भोट हाल्न पाउने अधिकारका सन्दर्भमा हामिले के देख्छौ भने लोकतन्त्रको सबैभन्दा ठुलो आधारभुत विषय भनेको भनेको के हो भने समानता हो। अब प्रश्न उठिरहेको छ कि, हामि समान छौ त? कस्तो किसिमको प्रक्रियाबाट लोकतन्त्रको जुन आकाङक्षा हो कि सबै बराबर छन्, समान छन्, नम्बरमा परिणत हुन्छन्। यसले भावनाको प्रतिनिधित्व कसरी गर्दछ? यदि हामिले यहाँनेर मन्त्रको कुरा आँउछ कि यसलाई भावनामा, यसलाई व्यवहारमा कसरी परिवर्तन गर्न सक्छौ? के लोकतन्त्र भनेको एउटा मेकानिकल वर्ड मात्रै हो त? जाने, भोट हाल्ने, पाँच वर्षलाई नेतृत्वलाई चयन गर्ने, पठाउने, अनि त्यसपछी गुनासो गरेर मात्रै बस्ने, गनगन गर्ने, भएन भन्ने, माथि गएका मान्छेले पनि तल रहेका मान्छेलाई बिर्सिने, यो गनगन गर्ने व्यवस्था हो कि यो के हो त? हामिले अधिकांश रुपमा आज बडा कठिन परिस्थितिमा छौ ।
प्रजातन्त्र, लोकतन्त्रको कुरा गर्ने बित्तिकै यसले के दियो भन्ने कुरा एकदम ट्रान्जिसनल, अहिले हामिले के पायौं त लोकतन्त्रबाट? अब हरेक कुरा पाउनेमा हुन्छ कि? त्यही भएर लोकतन्त्रको एउटा व्यवहारिक पक्ष पाउने र नपाउने कसले पाउने, कसरी पाउने, त्यो आफ्नो ठाउँमा छदै छ। यसको वृहत्तर सैद्धान्तिक पक्ष, यसको आध्यात्मिक पक्ष पनि छ। आध्यात्मिक भनेको के हो भने मान्छेलाई सार्बजनिक जिवनमा के का लागि प्रेरित गर्छ। खान, बस्नको लागि मात्रै सार्वजनिकमा लाग्न प्रेरित गर्दछ कि? अधिकाशं राजनीतिज्ञहरुलाई हेर्नु भयो भने हामी अहिलेको समयमा के पाउछौ भने, उनिहरु राजनितिमा किन छन्? यहाँ एकदम राजनीतिमा काम गरेका साथीहरु पनि हुनुहुन्छ, तपाईहरु राजनीतिमा किन हुनुहुन्छ? भन्यो भने पहिलो उत्तर आउछ, समाज परिवर्तनको लागि, विकासको लागि भन्नुहुन्छ तर व्यवहारमा हेर्दा उहाँहरुको त्यस्तो देखिदैन्।
त्यही भएर कोही मान्छे किन पाँच-पाँच पटक प्रधानमन्त्री हुन्छ? किन राष्ट्रपती भईसकेका मानिसहरु पार्टी पोलिट्रिक्समा फर्किन चाहाँन्छन्? वा यसको उदेश्य र धेय के हो? यदि राजनीतिमा अलिकति पनि संवेदनशिलता र नैतिकताको विषय नहुने हो भने, नैतिकता अझ जटिल विषय छ, म भन्छु आध्यत्मिकताको विषय नहुने हो भने, आध्यात्मिक्ता भनेको घण्टी बजारउने, मन्दिर जाने, पुजा गर्ने होइन। यसको उदेश्य के हो भन्ने कुरामा हामिले चर्चा गर्न जरुरी छ । किन कोही सार्बजनिक जीवनमा अनुमोदित हुन खोज्दछ? फन्डामेन्टल कोइसन्, हामीले हाम्रो पोलिटिसियनहरुलाई, स्थानीय नेतृत्वहरुलाई हामीले प्रश्न गर्न सक्ने के हो भने तपाईको प्रयोजन के तपाई किन त्यहाँ हुनुहन्छ? त्यसकारण लोकतन्त्रको अर्को पक्ष हो सवाल, प्रश्न गर्न पाउने, यदि तपाईले समानताको आधारमा प्रश्न गर्न पाउनु भएन भने म तेरो नेता हुँ, तैले मलाई पठाइस, म ठुलो हुँ भन्ने किसिमको भाव आउने बित्तिकै प्रजातन्त्र त्यहानेर स्खलित हुन्छ।अथवा लोकतन्त्र त्यहानेर स्खलित हुन्छ, समानताको सिद्धान्त हराएर जान्छ।
त्यही भएर दुईटा कुरा; भौतिक रुपमा बराबर छौं, व्यवहारिक रुपमा बराबर छौं, भन्ने अनुभुती देखाउनु पर्यो। बराबर कोही पनि छैन। यहाँ हेर्यो भने कोही सानो छ, कोही ठुलो छ, कोही मोटो छ, कोही दुब्लो छ, कोही कहाँबाट आएको छ, भाषा छैन, के छैन, कसैको शिक्षा छैन। यो असमानता व्याप्त भएको ठाउँमा समानता एउटा कल्पना हो भने राजनीति एउटा साधन हो। कि हामीलाई त्यहा पुर्याउनु पर्यो। थाहा हुदा हुदै पनि कि एउटा अपाङ्गता भएकोफ व्यक्ति र एउटा सबल मान्छेको बिचमा सार्बजनिक सम्बन्धहरु, सामाजिक सम्बन्धहरु कसरी निर्धारण हुन्छन भन्ने कुरा तय गर्ने विषय तपाईको राजनीतिको विषय हो। यसले समानतालाई सुनिश्चित गर्नु पर्यो तर समानता के हो भने एउटा कठिन लडाई र परिस्थिति पनि हो, किनभने हामीहरु कोही पनि समान छैनौं।
समानताको आकाङ्क्षा छ, प्रगतिको निम्ति समाननताको आकाङ्क्षा छ, एउटा उदाहरण नै दिन्छु, सार्बजनिक बसमा चढ्दाखेरी सुर्खेतको बडा जटिल लाग्यो मलाइ, टेम्पो मात्रै गुड्ने रहेछ, दुई दिन भयो म यहाँ बसेको, विद्यार्थी भाई बहिनिहरुसगँ सोधे के छ भनेको, एक ठाउँबाट ठाउँ जाँदा तिस रुपैँया, तपाई माफ गर्नुहोस। यदी म गल्ती रहेछु भने भन्नुहोला, अहिले छलफलमा भेट हुन्छ। तिन ठाउँ जानु पर्यो भने ९० रुपैँया, चार वटा ठाउँमा जानु पर्यो भने, कसैले तपाईलाई दिदैन। सार्बजनिक यातायातको विषय यदि हामीले सही रुपमा छलफल गर्यौ भने र समान रुपमा सबैले प्रयोग गर्ने व्यवस्था, पैसा त सबैले तिर्न पर्यो तर के हो भने त्यसमा हामीले सबैले चढ्न मिल्ने सार्बजनिक यातायातको व्यवस्था गर्न सक्यौं भने यहाँ लोकतन्त्र भएको मानिसहरुलाई अनुभुती हुन्छ कि भन्ने कुरा हो।
सक्नेले गाडी गुडाईरहेको छ, नसक्ने पैदल हिडिरहेको छ र अलिअलि भएको टेम्पो चढीरहेको छ, भन्ने हो कि सबैलाई समान अवसर दिने हो? समान अवसरको निम्ति, अब यातायात भन्छ नि, कर्णाली पछि पर्यो, के पर्यो ? पछी पर्यो भन्ने बित्तिकै केही कल्पना छ, हामीसँग कोही अगाडी छ भन्ने। अगाडी भएको कल्पना नगरीकन पछी भएको कल्पना गर्न सकिदैन। एक्लो दौडेर त पहिलो त जो पनि हुन्छ। त्यसकारण, हामी समाज इनहेरेन्ट्ली आधुनिकताको सन्दर्भ हो यो, यसले जहिले पनि बायनरी आफु भन्दा फरक र अर्को खोजिरहेको हुन्छ र त्यो सँग तुलना गरिरहेको हुन्छ। समानता पनि एक्लो मान्छे यसै पनि समान हुन्छ। तर के हो भने समाजमा बस्दा उसले असमानताका बिम्बहरु, क्रियाहरु र कार्यक्रमहरु उसले देखिरहेको हुन्छ।
जस्तो; सार्बजनिक यातायात लोकतन्त्र पछी सुर्खेतका सन्दर्भमा मलाई लाग्छ, त्यसैले कुडा कर्नालीका भन्दाखेरी कर्णालीमा समानता इनस्योर गर्नका लागि, इक्वालिटी अथवा समानता सबै बराबर छन्, अथवा अवसरको समानता छ, काठ्माण्डौंसँग हामी असमान छौं भन्दै छौ तर यहाँ भित्रको असमानतामा हामी कसरी गर्दै छौ? हामी सँग केही न केही, हो हामीसँग भर्खर भर्खर संघीयता सुरु भएको छ, भर्खर भर्खर स्थानीय सरकारहरुले आफ्नो बाटो पहिल्याउदै छन्। त्यो सन्दर्भमा यहाँ भित्रको समानतालाई यदि हामीले त्यो आकाङक्षालाई बुझ्यौ र तदनुरुप कार्यक्रम गर्न सक्यौ भने लोकतन्त्र एउटा बाटोमा जान्छ। त्यही भएर विश्वव्यापी रुपमा हरेक समाजको आफ्नो त्यो समयको तत्कालिन मद्दा के हो? त्यसमा पनि लोकतन्त्रले खरो भएर उठ्नु परेको छ, त्यही कारण लोकतन्त्र हाम्रो समयको सबैभन्दा बिवादित समय हो। यसलाई परिभाषित गर्न यती जटिल भइरहेको छ कि व्यवहार फरक छ, आकाङ्क्षा फरक छ, ठाउँ फरक छ, परिस्थिती फरक छ तर विश्वव्यापी रुपमा सबै देशहरु सबै समाजहरु आफुलाई लोकतान्त्रिक भन्न रुचाउँछन्।
जतिसुकै दमन गर्ने राज्यले पनि जतिसुकै दमन गर्ने समाजले पनि संसारमा उभिएर भन्दा आफुलाई लोकतन्त्रको एउटा ट्याग लगाउन सक्छ। त्यसकारण लोकतन्त्रलाई मैले अघि स्प्रिच्युअल कुरासँग जोडे कि यो आत्माअवलोकन गर्ने पनि व्यवस्था हो। अब म यो चाहान्न कि २०६२/०६३ मा आन्दोलन भयो, के भयो, कसरी भयो, नेपालमा लोकतन्त्रको स्थिति अवस्थिति के छ, भन्ने कुरा त यहाँहरु सबैले आफैले देख्नुभएको छ। अनि तपाईहरु सबैको आ-आफ्नै विश्लेषण छ, म त्यसमा पस्न चाहान्न। सैद्धान्तिक रुपमा हेर्ने के हो भने व्यापक रुपमा एउटा सामान्य नागरिकले अथवा जनता भनौं, रेती भनौं, यसले मलाई के दियो भनेर हेर्ने प्रश्न मैले जहाँ पनि सुन्ने गरेको छु। हरिजी तपाईले यत्रो यत्रो कुरा गर्नु भयो यसले के दियो त? के दियो भन्दा तपाईले खोजेको के हो त भन्नु पर्यो नि फेरी। सवाल जवाफ नै गर्ने हो भन्दा तपाईले खोजेको के हो भनेर भन्यो भने, त्यसलाई हामीले अलिकति परिष्कृत प्रश्नहरु, प्रश्न गर्ने सबैको अधिकार छ तर उत्तर खोज्नको लागि परिस्कृत प्रश्नहरु चाहिन्छ। त्यही भएर सुर्खेतमा जब भाई बहिनिहरुले एउटा सानो इनिसिएटिभ सुरु गर्नु भयो।
समाज कुण्ठित छ, एक अर्काको देखासिकिबाट आक्रान्त छ, भनेको कुरा हुदैन। त्यही भएर हामीले तन्नेरी चासोसँग कुरा गर्दा भन्यौ, गुनासो होइन प्रश्न गरौं। गुनासोले मान्छेलाई रोगी बनाउँछ भने प्रश्नले बाटो खोज्न सहयोग गर्छ। लोकतन्त्र मेरा निम्ति समाधान खोज्ने साझा थलोका रुपमा, आफ्नो जिज्ञासाहरु, आफ्नो असन्तुष्टिहरुलाई प्रष्ट्याउने ठाउँ, त्यो पस्किने र प्रष्ट्याउने ठाउँ विभिन्न किसिमको हुन सक्छ। लोकतन्त्रले सुर्खेतलाई के दियो? ६ वर्ष सम्म यस्तो थलो दियो, जहाँ तपाईहरु बसेर आफ्नो भाषाको, यही हेर्नुहोस त कर्णाली र कर्नाली छ। व्यापक रुपमा राष्ट्रिय रुपमा हामीले बाहिरबाट पढ्दा कर्णाली भन्छौ तर तपाईहरुको अपनत्व त कर्नाली भन्ने भाषामा छ तल पट्टि, त्यो कहाँ उजागर भयो त? हिजो अस्ती देउडामा मात्र मान्छे नाँच्दै थिए। यो मेरो भाषा हो, यो भन्दै थिए।
लोकतन्त्र भनेको एउटा पल्याटफम पनि हो, जहाँ विभिन्न मत मतान्तरहरुलाई एक ठाउँमा लिएर आएर बाटो खोज्ने प्रयास गरिन्छ। जहाँ प्रश्नहरु उठाइन्छ। त्यहि कभएर मलाई लाग्छ, जहाँ विकल्प हुदैन, त्यहाँ लोकतन्त्र हुदैन। जहाँ अल्पसङ्ख्यक हुदैन, त्यहाँ लोकतन्त्र हुदैन। किनभने विचारमा पनि अल्पसङ्ख्यक हुन्छ, साधन श्रोतको पहुँचमा पनि अल्पसङ्ख्यक हुन्छ, जातजातिमा पनि अल्पसङ्ख्यक हुन्छ, भाषामा पनि अल्पसङ्ख्यक हुन्छ। अल्पसङ्ख्यक खोज्नु भयो भने तपाईले सबै ठाउँमा भेट्नुहुन्छ। अल्पसङ्ख्यक (माइनोरिटी) बिनाको लोकतन्त्र हुदैन। यत्ती कुरा हामीले बुझ्नुपर्छ। किन भने त्यसले बोल्ने कहाँ हो त? सधैँभरी एउटै मान्छेले चुनाव जित्यो भने त्यो पनि लोकतन्त्र हुदैन, विकल्प हुनु पर्यो, विकल्प भएको व्यवस्था लोकतन्त्र हो, हामीलाई लागिराछ नि अहिले पनि हामीलाई रिस किन उठिराछ भने गएको ३०/४० वर्ष देखि हामी एकैखाले मान्छे देखिराछौँ।
हाम्रो क्षमता जुन परिवर्तन गर्ने हो। त्यो नभएको कुराले आफै माथि कुन्ठीत भईराखेका छौ। एउटा काठमान्डौमा सिल्पि थियटर भन्ने छ, बडा राम्रो काम गर्छ। उनिहरुले राजनीतिक नाटकहरु पनि गर्छन। अनि त्यहाँ गएर मलाई एक दिन बोल्न आउनुस भनेर भने। म बोल्न गए, अब साधारण किलिचे पढे लेखेको मान्छे, अब हाम्रो आन्दोलन, हाम्रो परिवर्तन २००७ सालबाट सुरुभयो भन्दै २०६२/०६३ मा ल्याएर आए। २०६२/०६३ को जनआन्दोलनले हामीलाई समावेशिता दियो, धर्मनिरपेक्षता दियो, लोकतन्त्र, के भन्छ यो स्थानिय सरकारहरु दियो, समावेशिता दियो भनेर भन्दै गर्दाखेरि त्यसलाई समाजमा बिम्बको रुपमा के मार्फत चिन्छन् भन्दाखेरि, एउटा चिन्ने बाटो चाँहि नेतृत्व रहेछ। त्यो नेतृत्व टेलिभिजन खोल्ने बित्तिकै रातदिन कराईरहेको छ तर ति मानिसहरुलाई त्यो भाईबहिनिहरु जो योङ्ग हुनुहुन्थ्यो, उहाँहरुलाई त्यसले उत्साहित गराईरहेको थिएन।
यति भन्दै गर्दाखेरि नेतृत्व लोकतन्त्रको एउटा पाटो रहेछ। तन्त्र भनिसकेपछि व्यवस्था भयो, तन्त्र लाई चलाउने एउटा पाटो यन्त्र चाहियो, यन्त्र भनेको ईन्चुसियसनहरु हो। अनि त्यसपछि चाहियो, मन्त्र भनेको केहो भने धेय के हो त? लोकतन्त्रलाई चलाउने धेय अघी मैले ईस्पिचुयल कुरा गरे, आध्यत्मिक कुरा गरे, बराबरीको कुरा गरे, साधन स्रोतमा पहुँच को कुरा गरे, तर मन्त्र के हो भने लोकतन्त्रको मन्त्र के हो भने जवाफदेहिताको खोजि वा प्रश्न। यदि तपाईले प्रश्न गर्न छोड्नु भयो भने गुनासो मात्रै गर्नु भयो, कम्पेलेन मात्रै गर्नु भयो भने नागरिकको हैसियतमा हामी सबै छिड हुदै जान्छौँ। चिन्ताले आफुलाई खान्छ, चिन्ताले संसार डढाउछ भने जस्तै लोकतन्त्रमा हामीले प्रश्न गर्ने, जवाफदेहिताको खोजी गरेनौ भने हामी आफै कुन्ठामा ग्रसित हुन्छौ। मैले पाइन, मेरो भएन, मैले किन पाइन, अर्कोले किन पायो, त्यो सहि होकि होईन, न्यायोचित होकि होईन, त्यहि भएर लोकतन्त्रमा प्रश्न एक्लैले पनि गर्न सकिन्छ। प्रश्न सामुहिक रुपमा पनि गर्न सकिन्छ।
त्यहि भएर लोकतन्त्रको अर्को यन्त्र के हो भने संगठनको अधिकार हो। संगठन भईसकेपछि साधन स्रोत प्रयोग गर्न पाउनु पर्यो। यस्तो यो संगठनहरु नभएको भए, ऋति जस्तो संगठन नभएको भए सायद जम्मा गर्न कठिन हुदो हो। उनिहरु सरकार कहाँ जान्छन, तपाई कहाँ जान्छन, यो थलो बनाईदिन्छन, मतमतान्तरको कुरा हुन्छ, प्रश्न उठ्छ, समाधानको खोजी हुन्छ। हिजो म यहाँ सोध्दै थिए, त्यहि भएर अरु उत्सवहरु जस्तो भन्दा कर्णाली उत्सव फरक छ, किनभने यहाँ तपाई हाम्रो चासोको विषयको कुरा गर्छौ। यसको मतलब यो होईन कि, राम्रो दर्शन, राम्रो साहित्यको बारेमा कुरा गर्नु मेरो चासो होईन भनेको होईन। कर्णाली उत्सव यस मानेमा फरक लोकतन्त्रको निम्ति एउटा मन्त्रको रुपमा यसले के काम गरिराछ भने एटलिस्ट बर्षको १ दिन हामी जम्मा हुन्छौ। हाम्रा साझा प्रश्नहरु, सवालहरुलाई हामी नागरिक स्तरमा छलफल गर्छौ, अनि हामीहरु के गर्छौ भने, यहाँ देखिराको छु, बढा रमाईलो छ।
अन्त पोलिटिसियनलाई ल्याउन बडा गारो छ। यहाँ मुख्यमन्त्रीज्युहरु आइरहनु भएको छ, पुर्व मुख्यमन्त्रीज्युहरु आइरहनु भएको छ, सभामुखहरु आइरहनु भएको छ। यो के हो भने कर्णाली धेरै बर्ष देखि आफुलाई भिन्नै महसुस गरिराको थियो। अब उसले अपरचुनिटिको खोजि गरिराछ। हिजो तपाईहरु यहाँ बसेको भए एकजना हजाम हुनुहुन्थ्यो, नाईले कुरा गरिराख्नु भाथ्यो, सुर्खेत आज भन्दा ३० बर्ष अगाडि आउदा कस्तो थियो, बाहिरको मान्छेले भन्छ, भित्रको मान्छे त जहिले पनि पेट दुख्यो भनेर बस्छ। कहिलेकाँहि बाहिरको मान्छेको कुरा पनि सुन्नु पर्ने हुन्छ। बाटो घाटोको कुरा, हिजो ति हाम्रा हाम्रा कपाल काट्ने साथीले अथवा दाजुभाई उमेर अनुसार जे हुन, उहाँ कुरा गर्दै हुनुहुन्थ्यो, मधेशको टिचरहरु जो चाहि बर्षौ देखि यहाँ पढाईरहनुभएको थियो, कर्णालीले मलाई के दियो, माया दियो। कर्णालीका मान्छे कर्णालीलाई माया नगर्ने, बाहिरबाट आएका मान्छे त्यत्रो आत्मियभावका साथ कुरा गरिराख्नु भाथ्यो। त्यो मन्च कहाँ बाट आयो? त्यो साझा मन्च के बाट आयो भने लोकतन्त्रको अभ्यासबाट आएको हो।
यसकारण त्यो पारलियामेन्टमा हुने छलफलमात्रै लोकतन्त्र होईन। यहाँ काठमान्डौको संसदमा हुने कुरा मात्रै लोकतन्त्रको कुरा होईन। यो गल्ली चोटा चोटामा नागरिकले स्वतन्त्र रुपमा आफ्नो कुरा गर्न पाउने, छलफल गर्न पाउने, मेरो बाटो यो हो भन्ने, जुन परिवेशको सिर्जना हुन्छ, त्यो लोकतन्त्रको यन्त्र हो। त्यो यन्त्रको मर्म के हो? मन्त्र के हो? अब म कुरा गर्न जान्छु। लोकतन्त्रको मन्त्र त्यो के हो भने हामी समाजमा एकै ठाँउ बस्छौ, सहभाव। यहाँ तपाईहरु कुर्चिमा बसिरहनु भएको छ। यता धकल्न थाल्नु भयो, उत्ता धकेल्न थाल्नु भयो भने यो सभा खल्बलिन्छ। एक अर्कालाई सुनिरहनु भएको छ, बसिरहनु भएको छ, कुईनो लाग्यो भने नि लाग्यो कि भनिरहनु भएको छ। एकै ठाँउ बस्नु भएको छ; सहभाव। एकै ठाँउ बसिन्छ भने त्यसबाट अर्को भाव आउछ; समभाव। हामी बराबर छौ, हामीले सबैले आफ्नो थात थलो, बस्ने ठाँउ पाएका छौ, आफ्नो व्यवहारहरु अभिव्यक्त गर्न पाएका छौ।
अनि लोकतन्त्रको मन्त्र के हो भने हामीले समभाव कसरी गर्न सक्छौ? जप्न पर्यो, त्यो अभ्यास गर्न पर्यो, भनेर हुदैन। सहभावको पनि अभ्यास गर्नुपर्यो। मेरो छिमेक, मेरो समुदाय, मेरो लोक, रुख,बिरुवा,चराचुरुङ्गि सबैसँग मेरो कुरा हुनु पर्यो। त्यसपछि सहभाव, हामी सँगै बस्ने हुनुपर्यो। त्यसपछि अर्को सर्त आउछ, मन्त्र जप्न पर्ने हुन्छ; समानुभुति। समाजमा मैले अघि नै भने, हामीमा थिचो मिचो छ, बराबरी छैन, कोही गरिब छ, कोही निमुखा छ, कोहि शारिरिक रुपमा अस्वस्थ छ, वा विचारको रुपमा भिन्न छ भने, म त्यो ठाँउमा भएको भए के गर्थे भने; एम्पथि। यो ३ ओटा कुरा नभईकन, त्यहि भएर मैले सुरुमै भने, मैले यो पारलियामेन्टको रुल, रेगुलेसन, संघियताको कुरा गरिन।
मलाई के लाग्छ भने नेपाली समाजलाई जोड्नको निम्ति अलिकता पोलिटिक्स भन्दा बाहिर गएर, डे टु डे पोलिटिक्स भन्दा बाहिर गएर लार्जर पोलिटिकल कल्चरमा वृह्त राजनीतिक संस्कृतिको निर्माण गर्नु पर्छ। त्यसको निम्ति त्यसको ३ ओटा मन्त्र भनेको के हो भन्ने सहभाव,समभाव त्यसपछि सद्दभाव भनिन्छ। सद्दभाव चाहि मलाई प्रोबोलोम्याटिक लाग्यो। त्यो चाँहि समस्याग्रस्त लाग्यो। जहिले पनि सद्दभाव भनेको ठुलाको हुन्छ। तँ बस्, खलबल नगर भन्ने हुन्छ, त्यो हेजोमोनिक भनिन्छ अंग्रेजिमा, त्यो ठुलाले भन्ने हो। तपाईहरुले कुनै दङ्गा सङ्गा भयो भन्ने के देख्छ भने ठुला मान्छेहरुले हल्ला गर्नुहुन्न है, सामाजिक थिति बिग्रिन्छ। सामाजिक थिति परिवर्तनले बिगार्छ तर के हो भन्ने ईमपेथी हुनपर्यो, समानुभुति हुनपर्यो, समाजमा निमुखाले बोलेको कुरालाई सुन्ने ठाँउ हुनपर्यो। यदि यो ३ ओटा कुरा भएन भन्ने तपाईको लोकतन्त्र जप्न सकिदैन,जप मात्रै हुन्छ। कुनै समयमा व्यङग्यको रुपमा कुनै पोलिटिसियनले लेख्नु भएको थियो; फलानाले गिता पढ्छ भन्थे, गिता पढ्नु भनेको के हो भनेजस्तै हुन्छ।
हामी पढ्छौ, लोकतन्त्र पढ्छौँ-पढ्छौँ,फलाक्छौ-फलाक्छौ तर हामीले एक अर्कालाई समभावका रुपमा हेर्न सक्दैनौ। एक अर्का प्रति समानुभुति राख्न सक्दैनौ। यसरी हाम्रो लोकतन्त्र कमजोर भएर जान्छ। यो अनुभवको आधारमा मैले भनेको हुँ। सानै उमेरदेखि अघि भन्नु भयो साथीहरुले, २४ बर्षको उमेरमा प्रधानमन्त्रीसँग काम गरे। पछी गएर राष्टपतिज्युसँग काम गर्ने सौभाग्य पाए। सबैभन्दा ठुलो के हो भने यो मुलुकमा कुनै सबैभन्दा मैले अन्यथा भन्दिन। संसारभरी नै सबैभन्दा बढी पोलिटीसियन स्वार्थी नै हुन्छ। ऊ ले अर्को पटक चुनाब जित्ने नै भनेर उ ले आफ्नो तिगडम गरिरहेको हुन्छ। त्यो भएन भने सत्ताको कुनै अनुभव र काम गर्ने, उसलाई काम गर्ने समय पनि चाहिन्छ। ४ बर्ष उसलाई कम पनि हुन्छ। त्यो पनि देख्याछु तर के हो भन्ने उसलाई ठाँऊमा राख्ने काम हाम्रो हो। हामी के पाउछौ, कसो पाउछौ,भनेर लोभी, पापी भएर बस्यौ भने राजनीतिज्ञ मार्फत नै राजनीतिक निरङ्कुश हुन्छ।
सर्वसत्तावाद, अधिनायकवाद कहिबाट आउदैन, नेतृत्वको महत्वकांक्षाबाट आउछ। त्यसले गर्दा हामी चनाखो हुनुपर्छ। कसैले भन्नेको थियो, “डेमोक्रेशी ईज ईटरनल भिजिलेन्स, भिजिलेन्स ईज ईटरनल ईपोटेन्ट फर डेमोक्रेशी”, हामीमा जागरुकता चाँहियो, सबै हेर्न सक्ने चाहियो, किनभने लोकतन्त्रको अर्को पक्ष हो, यसले जवाफदेहिता खोज्दछ। तपाई सार्वजनिक जीवनमा के गर्नुहुन्छ, कस्तो किसिमको काम गर्नुहुन्छ, तपाईले घरमा के खानुहुन्छ, कसो गर्नुहुन्छ भन्ने सँग मतलब छैन। तर के हो भने सार्वजनिक जीवनमा बसेका मानिसहरुले सार्वजनिक नीति निर्माण गर्दा कस्तो किसिमको काम गर्छन, कसरी काम गर्छन, हरेक तहमा घरमा, परिवारमा देखि लिएर स्कुलमा, कलेजमा हामीले अर्को खोज्नु पर्ने विषय र नेपालमा खडेरि परेको विषय जवाफदेहिता हो। जवाफदेहिता जवाफ दिन नपर्ने, मैले गरे भने गरे।
अर्को एउटा दम्भ के छ भने पोलिटिक्समा एउटा ठुलो दम्भ आएको छ। यो परिवर्तन हामीले नेपाली जनतालाई दिएको हो, हामी यसमा बाधिन जरुरी छैन भन्ने पोलिटिकल क्लास, राजनितिक वर्गमा त्यो दम्भ आएको छ। हामीहरु ४ जना मिल्यौ भने जसमाथी जसरी पनि शासन गर्न सकिन्छ भन्ने दम्भ आएको छ। त्यसलाई चुनौति दिने बेला आएको छ। त्यसको अर्थ के हो भने जवाफदेहिताको खोजि हुनुपर्छ। एउटा मान्छे ५/५ पटक प्राईममिनिस्टर हुन्छ। तैले के गरिस भनेर प्रश्न गरेको मैले सुनेको छैन वा बर्षौसम्म पद, साधन स्रोत ओगटेका मानिसहरुलाई यदि हामीले प्रश्न गरेनौ भने, जातीय ब्रचश्वमा पनि प्रश्न गर्न सकेनौ भने, तिमी बसेका छौ, किन बसेका छौ? के गर्यौ त? केहि त होला नी धेय? त्यसैले मैले यहाँहरुलाई सुरुमै निवेदन गरे, राजनीतिमा हुनुको अर्थ हो, सुन्दा, झट्ट सुन्दा, बुझ्दा व्यक्तिगत आंकाङ्क्षा, व्यक्तिगत शक्तिको चाहाना हुन्छ तर सार्वजनिक जीवन यसलाई सोध्दा यसको प्रर्योजन हुन्छ।
कोहि किन सत्तामा टाँसिरहन्छ? प्रश्न गरौ, नेपालको समय बडा जटिल छ। अर्को कुरा के हो भने हरेक समयमा तपाईहरु कति जनाले गाडि चलाउनु हुन्छ मलाई थाहा छैन। सधैभरी कन्ट्रिलाई एउटै बेगमा दौडाउन सकिदैन। यसलाई बेला बेलामा तपाईले यस्तो किसिमको सभा, सम्मेलन, प्रश्नहरुबाट राजनीतिको अनियन्त्रित बेगलाई गैरजवाफदेहिता जुन छ, सार्वजनिक नीतिका सन्दर्भमा, सार्वजनिक सम्बन्धहरुका सन्दर्भमा, एक अर्का प्रति हामीमा थिचोमिचो हुने सम्बन्धमा हामीले ब्रेक र गियर लगाउनु पर्छ। ताकि हाम्रो लोकतन्त्रको गति निरन्तर रुपमा गन्तव्यतिर बढिरहनेछ भन्ने मलाई लाग्छ।
आजको दिनमा अलि ढिलो कार्यक्रम सुरु भयो। तपाईहरुले धैर्य गरेर मेरो कुराहरु सुनिदिनु भयो। लोकतन्त्रको ३ ओटा मर्म सहभाव,समभाव र सहानुभुति अथवा सहानुभुति भाव यि ३ ओटा कुरा र अन्तिममा जवाफदेहितालाई हेर्यौ भने लोकतन्त्र यन्त्र छ। लोकतन्त्रको कामना छ, त्यसको यन्त्र छ, मसिन छ, त्यो मसिनलाई हामीले त्यो मन्त्र उचारणबाट अगाडि बढाउन सक्छौ, स्थापित गर्न सक्छौ र सुढृड र सुदिर्ग बनाउन सक्छौ। लोकतन्त्रको चुनौति आजभोलि संसारमा सबै ठाँउमा देखिरहेको छ, किनभन्ने जनताको ईच्छा, आंकाङ्क्षा उर्लदो छ। उर्लदो ईच्छा, आंकाङ्क्षा राख्नु कुनै नराम्रो होईन। त्यो ईच्छा आंकाङ्क्षालाई हाम्रो यन्त्रले, संयन्त्रले र हाम्रो मन्त्रले त्यसलाई अगाडि बढाउन सक्छ कि सक्दैन? त्यसमा कस्तो कुरा गर्नु पर्छ भन्ने जरुरी छ। यति भन्दै मैले आफ्नो कुरा यहाँ बिसाए। यहाँहरुले धैर्यपुर्वक सुन्दिनु भयो, म धन्यवाद दिन चाहान्छु। कर्णाली उत्सवको उत्तरउत्तर प्रगतिको कामना गर्न चाहान्छु। किनभन्ने यसको पहिलो संस्करणबाट जोडिएको छु। विभिन्न संस्करणमा आएको छैन तर पनि कर्णाली उत्सव प्रति मेरो सधै समभाव, सद्दभाव रहिरहन्छ, धन्यवाद।
