गंगा केसी, गीतकार

गंगा केसी, गीतकार

गंगा केसी, गीतकार

विद्यालय तथा महाविद्यालयस्तरमा कर्णालीको लोकगीत तथा लोकसंस्कृतिसँग सम्बन्धित कुराहरूको उठान गर्दा सबै भेग र क्षेत्रबाट विद्यार्थीहरू त आउँछन् नै । विशेष कार्यक्रम प्रस्तुति हुँदाखेरी वा क्याम्पसको दिवस वा कार्यक्रम हुँदाखेरी, कहिलेकाहीँ चाडपर्व विशेष कार्यक्रम र प्रतियोगिताहरू हुँदाखेरी देउडाहरू पनि प्रस्तुत हुने वा कर्णालीका विभिन्न खालका लोक भाकाहरू प्रस्तुत हुने गर्थे । तर जुन रूपमा म अलि चासो राखेर आउनुपर्छ भन्ने सोच्थेँ, त्यो रूपमा भने पाउन सकिएको थिएन ।

पहिलेको मध्यपश्चिम क्षेत्र अहिले कर्णाली प्रदेश भयो । दाङ, रूकुम र रोल्पालगायतका स्थानहरूबाट आएर सुर्खेतमा प्रतियोगितात्मक कार्यक्रमहरू हुने गथ्र्याे । विशेष गरी त्यति बेलाको क्षेत्रीय शिक्षा निर्देशनालयले आयोजना गर्ने प्रतियोगितात्मक कार्यक्रममा विभिन्न ठाउँहरूबाट सहभागीहरू आउने गर्थे । खास लोक भाका, लोक नृत्य र लोक गीतहरू प्रस्तुत हुने गर्थे । समय परिस्थि सँगै क्रमशः यो क्षेत्र कर्णाली प्रदेशको रूपमा भइसकेपछि जुन उत्साह हामीमा थियो, त्यसमा अलिकति असहज स्थिति भयो । एक त प्रदेश स्थापनाका लागि द्वन्द्वात्मक परिस्थिति भयो । त्यसले गर्दा कला संस्कृतिले त्यति राम्रोसँग प्रगति गर्न सकेन । त्यसपछि केही समय कोभिड–१९ को महामारीको त्रासले पनि हामी खुलेर कार्यक्रमहरू आयोजना गर्न सक्ने अवस्थामा रहेनौँ । अहिले पनि यहाँको शिक्षा विकास निर्देशनालयले बेला बखतमा कार्यक्रम आयोजना गरेर त्यस्ता लोक प्रतिभा र संस्कृतिहरूको खोजी गर्ने प्रयास गरिरहेको छ । रेडियो नेपाल प्रादेशिक प्रसारण सुर्खेतले पनि बेला–बेलामा लोक गीत प्रतियोगिता र सम्मेलनजस्ता कार्यक्रम गरेर खोजी गर्ने प्रयास त भइरहेको छ । जुन हामीले विद्यालयमै गएर एक किसिमको लोकसंस्कृतिको पाटोमा सिकाउने नाचका गुरुहरू वा विद्यालयका त्यससँग सम्बन्धित शिक्षकहरूले त्यससम्बन्धी जोड दिनुपर्छ भन्ने कुरालाई हामीले अझैँ राम्रोसँग लागु गर्न सकिरहेका छैनौँ ।

मैले २०२६ सालमा दैलेख जाँदै गरेको समयमा बिच जंगलमा उताबाट आएकी युवतीसँग भेटघाट गर्दाखेरीको प्रसङ्ग राखेर एउटा गीत लेखेको थिएँ । त्यतिबेला दैलेख र सुर्खेतको सीमाना नजिक रानिमत्ता भन्ने ठाउँमा अचानक भेट भयो । मैले झोला बोकेर उकालो लागिरहेको अवस्थामा उताबाट आइरहेकी दैलेख युवतीले गीतमा प्रश्न गरेकी थिइन्, ‘हे..घर कहाँ हो परदेशी ?’ अनि मैले जवाफ दिएको थिएँ, ‘जिल्ला सुर्खेत हो घर जर्बुटा, सन्चै भेट रानिमत्ता, कोसेली यो घरमा मेरो पुर्याइदेउ सन्देशी’ यस्तै प्रकारले गीतमा प्रश्नोत्तर भएको छ । गीतहरूमा धेरैजसो माया प्रेमको कुरा आउँछ भन्छन् । अन्तिममा ‘न मलाई आशा छ घर र बार, न धन दौलतको, खाँचो छ मलाई मिठो सम्झना एक मुठी मायाको’ भनेर केटीले भन्छ । केटाले ‘एक मुठी माया कसरी दिऊँ के निहुँ पारेर लैजाऊ औँठी देऊ तिम्रो छाया छिपाइ राख चिनो हितैमा सात गाँठो पारेर’ भन्छ ।

गीत भन्नेबित्तिकै माया प्रेमका कुराहरू आउँछन् । तर गीतमा सामाजिक परिवेशहरू र सामाजिक सन्दर्भजस्ता कुराहरू त हुन्छन् नै । कर्णालीवासीहरू द्वन्द्वकालको समयमा सुर्खेतको रेडक्रस अगाडि आएर शरणार्थी भएर पाल टाँगेर बसिरहेको देखेँ । मलाई एउटा विचार आयो र त्यतिबेला मैले एउटा गीत लेखेको थिएँ ।

कुन दुःखले जोडेको सानो घरबारी
छाड्नुप¥यो स्टमित्र, छुटे सबै दौँतरी
सम्झनाले यो मन किन रुन्छ धरधरी
आफ्नै गाउँघर प्यारो लाग्छ भनूँ कसरी

लोक भाका विभिन्न क्षेत्रमा छ । देउडा, तिज र विभिन्न मन्दिरहरूमा गाइने लोक भजनहरू लगायतले लोक संस्कृति बचाएका छन् ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events