
हवस् धन्यवाद, सर्वप्रथम म यो आयोजक कमिटिलाई धन्यवाद दिन चाहान्छु, जो चाँही मलाई लायक सम्झेर यहाँ बोलाउनु भयो। संघर्षको कथा सबैको आ-आफ्नो हुन्छ। कसैको संघर्षको कथाले छुन सक्छ, कसैको संघर्षको कथाले तपाईलाई नछुन पनि सक्छ, छुनै पर्छ भन्ने पनि छैन। मैले केहि सिकेको, भोगेको, केहि स्विकारेको त्यहि कुरा म आज तपाईहरुलाई शेयर गर्न चाहान्छु। शेयर गर्नु भन्दा अगाडि यो कथाको प्रमुख पात्र नै मेरो आमा हुनुहुन्छ, जो चाँहि मेरो लागि ठुलो विश्वविद्यालय हो। उहाँ एउटा मोटिभेसनल स्पिकर हो। जतिखेर पनि म अगाडि बढ्दै गर्दाखेरी मेरो आमाले बोलेका बचनहरु, शब्दहरु सुन्दै र त्यसलाई नियाल्दै म यहासम्म आईपुगेको हो।
म अब कथासुरु गर्न चाहन्छु। जुम्ला बजारको एउटा सानो कुनामा एउटा कामी टोल भन्ने बस्ति छ, हो म त्यो बस्तिबाट बिलोङ गर्छु आफुलाई, मेरो बा को धेरै मेमोरीहरु छैन म सँग, १/२ वटा छ मेरो बा सँगको। म सानो ५ बर्षको हुदाखेरि मेरो बुवा बित्नु भएको हो। मेरो बवाको चाँहि ५/६ वटा श्रीमतीहरु हुनुहुन्थ्यो, म त्यसमध्ये बाट कान्छो श्रीमतीबाटको छोरा कान्छो हो म। म पाँच बर्षको हुदाखेरी बुवा बितिसकेपछि हामी ३ जना दाजुभाई, जो मेरी आमा ४५ बर्षको जतिको हुनुहुन्थ्यो। सबै घरको जिम्मेवारी र सबै कुराले सबै आमाले लिनु भयो। मेरो आमाले हामीहरु ३ जना छोराहरुको लागि यति समर्पित हुनु भयो कि, दिन रात भन्नु भएन, हावा भन्नु भएन, पानी भन्नु भएन, यति धेरै संघर्ष गरिराख्नुभयो। अनि हामीलाई चाँहि लायकको बनाउनु भयो र पढाउनु भयो।
बिहानै उठेर जानुहुन्थ्यो, हामी पनि उठेको हुन्थ्येनौ। मेलापात, कहिले दाउरा, कहिले मजदुरी, कहिले के, कहिले के गरेर उहाँ फेरि बेलुका फर्किनुहुन्थो। म पाँच बर्षको, मेरो माईलो दाई ७/८ बर्षको, अनि मेरो अर्को जेठो दाई ११ बर्षको, हामी ३ जना दाजुभाई मिलेर हामी आफ्नो घरको खाना बनाउने, सरसफाई गर्ने काम हामीले गर्थ्यौ। आमा बेलुका आउनुहुन्थ्यो र एउटै शब्द भन्नु हुन्थ्यो कि आज स्कुल को गएन? आमा यसरी बेस्त हुनु भयो कि, हामी ३ जनाको परिवारमा आफुलाई सोच्ने समय नै पाउनु भएन। हो, आमाका चाहाना, ईच्छा, आंकाङ्क्षाहरु पनि कति थिए होलान, तर उहाँले कहिल्यै पनि भन्नुभएन कि, म थाके, म यो भए, त्यो भए, कहिल्यै पनि भन्नु भएन। सिर्फ, आमाले एउटै कुरा भन्नुहुन्थ्यो, तिमीहरु काबिलको बन। धन सम्पति भनेको कमाईन्छ, आउछ, जान्छ। तर ईज्जत भन्ने कुरा कहिल्यै पनि खोसेर आउदैन, कमाउनु पर्छ, ताउलाउन सिक्नु पर्छ छोरा, ताउलाउनु भन्नु हुन्थ्यो।
हो, अब यो त रह्यो मेरो आमाको कथा, अब म त्यो सँग सँगै मेरो यात्राको कथा भन्न गईरहेको छु। जब म सानो थिए, मेरो आमा बिहानदेखि बेलुकासम्म काममा व्यस्त हुनुहुन्थ्यो। म छिमेकिको घरमा चलचित्र टि.भि. हेर्न जान्थे र त्यो फिल्महरू हेरि सकेपछि म बाहिर आएर साथीहरूसँग क्यारिकेचर गर्थे। ‘एज अ याक्टर’, ‘एज अ डिरेक्टर’ म सिकाउथे उनीहरूलाई अनि त्यसरी नै हामी याक्सन गर्थ्यौ, डाईलगहरु बोल्थ्यौ। अनि म स्कूलमा एकदमै एभरेज स्टुडेन्ट हो खास। म जहिले पनि पाचौं, छैठौं, सातौंको रेन्जमा म आउथे। अनि स्कूलमा म जहिले पनि नाटकहरु, डान्सहरु यस्तै अलि एक्स्ट्रोभर्ट थिए। बेसी अरू कुरामा म स्पोर्टहरुमा, कलामा अलि रुचि राख्थे। अनि त्यसै गरी मेरो स्कुल यात्रामा पनि मैले त्यसरी नै काम गरे।
अब आयो एस.एल.सि, एस.एल.सि मा पनि मेरो ठाउँको जुन टोल हो, त्यो एरियामा पनि मैले फस्ट डिभिजन पास गर्ने पहिलो व्यक्ति थिए म। अनि मेले एस.एल.सि पास गरे। एस.एल.सि पास गरिसकेपछि त्यही हाम्रो जुम्ला बजारमा एउटा ग्रुप थियो। जुनमा नाटक गर्नुहुन्थ्यो दाइहरूले, आनन्द अधिकारी, तोरन अंकल। म चाहिँ त्यहाँ नाटक गर्ने अवसर जुर्यो दाईहरुसँग। त्यसपछि मैले ११/१२ जुम्लामै पढे। मेरो सबै साथीहरूले सबै साथी/सर्कलहरुले काठमाडौं तिर पढ्न गए। उनीहरूले काठमाडौंमा गएर पढेको, सिकेको कुराहरू आएर मलाई भन्थे। मलाई पनि त्यहाँ बाट जान मन थियो। कस्तो रहेछ त काठमाडौं सहर, मलाई एकदम कौतुहुलता हुन्थ्यो। अनि मैले प्लस २ पनि जुम्लामै पास गरे।
अनि त्यसपछि जब मेरो घर परिवारको अलिकति आर्थिक अवस्था अलि माथि उठेपछि मेरो दाई, भाउजू, मेरो सेकेन्ड आमा बाउ भनेको मेरो दाई भाउजूहरू हो। अहिले पनि हामी सँगै बस्छौ। अनि मलाई ब्याचुलर पढ्नको लागि काठमाडौं पठाइयो। त्यहाँ ब्याचुलरमा बि.एस.डब्लु मैले पढे। अनि बि.एस.डब्लु फस्ट यएरमा मैले वर्क सोसल डेभलपमेन्टमा मैले एउटा नाटक लेखे। जो कालिकोटमा चुलो छोएको भरमा एउटा मान्छे मारिएको थियो। त्यसको मैले एउटा म्युजिकल प्यले बनाए। सोसल वर्कको डेमा, जो चन्द्रिका यादव शिक्षामन्त्री हुनुहुन्थ्यो। उहाँ गेस्ट आउनुभएको थियो। अनि त्यो देखिसकेपछि सबै मेरो टिचरहरुले, साथीहरूले ‘त थ्रेयटर गर्या हो’? भन्न थाले। अनि मैले थ्रेयटर भन्ने सुनेको थिए, थ्रेयटरमा के हुन्छ भन्ने कुरा थाहा थिएन।
त्यसरी दोस्रो वर्ष भयो, दोस्रो वर्षमा पनि मैले साईकोमेन्टल हेल्थको बारेमा एउटा मैले नाटक आफै राईटिङ गरेको थिए। डिरेक्सन पनि गरेको थिए, आफै पनि खेलिरहेको थिए। अनि त्यो पनि पर्फम गरे। सबैले ‘थ्रेयटर गर्या हो’, ‘थ्रेयटर गर्या हो’ भन्न थाले। के रहेछ त यो ‘थ्रेयटर’ भन्ने भयो, म उत्सुक भए। अनि म जाँदा जाँदै मेरो एउटा साथीले लगेर गयो मन्डला थ्रेयटर। जहाँ रसुमन भन्ने एउटा नाटक लागि राखेको थियो। जसको पात्र हुनुहुन्थ्यो; विपिन कार्की दाई, त्यो नाटकले मलाई यसरी छोयो, यसरी हान्यो, यो मेरो ओए(बाटो) हुनसक्छ, म यसरी भन्न सक्छु, म यसरी बोल्न सक्छु, म भित्रका जतिपनि कुराहरू छन्, ईमोसनहरु छन्, भावनाहरू छन्, यो मेरो व्यक्त गर्ने माध्यम हुन सक्छ भन्ने जस्तो मलाई फिल भयो।
त्यस दिन देखि मैले भोलिपल्ट कलेज जान छोडे। म अब कोहीले याक्टिङ सिकाउँछ त, म धाउन थाले, म दौड्न थाले। अनि सुनिल पोखरेल सरको मा पुगे म। त्यति बेला गुरुकुल भत्केर माथि मण्डलाइको साईमा खोलेर ईन्स्टिच्युड खोल्नु भएको थियो, त्यहाँ पुगे म। त्यहाँ पुगेर मैले सरलाई ‘सर म कर्णाली बाट हो सर, मलाई नाटक सिक्न मन छ, मलाई नाटक गर्न मन छ, तर सर म सँग पैसा छैन, म बरु यो झाडु, पोछा, चिया जे भन्नुहुन्छ म गर्न तयार छु सर, म सँग पैसा छैन सर’ भनेर भने। पढ्न लाई घरबाट पैसा पठाई दिन सक्छन्, तर म नाटकै गर्छु, एक्टिङ नै गर्छु भनेर घरबाट पैसा पठाउने कुरो पनि भएन। एक त कर्णालीको ठाउँको मान्छे, अहिले त बुझिराको छैन, झन् त्यति खेर के बुझ्नु हुन्थ्यो र, भएन। म बिहान १० बजे गएको बेलुका ३ बजेसम्म कन्भिन्स गर्न थाले। मलाई गर्न मन छ, मलाई जसरी पनि यो चाहिएको छ सर भन्न थाले। त्यति भन्दापनि भएन, म ३ बजे तिर फर्के।
फेरि ब्याक टु भोलिपल्ट सरको मै गए। फेरि सेम रीपिटेट, सर मलाई नाटक गर्न मन छ, तपाई जे भन्नुहुन्छ, म त्यो काम गर्न तयार छु तर पैसा तिर्न सक्दैन सर भने। किनभने पैसा घरमा पढ्नको लागि पठाइन्थ्यो र नाटक गर भन्नको लागि पठाइन्थेन। त्यसरी नै मेरो ३/४ बजे सम्म त्यसरी नै भयो। फेरि निराश भएर म फर्के। फेरि अर्को दिनपनि म कलेज गइन, फेरि बिहान उठेर म सुनिल सरकै मा गए फेरि। मैले तेर्सो दिन फेरि मैले कुरा गरे, सरले कन्भिन्स हुनुभएन। यत्रो मैले पनि भाडामा लगेको छु, मलाई पनि भाडा तिर्न पर्छ, अर्को गर्न पर्छ भनेर भन्नुभयो। अनि म अति थाकिसके पछि घर निराश भएर फर्किए। म त्यसको भोलि पल्ट कलेज नगएर सुतिरहेको थिए। अनि मैले नम्बर छोडेको थिए, यदि तपाईले मलाई नाटक सिकाउनु हुन्छ भने यो नम्बरमा मलाई फोन गर्नुहोला सर, म जति खेर पनि आउन सक्छु भनेको थिए। सुनिल सर सुनकोटि बस्ने, म लगनखेल बस्ने फुपूको घरमा, अनि सरले बिहान फोन गर्नुभयो। कहाँ हो गोविन्द? आउ भन्नु भयो, म मुख सुख नधोएर नै दौडेर, सुनिल सरको गाडीमा आएर २ महिना क्लास अगाडि रन भइरहेको थियो साथीहरूको, बीचमा १ महिना मैले क्लास गर्न पाएँ।
त्यहाँ बाट मैले नाटक सिके, १ महिना जतिमा के सिकिन्थ्यो? अलि अली भएपनि नाटकको बारेमा थाहा भयो। त्यसपछि मेरो कलेज पनि सकिन थाल्यो। अब पैसा आउने स्रोत, काठमाडौं बस्ने स्रोत त अब सकियो। घर बाट पैसा पठाउँदैनन्, अब मैले कसरी टिक्ने त काठमाडौंमा, अनि मैले एउटा मिस्टर हेयर सोलुसन भन्ने कम्पनी थियो, त्यसमा मैले जागिर गरे। त्यहाँ चाही मैले जागिर गर्दा ३ महिना जागिर गरे, तर मैले त्यहाँनिर आफूलाई ठग्ने, ढाँट्ने, काममा त्यहाँ निर ठग्ने, ढाँट्ने भइरहेको थियो। त्यो ठग्नु र ढाँट्नु भनेको मैले मलाई ढाँट्नु हो जस्तो फिल भयो। अनि फेरि मैले जागिर छोड्दिए। अनि फेरि थ्रियटरम भोलेन्टियरको रुपमा पानी ल्याउने, अर्को गर्ने, यता उति कामहरू गर्न थाले थ्रियटर ग्रुपमा मन्डलामा। त्यसपछि मैले प्लेब्याकको पनि वर्कशप त्यही लगे।
अब घरबाट पनि तेरो पढाई सकि सकेको छ जागिर गर्दैनस्, त कसरी बसिराखेको छस्? त अब जुम्ला फर्के, हामी सक्दैनौ अब भनिसकेपछि म ब्याक टु जुम्ला आए। जुम्ला आइसकेपछि मैले जुम्लामा पनि स्कूलहरूमा जुन मैले ‘चिल्ड्रेन फर ग्रिन न्यु नेपाल’ भन्ने एउटा संस्थासँग मैले फोहोरहरूलाई घरमै कसरी व्यवस्थापन गर्न सकिन्छ त? भन्ने एउटा क्लास गरेको थिए मैले। त्यो मैले स्कूल-स्कूलमा मैले फ्री ईन्टर्नको रुपमा मैले स्कूल-स्कूलमा बच्चाहरूलाई स्कूलको फोहोर स्कूलमै व्यवस्थापन गर्ने नाटकहरू सिकाउन थाले। ३/४ वटा स्कूलमा त्यो गरीसकेपछि अनि त्यसपछि आइसकेपछि एउटा एसिया स्कूलमा मैले सानो एउटा बाबुहरूलाई एउटा वर्कशप गराएर, एउटा म्युजिकल प्ले बनाए, सेट-सेट बनाएर, लाइट बनाएर, म्युजिकहरु बनाएर, अनि त्यो नाटक गरियो। त्यहाँको सि.डि.यो साफलाई बोलाएर हामीले नाटक देखायौं, करीब बीस मिनेट जति को प्ले।
अनि त्यहाँको प्रिन्सिपल मनोज दाईले चाहिँ ‘चुकेनि हाईड्रो पावर’को लागि जुम्लाबाट टोलि उता सोलुखुम्बुमा लिनु पर्ने थियो, त लगेर जा न त एज अ गाईड, त ट्राभल पनि गरिरहेको हुन्छस्, तँलाई धेरै थाहा हुन्छ भन्र भन्नुभयो। अनि लगेर गई दिम न त भन्ने भयो। म उहाँहरु त्यो ग्रुपलाई लिएर सोलुखुम्बु गएको थिए। अनि मलाई प्रेम बर्षा भन्ने मान्छेले नाटक गर्ने हो गोविन्द? भनेपछि म बीचमै त्यो ट्राभल छोडेर म मन्डला थ्रेयटरमा फेरि नाटक गर्न आईपुगे। मैले २ महिना जति वर्कशप गरे, नाटक गरे तर त्यो आफुले गरेको कुरा अझै मलाई चित्त बुझेन। के पुगेको छैन-के पुगेको छैन जस्तो फिल भयो मलाई। त्यसपछि फेरी क्लास गर्नु पर्छ जस्तो लाग्यो मलाई। अनि सुलक्षण भारती भन्ने सर हुनुहुन्थ्यो सिना मंगलमा पुरानो घरमा एउटा थ्रेयटर नाटक छ, त्यहाँ उहाँले क्लास गराईराख्नु भएको थियो।
म त्यहाँ गए, गइसकेपछि मैले म सँग एउटा साईकल थियो मैले चलाउने सर मलाई नाटक सिक्न मन छ तर म सँग पैसा छैन, यो साईकल छ, यो साईकल राख्नु, म नाटक सिक्छु भने। अनि उहाले पर्दैन पैसा, साईकल तै राख तर तँ क्लास आइज भन्नुभयो। मैले त्यहाँ ४ महिना क्लास गरे, अनि नाटक सिके, बसे। त्यसपछि अनि फेरि टिक्न लाई त माध्यम चाहियो नि त। काठमाडौं जस्तो सहरमा पानी खाए पनि पैसा, हिँडे पनि पैसा, हरेक थोक पैसामा छ, कसरी टिक्ने त अनि? म फेरि ब्याक टु जुम्ला आए। जुम्ला आइसकेपछि म घरबाट पनि अब कि जागिर खानु पर्यो, कि लोकसेवा पढ्नुपर्यो, कि विदेश जानुपर्यो। अनि अब म पनि विदेश लाग्नुपर्छ भनेर पासवर्डहरू सबै बनाउनलाई म फर्म भरिसकेपछि म प्रशासनको गेटमा पुग्दाखेरी मलाई एउटा कुराले यस्तो ट्रिगर गर्यो, म विदेश जाउँला, पैसा कमाउला, हो तर मलाई कसले चिन्ने? त्यो पैसा के गरौला? जब मेरो अस्तित्व नै नरह्यो भन्ने त्यो पैसाको के मूल्य होला? यो कुरा ट्रिगर गरिसकेपछि मैले प्रशासन भित्र नछिरेर म घर आएर मैले ब्याग त्यो पासवर्डको फर्म सबै घरमा छोड्दिए।
त्यसपछि ब्यागमा सामानहरू प्याक गरेर मसँग ८०० रुपैयाँ थियो, म रारा ट्रेक गए, सोलो एकदमै, एक्लै गए। अनि त्यहाँ म आफूलाई रियलाईज गर्दै गए। मैले गर्नुपर्ने के हो, कस्तो हो, त्यो जर्निभरी म आफूलाई बुझ्दै गए। अनि त्यसपछि राराबाट फर्केर आई सकेपछि हिरा दाई को फोन आयो, हिरा बिजुली नेपालीको, जो कर्णाली आर्ट सेन्टरको। गोविन्द, नाटक गर्ने हो भनिसकेपछि म ब्याक टु जुम्लाबाट १००० रुपैयाँ समातेर मुगु पुगे। २ महिना मुगुमा वर्कशप गर्यौ, नाटक तयार भयो। अन्तरराष्ट्रिय थ्रेयटर फेस्टिबलमा नाटक लगियो, मैले त्यसमा एउटा चाउरे दमाई र अर्को २ वटा क्यfरेक्टर गरेको थिए। अनि त्यो एकदमै राम्रो एक्सपोजर भयो त्यो नाटकले। अनि त्यसपछि त्यो सँगसँगै एउटा फिल्मको अडिसन चलिराथ्यो, मैले काठमाडौंमा अडिसन दिँदा-दिँदैं, धाउँदा-धाउँदै म थाकिसकेको थिए, अब गर्दिन भन्ने भएको थियो। दाईले भने तिमी जाउन, यिनीहरू राम्रो मान्छे हो जाँउ भन्नुभयो, अडीसनमा गए, अनि बेलुका फर्केर आई सकेपछि फोन आयो, तिमी जुलाई र अगस्टमा फ्री हुनुपर्छ भन्ने भयो।
अनि अब के गर्ने त, अब हामीले काठमाडौंमा नाटक लगेको पनि सक्यो, अब म एउटै काम गर्छु,त्यो बेस्ट गर्छु भनेर फेरि म ब्याक टु जुम्ला आएर त्यो क्यारेक्टरको प्रिपेरेशनको लागि जुम्ला मै बसे। मलाई जुम्ला गइसकेपछि फोन आयो कि, हाम्रो प्रोजेक्ट जुलाई र अगस्ट पोस्टपोन्ड भएर अर्को वर्षको जुलाई र अगस्टमा हुन्छ भन्ने भयो। अब मैले के गर्ने त भन्ने भयो, फेरि हिरा दाईको फोन आयो, एउटा नाटक लेख्नु छ, तिन दिन बाँकी छ, नेपाल प्रज्ञा प्रतिष्ठान थ्रेयटर फेस्टिबलको लागि हो, ल आऊ भन्नु भयो। म फेरि मुगु हानिए। मुगु जान्छु अनि दाइहरूसँग स्टोरी आधि छ, अब के गर्ने, २ दिन बाँकी छ, दाई मलाई रातभरी छोड्दिनुस्, यो तयार गर्छु, हुन्छ भने। मैले रातभरी एउटा आधि स्टोरीबाट कम्पिलिट स्टोरी गरेर हामीले नाटक काठमाडौं लगेर गयौं। लगिसके पछि त्यहाँ पनि देखायौं।
अनि फेरी म ब्याक टु जुम्ला आए। जुम्ला आइसकेपछि अब अर्को सालको जुलाई अगस्टसम्म कसरी बिताउने यो टाइम, मलाई फेरि त्यो अडिसन यता उति पनि गर्ने मन थिएन, जानु पनि थिएन। अनि मैले त्यही नाटक जुम्लामा त्यहाँको नन-याक्टरहरुलाई वर्कशप गरे २ महिना। म सँग १ रुपैयाँ पनि थिएन, सबै पसलहरूमा लाइट पर्दाहरू, सबै खाजा देखि लिएर सबै क्रेडिटमा मैले २ महिना वर्कशप गराए, त्यहाँ लाइटहरू पनि आफै गराए। सायद त्यो कर्णाली प्रदेश भरीमा त्यो मोबाईल बक्स थ्रेयटर अहिले सम्म कसैले पनि गेरेको थिएन, फस्ट टायम जुम्लामा मैले पोसिबल गरेको थिए। अनि त्यो नाटक हामीले त्यस्तो क्रेडिटमा १५ दिन जति मञ्चन गरौं जुम्लामा। अलि अलि पैसा उठ्यो त्यसको उधारो क्रेडिट सबै तिर्यौ, अलि अलि पैसा बाँकी रहयो, याक्टरहरुलाई केही दिइयो।
अब त्यो त भयो, अब फेरि मलाई जुलाई अगस्टको लागि केहि त गर्नु पर्यो। अनि जुम्लाको एउटा कुनामा बाल मन्दिरको एउटा सटर थियो, जहाँ डम्पिङ साईट थियो। त्यो डम्पिङ साईटमा एउटा दाईलाई कुरा गरेर हामी केही गराउँछौं दाई भन्ने भयो। त्यहाँको फोहोरहरू सबै निकालेर हामीले युज गरेर उनीहरूले फालेको वईस्टबाट हामीले डेकुरेट गर्यौ, एउटा क्याफे जस्तो हामीले निर्माण गर्यौ तर सबै हामीले आफै गरायौ। टेबुल, कुर्ची, मुढा देखि सब, अब कलर चाहयो पेन्टिङ गर्न लाई, छैन पैसा। अनि त्यति खेर दुर्गा बन्जाडे भन्ने हुनुहुन्थ्यो, सि.डि.यो हुनुहुन्थ्यो उहाँ, महिला हिंसा सम्बन्धीको, ल गोविन्दजी यसो यसो गर्नु पर्यो, के गर्नु पर्यो भन्दाखेरी महिला हिंसा सम्बन्धीको लागी एउटा केही क्रियटिभ काम गर्नुपर्ने भयो। मलाई कलर चाहिएको थियो।
हैन म्याम, सेतो पर्दा किनौं, कलरले प्रतिबद्धता जनाऔ भन्ने भयो। अनि त्यसपछि १/१ के.जी कलर किन्न लगाइयो, त्यो प्रतिबद्धता त ईभेन्ट भयो। सबै कलर ल्याएर होटेलमा राख्यौं हामीले। पेन्टिङ गरेर पेन्टिङ यता उति बनायौं। त्यो चाही हामीले आफ्नो स्पेसको लागि बनाएको थियौ। जो आउँछ फोटो खिच्न थाल्छ, अर्को गर्न थाल्यो, त्यसपछि यो के हो भन्दा चिया पाउँछ भन्न थाल्यो। हामीले ग्याँस र सिलिन्डर उधारो ल्याएर राखेको थियौ। एउटा कफी, चिनि र डिस्पोजल ग्लास राखेको थियौ। अनि क्याफे हो भन्दा, हो भन्यौ, अनि कत्ति हो भन्दा त्यतिकै र्यान्डम्ली ३० रुपैयाँ भनेको थिए। ३० रुपैयाँमा कफी बेच्न थालियो। कफी खाने मान्छेको ओइरो लाग्न थाल्यो, क्याफे भई दियो त्यो।
त्यसपछि कोभिड आयो, कोभिड आइसकेपछि अब कोभिडमा के गर्ने? अनि क्वारेन्टाईनमा मान्छेहरूलाई कोहीले पनि राख्न मानिराखेको थिएनन्, पछाडि स्कूल थियो, हाम्रो अगाडि क्याफे थियो, हामी राख्न दिन्छौं भनेर भन्यौ, अनि क्वारेन्टटाईन भरीमा हामीले मान्छेहरूलाई राख्यौ, सर्भिस गर्यौ। त्यसपछि हामीले पैसा पनि कमायौ, त्यसपछि हामीले सर्जिकल माक्सको सर्टेज भयो। सर्जिकल माक्स कसैसँग पनि थिएन जुम्लामा। अनि हामीले फाईबिरिक ब्याग र टिस्यु पेपर, इलास्टिक र फाईबिरिक ब्यागबाट माक्स बनायौ। रयुजयल वाला टिस्यु लगाएर हाल्न मिल्ने त्यो ३० रुपैयाँमा बेच्यौ हामीले। जुम्लाभरी हाम्रो माक्स थियो। रातो, हरियो, नीलो, पहेँलो माक्स हामीले त्यसरी त्यहाँ सर्भिस पनि गरी राखेका थियौ, काम पनि गरीराख्यौ।
त्यसो गर्दा गर्दै कोभिड अलिकति सेकेन्ड चरणको कोभिड होल्ड भइसकेपछि प्रकाश फिल्मको लागि मलाई कल आयो। यसो यसो क्यारेक्टर छ, गर्ने हो? भनेर कल आयो, किन नगर्ने भन्ने भयो। त्यसपछि म प्रकाश फिल्मको लागी जुन काठमाडौं आए। काठमाडौं आइसकेपछि वर्कशप भयो, सुटिङ भयो, अनि त्यसपछि फेरि कोभिड आयो। कोभिड आइसकेपछि अब त अत्ति भइसकेको थियो। मलाई त्यो ठाउँ बाट निस्किनु थियो। एउटा साथीले सिरियल गर्ने हो भन्ने भयो। बीचमा लकडाउन नै थियो, ल गर्ने हो भन्ने भयो। हो, भनिसकेपछि जुम्लाबाट कोभिडको लकडाउनको टाईममा म काठमाडौं पुगे। बाटै बाटो ८ दिन लगाएर काठमाडौं पुगे। गाडि चेन्ज गर्दै-गर्दै काठमाडौं पुगे। सिरियल गरियो, सिरियल गरेपछि टोटल लकडाउन भईसके पछि गाडि चल्थेन। म एउटा ट्रकको कन्ट्रायकमा फेरि ब्याक टु जुम्ला आईपुगे। फेरि त्यो सिरियल पनि हामीले जुम्लामा ४ वटा एपिसोड हामीले फेरि पनि गर्यौ।
अनि त्यसको लागि गाँउपालिका विभिन्न स्थानीय तहहरूमा प्रपोजल पनि हालेको थियौ। त्यो पैसा एउटा सहकारीबाट लोन झिकेर हामीले गरेको थियौ। पछि पैसा तिर्न सकेनौ, कसैले पनि स्थानिय तहहरूले हामीलाई त्यतिको पनि गर्नु भएन। त्यो पैसाको लोन अहिले पनि म तिरि राखेको छु। अनि त्यसरी १० वटा एपिसोड भयो। १० वटा एपिसोड आइसकेपछि राष्ट्रिय स्तरको नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो, राजाराम पौडेल, रविन्द्र झा उहाँहरुसँग थियो। अनि मेरो आमाले फस्ट टाइम मेरो छोरा टि.भि मा आउँदै छ है भनेर गाउँ गाउँमा सुनाउनु हुँदो रहेछ। अनि त्यो कुरा सुनेपछि मलाई पछि खुसी लाग्यो। सेकेन्ड चरण को कोभिड सकि सके पछि अनि म ब्याक टु फेरि क्याफेहरु सबै बेचेर म काठमाडौं ओरिन्टेड काम गर्न फर्के फेरि। अनि फेरि त्यही थ्रेयटरमा अभ्यास गर्न थाले। त्यसपछि केही नाटकहरू गरे, अनि विस्तारै विस्तारै फिल्महरू आउन थाले, कामहरू आउन थाल्यो, अनि अहिले आएर मैले चाही अन्तरराष्ट्रिय फिल्महरूको कास्टिक डिरेक्टरको रुपमा काम गर्दै छु।
जे होस्, यो सबै कुराको मोटिभेसन भनेको मेरो आमा हुनुहुन्छ। मैले हरेक हिँड्ने जर्नी मलाई गारो भयो, केही भयो भने मैले आमाको भनाइलाई सम्झिन्छु र त्यही कुरा नै आफूलाई एक्जुकेट गर्छु र यही हो संघर्ष को कथा। भन्न त धेरै थियो होला, अब टाईमको व्यस्तताले पनि अलिकति मानसिक दबाब जस्तो पनि भयो। अनि छोटोमा सकाईयो। जाँदा जाँदै बरु म एउटा कविता वाचन गर्न चाहन्छु।
( मैले खोलासँग मित लगाए,
मैले खोलासँग मित लगाए,
मित जता बगे म त्यतै बगे।
कहिले मित शान्त बगे, म पनि शान्त बगे।
कहिले मित बौलाउदै बग्न थाले, म पनि त्यसरी नै बौलाउदै बग्न थाले।
कहिले ठूला समुन्द्रसँग जुध्न थाले, म पनि ठूला पहाडसँग जुध्न थाले।
कर्म-धर्म जीवन अनि संघर्ष, खाँसै हामी फरक थिएनौ।
फरक यत्ति थियो-मलाई हिड्नु थियो, मेरो मितलाई बग्नु थियो।
तर हाम्रो यात्रा निरन्तर चलिरहेको छ, हामी बगिरहेका छौं।
म हिँडिरहेको छु आफ्नै बेग र गतिमा,
मैले खोलासँग मित लगाए।)
धन्यवाद, यति हो फास्ट भए जस्तो नि लाग्यो, हस् धन्यवाद।
