के पढ्यौं? के पढायौं? (उच्च शिक्षा, अनुसन्धान र विकास)

मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व यात्रा र भावी दिशा

प्रा.डा. ध्रुव कुमार गौतम (उपकुलपति, मध्यपश्चिम विश्वविद्यालय)

मैले विद्यालय शिक्षा गाउँको सरकारी विद्यालयबाट प्राप्त गरेँ । त्यसपछि काठमाडौं आएर त्रिभुवन विश्वविद्यालयअन्तर्गत स्नातक र स्नाकोत्तर तहको अध्ययन सम्पन्न गरेँ । त्यहीँबाट शैक्षिक यात्रा सुरु गरी प्राध्यापनमा लागेँ । त्यसैबीच थाइल्याण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी (ब्क्ष्त्) मा अध्ययनको अवसर मिल्यो । फर्केर त्रिभुवन विश्वविद्यालयमै केही वर्ष अध्यापन गरेपछि विद्यावारिधि (एजम्) को लागि स्वीट्जरल्यान्ड गएँ । यो क्रममा जर्मनी, फ्रान्स लगायतका देशमा समय बिताउँदै अनुसन्धानमा केन्द्रित भएँ । त्यसपछि फेरि त्रिभुवन विश्वविद्यालयमै अध्यापन र नेतृत्वको भूमिकामा रहेँ । विश्वका २२ देशका विश्वविद्यालयहरूको भ्रमणबाट प्राप्त अनुभवले मेरो शैक्षिक दृष्टिकोणलाई अझ व्यापक बनायो ।

नेपालमा उपकुलपतिका नियुक्तिको विषयमा प्रश्नहरू उठिरहेका हुन्छन् । तर म मेरो अनुभव, योग्यता र लामो शैक्षिक सेवाको आधारमा स्वतन्त्र प्रतिस्पर्धाबाट छनौटमा परेको हुँ । सरकारले बनाएको मेरिटोक्रेसीमा आधारित मापदण्ड (अचष्तभचष्ब) अनुसार आवेदन दिँदा म २८ वर्षको शैक्षिक अनुभवका साथ उपयुक्त उम्मेदवारको रूपमा रहेँ । मध्यपश्चिम विश्वविद्यालयलाई विश्व प्रतिस्पर्धामा पु¥याउने दृष्टिकोणका साथ मैले कार्य थालनी गरेँ । सर्वप्रथम मानविकी, व्यवस्थापन र शिक्षा संकायमा विद्यावारिधि तहको अध्यापन सुरु गरियो । यसले कर्णालीको मौलिक ज्ञानको संरक्षण, कोडिफिकेशन र अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पुग्ने विश्वास गरिएको छ । कृषि, वन, जडिबुटीलगायतका क्षेत्रमा आधारित कृषि क्याम्पस स्थापना गरिएको छ । इन्जिनियरिङ र सूचना प्रविधि (आइटी) कार्यक्रम सञ्चालन गरी कर्णालीको भौगोलिक र सामाजिक आवश्यकतालाई सम्बोधन गर्ने कोशिस गरिएको छ । कर्णाली प्रदेशको राजधानी भएकोले कानुन संकायमा स्नातक तहको अध्यापन सुरु गरिएको छ र स्नाकोत्तर तहमा विस्तारको योजना बनाइएको छ ।

विश्वविद्यालयको प्रमुख भूमिका ज्ञान र सीपको हस्तान्तरण हो । विश्वविद्यालयले विद्यार्थीलाई रोजगारी दिन्न तर सीप र ज्ञान दिएर उनीहरूलाई प्रतिस्पर्धी बनाउँछ । बजारमा रोजगारीका अवसर र उद्योगको अवस्था हेर्दा यो कुरा स्पष्ट हुन्छ कि जनशक्ति उत्पादन मात्रै पर्याप्त हुँदैन । हामीले अमेरिकादेखि कर्णालीसम्म प्रयोग गर्न सकिने ज्ञान दिने प्रयास गरिरहेका छौँ । विद्यार्थीका विविध मार्गहरू– लोकसेवा, उद्यमशीलता, विदेश अध्ययन वा कर्णालीमै काम’ हेरेर पाठ्यक्रम परिमार्जन गरिँदैछ । सबै क्षेत्रका पाठ्यक्रममा उद्यमशीलता समावेश गरिँदैछ । विश्वविद्यालयले विदेशी तथा राष्ट्रिय विश्वविद्यालयसँग सहकार्य गर्दै छ र अनुसन्धानमुखी पाठ्यक्रम विकास गरिरहेको छ  ।हामीले सीप आधारित शिक्षा स्नातक तहबाट मात्र दिन सक्ने भएकाले त्यसअनुसार पाठ्यक्रम बनाउने प्रक्रिया अघि बढाइरहेका छौँ । जस्तै– माटो वा धातुका कलाकृतिहरू बनाउने, जुत्ता सिउने, गहनासम्बन्धी सीप शिक्षालाई औपचारिक शिक्षाअन्तर्गत ल्याउने सम्भावनाहरूको अध्ययन भइरहेको छ ।

अनुसन्धान विश्वविद्यालयको मर्म हो । ज्ञान हस्तान्तरणसँगै नयाँ ज्ञान सिर्जना, संरक्षण र प्रचार पनि हाम्रो दायित्व हो । त्यसैले अन्तर्राष्ट्रियस्तरका जर्नलहरूमा प्रकाशन सुरु गरिएको छ । ३५ भन्दा बढी फ्याकल्टीहरू पीएचडी गर्दै छन्, जसको अनुसन्धान क्रमशः प्रकाशित हुँदै जान्छ । यिनै प्रकाशन र अनुसन्धान नै विश्वविद्यालयको स्तर मापनको आधार हुन्  ।हामीले मध्यपश्चिम विश्वविद्यालय नीति प्रयोगशाला स्थापना गरेका छौँ । यो निकायले स्थानीय तहदेखि प्रदेश र संघसम्म आवश्यक नीतिहरूको प्रारूप निर्माण, परीक्षण, परिमार्जन र प्रस्तुतीकरणमा सहयोग पु¥याउने उद्देश्य राखेको छ । यसबाट विश्वविद्यालय केवल शैक्षिक संस्था नभइ नीतिगत योगदान दिने थिंक ट्यांकका रूपमा पनि अगाडि बढ्ने विश्वास गरिएको छ । हामी समुदाय, नीजी क्षेत्र, सरकारसँग सहकार्य गर्दै दिगो मोडलमा विश्वविद्यालयको विकास गरिरहेका छौँ । भविष्यमा स्वास्थ्य शिक्षाका कार्यक्रम सुरु गर्ने लक्ष्य राखिएको छ ।


खुला विश्वविद्यालयको अनुभव र भविष्यको सम्भावना

प्रा.डा. शिलु मानन्धर बज्राचार्य (उपकुलपति, नेपाल खुला विश्वविद्यालय)

म काठमाडौंमै जन्मिएँ, हुर्किएँ र यहीं अध्ययन गरेँ । एस.एल.सी. काठमाडौंको सरकारी विद्यालय, नेपाल आदर्श माध्यमिक विद्यालय, गणेशस्थानबाट पास गरेकी हुँ । त्यसपछि त्रिभुवन विश्वविद्यालय अन्तर्गत सर्टिफिकेटदेखि विद्यावारिधिसम्मको अध्ययन यहीँ सम्पन्न गरेँ । यद्यपि, मैले अध्ययनको सिलसिलामा विदेश जान पाइनँ तर करिब २०–२५ देशमा विभिन्न शैक्षिक भ्रमण, तालिम र सेमिनारका अवसरहरू पाएकी छु ।

नेपाल खुला विश्वविद्यालयमा मैले व्यवस्थापन तथा कानुन संकायको डीनको रूपमा पहिल्यै काम गरिसकेको हुँ । त्यसैले विश्वविद्यालय भित्रैबाट अनुभव हासिल गर्न पाएको हुँ । त्यही बुझाइका आधारमा विश्वविद्यालयलाई अगाडि बढाउन सकिन्छ भन्ने दृढ निश्चयसहित म उपकुलपतिमा नियुक्त भएँ । नेपाल खुला विश्वविद्यालयको स्थापना वि.सं. २०७४ मा भएको हो । यसको उद्देश्य नै शिक्षा सबैको पहुँचमा पु¥याउनु हो । सीमित संख्यामा मात्र स्थायी प्राध्यापक (१० जना प्राध्यापक र ५ जना उप–प्राध्यापक) भएपनि, हामीले पूर्व–मेचीदेखि पश्चिम–महाकालीसम्म विद्यार्थीहरूलाई समेट्न सफल भएका छौँ । हाल तीन वटा संकायअन्तर्गत स्नातकदेखि विद्यावारिधिसम्मका कार्यक्रमहरू सञ्चालनमा छन् र विश्वविद्यालयका विद्यार्थी संख्या २,००० पुगेको छ । देश बाहिर रहेका नेपालीहरूलाई लक्षित गर्दै हामीले ‘डायस्पोरा योगं युनिभर्सिटी’ कार्यक्रम ल्याएका छौँ, जसअन्तर्गत छोटो अवधिका सीप तथा शैक्षिक कार्यक्रमहरू सञ्चालनमा छन् । ७५३ वटै स्थानीय तहको क्षमता विकास गर्ने लक्ष्यसहित सिनेटबाट कार्यक्रम स्वीकृत भइसकेको छ । शिक्षा शास्त्रमा विद्यावारिधि कार्यक्रम सुरु भइसकेको छ भने एम.आइटी पनि सञ्चालनमा छ । निकट भविष्यमा बि.आइटी कार्यक्रम ल्याउने तयारीमा छौँ । साथै, सबै कार्यक्रमहरू अनलाइन मोडमा सञ्चालन भइरहेका छन् । अब हामी ‘सेल्फ–डायरेक्टेड’ शिक्षाका कार्यक्रमहरू ल्याउने योजनामा छौँ, जसमा विद्यार्थीले नियमित कक्षा नआइ अध्ययन सामग्री र मूल्याङ्कनको आधारमा प्रमाणपत्र प्राप्त गर्न सक्नेछन् ।

नेपाल मात्र होइन, देशका अधिकांश संस्थाहरूमा कार्य दक्षतामाथि गम्भीर चुनौती छन् । मेरो अनुभवमा, उत्पादक कार्यका लागि वास्तविक समय कम हुन्छ । धेरै समय आन्तरिक व्यवस्थापन र द्वन्द्व समाधानमै खर्च भइरहेको हुन्छ, जसले संस्थागत लक्ष्यमा असर पु¥याउँछ । कुनै पनि राष्ट्रको विकासको मेरुदण्ड शिक्षा हो । सिंगापुरको उदाहरण हामीले हेरौँ– सन् १९६५ मा एउटा सानो माछा मार्ने गाउँजस्तो राष्ट्र अहिले अमेरिकाभन्दा पनि २०% माथिको आयस्तरमा पुगेको छ । यसको मूल कारण हो मानव संसाधनमा गरिएको लगानी । नेपालले पनि यदि विकास गर्न चाहन्छ भने मानव संसाधनमा लगानी बढाउनुपर्छ । शिक्षा, ज्ञान, सीप, सकारात्मक सोच, र प्रतिवद्धता भएका जनशक्ति उत्पादन गर्नुपर्नेछ । शिक्षाले केवल डिग्री मात्रै होइन, सीप र उद्यमशीलता पनि दिन सक्नुपर्छ ।कर्णाली प्रदेशको उदाहरण लिदाँ यहाँ जलश्रोत, बहुमूल्य खनिज र अन्य सम्भावनाहरू छन् तर तिनको उपयोगका लागि आवश्यक मानव संसाधन छैन । त्यसैले अबको प्राथमिकता मानवीय संसाधनको विकासमा हुनुपर्छ ।हामीसँग थुप्रै ष्लमष्नभलयगक पलयधभिमनभ (स्वदेशी ज्ञान) छन् । तिनको संरक्षण, अभिलेखन र पेटेन्ट दर्ता गर्न विश्वविद्यालयहरूले अग्रसर हुनुपर्छ । अनुसन्धान शिक्षा प्रणालीसँग अलग हुन सक्दैन, दुवैको एकीकृत विकास आवश्यक छ ।


कर्णालीमा चिकित्सा शिक्षाको उज्यालो भविष्य

डा. मंगल रावल (उपकुलपति, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान)

म हुम्लाको सर्केघाटमा रहेको हिमज्योति विद्यालयबाट विद्यालय शिक्षा हासिल गरी उच्च शिक्षाका लागि काठमाडौं आएँ । अमृत साइन्स क्याम्पसबाट क्ष्।क्अ। सकेपछि, बी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट छात्रवृत्तिमा एम.बी.बी.एस. अध्ययन गर्ने अवसर पाएँ । त्यसपछि केही समय चिकित्सकको रूपमा कार्य गर्दै नेशनल एकेडेमी अफ हेल्थ साइन्सेस (वीर अस्पताल) बाट एम.डी. (अर्थोपेडिक्स) गरेँ ।मैले बंगलादेशको निटोर (विश्वको दोस्रो ठूलो ट्रमा सेन्टर) मा ट्रमा फेलोसिप गरेँ, र हार्वर्ड युनिभर्सिटीबाट ‘लिडरसिप इन मेडिसिन’ मा एक वर्षीय कोर्स पनि पुरा गरेँ । यस्तै, व्यवस्थापनमा रुचि भएकाले त्रिभुवन विश्वविद्यालयबाट ‘मास्टर्स इन पब्लिक एडमिनिस्ट्रेसन’ पनि गरेँ । स्थापनाकालदेखि नै म कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा संलग्न छु, पहिला सिनेट सदस्य, पछि अस्पताल निर्देशकको भूमिकामा रहेँ । कर्णालीमै जन्मिएर हुर्किएको नाताले यो संस्थासँग मेरो आत्मीय सम्बन्ध छ । जब उपकुलपतिका लागि प्रतिस्पर्धात्मक विज्ञापन खुल्यो, २३ जनाबीच मैले पनि आवेदन दिएँ । चार वर्षअघि नेपाल सरकारले मलाई उपकुलपतिको रूपमा नियुक्त गर्‍यो ।

मैले नियुक्तिको प्रारम्भमा १३ पृष्ठको अवधारणापत्र पेश गरेको थिएँ । आज म दाबीका साथ भन्न सक्छु, त्यसमा उल्लिखित सबै बुँदाहरू कार्यान्वयन भइसकेका छन् ।स्थापना प्रारम्भमै धेरैले प्रश्न उठाएका थिए ‘कर्णालीजस्तो दुर्गम क्षेत्रमा मेडिकल पढाइ सम्भव छ ? डाक्टर, प्राध्यापक, बिरामी कसरी पाउँछौँ ?’ तर आज, पाँचौँ ब्याच एम.बी.बी.एस. विद्यार्थीहरू भर्ना भइसकेका छन् । एम.डी./एम.एस. सात विषयमा सञ्चालित छ । नर्सिङ, फार्मेसी, जनस्वास्थ्यसहित पाँच सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । सयभन्दा बढी विशेषज्ञ चिकित्सक तथा प्राध्यापकहरू संलग्न छन् । नर्सिङ र जनस्वास्थ्यमा प्रधानमन्त्रीकै प्रमुख आतिथ्यमा दीक्षान्त समारोह सम्पन्न भइसकेको छ ।

स्थायी पदहरूको लागि १७२ सिटमा लोकसेवा आयोगको समन्वयमा प्रक्रिया अगाडि बढिसकेको छ । विद्यार्थी छनोट प्रक्रिया पूर्णतया चिकित्सा शिक्षा आयोगको सार्वजनिक प्रतिस्पर्धाबाट हुने भएकाले हामीकहाँ अत्यन्त मेधावी विद्यार्थी मात्र अध्ययनरत छन् । गत वर्ष, नर्सिङ र जनस्वास्थ्य काउन्सिल परीक्षामा हामीकहाँका १००% विद्यार्थी उत्तीर्ण भएका छन्, जबकि राष्ट्रिय औसत ५४% मात्र थियो ।

हाम्रो ‘व्यगचलब िया प्बचलबष् िब्अबमझथ या ज्भबतिज क्अष्भलअभक’ विगत ८ वर्षदेखि नियमित रूपमा प्रकाशित हुँदै आएको छ । प्रत्येक चार महिनामा प्रकाशन हुने यो इन्डेक्स जर्नलमा दर्जनौँ अनुसन्धानमूलक लेख छापिएका छन् । यद्यपि, अझ प्रभावकारी अनुसन्धनको लागि दुई क्षेत्र विशेष प्राथमिकतामा राखिएका छन्ः पहिलो, औषधीय वनस्पति अनुसन्धान केन्द्र (ज्ष्नज(ख्बगिभ ःभमष्अष्लब िएबिलतक च्भकभबचअज ऋभलतभच), कर्णाली प्राकृतिक औषधीय वनस्पतिमा धनी छ तर त्यसको अनुसन्धान तथा प्रशोधन नगरी भारत र चीनमा सस्तोमा निर्यात हुन्छ र नेपालमै महँगोमा फर्कन्छ । स्कुल अफ फार्मेसीमार्फत हामीले विश्वविद्यालय अनुदान आयोगमा विस्तृत प्रस्ताव पेस गरिसकेका छौँ । र दोश्रो, न्चबmष्ल ज्भबतिज भ्त्रगष्तथ ऋभलतभच विश्वभर ग्रामीण क्षेत्रमा रहेका मेडिकल स्कूल चर्चित छन् । कर्णाली जस्तो दुर्गम क्षेत्रलाई ‘ग्रामीण स्वास्थ्यको केन्द्र’ बनाउने उद्देश्यसहित यस केन्द्रको योजना अघि बढाइएको छ । अमेरिका, बेलायत, चीन, मलेसिया, डेनमार्कलगायत २० विश्वविद्यालयसँग ःयग् (समझदारी पत्र) सम्पन्न भइसकेको छ । फ्याकल्टी तथा विद्यार्थी एक्सचेन्ज कार्यक्रम सुरु गर्ने तयारीमा छौँ । बेलायत र अमेरिकाका प्राध्यापकहरू हालसालै कर्णालीमा आएर अतिथि व्याख्यान पनि दिइसक्नु भएको छ ।

हामीले ‘राकम कर्णाली’ मा १०० बेडको शिक्षण अस्पताल र भविष्यमा विस्तार गरी ३०० बेडसम्म लैजाने योजना अघि बढाएका छौँ । नेपालमा हाल २,१०० जनाको मात्र चिकित्सा सिट छ, तर गत वर्ष मात्रै २,६०० जना चिकित्सक विदेश गए । समस्या उत्पादन होइन, व्यवस्थापनको हो । कसरी दक्ष जनशक्तिलाई नेपालमै राख्ने ? त्यसका लागि राष्ट्रस्तरीय समन्वय आवश्यक छ ।नेपालमा प्राविधिक शिक्षामा मात्र २०% विद्यार्थी छन्, जबकि ८०% भन्दा बढी विद्यार्थी साधारण शिक्षामा छन् । यो अनुपात परिवर्तन गर्न नीति निर्माणमै पुनर्विचार गर्नुपर्छ । चिकित्सा शिक्षा ऐनमा व्यापक संशोधन गरी विद्यार्थीहरूलाई नेपालमै अध्ययनको वातावरण बनाउन आवश्यक छ ।

भिडियो

Leave a Comment