ऋति फाउण्डेसन
ऋति फाउण्डेसन– कर्णाली प्रदेशका आर्थिक, राजनीतिक, सामाजिक विषय तथा नीतिगत मामिलामा अध्ययन, अनुसन्धान, बहस तथा पैरवी गर्दै आइरहेको गैरनाफामूलक संस्था हो। खुला र लोकतान्त्रिक बहसको वातावरण बनाई समग्र प्रादेशिक विकासमा योगदान गर्ने यसको उद्देश्य रहेको छ।
फाउण्डेसनले २०७६ सालदेखि हरेक वर्ष फागुनमा बहस र विमर्शको नीति उत्सव कर्णाली उत्सव ..कुडा कर्नालीका आयोजना गर्दै आइरहेको छ। फाउण्डेसनले सार्वजनिक वहसका नियमित कार्यक्रमका साथै कर्णाली प्रदेशको समृद्धिका लागि आवश्यक नीतिगत अध्ययन, अनुसन्धान तथा अभियान सञ्चालन गर्छ।
कर्णाली उत्सवका सम्पुर्ण आयोजक समिति सदस्यहरु स्वयंसेवकको रुपमा उत्सवमा योगदान गर्दछन्।

