष रूपमा छलफलसँग गाँसिएको हुन्छ । हामीले यसको दृष्टिकोणले पनि हेर्नुपर्छ । हाम्रा जनप्रतिनिधिहरूले के गर्दै हुनुहुन्छ भन्ने कुरा सबैले थाहा पाउनुपर्छ । यस वर्षको कार्यक्रमका लागि सबै जनप्रतिनिधिहरूका घोषणापत्र हुन्छन् । त्यसको कार्यान्वयन कहाँ पुगेको छ र हामीलाई के दिँदै छन् भन्ने कुरा नागरिकहरूले चासो दिनुपर्छ । हामीले हरेक महिनाको १५ र २९ गते संसद्लाई किन कुरा राख्यौँ भन्ने विषयमा म स्पष्ट पार्न चाहन्छु । पहिले संसद् बैठकको प्रत्यक्ष प्रसारण सामाजिक सञ्जाल र टेलिभिजनमार्फत हुन्थ्यो । संसद्मा दर्शक दीर्घाको व्यवस्था गरेका थियौँ । सभाका क्रियाकलापहरूको हरेक सूचना वेबसाइटमार्फत सार्वजनिक गरिरहेका छौँ । प्रदेशसभासम्बन्धी सूचनाको हक प्रयोग गरी जानकारी लिन चाहेमा हामीले सूचना अधिकारीको पनि व्यवस्था गरेका छौँ । यी क्रियाकलापहरूलाई प्रभावकारी बनाउनका साथै खुला संसद्को मर्म अनुसार काम गर्नका लागि अहिले हामीले दुई वटा मुख्य काम गरेका छौँ, एउटा डिजिटल डिस्प्ले प्रणाली बनाएका छौँ ।

सायद यो अन्य प्रदेश र सङ्घीय व्यवस्थापिका संसद्मा पनि छैन । संसद् भवनको बाहिर राखिएको डिजिटल डिस्प्ले प्रणालीमार्फत सडकमा हिँड्ने नागरिकहरूले पनि संसद् बैठक हेर्न मिल्ने गरी व्यवस्थापन गरेका छौँ । त्यसमा हामीले आगामी दिनको संसद् बैठक र संसदीय समितिका बैठक क्रियाकलापहरूबारे पनि जानकारी गराउँछौँ । हाम्रो संसद् भवनको बाहिर पट्टी पर्खाल भए पनि हाम्रो व्यवहारले संसद् भवन सबैका लागि खुला गरिएको छ । हामीले हरेक महिनाको १५ र २९ गते सबै सर्वसाधारणको लागि प्रदेश सभा अनुगमनको लागि प्रदेशसभा परिसर कुला गर्ने निर्णय गरेका छौँ । त्यति बेला संसद् बैठक चलिरहेको अवस्थामा त्यो पनि अवलोकन गराउन सकिने हामीले सोच गराएका छौँ । प्रदेशसभा बैठक सञ्चालन नभएको समयमा त्यो सबै परिसरमा घुम्न र अवलोकन गर्न आउने व्यवस्था गरेका छौँ । प्रदेशसभा परिसरभित्र भिडियो कन्फ्रेन्स हल पनि रहेको छ । प्रदेशसभामा पुस्तकालय पनि रहेको छ । पुस्तकालयमा नागरिकहरूले पढ्न सक्नुहुन्छ ।

नागरिकहरूका पृष्ठपोषणलाई प्रदेशसभाले कसरी सम्बोधन गर्छ भन्ने कुरा गर्दा तपाईंले कुन माध्यमबाट पृष्ठपोषण र प्रतिक्रिया दिनुभएको छ भन्ने कुरामा भर पर्छ । तपाईं धेरै संसदीय समितिहरूका बैठकमा प्रतिक्रिया दिनुभएको छ भने त्यसको प्रतिवेदनमा आउँछ । आफ्नो निर्वाचन क्षेत्रको माननीय सांसदज्यूलाई दिनुभएको छ भने उहाँले त्यो कुरा शून्य र विशेष समयमा संसद्मा उठाउनुहुन्छ । संसद्मा प्रश्नोत्तरको कार्यक्रम पनि हुन्छ । जसमा संशोधनले गरेका प्रश्नको उत्तर विभागीय मन्त्रीहरूले दिनुपर्छ । त्यसको कार्यान्वयनको र जवाफको लागि सभामुखमार्फत रुलिङ हुन्छ ।

Leave a Comment