महावीर पुन, वैज्ञानिक, राष्ट्रिय आविष्कार केन्द्र

महावीर पुन, वैज्ञानिक, राष्ट्रिय आविष्कार केन्द्र

महावीर पुन, वैज्ञानिक, राष्ट्रिय आविष्कार केन्द्र

आफ्नो उत्पादन केको लागि बेच्ने भन्ने कुरा नेपालीहरूले बुझ्न जरुरी छ । बिक्री गर्ने भन्ने बित्तिकै त्यो व्यापार हो । सोझो अर्थमा भन्ने हो भने व्यापार पैसा कमाउनका लागि गरिन्छ । नेपालीहरूले व्यापार गर्न जानेका छैनन् । सुर्खेतमा धेरै व्यापारीहरू छन् । ठूला–ठूला पसलहरू खोलेर व्यापार गरिरहेका छन् भन्नुहोला तर यिनीहरू व्यापारी होइनन् । उनीहरू अर्काले बनाएको सामान ल्याएर बेच्ने मध्यस्थकर्ता मात्रै हुन् । उत्पादन गर्न नजानेको कारण हामीले व्यापार गर्न जानेनौँ । उत्पादन गर्न किन जानेनौँ भन्दा हामीले प्रयास नै गरेनौँ । हामी नेपालीहरूले विदेशमा गएर नोकरी गर्न सुरु गरेको करिब ३० वर्ष भयो । त्यसभन्दा अगाडि नै सम्पूर्ण नेपाली हामीहरू कृषक थियौँ ।

कृषि गर्यो अनि जे उत्पादन हुन्छ त्यही खायो । कृषि गर्दै गर्दा पनि व्यापार गर्ने भन्ने कुरा हामीले सिकेनौँ । जुन रैथाने प्रविधि कुराहरू छन् रैथाने प्रविधिलाई हामीले सीमित रूपमा राख्यौँ । त्यसलाई घाटी समातेर राख्यौँ । नेपालको वैज्ञानिकको हो भन्ने हो भने हाजिरी जवाफ प्रतियोगितामा त्यसको जवाफ पहिलो वैज्ञानिक गेहेन्द्रशमशेर हुन् भन्ने गरिन्छ विद्यालयहरूमा । अहिलेको वैज्ञानिक को हुन् भनेर सोध्ने हो भने महावीर पुन अर्थात् मलाई भनिन्छ ।

म वैज्ञानिक पनि होइन तर अहिलेको वैज्ञानिक महावीर पुन हुन् भनिन्छ । हाम्रो सोचाइले नेपालको वैज्ञानिक जो थिए पहिले उनीलाई चिन्दै चिनेनौँ । नेपालको पहिलो वैज्ञानिक भनेको ती हुन् जसले यी आरनहरू चलाए । सयौँ, हजारौँ वर्षदेखि गाउँमा गाउँलेहरूलाई चाहिने कुटो कोदालो हँसिया हतौडा लगायतका सामग्री आरनबाट उत्पादन हुन्थे । ती उत्पादनका सामग्री र हतियारहरू बनाउने वैज्ञानिक उनीहरू नै हुन् । त्यसैले हामीले ती पहिला वैज्ञानिकहरूलाई चिनेनौँ ।

उनीहरूले उत्पादन गरेर हाम्रो जीवन निर्वाहमा केही सहयोग गरे । त्यति बेलाका कि वैज्ञानिकहरू जसले नेपालभर हातहतियार र सामग्रीहरूको उत्पादन गरिदिएका थिए । किनभने कुटो, कोदालो, हँसिया भएन भने कृषि गर्न सहज हुँदैनथ्यो । उनीहरूलाई हामीले तल्लो दर्जामा राख्यौँ । अहिलेसम्म पनि त्यो विभेद कतिपय स्थानहरूमा कायम नै छ । कर्णालीमा पनि छुवाछूतको कुराहरू धेरै आए रहेको हुन्छ । त्यस कारण हामीले व्यापार गर्न नजानेको भन्नुको कारण वैज्ञानिक हुलाई सम्मान गर्न नजानेको हो ।मलाई सम्मान गरेन भनेको होइन

। मलाई त अहिले प्रशस्त सम्मान आइरहेको छ । तपाई हाम्रा उहिलेदेखिका वैज्ञानिकहरू थिए, अहिले पनि नेपालमा धेरै वैज्ञानिकहरू छन् । नेपालबाट बाहिर गएर ठूला ठूला आविष्कारहरू पनि गरेका छन् । उनीहरूलाई सम्मान गर्न नजानेको कारण हामीले व्यापार गर्न सकेनौँ । रैथाने भन्नाले नेपालमै रहेको कुराहरू बुझिन्छ । विश्वव्यापीकरणको जमानामा रैथानेले मात्रै पुग्दैन । हामीले सबै चिजबाट ल्याउनुपर्छ । रैथानेलाई पनि विकसित गर्नुपर्छ । रैथाने भनेको गाउँघरको हो । गाउँघरका प्रतिभाहरू उत्पादनहरूलाई ल्याउनुपर्छ ।

राष्ट्रिय आविष्कार केन्द्रमा अहिले ताप्लेजुङ संखुवासभा डडेलधुरालगायतका विभिन्न जिल्लाका मानिसहरू जो पढे–लेखेका छैनन् उनीहरूसँग सीप छ । राष्ट्रिय आविष्कार केन्द्रमा आएर विभिन्न किसिमका उत्पादनहरूको काम गरिरहेका छन् । आरनको कुरा गर्ने हो भने एक जना भाइ अछामबाट आएको थियो । कहिले पनि मेसिनहरू नबनाएको तर आरनमा काम गरेको थियो । त्यो भाइले राष्ट्रिय आविष्कार केन्द्रमा तीन महिना बसेर मोटरबाट फलाम कुट्ने बनाएर परीक्षण गरिरहेको छ । त्यसैले रहित गाउँका रैथाने प्रतिभाहरूलाई पनि प्रोत्साहन गर्नुपर्छ ।

यही राष्ट्रिय आविष्कार केन्द्रमा आएको बेला त्यो भाइलाई हामीले सहयोग गर्न सक्दैनौँ भनेको भए उसले अहिलेसम्म त्यो बनाउन सक्दैनथ्यो । त्यस कारण यस्ता रैथाने प्रविधिहरूको विकास गर्नका लागि रैथाने प्रतिभाहरूलाई नै खोजेर प्रोत्साहन स्वरूप काम गर्न दिनुपर्छ । नेपालमा आविष्कार अनुसन्धान गर्ने भन्ने बित्तिकै स्नातकोत्तर परेको वा विद्यावारिधि गरेको भन्ने मात्रै हो भन्ने सोच छ । तर गाउँघरमा केही गरिरहेकाहरूलाई हामीले वास्ता गर्दैनौँ ।

कुनै पनि काम गर्नका लागि र अनुसन्धान गर्नका लागि स्रोत आवश्यकता हुन्छ । स्रोतको अभावमा कसैले केही गर्न चाहन्छु भने पनि गर्न सक्दैन । परम्परागत प्रविधिको पनि कुरा गर्ने हो भने, जस्तोः खुवा बनाउने चलन त हाम्रो पहिलेदेखि नै छ । कराइमा मकै भुटेर खाने चलन त हाम्रोमा पहिलेदेखि नै छ । त्यसलाई परम्परागत प्रविधि मानौँ । त्यसलाई आधुनिकीकरण गरेर राम्रो बनाउनका लागि के गर्नुपर्छ भनेर कसैले सोच्नुप¥यो र बनाउनुप¥यो । जस्तो अहिले राष्ट्रिय आविष्कार केन्द्रमा धेरे मानिसहरूको अनुरोधमा खुवा बनाउने मेसिन चाहियो भनेर तयार भएको छ । परम्परागत प्रविधिलाई सुधार गरेर अलिकति सहज रूपमा हुने गरी त्यसलाई विद्युतबाट चल्ने बनाइएको छ ।

कसैले मकै वा बदाम भुटेर बेचिरहेको छ । वा कसैले मकै वा कोदो भुटेर पिठो बनाएर बेचिरहेको छ । धेरै जनाले त्यो अन्न भुट्ने आधुनिक सहज मेसिन बनाउनका लागि अनुरोध आएको छ । जो पुरानै प्रविधि होस् तर अलि धेरै सहज र छिटो मात्रामा भुट्न सकियोस् । राष्ट्रिय आविष्कार केन्द्र आफैले त बनाउने होइन । त्यो किसिमका मेसिन बनाउन सक्ने कोही छ भने मैले बारम्बार सामाजिक सञ्जाल र कार्यक्रमहरूमार्फत भन्छु । गाउँघरमा परम्परागत सिप छ र त्यसलाई विकसित गर्नका लागि राष्ट्रिय आविष्कार केन्द्रमा आउनुहोला । सबै खाने बस्ने र बनाउने चिज त्यहीँ पाइन्छ ।

यहाँ समस्या के छ भने कसैले केही बनाउन खोज्यो भने कहाँ बनाउने भन्ने समस्या छ । घरमा बनाएर त सम्भव छैन । समस्या के छ भने जुन परम्परागत ज्ञान हामीसँग छ त्यसलाई विकसित गर्नका लागि चाहिने प्रयोगशाला हामीकहाँ छैन । विकसित किसिमको आरन छैन । एउटा वर्कसप वा ल्याब छैन । त्यसको अभावमा धेरै जनाले केही गर्न सकिरहेका छैनन् ।

राष्ट्रिय आविष्कार केन्द्रमा आउनका लागि शैक्षिक योग्यता चाहिँदैन । अनुसन्धान गर्नका लागि कसले कति पढेको छ भनेर हामीले हेर्दैनौँ । परम्परागत प्रविधिको विकास पढेलेखेकोले मात्रै नभइ सीप भएका गाउँलेहरूले गर्ने हो । उनीहरूका लागि काम गर्ने थलोको रूपमा राष्ट्रिय आविष्कार केन्द्र छ । हामीले एउटा राष्ट्रिय आविष्कार केन्द्र मात्रै खोलेर हुँदैन । यस्ता केन्द्रहरू धेरै संख्यामा खुल्नुपर्छ ।

बिहानदेखि साँझसम्म राष्ट्रिय आविष्कार केन्द्रमा फोन आइरहन्छ । जति बेला पनि मेरो फोन खुला हुन्छ जति बेला फोन गर्दा पनि हुन्छ भनेपछि मान्छेहरूलाई सहज भइहाल्यो । परम्परागत प्रविधिलाई कास गर्न र गाउँघरमा काम गर्नका लागि सहज हुने खालका मेसिनहरू उत्पादनका लागि हामीसँग ठुलो माग छ । राष्ट्रिय आविष्कार केन्द्र एउटा आरन नै हो । एउटा आरन खोलेर सबैका माग त पुरा गर्न सकिँदैन । यस्ता माग भएका सबैजसो चिजहरू बनाउन सकिन्छ । तर सबै जना लाग्नुप¥यो । जम्मा दुईचार जना लागे मात्रै हुँदैन । सरकार पनि लाग्नुपर्यो ।

राष्ट्रिय आविष्कार केन्द्रमा गएको तीन वर्षमा ८८ ओटा किसिमका विभिन्न उपकरणहरू बनाउनका लागि प्रयास भइरहेका थिए । ८८ वटामध्ये ५५ वटा फेल खायो । त्यसले काम गर्न सकेन । अनुसन्धान भनेकै यही हो । काम गर्ने हो । कोही हुन्छ केही हुँदैन । राष्ट्रिय आविष्कार केन्द्रले यस्ता किसिमका उपकरणहरू बनाउनका लागि आफू सक्दो प्रयास गरिरहेको छ ।

२४ सै घण्टा खुला हुन्छ जसले जति बेला आए बनाउन प्रयास गरे पनि हुन्छ । यस्ता कामहरू गर्नका लागि अबदेखि स्थानीय र प्रदेश सरकारले पनि बल गर्नुपर्छ । आविष्कारका लागि सरकारले एउटा ठाउँ बनाइदिनु प¥यो ल । कम्तीमा एउटा टिनको छानो हालेर ट्रस बनाइदिनु प¥यो । जहाँ वल्डिङ, ड्रिललगायतका मेसिनहरू हुनुपर्यो ।

त्यसपछि मान्छेहरू आफैले आविष्कार गर्छन् । यो कुरा हुन सकेको छैन । सबैले राष्ट्रिय आविष्कार केन्द्रले केही गरिदिएन भन्छन् । राष्ट्रिय आविष्कार केन्द्रले गरिरहेको कुरा कर्णाली प्रदेशमा पनि गर्न सक्नुहुन्छ । स्थानीय सरकारमार्फत काम गर्न सकिन्छ । तर अहिले न त स्थानीय सरकारले यसबारेमा केही प्रयास गरेको छ, नत प्रदेश र केन्द्र सरकारले नै केही प्रयास गरेको छ नै । अहिले जनताले नै प्यास गर्नुपरेको छ । जनता मिलेर केही गर्न चाहने हो भने राष्ट्रिय आविष्कार केन्द्रमै आउनुपर्छ भन्ने छैन । यहाँ कर्णालीमै खोल्ने हो भने पनि हामीले के सहयोग गर्न सक्छौँ त्यो सहयोग गर्छौं । सुर्खेतमा पनि एउटा केन्द्र खोल्ने भनेर मध्यपश्चिम विश्वविद्यालयसँग छलफल पनि भएको हो । तर कुरा मात्रै भए ।

समस्याको समाधान चाहिन्छ भन्ने कुरा सबैलाई थाहा भयो । समाधान कसरी खोज्ने भन्ने कुरा म बताउन चाहन्छु । उहिलेको जमानामा आरनले काम चल्यो । अहिले आरनले काम चलाऊ हुन सक्दैन । ठूलो आरन बनाउनु प¥यो म । ठूलो आरनमा ग्रामीण क्षेत्रको प्रविधिको विकास गरी विश्व बजारमा प्रतिस्पर्धा हुने किसिमको उत्पादन ल्याउनु पर्यो र । प्रविधिको विकासका लागि अनुसन्धान गर्नुपर्छ ।

अनुसन्धान नगरीकन कहीँ बन्दैन । तपाईंले प्रयोग गर्ने प्रायजसो वस्तुहरू अनुसन्धानबाट उत्पादन भएका हुन् । प्रविधिको विकास गरी त्यसबाट व्यापार गरी देशको आर्थिक विकास गर्नका लागि अनुसन्धानमा व्यापक बजेट लगानी गर्नुपर्छ । नेपालमा अनुसन्धानको लागि पर्याप्त बजेट न विनियोजन भएको छ न खर्च नै भएको छ । अनुसन्धान भनेको धेरै खर्चिलो चिज हो । जसमा करोडौँ र अर्बौं रूपैयाँ बजेट लाग्न सक्छ ।

अनुसन्धान गर्नका लागि सबैभन्दा पहिले स्रोत जुटाउनुपर्छ । जापान तथा अमेरिकालगायतका देशहरूले अनुसन्धानका लागि ठूलो मात्रामा बजेट खर्च गर्छन् । स्रोत जुटाउने उपाय भनेको स्थानीय र प्रदेश सरकारले जम्मा पुँजीगत बजेटको एक प्रतिशत अनुसन्धान खर्च छुट्टाए पुग्छ । स्थानीय सरकारले गाउँ–गाउँका परम्परागत प्रविधि विकासका लागि अनुसन्धान गर्नका लागि विकास बजेटको एक प्रतिशत विनियोजन गर्न आवश्यक छ ।

कर्णाली प्रदेश सरकारको चालु आर्थिक वर्षमा २१ करोड विकास खर्च रहेछ । त्यसको एक प्रतिशत मात्रै अनुसन्धानको लागि विनियोजन गर्ने हो भने पनि २१ करोड रूपैयाँ हुन्छ । अनुसन्धानका लागि मान्छे नपाउने भन्ने हुँदैन । बजेट नभएर समस्या भएको हो । स्थानीय सरकारले पनि अन्वेषणको लागि बजेट विनियोजन गर्ने अनि स्थानीयस्तरमा विकसित आरन राख्नुपर्छ । कसैले अनुसन्धान गर्न चाहेमा उसलाई उपकरणहरू जोडिदिने गर्नुपर्छ ।

सरकारले मात्रै गर्नुपर्छ भन्ने होइन निजी क्षेत्रले पनि ध्यान दिनुपर्छ । सबै निजी क्षेत्रले संस्थागत सामाजिक उत्तरदायित्वबाट पनि अनुसन्धानको लागि केही बजेट विनियोजन गर्नुपर्छ । बजेट मात्रै भएर हुँदैन । त्यसका लागि कानुन पनि आवश्यक छ । अनुसन्धान र विकासको लागि बजेट विनियोजन गर्ने कानुन निर्माण गर्न आवश्यक छ ।

Leave a Comment

पछिल्ला सामाग्रीहरु
Event Search
Ads
Latest Events