कविता पाण्डे, प्रविधि अधिकृत, विज्ञान तथा प्रविधि प्रतिष्ठान

कविता पाण्डे, प्रविधि अधिकृत, विज्ञान तथा प्रविधि प्रतिष्ठान

कविता पाण्डे, प्रविधि अधिकृत, विज्ञान तथा प्रविधि प्रतिष्ठान

विज्ञान तथा प्रविधि प्रतिष्ठानले परम्परागत प्रविधिको क्षेत्रमा काम गरिरहेको छ । विशेष गरी कृषि तथा खाद्यान्नका स्थानीयस्तरमा पर्याप्तता सामग्रीहरू बनाउँछौ । स्थानीय स्थलमा पाइने उत्पादन र सामग्रीहरूलाई अभिलेखीकरण र ब्रान्डिङ गर्न जरुरी छ । कर्णाली प्रदेश प्राकृतिक स्रोत साधन र सम्पदाको धनी भनेर चिन्छौँ । यसमा जडिबुटी एउटा एकदमै धेरै चासोको विषय हो ।

यसका लागि नास्टले एउटा प्रदेशमा एउटा केन्द्र खोल्ने योजना बनाएको छ । हामीले सुदूरपश्चिम प्रदेशमा जडीबुटीसँग सम्बन्धित केन्द्र खोलिसकेका छौँ । काठमाडौंमा रहेको नास्टले नेपालभर काम गरिरहेको छ । परम्परागत प्रविधिसँग सम्बन्धित केन्द्र हामीले लुम्बिनी प्रदेशमा स्थापना गर्ने तयारीमा छौँ । केन्द्र लुम्बिनी प्रदेशमा स्थापना भए पनि हामी कर्णाली प्रदेशसँग के आग्रह गर्न चाहन्छौँ भने हामी मिलेर काम गरौँ । बजेटको अभाव हुनसक्छ । स्थानीय तहबाट बजेट विनियोजन भयो भने हामी जहाँबाट पनि काम गर्न सक्छौँ ।

हामीले परम्परागत प्रविधिहरूको घरघरमै गएर अभिलेखीकरण गर्छौं । जुन सीप त्यो समुदायमा छ त्यसलाई सबैभन्दा पहिले पहिचान गर्नुपर्छ । सीप र परम्परागत प्रविधिहरू समाजमा भएर पनि हामीलाई थाहा नहुने सबैभन्दा ठूलो समस्या रहेको छ । अभिलेखीकरणको काम चलिरहेको छ । केही कुराहरूलाई हामीले ब्राण्डिङ तिर पनि लैजाँदै छौँ । जस्तो ह्विस्की बनाउने तरिका र त्यसबाट आउने उत्पादनहरू छ ।

त्यसलाई हामीले ग्रेडिङ गर्दा विभिन्न प्रकारहरू हुन्छ । तर जुन परम्परागत प्रविधिले बनाइने गरिन्थ्यो । जुन क्वालिटी आउँथ्यो । त्यो एकैनासको होस भन्ने कुरालाई हामीले विशेष ध्यान दिन्छौँ । त्यो मात्र नभइकन घट्ट जुन पछिल्लो समय लोप हुँदै गइराखेको छ । त्यो खालको प्रविधिलाई अगाडि ल्याउने र नयाँ पुस्तालाई पुरानो प्रविधिबारे थाहा होस् भन्ने हो । जाँतो कसरी चलाउने भन्ने अहिलेको पुस्तालाई थाहा छैन होला ।

हामीले सबैभन्दा पहिले उचित प्रविधिको पहिचान गर्न आवश्यक छ । ती पहिचान गरिएका प्रविधिहरूलाई प्रवद्र्धन गर्नुपर्छ । प्रवद्र्धन स्थानीय तह वा प्रदेश सरकारबाट हुनसक्छ । ती प्रविधिहरूलाई सरकारले राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रर्वद्धन गर्न जरुरी छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events